विपक्षी दलहरूको बैठक बस्दै
१५ जेठ, २०८१
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको काँग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ । बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
१५ जेठ, २०८१
कार्यादेशबारेको बैठक सहमति नजिक
१४ जेठ, २०८१
देउवाले बोलाए विपक्षी दलको बैठक
१४ जेठ, २०८१
बढुवा भएका चार डीआईजीलाई दर्ज्यानी चिह्न
१४ जेठ, २०८१
यी पाँच स्थानीय तहको बेरुजु शून्य
१४ जेठ, २०८१

