एमालेले गैरलोकतान्त्रिक चरित्र प्रस्तुत गर्योः अध्यक्ष महतो
१८ पुष, २०७३
लहान, पुस १८। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताएका छन् । प्रेस मञ्च सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने र यसको जिम्मेवारी नेकपा (एमाले)ले लिनुपर्ने बताए । उनले भने–“ एमालेले अहिले लगातार संसद् अवरुद्ध गरेर संविधान संशोधनमा रोकावट उत्पन्न गरेको छ, यो गैरलोकतान्त्रिक चरित्र हो ।” आफूलाई चित्त नबुझेको कुरा छलफलबाट समाधान निकाल्न सकिने, संसदमा उपस्थिति भई विपक्षमा मतदान गर्न सकिने बाटो खुल्ला हुँदाहुँदै जनताको प्रतिनिधि रहेको सर्वोच्च थलो संसद्लाई अवरोध गरेर राख्नु लोकतन्त्र विरोधी चरित्र रहेको महतोको भनाइ थियो । रासस
खुकुरी हानी वन रक्षकको हत्या
१७ पुष, २०७३
आजपनि पनि बढ्यो नेप्से
१७ पुष, २०७३
बैद्य र न्यौपानेबीच पार्टी एकता
१७ पुष, २०७३
आइतबारबाट नेपाल टेलिकमको फोर–जी सेवा शुरु
१७ पुष, २०७३
‘मेरी छोरी बचाइदिनुस्’
१७ पुष, २०७३
चिसोले सामुदायिक स्कुल बन्द
१७ पुष, २०७३
मौसमविद् भन्छन्- आज दिनभर पानी पर्न सक्छ
१७ पुष, २०७३