अमेरिकाबाट पठाइएको पार्सलमा लागुऔषध, पाँचजना पक्राउ
३१ भदौ, २०८०
काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय हुँदै पठाइएको लागू औषध गाँजासहित कन्ट्रोल डेलिभरी (हुलाकी)गर्ने व्यक्तिसहित १० जना पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज–१६ का डल्लु राम, सोहीका हबिब मिया पक्राउ परेका हुन् । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै वीरगंज हुलाक कार्यालयबाट लिनेगरी २६८ ग्राम गाँजा पठाएको खुलेको हो । त्यस्तै, २४ भदौमा अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्ली बजार हुँदै जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुनेगरी पठाइएको अर्को एक कार्टुन भित्रसमेत गाँजा भेटिएको छ । पोखरा हुलाक कर्यालयमा पठाएको कार्टुनभित्र एक किलो ४०० ग्राम गाँजा भेटिएको ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए । पोखराबाट गाँजा लिन खोज्ने समूहका तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेका डडेलधुरा, गन्यापधुरा–१ का रेनुका तामाङ, भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पक्राउ गरेको छ । तामाङले उक्त गाँजा अरुण र नइमको रहेको बताएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।
नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो
३१ भदौ, २०८०
यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय
३१ भदौ, २०८०
आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
३१ भदौ, २०८०
अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु : ओली
३० भदौ, २०८०
प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाने
३० भदौ, २०८०
काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या
३० भदौ, २०८०