प्रधानमन्त्रीद्धारा सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
२६ बैशाख, २०८१
सिन्धुली। सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार (आज) छिचोलिएको छ ।औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बल थिचेर ब्रेक थ्रुको सुभारम्भ गरेका हुन् । १३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ भएको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको छ। राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ। २२ महिनाभित्रको लक्ष्यभित्रै सुरुङको काम सकिएको हो। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो। उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का लिएरका काम सुरु गरेको थियो। यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।
डेढ वर्षपछि भारतमा चीनका नयाँ राजदूत
२६ बैशाख, २०८१
आज सुनचाँदीको मूल्य स्थिर
२६ बैशाख, २०८१
आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री
२६ बैशाख, २०८१
राप्रपा संसदीय दलको बैठक बस्दै
२६ बैशाख, २०८१
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज
२६ बैशाख, २०८१
यस्तो आजको विनिमय दर
२६ बैशाख, २०८१
आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन
२६ बैशाख, २०८१
सत्ता समिकरण विरुद्ध दायाँबाया गर्दैनौं : नेकपा(एस)
२५ बैशाख, २०८१
देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधानसेनापति शर्मा
२५ बैशाख, २०८१

