झापामा सवारी ठोक्किँदा एकको मृत्यु, चार घाइते
११ भदौ, २०८२
झापा । झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा दुई सवारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मङ्गलबार राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा भ्यान चालक शिवसताक्षी–७ का २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमै च्यापिएर उनको मृत्यु भएको हो । उक्त भ्यानमै सवार शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, छोरा १४ वर्षीय प्रसन्न साह र छोरी ९ वर्षीया प्रन्सा साह घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, पिकअप चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।
सप्तरीमा दुई जनाको शव फेला
९ भदौ, २०८२
आज थारु समुदायले अटवारी पर्व मनाउँदै
८ भदौ, २०८२
गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु
६ भदौ, २०८२

