इजरायलमा रोजगारीको प्रलोभन देखाउने व्यक्तिबाट सचेत रहन विभागको आग्रह
२७ मंसिर, २०८०
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरु क्षेत्रमा रोजगारीको अवसर जनाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रहसमेत गरेको छ । यस्तो खालको ठगीका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना विभागमा आएकाले सचेत रहन आग्रह गरिएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताए । रासस
हिउँले सेताम्य बस्ती
२७ मंसिर, २०८०
पदमप्रसाद पाण्डेय संसद्को कार्यवाहक महासचिव नियुक्त
२७ मंसिर, २०८०
काठमाडौं महानगरमा आजदेखि धुमपान निषेध
२७ मंसिर, २०८०
तोडियो शेखर–गगन संवादहीनता, आजसँगै बैठक बस्दै
२७ मंसिर, २०८०
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
२७ मंसिर, २०८०
आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा
२६ मंसिर, २०८०
शेयर बजार ३६ अंकले बढ्यो
२६ मंसिर, २०८०
वीरगन्जमा मेयर–उपमेयरका मर्थकबीच कार्यालयमै कुटाकुट
२६ मंसिर, २०८०
झम्सीखेलमा प्रहरीले चलायो गोली, एकजना पक्राउ
२६ मंसिर, २०८०
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
२६ मंसिर, २०८०

