आफ्नै गलत व्यवहारले यसरी बिग्रिन्छ किड्नी…
१२ पुष, २०७३
जानेर वा नजानेर हुने हाम्रा दैनिक बानीव्यवहारले किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः किड्नीमा असर हुुनुमा मानिसको लापरबाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार छन्ः – चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । – खानामा धेरै नून वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउछ । नूनले ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ । – पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ । – शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ । – चुरोट वा तमाखु खादा शरिरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ । – जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ । – सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ । – ननभेज खानेकुरा (मासु)मा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउछ र किड्नी स्टोनका समस्या ल्याउछ । – दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ । http://swasthyakhabar.com/ बाट
युगान्डामा डुङ्गा दुर्घटना, तीसको मृत्यु
१२ पुष, २०७३
तह वृद्धि गर्न गाविस सचिवको माग
११ पुष, २०७३
जित्नेलाई दोहोरो पुरस्कार
११ पुष, २०७३
चर्चित पप सुपरस्टार जर्ज माइकलको निधन
११ पुष, २०७३
सौराहामा हात्ती महोत्सव सुरु
११ पुष, २०७३
फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु
११ पुष, २०७३
लडेर नेपाल बैंकका प्रबन्धकको मृत्यु
११ पुष, २०७३
शाखा अधिकृतको तयारी कसरी गर्ने ?
११ पुष, २०७३
ज्यान जाला तर उपलब्धी खोस्न दिँदैनौं
११ पुष, २०७३