बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु
१६ भदौ, २०८२
बारा । बारामा तीव्र गतिका दुई मोटरसाइकल एकआपसमा ठोकिँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको परवानिपुरस्थित एलएस न्यूरो अस्पतालमा र चौधरीको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गएकाे राती जितपुरसिमरा उपमहानगरपालिका–२ मा बा९०प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । बा९०प ६७९४ नम्बरको मोटरसाइकलमा चालक रोशन चौधरीसहित रौतहट परासवाका ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । घाइते भएका भूपेन्द्रको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति नै दुर्घटनाको कारण बनेको प्रहरीले बताएको छ ।
बन्द रहेकाे पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
१६ भदौ, २०८२
झापामा स्विमिङपुलमा डुबेर एक युवकको मृत्यु
१५ भदौ, २०८२
गौरापर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै
१५ भदौ, २०८२
मुस्ताङमा अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती
१५ भदौ, २०८२

