१६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँसहित ८ जना पक्राउ

जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसी घरबाट ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम् समझदारी आवश्यक : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम् समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । सभामुख सापकोटाले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गरेका छन् । नेपाली जनताको दशकौं लामो अनवरत सङ्घर्षको परिणामका रुपमा प्राप्त भएको नेपालको संविधान लागू भएको सात वर्ष पूरा भएको जनाउँदै उनले संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका सङ्घर्षमा जीवन अर्पण गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधिसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा रहेको जनाउँदै उनले भनेका छन्, ‘यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल पनि भए । हामीले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरू सम्पादन पनि गरेका छौं । संविधानमा मूलभूत लोकतान्त्रिक मूल्यमान्यता समेटिएका छन् । यसबीचमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने नै छ ।’

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ । त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् । ४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायतले असहमति जनाउँदै आएका छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् ।

धनुषामा घाँस काट्न गएका दुई युवती मृत फेला

काठमाडौं । धनुषामा घाँस काट्न गएका दुई युवती मृत अवस्थामा फेला परेका छन् । नगराईन नगरपालिका–६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । नगराईन नगरपालिका–७ स्थित डेवडियाका दशरथ महराकी १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी हर्निया हरलाखी घर भई डेवडियास्थित मावली बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा मृत फेला परेका हुन् । उनीहरु दुवै जना मंगलबार दिउँसो घाँस काट्न भन्दै घरबाट निस्किएका थिए । शवको प्रकृति हेर्दा दुवै जनाले विष सेवन गरेर आत्महत्या गरेको देखिएको तर घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ ।

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधाई दिएका छन। सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनले आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदै छन । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन्  ।

तीजले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताइन् । “महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु”, उनले सन्देशमा भनेकी छन् । उनले तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गरेकी छन् । “हिन्दु धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ”, उनको सन्देशमा भनिएको छ, “परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ ।” आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचार युक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ । तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई सबैले मनन गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, “हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु ।” रासस

गठबन्धन बैठकमा आ–आफ्नो दाबी

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दाबी पेश गरेका छन्। बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिटमा दाबी गरेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा ९एकीकृत समाजवादी० ले ४० र जनता समाजवादी पार्टीले ३५ सिटमा दाबी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए। राष्ट्रिय जनमोर्चाले बाग्लुङ र प्युठान बटमलाइनसहित दुई सिट नघट्ने गरी मागेको छ। सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटको लागि बनाएको कार्यदलमा पाँच वटै दलले आफ्नो दाबी औपचारिक राखेका हुन्। कार्यदलको बैठक शुक्रबार पनि बस्नेछ। शुक्रबार दिउँसो ४ बजे बस्ने बैठकमा निर्वाचन क्षेत्रको अवस्थासहित छलफल गर्ने ती नेताले बताए। प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १ सय ६५ सिट छन्।

सैनिक अधिकारीसँग राष्ट्रपति भण्डारीको परामर्श अस्वाभाविक : सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग गरेको परामर्शलाई सत्ता गठबन्धनले अस्वभाविक भनेको छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीका पछिल्ला गतिविधिबारे समीक्षा भएको थियो। त्यस बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीको गतिविधिबारे चासो व्यक्त गरेका थिए। यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको कदम स्वभाविक नभएको बताएका थिए। बैठकमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रपतिले निरन्तर गरिरहेको परामर्शबारे सत्ता गठबन्धनका अन्य नेताहरुको धारणा बुझेका थिए।‘राष्ट्रपतिले नागरिकता विधेयक पनि फिर्ता गर्नुभयो। उहाँ निरन्तर परामर्शमा हुनुहुन्छ उहाँको मनसाय बुझ्न सकिएन,’ प्रधानमन्त्री देउवाले बैठकमा भनेका थिए। यस विषयलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वभाविक रहेको बताए। ‘सेना र कानुनविद्हरुसँगको परामर्श र नागरकिता विधेयकबारे उहाँको कदम स्वभाविक छैन,’प्रचण्डको भनाई थियो। राष्ट्रपति भण्डारीले बुधबार सेनाका बहालवाला र अवकास प्राप्त अधिकारीहरुसँग छलफल गरेकी थिइन्। यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका थिए।‘संविधानले कसैलाई पनि नागरिकताबाट बञ्चित नगराउने भनेको छ। विगतमा गएको अध्यादेश स्वीकृत गर्ने र अहिले प्रतिनिधिसभाले पठाएको विधेयक अस्वीकार गरेर उहाँले असंवैधानिक काम गर्नुभएको छ,’ उनले भने। बैठकमा एकीकृत समाजवादीले सेनासँगको परामर्शलाई स्वभाविक मान्न नसकिने धारणा व्यक्त गरेको छ।‘सेनासँग उहाँले परामर्श गर्नुपर्ने कुनै कारण थिएन। उहाँको काम शंकास्पद छ भन्ने धारणा समाजवादीले राखेको छ,’ बैठकमा सहभागी एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको पछिल्लो गतिविधि शंकास्पद रहेको बताएका छन्। पार्टी स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। उनले फिर्ता गरेपछि सरकारले जस्ताको त्यस्तै विधेयक पठाइने निर्णय गरेको थियो।

समाजवादी पार्टीमा ९३ सदस्यीय राजनीतिक समिति गठन

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । पार्टी केन्द्रीय समिति अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ भने ९८ जनालाई केन्द्रीय समितिमा थप गरिएको छ । अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिका अनुसार बैठकले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनित गरेको छ भने केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकेको छ। बैठकले केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ । समाजवादी थारू संघको इन्चार्जमा गोविन्द प्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमि, शिल्पीरदलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो। इजरायल अहमदलाई जिम्मेवारी तोकेको विज्ञप्तिमा जनाइएको छ । बैठकले मङ्सिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा। जनक शाह, ई। नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा। गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय घोषणापत्र लेखन समिति बनाएको छ । पार्टी अध्यक्ष महिन्द्र राय यादव संयोजक र सहध्यक्ष गंगा श्रेष्ठ सहसंयोजक रहनेगरी सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरू रहेको निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टी निर्माण र मङ्सिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर सबै प्रदेशमा प्रदेश स्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जसअनुसार प्रदेश नम्बर एक र सुदूरपश्चिम प्रदेशको २० गते इटहरी र धनगढीमा, मधेस र कर्णाली प्रदेशको २२ गते जनकपुर र सुर्खेतमा, लुम्बिनी र गण्डकी प्रदेशको २४ गते बुटवल र पोखरा र वाग्मती प्रदेश‍को २५ गते काठमाडौं अभिमुखीकरण आयोजना गर्ने निर्णय भएको अध्यक्ष डा.भट्टराईले उल्लेख गरेका छन् ।

न्यायालयमा सुधारको प्रयास भइरहेको छ : कामु प्रधानन्यायाधीश

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन् । विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताएका हुन् ।   “न्यायपालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९।२ प्रतिशत भएको छ ।” सर्वोच्च अदालतमा पुराना मुद्दाको फछ्र्योट गर्ने उद्देश्यले अहिले शुक्रबार पनि पूरा समय काम गर्नसमेत प्रारम्भ गरिएको छ । न्यायालयमा भएका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्नका लागि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरिरहेको र न्यायपालिका तथा बारबीच सुमधुर समन्वय गरेर अघि बढेन उनको भनाइ थियो । “सर्वोच्च अदालतमा पाँच वर्ष, सात वर्ष र १० वर्षका मुद्दा पनि छन् भन्दा मलाई पनि आत्मग्लानि हुन्छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “अब यो अवस्था नरहोस् भनेर निरन्तर मुद्दा फछ्र्योट गरेर सुधार गर्ने काम गरिरहेको छौँ, सबै अदालतले सेवाग्राहीलाई खुसी बनाएर पठाउनुस् ।” नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले राम्रो कामका लागि सम्मान गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने माग गरे । “सर्वोच्च अदालतमा अहिले पनि १० वर्षसम्मका मुद्दा बाँकी छन्”, उनले भने, “फैसला ढिला हुँदा सेवाग्राही निराश भएका छन् ।” अध्यक्ष घिमिरेले तीन वर्षभित्र सम्पूर्ण कानुन व्यवसायीलाई करको दायरमा ल्याउने तयारी रहेको जानकारी दिँदै न्यायालयकर्मी, कानुन व्यवसायी, सरकारी वकिल, सरकारी कर्मचारी सच्चिए न्यायालय पूर्णरुपमा सुधार हुने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाले अदालतले अझै छिटो न्याय सम्पादनमा ध्यान दिनुपर्ने र छिटो फैसला भएमात्र न्याय पाउने कुरालाई मनमा राखेर काम गर्नुपर्नेमा जोड दिए । सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेलले विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दाको कारबाही किनारा गर्ने अदालतको भवन निर्माण भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा छिटोछरितो अनुसन्धान र फैसला कार्यान्वयन हुने विश्वास व्यक्त गरिन् ।​ सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराइले उपभोक्ताको मागलाई ध्यानमा राखेर छिटो न्याय दिनुपर्ने र त्यसका लागि कर्मचारी र न्यायकर्मीको क्षमता विकासमा ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । साथै विशेष अदालत स्थापनाको २० वर्ष पुगेका अवसरमा प्रकाशित ‘विशेष अदालत स्मारिका, २०७९’ समेत उनले सार्वजनिक गरे । कार्यक्रममा भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उक्त अदालतका रजिष्टार अशोककुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले उक्त भवन निर्माण सम्झौता भएको एक सय ४५ दिनअघि नै निर्माण सम्पन्न भएको र उक्त भवनले मुद्दाको सम्पादन गर्न अली सहज हुने विश्वास व्यक्त गरे । रासस

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले यही भदौ १० देखि १२ गतेसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । तीन दिनसम्म हुने ‘अन्तर्राष्ट्रिय सम्बन्धः नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित शैक्षिक संस्था तथा विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा महत्त्वपूर्ण भूमिकामा रहेका नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका एकसय जना विज्ञ युवाको सहभागिता रहनेछ । सम्मेलनमा विज्ञले आफ्ना कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक डा.दीपककुमार अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम् विचार युवापुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा प्रस्तुत गर्ने विचार नै भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथप्रदर्शन बन्ने आयोजकको विश्वास छ । निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिका आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गरे । सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा.विनयकुमार मिश्रले जानकारी दिए । सम्मेलनबाट आएका अनुभवले भविष्यका लागि युवाले आफ्नो मार्गचित्र बनाउँदा सहयोग पुग्नेछ भन्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए । आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा यस कार्यक्रमबाट समाजलाई थाहा दिइने आयोजकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १० गते उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री प्रचण्डले भदौ १२ गते गर्ने तय भएको छ । रासस

बुथमा निर्वाचन बिथोलिए सह्य नहुने आयुक्त थपलियाको चेतावनी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा अभावमा कुनैपनि निर्वाचन क्षेत्र, बुथमा निर्वाचन बिथोलिए सह्य नहुने चेतावनी दिएका छन् । निर्वाचन आयोगले ललितपुरमा आइतबार गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले चुनावी मिति सिफारिसताका नै निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति खोजेको र सुरक्षाको पूर्ण जिम्मेवारी सरकारको भएको भन्दै निर्वाचन सुरक्षा बल नभई मनोबलले गर्ने विषय भएको जिकिर गरे। उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनैपनि निर्वाचन क्षेत्रमा पुनःमतदान गर्नुपर्ने अवस्था आउन नदिने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । ्चुनावमा उम्मेदवारले खर्चको विषयलाई अतिरञ्जित गरेर दलीय व्यवस्थाविरुद्ध भ्रम सृजना गर्ने काम भइरहेको जिकिर गर्दै यो लोकतन्त्रको निम्ति पाच्य नहुने टिप्पणी उनको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणा आकस्मिक नभई नियमित भएपनि तयारीको लागि पर्याप्त समय भने नपाएको गुनासो गरे । एक अर्को प्रसंगमा थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवार मनोनयन असोज २ गतेको अघिल्लो दिनसम्म मात्र वर्तमान सांसदहरुको पदावधी रहने स्पष्ट गरे। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको लागि आयोगले करिब ११ अर्ब रुपैयाँ बजेट माग गरेको बताए ।

एक महिनामै झन्डै २ अर्बको विद्युत भारत निर्यात, थप १११ मेगावाट निर्यात गर्न प्रस्ताव

  काठमाडौं । चालु आर्थिक वर्ष २०७९–०८०को पहिलो महिनामा झन्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो। विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे(अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरू गरेको थियो। ष्लखयतभअज सुरूमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रूपमा ६ वटा जल विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ। आइएक्समा २४ घन्टालाई १५ः१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक(फरक हुने गरेको छ। गत आव २०७८–७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो। ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत् विद्युत निर्यात भइरहेको छ। गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो। योसँगै वर्षायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकाले भारतीय बजारमा प्रतिस्पर्धामार्फत् विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने छ।’ थप १११ मेगावाट निर्यात प्रस्ताव नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्रीको प्रस्ताव गरेको छ। प्राधिकरणले ४ जल विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो। केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरू हुने छ। प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४।२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेम विश्वास व्यक्त गरे। ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान(प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनीलगायत निकायहरूलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक भइरहेको छ’, उनले भने। भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे-अहेड मार्केट)मा विद्युत बिक्री गरिन्छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत् तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ। प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन)ले गर्छ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।    

देशले सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका हुन् । ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

आज वाइसिएल नेपालकाे दोस्रो राष्ट्रिय भेला, अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

वाइसिएल नेपालकाे दाेश्राे राष्ट्रिय भेला आजदेखि शुरु हुने छ । भेलाकाे उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम छ । विहान ११:०० बजे राष्ट्रिय सभा गृहमा सुरु हुने भेलाकाे सम्पूर्ण तयारि पूरा भएकाे वाइसिएलले जनाएकाे छ । भेलाले नयाँ नेतृत्व चयन गर्ने बताईन्छ ।

नागरिकता विधेयक जस्ताकाे तस्तै पारित, पक्षमा १३५ मत

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताकाे तस्तै पारित भएपछि अब याे पुनः प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ । आजकाे मतदानमा प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरे । यस अघि सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्क समेत गर्नुभयो । गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गरेका थिए । संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए। तर ,राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद‍्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित साउन २९ गते साँझ प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्। त्‍यसको भोलिपल्ट अर्थात् साउन ३० गते बसेको प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देशसहितको पत्र पेस भएको थियो