स्कुलमा खुवाइएको खाजाले बिद्यार्थीको पेट दुख्न थाल्यो
२२ पुष, २०७३
जाजरकोट,पुस २२ । यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका छन् । शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरण गरिएको पौस्टिक आहार विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि बल पुगोस् भनी लागू गरिएको हो । तितो पौस्टिक आहार खाँदा विद्यार्थीले पेट दुख्यो भनी उल्टी गर्ने गरेको शिक्षकको भनाइ छ । पौस्टिक आहार अर्थात दिवा खाजा सुरुका दिनमा राम्रो भएपनि विस्तारै यसको गुणस्तरमा समस्या आएको प्रयोग गर्ने विद्यालयले बताएका छन् । हिमालय प्रावि, मङ्सिरीका बाल शिक्षामा पढाउने शिक्षिका मनिषा सिंहका अनुसार सुरुका दिनमा यहाँका बालबालिकाले पौस्टिक आहार रमाइरमाइ खाने गरेका थिए, अहिले तितो भएपछि पौस्टिक आहारको नाम नै लिन चाहँदैनन् । त्यस्तै, भगवती प्रावि भगवतीका विद्यार्थीले पनि तितो भएको भन्दै खान छाडेका छन् । तितो भयो भनी सरोकारवाला निकायलाई खबर गरेपनि सुनुवाइ नभएको विद्यालयले बताएका छन् । पौस्टिक आहार ढुवानी गरी बाटोमा लाँदा र राख्दा ठाउँको अवस्था राम्रो नभएको पाइएको छ । कहिलेकाहीँ पौस्टिक आहार पिठोको रङ नै बदलिएको आउने गरेको समेत विद्यालयले बताएका छन् । रासस फाइल तस्वीर
चुचुरेमा जलविद्युत्को काम ९० प्रतिशत पूरा
२२ पुष, २०७३
कलाकार अोम पुरीको निधन, बलिउड शोकमग्न
२२ पुष, २०७३
मझुवागढीका लागि ४२ लाख बजेट
२१ पुष, २०७३
फेरियो लाइसेन्स ट्रायलको नियम
२१ पुष, २०७३
सपनाको नम्बरले जितायो २६ करोडको लट्री
२१ पुष, २०७३
भारतको सिमलामा चार नेपालीको मृत्यु
२१ पुष, २०७३