प्रभु बैंकले माग्यो आकर्षक पदमा १०० कर्मचारी ! [पदसहित]
काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदमा एक सय बढी कर्मचारीको माग गरेको छ । बैंकले केही दिनअघि सार्वजानिक सूचनामार्फत् २९ ब्रान्च म्यानेजरसहित एकसय भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो ।
प्रदेश १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खाँदबारी, उदयपुरको गाइघाट, मोरङको उर्लाबारी र तिनपैनी शखाका लागि शाखा प्रबन्धकसहित अन्य कर्मचारी माग गरेको छ ।
यस्तै, प्रदेश नं. ३ का लागि काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा, किर्तिपुर, बल्खु, धर्मस्थली जरङ्खु, साँखु, ललितपुरको महालक्ष्मी नगरपालिका र चापागाउँ, भक्तपुरको बाल्कोट, सुकुलढोका र चितवनको पर्सामा शाखाका लागि म्यानेजरसहित अन्य कर्मचारी, प्रदेश नं ४ मा तनहुँको डुम्रे र गोर्खाको बारपाक शाखाका लागि शाखा प्रमुखसहित कर्मचारी, प्रदेश नं ५ मा दाङको लमही, कपिलबस्तुको चन्द्रौटा, गुल्मीबो बलेटक्सार शाखाका लागि ब्राञ्च म्यानेजरसहित अन्य कर्मचारी, प्रदेश नं ६ डोल्पाको शे–फोक्सुन्डो, हुम्लाको खाप्रुनाथ शाखाका लागि म्यानेजरसहित अन्य कर्मचारी साथै, प्रदेश ७ मा कैलालीको आर्यतारा र टिकापुर, कञ्चनपुरको जलहरी र पुनर्बास, अछामको साँफेबगर र डडेलधुराको नवदुर्गा गाउँपालिकामा म्यानेजरसहित कर्मचारी माग गरेको हो ।
थप जानकारी लिन यहाँ क्लिक गर्नुस्
बैंकले २९ ब्राञ्च म्यानेजर, रिलेशनसिप अफिसर र अपरेशन इन्चार्जका पदका लागि ५८ जना, एसिस्टेन्ट रिलेशनसिप अफिसर १० जना, जुनियर ट्रेजरी अफिसर पदका लागि १ जना र बीरगञ्ज शाखाका लागि जुनियर ट्रेड अफिसर १ जना मागेको छ । लगायत, बैंकले केही टेलर र सिएसडीमा जुनियर एसिस्टेन्ट ट्रेनि मागेको छ ।
आवदेन कसरी दिने ?
इच्छुकले १५ नोभेम्बर २०१८ साँझ ५ बजेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । अनलाइनमार्फत आवेदन फारम भर्न सकिने बैंकले जनाएको छ । त्यसका लागि आवेदनकले प्रभु बैंकको वेभसाइटhttp://prabhubank.com/career/मा गएर फारम डाउनलोड गरी फारम भरेर बैंकको वेभसाइटमा रहेको एचआर डिपार्टमेन्टको इमेलमा इमेल गर्न सक्नेछन् ।
शिक्षक बनाउन यस्तो चलखेल
जाजरकोट, माघ २४ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीको आरोप छ । शिक्षक नियुक्तिका लागि विद्यालयले गत शुक्रबार जिल्ला शिक्षा कार्यालयमै लिखित र मौखिक परीक्षा सञ्चालन गरेको थियो । सहभागी ११ मध्ये सर्पे तिरुवा, शोभा बुढा, पूर्णबहादुर घर्ती र खिमबहादुर खड्का लिखितमा सफल भए । तिरुवाले लिखित तथा मौखिक परीक्षामा सबैभन्दा बढी ५० अङ्क ल्याए । घर्तीले ४६ पाए । प्रअ साह, निरीक्षक आचार्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीना घर्तीलगायतको मिलेमतोबाट रातारात उत्तरपुस्तिका नै परिवर्तन गर्ने काम भयो । परीक्षार्थी घर्तीको प्राप्ताङ्क सर्पेको भन्दा केही बढी गराएर फर्जी काम भएको खुलेको छ । लिखित र मौखिकको अङ्क जोडेको मुचुल्कामा सबैले हस्ताक्षर गर्दासम्म सबैभन्दा बढी अङ्क आफ्नै भएको परीक्षार्थी सर्पेले को भनाई छ । सर्पेले परीक्षा सञ्चालनमा जिम्मेवारी लिएका सम्बन्धित पक्षले घर्तीलाई शुक्रबार राति नै पुनः परीक्षा दिनलगाई अर्को उत्तरपुस्तिका तयार गरेर मुचुल्कासमेत बदलेको आरोप छ । ती सबैको मिलेमतोमा भेरीमालिका नगरपालिका–१३ कुदुस्थित एक होटलमा अर्को उत्तरपुस्तिका र मुचुल्का तयार भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले बताए । परिवर्तन गरेको उत्तरपुस्तिका प्रधानाध्यापक साहले नै राखेको र निरीक्षक आचार्य, विषय विशेषज्ञलगायतको सहमतिमा उक्त कार्य भएको घर्तीले स्वीकारे । विद्यालयले विषय विशेषज्ञका रूपमा शिक्षक वीरबहादुर शाही र बिना शाहीलाई मनोनयन गरेको थियो । जिल्ला शिक्षाले कार्यालयका तर्फबाट विद्यालय निरीक्षक आचार्यलाई परीक्षा सञ्चालन गर्न खटाएको थियो । आर्थिक प्रलोभन र राजनीतिक आस्थाका आधारमा उत्तरपुस्तिका नै फेरबदल भएको सर्पेको आरोप छ । अवैध कार्यको उचित छानबिन गरी आफूलाई नियुक्ति पाउने व्यवस्था मिलाइदिन उनले जिल्ला प्रशासनमा उजुरी दिएका थिए ।