देउवाले गरे प्रचार विभागमा ४८ सदस्य मनोनित, को-कोले पाए मौका? (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग विस्तार गरेको छ ।

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज प्रचार विभाग विस्तार गरेका हुन् । सभापति देउवालेले विभागको उपप्रमुखमा डा. सुरेश आचार्य र सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरेका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको प्रचार विभागमा ४८ जना सदस्य पनि मनोनयन गरिएको छ । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बाबजुद विभाग गठन र विस्तामा गर्दै आएका छन् ।

देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन गरेका छन् । अन्य विभाग पनि गठनको तयारीमा रहेको बुझिएको छ । यता त्यसको विरोधमा पौडेल पक्षले पार्टी कार्यालयमा धर्ना, अनसन र केन्द्रीय सदस्यबाट राजीनामा दिनेसम्म गृहकार्य गरिरहेको छ ।

मनोनित सदयहरू

१) गोबर्धन राना मगर, तनहुँ
२) बजरंग नेपाली, महोत्तरी

३) डा. सुरेश आचार्य, सिन्धुली
४) नीर शाह, काठमाडौं
५) नन्दकृष्ण जोशी, बझाङ्ग

६) युवराज गिरी, रुपन्देही
७) कन्हैयालाल केशरी, पर्सा
८) जितेन्द्र यादव, रौतहट
९) विमल ठकुरी, काठमाडौं
१०) हेमन्त कर्माचार्य, बांके
११) गोविन्द कोइराला, सुर्खेत
१२) विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम

१३) डा.अञ्जनी झा, महोत्तरी
१४) समीरजंग शाह, जाजरकोट
१५) गोपाल झा, महोत्तरी
१६) मीनबहादुर भाम, मुगु
१७) विष्णुमणि घिमिरे, सर्लाही

१८) सन्तोष चौधरी थारु, सिरहा
१९) प्रफुल्ल घिमिरे, धनुषा
२०) अञ्जना अर्याल, नुवाकोट
२१) ई. दिपेश विष्ट, काठमाडौं
२२) डा. सञ्जय महतो थारु, चितवन
२३) राजकाजी गुरुङ, कास्की
२४) रामचन्द्र घिमिरे, काठमाडौं

२५) मधुकर खनाल, काभ्रे
२६) गोविन्द परियार, कास्की
२७) विमलचन्द्र विष्ट, ललितपुर
२८) दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९) विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार)
३०) नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान)
३१) चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल)

३२) डा. देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका)
३३) बीरेन्द्र बिजुक्छे, कास्की
३४) बसन्त रोकाय, हुम्ला
३५) विपेन्द्र गौतम, पाँचथर
३६) ई. सुसन बैद्य, काठमाडौं

३७) रोहित विश्वकर्मा, भोजपुर
३८) कल्प पौडेल, पाल्पा
३९) देवेन्द्र गौतम, झापा
४०) मोहमद वजीह अर्सद, कपिलवस्तु
४१) तेजशंकर भट्ट, कैलाली

४२) राधा क्षेत्री, पर्वत
४३) टेकराज अवस्थी, डोटी
४४) अनिता शर्मा, पश्चिम नवलपरासी
४५) भेषबहादुर थापा, दैलेख
४६) रमेश जोशी, डडेल्धुरा
४७) सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८) विकल राई, खोटाङ

उपत्यकामा लकडाउनको नयाँ मोडालिटी

काठमाडौंः काठमाडौं उपत्यकामा लकडाउनको नयाँ मोडालिटी लागू हुने भएको छ । त्यसका लागि उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबीच आज छलफल हुँदैछ । उक्त छलफलले नयाँ मोडालिटी तयार गरेर लागू गर्ने तयारी गरिएको छ । सरकारी तथा निजी कार्यालयहरू सन्चालनका लागि नयाँ किसिमको मोडालिटी तयार गरिनेछ । पछिल्लो दिनहरूमा उपत्यकामा कोरोना तीव्र गतिमा फैलिरहेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगिसकेको छ । संक्रमण बढ्दै जाँदा उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपैयाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गरेको छ । विद्यार्थीको नतिजा प्रकाशन विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गरिने निर्णयपछि अब शुल्क फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । विद्यार्थीसित सरकारले जम्मा छ सय रुपैयाँ परीक्षा शुल्कबापत लिने गरेकोमा यसअघि नै एक सय रुपैयाँ सम्बद्ध विद्यालयले राख्ने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

राष्ट्रिय सभाका विषयगत समितिमा सभापति सर्वसम्मत

काठमाडौंः राष्ट्रिय सभाका विषयगत चार समितिमा निर्वाचन प्रक्रिया शरू हुँदा चार जना पुरानै सभापतिको उम्मेदवारी दर्ता भएको छ । साँझ ४ बजेको अन्तिम नामावली प्रकाशन हुँदा चार जनाको नाममा मात्र उम्मेदवारी दर्ता हुँदा उनीहरू सभापतिमा सर्वसम्मत चयन हुने निश्चित भएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार शुक्रबार १ बजे सभापतिहरूको सर्वसम्मत नाम घोषणा हुनेछ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिहरूको आज उम्मेदवारी दर्ता भएको हो । चार समितिमध्ये विधायन व्यवस्थापन समितिको सभापतिमा परशु मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) र दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी परेको छ । चार समितिका सभापतिमध्ये तीन सभापति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुन् । भट्ट मात्र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्छन् ।

नेकपा विवादमा नाटकीय रूपमा ब्रेक !

काठमाडौंः शक्ति र सत्ता–संघर्षको चपेटामा फसेको सत्तारुढ दल नेकपाको विभाजन करिब–करिब टरेको छ । पार्टीभित्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादले नेकपाको विभाजनको आशंका जन्माएको थियो । तर, बिहीबारसम्म भएका आन्तरिक र बाह्य कोसिसले तत्कालका लागि देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति नेकपाको विभाजन टरेको स्रोतहरुले जनाएका छन् । ‘दुई अध्यक्षबीच कुनै ठोस सहमति त बनेको छैन । तर, पार्टी विभाजनको खतरा टरेको छ । ढिलोचाँडो एउटा निकास निस्कन्छ,’ बिहीबार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका सचिवालयका एक सदस्यले भने, ‘अब पार्टीचाहिँ फुट्दैन ।’ उनले विभाजन रोकिनुको कारण भने केही खुलाएनन् । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच प्रधानमन्त्रीको राजीनामा लिएर विवाद छ । बुधबार स्थगित स्थायी कमिटी बैठक शुक्रबार बस्दै छ । तर, त्यसअगाडि ओली र प्रचण्डबीच संवादको कार्यसूची छ । बिहीबार दुई अध्यक्षबीच टेलिफोन संवाद भएको एक नेताले बताए । ‘उहाँहरू भोलि बस्नुहुन्छ र बैठकबारे निर्णय लिनुहुन्छ,’ बिहीबार साँझ प्रचण्डसँग भेट गरेका स्थायी कमिटीका एक सदस्यले भने, ‘सहमति बनेको छैन तर पार्टी फुट्दैन ।’ बालुवाटारमा बुधबार भएको ओली र प्रचण्डबीचको छलफल तिक्ततामा रूपान्तरण भएपछि विभाजनको दिशा पक्रिएको आशंका पार्टीभित्रै पैदा भएको थियो । तर, शीर्ष तहमा चुलिएको अन्तरविरोधका कारण ठूलो आन्तरिक संकटको सामना गरिरहेको नेकपामा बिहीबारबाटै ‘नाटकीय रूपमा’ ‘ब्रेक’ लागेको छ । योबीचमा सोमबार, मंगलबार र बुधबारको वार्तामा ओली र प्रचण्डबीच खुलेर मन माझामाझ भएको छ । शुक्रबारको बिहानको भेटवार्ताबाट छलफल सकारात्मक दिशामा अघि बढेको सन्देश दिने ओली र प्रचण्डको तयारी छ । १७ असारयता चारपटक स्थगित स्थायी कमिटी बैठक संवादबाटै निकास खोज्ने उद्देश्यले शुक्रबार बिहान ११ बजे बोलाइएको छ । पार्टी विभाजन हुँदा त्यसको दोष व्यहोनुपर्ने शीर्ष नेतृत्वको बुझाइ, राष्ट्रपति विद्यादेवी भण्डारीको चासो, पार्टीभित्रै विभाजनका विरुद्ध उठेको युवा नेताहरूको आवाज र चिनियाँ राजदूतको दौडधुपले नेकपाको संकट टरेको केही नेताहरूको विश्लेषण छ ।यो समाचार आजको नयाँ पत्रिकामा छ ।

सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलापमा संग्लग्न १ जोडी पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा विहीबार एक जोडी पक्राउ परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० स्थित सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलापमा संग्लग्न भएको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिकाका वर्ष २८ का युवक र ३० वर्षीया कैलालीको गोदावरी नगरपालिका–९ की युवती रहेकी छन् । प्रचलित कानुन बमोजिम सार्वजनिक स्थलमा यौन क्रियाकलाप गर्न नपाइने व्यबस्था भएकोले हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

आज १०८ जनामा मात्र कोरोना पुष्टि, १३९ जना डिस्चार्ज

काठमाडौं : नेपालमा बिहीबार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यस्तै आज १ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

अचम्म: चीनले बनायाे सामान बाेक्ने राेबाेट, काेराेनाविरुद्ध कारगार उपाय

अचम्म: चीनले बनायाे सामान बाेक्ने राेबाेट, काेराेनाविरुद्ध कारगार उपाय

आकस्मिकरुपमा मन्त्रीहरुलाई बालुवाटार बोलाए प्रमले, नेकपा संघर्ष निर्णायक मोडमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्षले निर्णायक रुप लिनसक्ने देखिएको छ । स्थायी समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएपछि आज बिहानै मन्त्रीहरुलाई बालुवाटार डाकेका छन् । पार्टीभित्र स्वेच्छाचारिता बढेको, प्रधानमन्त्रीले गुटलाई प्रश्रय दिएको र सरकारले काम गर्न नसकेको भन्दै स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले आफूलाई हटाउन भारतले पार्टीका नेताहरुलाई उपयोग गर्दै चलखेल गरेको अभिव्यक्ति दिएपछि स्थायी समिति बैठकमा रडाको मच्चिएको थियो । स्थायी समिति बैठक बसिरहेकै बेला प्रधानमन्त्रीले भने मंगलबार नै दुईपटक राष्ट्रपतिसँग छलफल गरेका थिए । पार्टीभित्र चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले गम्भीर कदम चाल्ने संकेत दिएका छन् । यद्यपी उनका अगाडि बाँकी रहेका कुन विकल्प प्रयोग गर्छन् भन्ने कुरा भने अन्यौल नै छ । कतिपयले प्रधानमन्त्रीले दबाबकै बीच पार्टी फुटाउनेसम्मको कदम चाल्न सक्ने अनुमान गरेका छन् । साँझ नै प्रधानमन्त्रीले बुधबार बिहान सात बजेका लागि मन्त्रीहरुलाइ बाेलाएका हुन । आकस्मिकरुपमा मन्त्रीपरिषदको बैठक बोलाउनुलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । कतिपयले भने केही अप्रिय निर्णय हुनसक्ने आँकलन समेत गरेका छन् । तर पार्टी नै विभाजन हुने शर्तमा अध्यक्ष ओलीले कुनै कदम चाल्ने अवस्था भने त्यति सहज देखिँदैन । मंगलबारको बैठकमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत १७ जनाले प्रधानमन्त्रीलाई राजिनामा दिन दबाब दिएका थिए । प्रधानमन्त्रीले भने राजिनामा नदिने अडान राख्दै आएका छन् । यसअघि प्रधानमन्त्रीले आफूले नक्सा सार्वजनिक गरेपछि भारतको इसारामा हटाउन खोजिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । मंगलबारको बैठकमा भने प्रवक्ता नारायणकाजी श्रेष्ठले नक्सा प्रकाशनको निर्णय नेकपाले निकै अघि गरेको र सरकारले त्यसलाई सार्वजनिक गर्न नसकेको प्रसंग कोट्याएका थिए । सचिवालयको बैठकबाट मुख्य सचिवलाई फोन गरेर नीति तथा कार्यक्रममा नक्सा प्रकाशन गर्ने कुरा राख्न लगाएको बताउँदै प्रवक्ता नारायणकाजीले प्रधानमन्त्रीलाई तथ्यमा रहेर बोल्न सुझाव दिएका थिए । अध्यक्ष प्रचण्डले भने निर्वाचन आयोगमा दल दर्ता हुनु र प्रधानमन्त्रीको अशोभनीय अभिव्यक्ति आएकोमा चर्को आलोचना गरेका थिए । प्रचण्डको भनाई थियो, ‘मैले वैशाखमा बसेको सचिवालयको बैठकमा पनि तपाईंको राजीनामा मागेको हुँ, अहिले पनि माग्छु । सरकारले डेलिभरी दिन सकेन, कम्युनिस्ट आन्दोलन नै बदनाम भयो, देशभित्रका जनताले र पार्टीका नेताले राजीनामा मागेका छन् । तर, तपाईं भारतले हटाउन खोज्यो भनेर देश र जनताको अवहेलना गर्दै हुनुहुन्छ, सबै स्थिति हेर्दा तपाईं हट्दा राम्रो हुन्छ, हट्नुस् ।’ नेता माधव नेपालको भनाई थियो, ‘पहिलो पुस्ताको त्याग र बलिदानबाट बनेको सुन्दर पार्टीलाई दोस्रो पुस्ताले पनि त्यत्तिकै ठूलो योगदान ग¥यो, तर आज पार्टी दुरावस्थामा पुगेको छ । कहीँ पार्टी छ भन्ने स्थिति छैन, कमिटी संगठित छैन, परिचालित छैन, कमिटी भए पनि बैठक बस्दैन । सरकार झन्झन् अलोकप्रिय बन्दै गएको छ । नियुक्तिहरूमा कुनै मापदण्ड छैन, मनपरी छ । पार्टी नामको संस्था छैन, अस्तव्यस्त छ । यहाँ केही भन्यो भने गीत गायो भनिन्छ, तर गीत गाएको होइन, यो अहिलेको वास्तविक तस्बिर हो । त्यसकारण अब तपाईंबाट चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस् ।’ निर्वाचनमा आयोगमा नेकपा एमाले दल दर्ता हुने विषय सामान्य नरहेको बताउँदै उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीकै इसारामा उक्त दल दर्ता भएको दावी गरेका थिए । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, सूचना छ, छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु । पार्टी र सरकारको नेतृत्व दुवैमा प्रधानमन्त्री चुक्नुभो, अब उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ गौतमको भनाइ थियो । आजको बैठकका एजेण्डाबारे मन्त्रीहरुलाई समेत केही थाहा छैन । मन्त्रीपरिषदका सबै सदस्य प्रधानमन्त्रीको साथमा भने छैनन् ।

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

सप्तरीः श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट १ युवक आइतबार पक्राउ परेका छन् तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । आरोपित मण्डल र विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५-४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । विद्यालय प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदूरी गर्ने बालिकालाई आरोपितले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेका थिए । रात परेपछि नास्ता खान जोर जबर्जस्ती गरी सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितले बताएका छन् । रासस

खाद्यान्न बोकेको मिनिट्रकबाट १ लाखको मदिरा बरामद

धनगढीः कैलालीमा खाद्यान्न बोकेको मिनिट्रकबाट १ लाख १५ हजार बराबरको मदिरा बरामद गरिएको छ । नुन लगायत खाद्यान्न बोकी धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ ख २०१० नम्बरको मिनिट्रकलाई चटकपुरमा रोकी चेक गर्दा १ सय २६ पेटी मदिरा बरामद गरिएको हो । चालक गोदावरी नगरपालिका-४ का नरेन्द्र सिंह महरालाई नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए । उनले ट्रक र मदिरा धनी धनगढी उपमहानगर १३ बस्ने दिनेश पन्तलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको बताए । बरामद गरिएको मदिरा आन्तरिक राजस्व कार्यालय कैलालीमा बुझाइने उनले बताए ।

कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका

काठमाडौं: लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखिएको छ । सरकारले गत ११ चैतदेखि गर्दै आएको बन्दाबन्दी (लकडाउन)को समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती व्यक्ति क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ । गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो । नागढुंगाका एक स्थानीय महिलाका अनुसार वैशाख अन्तिम साता मात्र उपत्यका बाहिरबाट करिब सात वटा रिजर्भ बसमा काठमाडौं उपत्यकामा मानिस भित्रिएका छन् । नागढुंगामा प्रहरीको चेकजाँच हुने भएपछि नजिकै उनीहरूलाई छाडिएको र उनीहरू पैदलमार्ग हुँदै काठमाडौं उपत्यमा भित्रिएको उनले जानकारी दिइन् । गत वैशाख दोस्रो साता उपत्यकामा अलपत्र परेका तथा गाउँ फर्किन चाहनेहरूका लागि राजनीतिक पहुँचका आधारमा गाउँ पठाइएको थियो । लकडाउनको बिचैमा तीन दिन भीडभाड लागेको थियो भने केन्द्र सरकारले आँखा चिम्लिदिएको थियो । सोही समयमा उपत्यकामा थुप्रै व्यक्ति भित्रिएको उपत्यका छिर्ने नाकाका स्थानीय बताउँछन् । राजनीतिक पहुँचका आधारमा वैशाख अन्तिम सातासम्म थुप्रै व्यक्ति काठमाडौं उपत्यकामा भित्रिएको पाइएको छ । यसरी उपत्यका भित्रनेहरू क्वारेन्टाइन नबसी सिधै आफ्नो कोठामा पुग्ने गरेका थिए । तीमध्ये कतिपयले आफ्नो स्वास्थ्य चेकजाँच गराउँदा कोरोना संक्रमणको पुष्टिसमेत भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

थप ३ जनामा देखियो कोरोना

काठमाडौंः विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २ र धनकुटाका १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने २ जनाको ज्यान गएको छ ।

यी हुन् नेपालका ९९ जना कोरोना संक्रमित (सूचीसहित)

काठमाडौंः नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी उदयपुरमा २८ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ७२.७ प्रतिशत पुरुष र २७.३ प्रतिशत महिला रहेको छन् । पर्सामा २४ र बाँकेमा २३ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएकोछ । काठमाडौं, बागलुङ र कञ्चनपुरका सबै संक्रमित निको भइसकेका छन् । हालसम्म २२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । निको हुनेमा २२.७ प्रतिशत महिला रहेका छन् भने बाँकी पुरुष रहेको मन्त्रालयले जनाएको छ । जिल्लागत रुपमा संक्रमित र निको हुनेको संख्याः कोरोना संक्रमित (सूचीसहित): (८३-९९) २ महिना को शिशु देखि ६६ बर्षका, १० पुरुष, ७ महिला, १७ जना, बैशाख २४, पर्सा (७६-८२) २२, ३०, ४० बर्षका ३ पुरुष, ९, ३२, ३४, ५५ बर्षका ४ महिला, ७ जना, बैशाख २३, बाँके (७०-७५) १६, २१, ३४ बर्षका ३ पुरुष, ४०, ५५, ६० बर्षका ३ महिला, ६ जना, बैशाख २१, बाँके (६१-६९) ७ देखि ५८ बर्षका ५ जना पुरुष र ४ जना महिला, ९ जना, बैशाख २१, बाँके (६०) ३६ बर्षका पुरुष, बैशाख २१, पर्सा (५९) ६० बर्षका पुरुष, बैशाख २०, बाँके (५८) २५ बर्षका पुरुष, बैशाख २०, रुपन्देही (५७) ४६ बर्षका पुरुष, बैशाख १७, पर्सा (५५-५६) ४३ र ४१ बर्षका २ जना पुरुष, बैशाख १७, बारा (५३-५४) २४ र ३५ बर्षका २ जना पुरुष, बैशाख १६, रौतहट (५२) ५० बर्षका पुरुष, बैशाख १४, झापा (५०-५१) ५० बर्षका २ जना पुरुष, बैशाख १४, पर्सा (४९) ६२ बर्षका पुरुष, बैशाख १२, झापा (४८) २६ बर्षका पुरुष, साउदी अरब बाट, बैशाख ११, भोजपुर ४७) १४ बर्षका बलाक (पुरुष) बैशाख ११, धनुषा (४६) ५५ बर्षकी महिला, बैशाख ११,उदयपुर (४४- ४५) ६० र ७२ बर्षका २ जना पुरुष, बैशाख १०, उदयपुर (४३) २४ बर्षका भारतीय पुरुष, बैशाख १०, उदयपुर (३२- ४२) १८,१८, २०, ३३, ४९, ४१, ४१, ५२ र ५८ बर्षका पुरुष, ३६ बर्षकी महिला, र १ जना उमेर नखुलेको महिला, ११ जना, बैशाख ९, उदयपुर (३१) ६५ बर्षका पुरुष, बैशाख ६, उदयपुर (२९, ३०) २७* र ६३ बर्षका पुरुष, २ जना बेलायत बाट, बैशाख ५, चितवन (१७- २८) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका १२ जना भारतीय पुरुष भारत बाट, बैशाख ५, उदयपुर (१५, १६) ५८ बर्षका पुरुष* र ८१ बर्षकी महिला*, २ जना बेलायत बाट, बैशाख २, काठमाडौ (१४) १९ बर्षका पुरुष* भारत बाट, बैशाख १, रौतहट (१३) ६५ बर्षकी महिला, बैशाख १, कैलाली (१०,११,१२) ३७, ४४ र ५५ बर्षका ३* जना भारतीय पुरुष, भारत बाट, चैत ३०, पर्सा (९) ३४ बर्षकी महिला*, चैत २२, कैलाली (८) ४१ बर्षका पुरुष* भारत बाट, चैत २२, कञ्चनपुर (७) २१ बर्षका पुरुष* भारत बाट, चैत २२, कैलाली (६) ६५ बर्षकी महिला* दुबई बाट, चैत २०, बागलुङ (५) १९ बर्षकी महिला* बेल्जियम बाट, चैत १५, बागलुङ (४) ३४ बर्षका पुरूष* दुबई बाट, चैत १४, कैलाली (३) ३२ वर्षका पुरुष* दुबई बाट, चैत १२, काठमाडौ (२) १९ वर्षकी महिला* फ्रान्स बाट, चैत १०, काठमाडौ (१) ३२ वर्षका पुरुष* चीनबाट, काठमाडौ

कुखुरा चोर्न आएको चितुवाले मान्छेलाई आक्रमण गरेपछि…

तनहुँः भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवा मारिएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो । सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उनले बताए । घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताए । केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो । करिब पाँच÷छ वर्षको देखिने २५÷३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो । चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ । रासस साङ्कतिक तस्बीर ।

नेकपा सचिवालय बैठक सकियो, बामदेवलाई प्रतिनिधिसभामा लगिने

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार साढे ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको बैठक केहीबेर अघि सकिएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको बताए । पार्टीमा विवाद बढ्दै गइरहेको बेला बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने बताइएको थियो । तर, अन्य निर्णय के भए त्यो बताइएको छैन ।