एभरेष्ट दैनिक

चुट्किलाः शेरेले हाकिमसंग चाउमिन अर्डर गरेपछि

शेरको एउटा अफिसमा जागिर लाग्यो  । पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी खाजा खाने समय भएछ । शेरेले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ एक प्लेट चाउमिन र दुधको चिया ल्याउ त छिट्टै । तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ। उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ? शेरेः थाहा छैन उताबाट:- म यो अफिसको M.D. हुँ? शेरे:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्? उताबाट:- थाहा छैन । शेरे:-त्यसो भने ठिकै छ। (त्यती भनेर शेरेले फोन ढ्याक्क राखेछ।)