पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान, योग्यता कति ?

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । शनिबार प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् ।

सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।

त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ ।
हेर्नुहोस् सूचना

ntb

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी नियुक्तिका लागि आवेदन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ ।

करारमा जागिर खाने हो? हेर्नुस् सूचना

काठमाडौं, वैशाख १५ । महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट खोटाङले डिप्लोमा कार्यक्रमका लागि करारमा कर्मचारीको माग गरेको छ । रिक्त रहेका पदका लागि इन्ष्टिच्युटले करारमा कर्मचारी माग गरेकाे हाे ।  योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र निवेदन पेश गर्नका लागि एक सूचनासमेत जारी गरिएको छ ।

करिअर टिप्सः यस्तो छ फास्ट ट्रयाक बढुवाका ७ सिँढी

बोसबाट स्पष्ट अपेक्षा राख्नुहोस् जीवनका हरेक पाइलामा उत्कृष्ट प्रदर्शन गर्न चाहनुहुन्छ भने बोसलाई खुसी बनाउनुहोस् । म्यानेजरसँग बसेर स्पष्ट लक्ष्य तय गर्नुहोस् र भन्नुहोस्, ‘म तपाईंको लक्ष्य र योजना पूरा गर्न सदैव तयार छु, त्यसका लागि मैले के गर्न सक्छु ?’ आफ्नो कामको त्रैमासिक समीक्षा होस् भन्ने चाहेको कुरा बताउनुहोस् । उपलब्धिको डकुमेन्टेसन गर्नुहोस् तपाईंले गर्नुभएका सबै काम र उपलब्धीबारे बोसले ख्याल गरिरहेको नहुन सक्छ । त्यसैले त्यस्ता काम र उपलब्धीहरूको फेहरिस्त नै राख्नुहोस्, जसले तपाईंलाई प्रमोसन माग गर्न सहज हुनेछ । तपाईंले प्राप्त गर्नुभएको थप सीप, तालिम तथा क्षमता पनि आफ्नो बायोडाटामा थप्नुहोस् । मानव स्रोत विभागसँग नजिक बन्नुहोस् मानवस्रोत विभागका साथी तपाईंको प्रमोसनको कडी बन्न सक्छन् । तपाईंलाई रोजगारीका बारेमा जानकारी दिने व्यक्तिलाई कहिलेकाहीँ सँगै खान लानुहोस् र त्यही मौकामा आफूले गरेका कामका बारेमा भन्नुहोस् । त्यस्ता बसाइले तपाईंलाई चाहेको विभागमा जान वा प्रमोसनका लागि सहज वातावरण बनाउन सक्ने छ । दिइएको दायित्वमा सीमित नरहनुहोस् जब तपाईंले एकपटक आफूलाई ठूला काम र जिम्मेवारी पनि पूरा गर्न सक्छु भन्ने प्रमाणित गर्नुहुनेछ, तब आफ्ना म्यानेजरलाई थप जिम्मेवारी माग गर्नुहोस् । तर, त्यस्तो विशेष काम मात्र दिन आग्रह गर्नुहोस्, जुन जिम्मेवारी र पदका लागि तपाईंले आँखा लगाइरहनुभएको छ । त्यो तपाईंका लागि आफूलाई परीक्षण र प्रमाणित गर्ने आधार बन्ने छ । नेतृत्वकर्ता हुन सक्ने प्रमाणित गर्नुहोस् बोसले चाहेका वेला तपाईंले आफूलाई टिमका अन्य सदस्यभन्दा राम्रो रहेको प्रमाणित गर्नुहोस् । टिमको होइन, प्रमोसन एक व्यक्तिको हुन्छ । कोही कसैलाई नेतृत्वकर्ता नतोकिएको भए पनि आफू नै अन्तिम प्रस्तुतिका लागि छानिएको नेता रहेको ठान्नुहोस् र बोसलाई हरेक कुराको अपडेट गराउनुहोस् । प्रमोसनको माग गर्नुहोस् अधिकांश कर्मचारीले प्रमोसनका लागि बोसको निगाहा आफूलाई प्राप्त होस् भन्ने चाहिरहेका हुन्छन्, तर यो सत्य हो कि तपाईंले माग नगरेसम्म हत्तपत्त प्रमोसन पाइँदैन । कुनै कारणले आफू प्रमोसनमा परिएन भने आफूले आफैँलाई एकपटक नियाल्नुहोस् र प्रश्न गर्नुहोस् म किन प्रमोसन भइनँ । र, आफ्नो बारेमा प्रतिक्रिया लिनुहोस् ता कि त्यसले अर्को प्रमोसनमा तपाईंको नाम पार्ने गरी सुधार गर्न सहयोग पुगोस् । प्रमोसनको विकल्प खोज्नुहोस् तपाईं आफूले सकेसम्म राम्रो प्रदर्शन गरिरहनुभएको छ, तैपनि तपाईंको बढुवा हुन सकेको छैन र तलब पनि बढेको छैन भने विकल्प सोच्नुहोस् । कतिपय अवस्थामा प्रमोसन कुरिरहनुभन्दा नयाँ ठाउँमा रोजगारी सुरु गर्नु लाभदायक हुन सक्छ । कार्यालय परिवर्तन गर्दा तलबमा वृद्धि त छँदैछ, नयाँ जिम्मेवारी र नेतृत्व पनि आउन सक्छ । त्यसैले बोसलाई आफू योग्य रहेको प्रमाणित गर्न कुनै कसर बाँकी नराख्नुहोस् । नयाँपत्रिकादैनिकबाट

शुक्रबारदेखि इपियस फाराम खुला, अब बिना झन्झट अनलाइनबाटै भर्न सकिने

काठमाडौं, चैत ८ । शुक्रबारदेखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने छ । परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्ने छ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । यद्यपी, बिहीबार साँझदेखि नै परीक्षा शुल्क बुझाउन बैंकमा युवाको भीड देखिएको छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । कोहीले भने बिहान ४ बजेदेखि लाइनमा बसिरहेको बताएका छन् । परीक्षार्थीको सुविधाका लागि बैकले सुविधाका लागि टोकन वितरन गरिरहेका छ्न् । यता इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले विभिन्न संचारमाध्यमसँग कुराकानीमा परीक्षार्थीले नबुझेर लाइनमा बसेको बताए । उनका अनुसार बैंकबाहेक अनलाइनबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने र फारम भर्न सकिने सूचना यसअघि नै निकालिएको थियो । इपिएसको वेबसाइटमा मात्रै नभई भाषा सिकाउने संस्थामा पनि यसबारे जानकारी दिएको उनले बताए । बिहिबार राती १२ बजेपछि घरबाटै परीक्षा शुल्क जममा गर्न सकिने उनले जानकारी दिए । परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट ….. बाट भर्न सकिने छ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९–ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ । कोटा बढ्यो यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२०का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत् १८ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ । काठमाडौं, चैत ८ । शुक्रबार फेरि बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार बजारमा चाँदीको मूल्यमा भने यथावत नै रहेको छ । सोमबार चाँदी तोलामा ७३० मा कारोबार भएको छ भने आजपनि ७३० रुपैयाँमै कारोबार भइरहेको छ ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा दुई प्रमुखबीच हस्ताक्षर

काठमाडौं, चैत ३ । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस परिक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको छ । कार्यक्रममा बोल्दै आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटिएस परिक्षाथीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन पक्रियामा सहजता ल्याउनेछ भन्ने विस्वास प्रकट गरे । बिस्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा आईईएलटिएस परिक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परिक्षा सन्चालन गर्दछ । १९,५०० रुपैयाँ परिक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ । इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्लस २ पास गरेकालाई एक कम्पनीले माग्यो कर्मचारी

काठमाठौं पुस २२ । एक प्रतिष्ठित कम्पनीले +2 पास गरेकाहरुलको लागि नयाँ अवसर प्रदान गरिने भएको छ । Position Title: Division Manager & Assistant Manager No. of Vacancy: Male 10/Female 12) Qualification: +2 Above any Faculty can apply) Income: During Training (7,000-15,000) After Training 30,000 Above इच्छ्क रोजगारदाताहरुले समयमै सम्पर्क गरी आफूले खोजेको पद रोजिहालौं । तलको यस नम्बरमा सम्पर्क गर्न सकिने छ । टेलिफोन नं: 071–५४०२३८,  ९८१९४२३४३२, ९८१५४८३९०४  

रत्नराज्यलक्ष्मी क्याम्पसमा कर्मचारी माग्यो (विज्ञापनसहित)

काठमाडौं पुस १९ । रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राविधिक सहायक (कम्प्युटर प्रयोगशाला) को लागि करार सेवामा खुला प्रतिस्पर्धाद्वारा नियुक्त गरिने जानकारी आजको गोरखापत्रमा प्रकाशित गरेको छ। विज्ञापन-      

एक विद्यालयले कर्मचारीका लागि आवेदन खुलायो

एसओएस चिल्ड्रेसस् भिलेज नेपाल नामक एक कम्पनीमा कर्मचारी मागेको छ । इच्छुक निम्न योग्यताअनुसार राेजगारदाताहरुले आफूले चाहेको पदमा काम गर्न चाहनुहुन्छ भने समयमै आफ्नो आवश्यक कागजात पेश गर्न सकिने छ । कुन पदमा कति ? Position: Sponsorship Assistant: SOS Children’s Villages Nepal, Natinol Office Number of Vacancies: 4 Position: Sponsorship Assistant: SOS Children’s Village Kavre Number of Vacancies: 4 योग्यता तथा अनुभव : Qualification and Skills: Bachelor’s Degree in any discipline, preferably in English or Mass Communication. S/he should have good language command in both English and Nepali ( both writing and speaking). Proficiency in use of Microsoft Office Package, email and internet is must. Candidates are expected to have excellent interpersonal skills with positive attitude. Basic idea on digital content production will be an added advantage. Salary and other benefits: As per the rules of the organization. Age: not exceeding 35 years Last date to apply: 17th January सम्पर्कका लागि : The HR & DD Director, SOS children’s Villages Nepal, National Office, Madhyapur Thimi Municipality 2, Sanothimi, Bhaktapur, Post Box 757, Kathmandu,Nepal, Or, E-mail: [email protected] । फोन नं ०१-६६३०३९१ मा प्राप्त गर्न सकिने छ ।

आईएनजीमा कर्मचारी माग्यो

काठमाडौं, पुस १९ ।  The Lutheran World Federation (LWF) एक आईएनजीले केही खाली पदहरुका लागि कर्मचारी मागेको छ । कुन कुन पदमा कति कति मागेको छ कर्मचारी ? The Lutheran World Federation Nepal invites applications from all potential Nepali candidates for the following positions based at Provincial Office East- Damak, Jhapa. Position: Program Manager(Grade 9) Number of Vacancies: 1 Position: Procurement Officer (Grade-6) Number of Vacancies: 1 Position: Communication and IT Associate (Grade 5) Number of Vacancies: 1 Position: Construction Supervisor(Grade 5) Number of Vacancies: 1 Last date to apply: 10 January , 2019 बाँकी जानकारी यस लिंकमा हेर्नुहोस् https://nepal.lutheranworld.org/content/announcements-nepal.

अब बेरोजगारको चिन्ताबाट मुक्त हुनुहोस्, सानिमा बैंकले माग्यो कर्मचारी !

काठमाडौं, पुस १६ । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इच्छुक उम्मेदवारहरुले आफ्नो योग्यअनुसारको पदका लागि यही जनवरी १९, २०१९ भित्र आवेदन दिन यो सूचना गरिएको छ । हेर्नुहोस् तलको सूचनाको तालिका–

कर्मचारी समायोजनका लागि आवेदन खुला, अनलाईनबाटै भर्न सकिने

काठमाडौं, विवादमा रहेको कर्मचारी समायोजन प्रक्रियाका लागि सरकारले सूचना जारी गरेको छ । । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गर्दै प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले चारवटा बेग्लाबेग्लै सूचना वेभसाइटमा प्रकाशन गरेको छ । यस अन्तर्गत निम्न प्रकृतिका कर्मचारी रहेका छन् । (क) प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, (ख) साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि (ग) अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्ति भएका तर नयाँ संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि समायोजनका लागि कर्मचारीले अनलाईनमार्फत नै आवेदन दिन सक्नेछन । जेष्ठतालाई आधार बनाइएकोले जेष्ठले रोजेपछि मात्रै कनिष्ठ कर्मचारीले उक्त स्थान रोज्न पाउने छन् । सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ । जस अनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम भएको छ । मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले यही संरचना र दरबन्दीका आधारमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने बताए ।

नेपाल रेडक्रस सोसाइटीमा कर्मचारी माग्यो !

काठमाडौं पुस ११ । नेपाल रेडक्रस सोसाइटीमा कर्मचारी मागेको छ। यही पुस १९ गतेसम्म इच्छुक आबेदकहरुले उक्त मिती र समयमा आफ्नो कागजातहरु पेस गर्न सकिने छ । बाँकी जानकरी यस लिङ्कमा क्लिक गरी हेर्नहोस्- Job in Red Cross – External Evaluation Consultant

तिनहुँ डेभलपमेन्ट बै‌ंकमा कर्मचारी माग्यो (सूचीसहित)

काठमाडौं म‌सिर ४ । तिनहु डेभलपमेन्ट बै‌ंकमा रिक्त रहेका पदहरुमा निम्त योग्यता भएका कर्मचारीहरु मागेको छ । इच्छुक रोजगारदाताहरुले समयमै अाफ्नो बायोडाटासहित कार्यालय राख्न सकिने छ । हेर्नुहोस् तलको तालिका-

ज्योतिषशास्त्रअनुसार धन आर्जन गर्ने ५ उपाय

काठमाडौं । ज्योतिषशास्त्रमा बताइएका विभिन्न उपाय अपनाउँदा कहिलेकाहीँ मनोकामना पूरा हुन्छन् । यहाँ केही पाँच सजिला उपाय प्रस्तुत गरिएको छ । जसलाई तपाईंले अपनाउँदा धन आर्जन गर्न सक्नुहुन्छ- १. घरकी प्रमुख महिलाले बिहानै सूर्योदयअघि नै उठेर तामाको लोटामा जल भरेर मुख्य द्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ र त्यो घरमा कहिल्यै दरिद्रता आउँदैन । २. बुधवार लक्ष्मीको आगमनको दिन हो । यो दिन कसैलाई पनि सामान वा धन उधारोमा दिनु हुँदैन । यसो गर्दा धन आगमनमा बाधा पुग्छ । ३. हरेक औंसीमा शुभलाभको चतुर्भुजमा लक्ष्मी पूजन गर्दा उहाँ अति प्रसन्न हुनुहुन्छ र धनलाभ हुन्छ । ४. बिहीवार अचानक तपाईंले धेरै धन पाउनुभयो भने मन्दिरमा दान गरिदिनुस् । यस्तो दानले तपाईं झन् धेरै पैसा आउने बाटो खोलिदिन्छ । ५. कसैको ऋण चुकाउनु छ भने मंगलवारदेखि पैसा दिन थाल्नुस् । ऋण छिट्टै चुक्ता हुन्छ ।

प्रभु बैंकले माग्यो आकर्षक पदमा १०० कर्मचारी ! [पदसहित]

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदमा एक सय बढी कर्मचारीको माग गरेको छ । बैंकले केही दिनअघि सार्वजानिक सूचनामार्फत् २९ ब्रान्च म्यानेजरसहित एकसय भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो । प्रदेश १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खाँदबारी, उदयपुरको गाइघाट, मोरङको उर्लाबारी र तिनपैनी शखाका लागि शाखा प्रबन्धकसहित अन्य कर्मचारी माग गरेको छ । यस्तै, प्रदेश नं. ३ का लागि काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा, किर्तिपुर, बल्खु, धर्मस्थली जरङ्खु, साँखु, ललितपुरको महालक्ष्मी नगरपालिका र चापागाउँ, भक्तपुरको बाल्कोट, सुकुलढोका र चितवनको पर्सामा शाखाका लागि म्यानेजरसहित अन्य कर्मचारी, प्रदेश नं ४ मा तनहुँको डुम्रे र गोर्खाको बारपाक शाखाका लागि शाखा प्रमुखसहित कर्मचारी, प्रदेश नं ५ मा दाङको लमही, कपिलबस्तुको चन्द्रौटा, गुल्मीबो बलेटक्सार शाखाका लागि ब्राञ्च म्यानेजरसहित अन्य कर्मचारी, प्रदेश नं ६ डोल्पाको शे–फोक्सुन्डो, हुम्लाको खाप्रुनाथ शाखाका लागि म्यानेजरसहित अन्य कर्मचारी साथै, प्रदेश ७ मा कैलालीको आर्यतारा र टिकापुर, कञ्चनपुरको जलहरी र पुनर्बास, अछामको साँफेबगर र डडेलधुराको नवदुर्गा गाउँपालिकामा म्यानेजरसहित कर्मचारी माग गरेको हो । थप जानकारी लिन यहाँ क्लिक गर्नुस् बैंकले २९ ब्राञ्च म्यानेजर, रिलेशनसिप अफिसर र अपरेशन इन्चार्जका पदका लागि ५८ जना, एसिस्टेन्ट रिलेशनसिप अफिसर १० जना, जुनियर ट्रेजरी अफिसर पदका लागि १ जना र बीरगञ्ज शाखाका लागि जुनियर ट्रेड अफिसर १ जना मागेको छ । लगायत, बैंकले केही टेलर र सिएसडीमा जुनियर एसिस्टेन्ट ट्रेनि मागेको छ ।   आवदेन कसरी दिने ? इच्छुकले १५ नोभेम्बर २०१८ साँझ ५ बजेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । अनलाइनमार्फत आवेदन फारम भर्न सकिने बैंकले जनाएको छ । त्यसका लागि आवेदनकले प्रभु बैंकको वेभसाइटhttp://prabhubank.com/career/मा गएर फारम डाउनलोड गरी फारम भरेर बैंकको वेभसाइटमा रहेको एचआर डिपार्टमेन्टको इमेलमा इमेल गर्न सक्नेछन् ।