राज्य व्यवस्था समितिले डाक्यो प्रधानमन्त्री र प्रधानसेनापति
२२ मंसिर, २०८०
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री र प्रधानसेनापतिलाई छलफलमा बोलाएको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषद् विधेयक तथा एनसेलको सेयर खरिद–बिक्रीबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ मंसिरको बैठकमा बोलएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। सभापति खतिवडाका अनुसार समितिले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणबारे बुझ्न प्रधानसेनापति प्रभुराम शर्मालाई २७ मंसिरमा बोलाएको छ। एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री शंकास्पद भएको भन्दै सरकारले अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार बसेको लेखा समतिको बैठकले पनि एनसेनको सेयरको खरिद–बिक्री वा हक हस्तान्तरणका सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भन्दै सो अवधिसम्म कारोबारलाई रोक्न निर्देशन दिएको थियो। राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणसम्बन्धी काम नेपाली सेनाले गर्दै आएको छ। प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरी सामेल गराएपछि उत्पन्न विवादबारे बुझ्न समितिले प्रधानसेनापतिलाई छलफलका लागि बोलाएको हो।
१४ किलो सुन छानबिन गर्न ६ सदस्यीय समिति गठन
२२ मंसिर, २०८०
नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
२२ मंसिर, २०८०
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज
२२ मंसिर, २०८०
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
२२ मंसिर, २०८०
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद
२२ मंसिर, २०८०
भिरको ढुङ्गा लागेर महिलाको मृत्यु
२१ मंसिर, २०८०

