आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
१८ माघ, २०८२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
१८ माघ, २०८२
आज युरोपियन युरोकाे मूल्य कति ?
१६ माघ, २०८२
अब नयाँ संसद् बैठक नयाँ भवनमै बस्ने
१६ माघ, २०८२
गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा
१५ माघ, २०८२
एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन
१५ माघ, २०८२
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?
११ माघ, २०८२

