थाइल्यान्डमा सडक दुर्घटना, पच्चीसको मृत्यु
१९ पुष, २०७३
बैंकक (थाइल्यान्ड), पुस १९। पूर्वी थाइल्यान्डको चोनबुरी प्रान्तमा सोमबार एक यात्रु वाहक भ्यान र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा २५ जनाको मृत्यु भएको छ । घटनामा भ्यानमा सवार १४ जना र ट्रकमा सवार ११ यात्रुको मृत्यु भएको थाई सुरक्षा अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो २ बजे वानबुङ जिल्लाको ३४४ रोडमा भएको उक्त घटनामा दुई जना यात्रु बाँच्न सफल भएको बताइएको छ । यात्राकै क्रममा भ्यान चालक निदाएका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानपछि थाई प्रहरीले बताएको छ । रासस
पाँच महिनामा १० जना गर्भवती मृत्यु
१९ पुष, २०७३
भारतमा जिप दुर्घटना, चार नेपालीको मृत्यु
१९ पुष, २०७३
आज पनि संसद वैठक स्थगित
१८ पुष, २०७३
कुवेतमा नेपालीले गरे नेपालीकै हत्या
१८ पुष, २०७३
किन आत्तिएका छन् अध्यक्ष ओली ?
१८ पुष, २०७३