दुई अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार
२५ बैशाख, २०८१
काठमाडौं । नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा बन्द भएको हो । यस दिन दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भयो । १२० कम्पनीको सेयर मूल्य बढेको छ । ११४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९तराई०को सेयर मूल्य सर्वाधिक ६.२३ अंकले घटेको छ । मंगलबार कारोबारमा आएका १३ मध्ये चार समूहबाहेक सबै घटेका छन् । विकास बैंक, माइक्रो फाइनान्स, म्युच्युअल फन्ड र अन्य समूहको समूहगत परिसूचक बढेको हो । अरू नौ समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्स समूहको समूहगत परिसूचक २.४३ प्रतिशतले बढेको छ । ट्रेडिङको समूहगत परिसूचक १.०९ प्रतिशतले घटेको छ ।
गण्डकी सरकारविरुद्धको रिटको पेसी २७ गतेलाई तोकियो
२५ बैशाख, २०८१
उपेन्द्र यादव सरकारमै रहने
२५ बैशाख, २०८१
सभामुखको आह्वानमा शीर्ष नेताको छलफल जारी
२५ बैशाख, २०८१
सुनचाँदीको मूल्य बढ्यो
२५ बैशाख, २०८१
एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत
२५ बैशाख, २०८१
चट्याङ लागेर बालकको मृत्युु, तीनजना घाइते
२५ बैशाख, २०८१
घट्यो पेट्रोलियम पदार्थको खपत
२५ बैशाख, २०८१
सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
२५ बैशाख, २०८१

