यू–१९ एसिया कप भारतविरुद्ध नेपाल ५२ रनमै अल आउट
२६ मंसिर, २०८०
काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालका खेलाडि ५२ रनमै अल आउट भएका छन् । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५३ रनको लक्ष दिएको हो । यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन बनाउनु सबैभन्दा सानो योगफल थियो । भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । हेमन्त धामीले आठ रन जोड्नु नै नेपाली टिमको व्यक्तिगत उच्च स्कोर बन्यो । नेपालका ओपनर दीपक बोहराले एक, अर्जुन साउदले सात, कप्तान देव खनालले दुई, गुल्सन झाले चार र दीपक बोहराले सात रन जोडे । सुवास भन्डारी दुई र दीपेश कँडेल चार रनमा आउट हुँदा आकाश चन्द चार रनमा अविजित रहे । यस्तै, उत्तम मगर र दीपक डुम्रे भने शून्यमै पभेलियन फर्किए । नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । ९।१ ओभर बलिङ गरेका राजले तीन मेडन राख्दै १३ रन खर्चिए । आरध्य शुक्लाले दुई र अर्सिन कुलकर्णीले एक विकेट लिए । नेपालले यसअघि प्रतियोगिताको दुवै खेलमा हार बेहोरेको थियो । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले र अफगानिस्तानविरुद्ध ७३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।
सुनको मूल्य घट्यो
२६ मंसिर, २०८०
भारतविरुद्ध ब्याटिङमा नेपाल
२६ मंसिर, २०८०
प्रधानमन्त्री प्रचण्ड रामग्राममा
२६ मंसिर, २०८०
यू–१९ एसिया कप : भारतको सामना गर्दै नेपाल
२६ मंसिर, २०८०
प्रताप सदाको घटनामा गम्भीर छानबिन गर्न माग
२५ मंसिर, २०८०
नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने
२५ मंसिर, २०८०
सेयर बजार : साढे एक घण्टामा अढाई अर्बको कारोबार
२५ मंसिर, २०८०
संघीय संसद्को महासचिवमा पाण्डेयको नाम सिफारिस
२५ मंसिर, २०८०
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
२५ मंसिर, २०८०
भारतीय भूमिमा विराटनगरका युवकमाथि गोली प्रहार
२५ मंसिर, २०८०

