कलाकार विष्णुभक्त फुयाँलको निधन
२० पुष, २०७३
काठमाडौँ, पुस २०। रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण आज ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो । दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर अस्पताल पु¥याइएको प्रत्यक्षदर्शीसमेत रहेका सञ्चारकर्मी शिरोमणि दवाडीले जानकारी दिए । सत्यमोहन जोशीले लेखेको सो नाटकमा फुयाँलले राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । चिकित्सकले फुयाँललाई हृदयघात भएको बताएका छन् । झन्डै पाँच दशकदेखि रङ्गक्षेत्रमा सक्रिय फुयाँल नाटकका साथै थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९९४ भदौ २३ गते भक्तपुरको थाकलमाटमा जन्मनुभएका फुँयाल राष्ट्रिय जनसांस्कृतिक महासंघनिकट जननाट्य मञ्चका पूर्व अध्यक्षसमेत थिए । नेपाल भाषाको टेलिशृङ्खला कर्मयाभोगमा २०१९ मा अभिनय गरी नाट्ययात्रा आरम्भ गरेका फुँयाल ‘अविरल बग्दछ इन्द्रावती’, ‘तीतो सत्य’लगायत टेलिशृङ्खलामा निर्वाह गरेको सशक्त भूमिकाका कारण चर्चित हुनुहुन्थ्यो । सुकुलगुण्डा, भत्केको सपना, कोरस, जनैको साँचो, कान्छा, आगोका झिल्का, नौलो डाँडालगायत उहाँद्वारा अभिनित नाटक लोकप्रिय छन् । उनले २०० भन्दा बढी सानो पर्दाका र ४० भन्दा बढी ठूलो पर्दाका चलचित्र एवम पाँच सय भन्दा बढी नाटकमा अभिनय गरिसेका छन्। फुयाँल लामो समयदेखि सुगर र युरिक एसिडबाट पीडित थिए । उनका तीन छोरा छन् । रासस
कलिलै उमेरमा सम्बन्धविच्छेद
१९ पुष, २०७३
फायर साइडमा उर्जामन्त्री जनार्दन शर्मा
१९ पुष, २०७३
दृष्टिविहीन भएर पनि बाख्रापालन व्यवसाय !
१९ पुष, २०७३
शाखा अधिकृतमा ३० गुणाभन्दा बढीले दिए आवेदन
१९ पुष, २०७३
दुई फरार अभियुक्तहरु पक्राउ
१९ पुष, २०७३
संघर्ष आफ्नो घर बनाउन
१९ पुष, २०७३
माछापालनमा युवा आकर्षित हुँदै
१९ पुष, २०७३