यूएइको दोस्रो विकेट पतन, पहिलो ओभरमै सागरले लिए विकेट

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याउने यूएईले दोस्रो विकेट गुमाएको छ ।

यूएईले दोस्रो विकेटकारुपमा १२.६ ओभरमा सायद हाइदेअर १५ रनमा गुमाएको हो । उनलाई सागर ढकालले आफ्नो पहिलो ओभरमै आउट गर्न सफल भए ।

यूएईले पहिलो विकेटकारुपमा ८.५ ओभरमा निल लोडलाई ५ रनमा गुमाउन पुग्यो। नेपाललाई पहिलो सफला आफ्नो पाँचौ ओभरमा कमलसिंह ऐरीले दिलाएका हुन् ।

यो समाचार तयार पार्दासम्म यूएईले १४ ओभरमा २ विकेट गुमाएर ५३ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४६, राशिद खान ४४, कमलसिंह ऐरीले ४१, कुशल मल्लले २२ रन बनाए ।

बलिङमा यूएईका लागि सञ्चित शर्मा, आकाश ताहिरले ३-३ र कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीले एक विकेट लिए ।

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्। यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका?

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

उपकप्तान मल्ल भन्छन्, ‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

तनहुँः  ‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन’, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।’ उपकप्तान मल्लले शुरुवाती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए । ‘आज आफू जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ’, उनले भने, ‘जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।’ व्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए । ‘जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सँधै सफल हुनेमा कुनै द्विविधा छैन’, उनले भने । नेपाली क्रिकेट टोलीको सवल पक्षका बारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताए । राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने, ‘त्यस्तो भावना कहिल्यै पनि आएन, सधैँ एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरु साथिलाई त्यो स्थानसम्म पुर्याउन पाए मलाई खुशी लाग्छ ।’ कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाएका थिए । गरीब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो । परिषद्का ४० सदस्य सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए । रासस

दुर्घटनामा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा थप एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुने श्रीमान् हुन् भने घाइते रहेकी निजकी श्रीमती रहेको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नंको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नं को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नं को मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।

पक्राउको डरले बस्तीभरि ताला

काठमाडौं । पशुचौपाया गोठमा कराइरहेका छन् । घाँस परालले हाल्ने केही छैन । बस्तीका ३४ घरमध्ये सबैजसो घरमा ताला लागेको छ । यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो । कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एकसयभन्दा बढी हरिया रुख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका हुन् । हरिया रुख काटेको ३६ दिनपछि डिभिजन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् । यो समाचार कान्तिपुर दैनिकमा नारायण शर्माले लेखेका छन् ।

रविमाथि आरोप प्रमाणित भए दफा १८७ अन्तर्गत कार्वाही हुनसक्ने, के छ कानुनमा व्यवस्था?

काठमाडौं  । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या नोट मानिने भिडियो सार्वजनिक भएपछि कार्यक्रम प्रस्तोता रवि लामिछाने सबैको चासोमा रहेका छन् । यो पनि पढ्नुहोस् शालिकराम आत्महत्या प्रकरणः अस्मिता कार्की पक्राउ पुडासैनीले रवि लामिछानेको समूहले दिएको पीडा व्यक्त गर्दै रेकर्ड गरेका १३ मिनेट जम्मा समयका दुईवटा भिडियोमा न्यूज २४ टेलिभिजनमा काम गर्दा रवि लामिछानेले आफैलाई दुख दिएको र फसाउन खोजेको आरोप लगाएका छन् । भिडियोका सार हेर्दा रवि लामिछाने र उनको टीमको पीडा खेप्न नसकी पत्रकार पुडासैनीले आत्महत्या गरेको बुझ्न सकिन्छ । यद्यपी उनले भनेका आरोपकै कारण आत्महत्या गर्नैपर्ने अवस्था थियो या थिएन भन्ने बहस पनि अहिले चलेको छ । लेखक दिल निशानी मगरले आफ्नो सामाजिक सञ्जालमा आरोप लगाइएकै विषयमा मर्नैपर्ने थियो र ? भन्ने आशयको प्रश्न समेत नगरेका होइनन् । अहिले अनुसन्धानका क्रममा रहेकोले यो आत्महत्याका कतिपय पक्षहरु अनुत्तरित छन । त्यसैले यसै होला या यो नै सत्य हो भन्ने विषयमा निक्र्यौलमा पुग्न सकिने अवस्था छैन । प्रहरीले समेत सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । तर भिडियोमा जसरी पत्रकार पुडासैनीले रबि लामिछानेलाई दोषारोपण गरेका छन् । त्यसलाई आत्महत्याको मुख्य कारण (मोटिभ) मान्ने निष्कर्शमा प्रहरी अनुसन्धान पुग्यो भने रबि लामिछानेमाथि कार्वाही हुने देखिन्छ । यदि त्यो प्रमाणित भएन भने या त्यो निश्कर्षमा प्रहरी पुगेन भने उनी कार्बाहीबाट जोगिन सक्छन् । नेपालको फौजदारी संहिता २०७४ ले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने भन्दै यदि कसैले कसैलाई आत्महत्याका लागि उक्साएको खण्डमा या त्यस्तो परिस्थिति सिर्जना गरेको खण्डमा त्यसका लागि सजाय तोकको छ । फौजदारी संहिताको परिच्छेद १२ ज्यान सम्बन्धी कसूरको दफा १८५ मा यसबारेमा स्पष्टसँग लेखिएको छ । दफा१८७  मा लेखिएको छ- १८७.  आत्महत्या गर्न दुरुत्साहन दिन नहुने आत्महत्या गर्न दुरुत्साहन दिन नहुने ः (१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा दुरुत्साहन दिई त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरिदिन हुंदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैंयाँसम्म जरिबाना हुनेछ । भिडियो सार्वजनिक भएपछि रबि लामिछानेले प्रारम्भिक प्रतिक्रिया दिँदै मृतक शालिकराम पुडासैनीलाई ठूलो भ्रम परेको र थप जानकारी फेरी सार्वजनिक गर्ने बताएका छन् । अर्कोतर्फ प्रहरीले पुडासैनीसँग जोडिएका कतिपय अन्य पक्षको समेत अनुसन्धान गरिरहेको छ । तर भिडियोमा हेर्दा भने रबि लामिछाने आत्महत्याको परिस्थिति सिर्जन गर्ने मुख्य पात्र रहेको आम बुझाई बन्न थालेको छ । यो स्थितिमा रबि लामिछानेमाथि कार्वाही हुने अवस्थामा यो उनको जीवनको सबैभन्दा दुखद क्षण बन्ने संकेत देखिएको छ ।

कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालिकोटमा बम विस्फोट

सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ । मुख्यमन्त्री शाही बुधबार (आज) स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए । बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो । कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको जंगलमा बम विष्फोट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । अहिले प्रहरीले बम विष्फोट भएको स्थलको अनुगमन गरिरहेको अध्यक्ष शाहीले बताए ।

पोखराका वडा कार्यालयमा लुट मच्चाउने समातिए

पोखरा । पोखरा महानगरको वडा कार्यालयमा लुट मच्चाउने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर वडा कार्यालयमा चोरी कार्यमा संलग्नलाई सार्वजनिक गरेको हो । वडा कार्यालयमा चोरी गर्ने ४१ वर्षीय किशोर थापा रहेको प्रहरीले खुलाएको छ । थापा यसअघि पनि काठमाडौं केन्द्रीय कारागारमा दुई पटकसम्म थुनिएको व्यक्ति भएको प्रहरीले जनाएको छ । पहिलो पटक ५ वर्ष र दोस्रो पटक ३ वर्ष सजाय भोगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थापाले वडा कार्यालयमा सुरक्षा गार्ड नहुँदा चोरी गर्न सजिलो हुने बयान दिएको प्रहरीले बताएको छ । काठमाडौं महानगरपालिका ११ स्थायी ठेगाना भएका थापा पोखरा महानगरपालिका १० कालिकाचोकमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापाले चोरी गरेका सामान डेरा नजिकैको निमार्णाधीन भवनमा लुकाउँथे । थापाले चोरी गरेका सामान बिहानको समयमा काठमाडौं पुर्याउँदै आएका थिए । गाउँमा सवारीसाधनको पहुँच नहुने साथै चोरी गर्न पनि गाह्रो पर्ने भएकाले सहरलाई चोरले निशाना बनाउँदै आएको प्रहरीले जनाएको छ । थापाले चोरीका सामान काठमाडौं महानगरपालिका १४ कंलकी स्थित ‘कम्प्युटर सोलुसन’मा बेच्ने गरेको खुल्न आएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ । उक्त कम्प्युटर पसलका सञ्चालक थाहा नगरपालिका १२ मकवानपुरका ३६ वर्षिय रुपचन्द्र गोपालीलाई समेत प्रहरीले समातेको छ । थापाले चोरी गरेर कोठामा लुकाइ राखेको अवस्थामा टोसिबा कम्पनीको ल्यापटप र चार्जर १ थान, सोनी कम्पनीको क्यामेरा १ थान, फलामको रड २ थान, कालो पंजा २ जोर, कालो माक्स १ थान, सेतो रंगको ट्रयाक २ थान, निलो ज्याकेट २ थान, निलो टिसर्ट १ थान, टोपी २ थान समेत बरामद गरेको छ । प्रहरीले गोपालीले सञ्चालन गर्दै आएको कम्प्युटर सोलुसनबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, सिपियु ९ थान र मोनिटर १७ थान चोरिका सामान बरामद गरेको छ । प्रहरी अनुसन्धानले उक्त कम्प्युटर सोलुसनमा चोरीका सामान बिक्री हुने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । थापाले १ वर्षको अवधिमा पोखराका ११ वडामा चोरी गरेका थिए । थापालाई जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि चोरी तथा डाँका सम्बन्धी डाँकासम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । रातो पाटीबाट

रोमान्सको साथमा फाईट भएको हिरो नं.१ को तेस्रो गीतको भिडियो सार्वजनिक

काठमाडौं । नायक जयकिशन बस्नेतले निर्माण गरेको प्रदर्शोन्मुख नेपाली कथानक चलचित्र ‘हिरो नं. १’ को तेस्रो गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । आफैंले सञ्चालन गरेको युट्युव च्यानल मोबाइल टिभी मार्फत ‘के गर्नु मंगले आफ्नै ढंगले’ बोलको गीत सार्वजनिक भएको हो । सुर्य रुम्बाको शब्द, संगीत तथा स्वरसमेत रहेको उक्त गीतको भिडियोमा जयकिशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिवजंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरुको संलग्नता रहेको देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी जयकिशन बस्नेत र किशोर थापाले संयुक्तरुपमा गरेका हुन् भने विनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् । रोमान्सदेखि द्वन्दका खतरनाक दृष्यहरु समेत राखिएको भिडियो अत्यन्तै मनोरञ्जक बनेको छ । नायिका जाहान्वी बस्नेतले भिडियोमा खतरनाक फाईट गरेकी छिन् ।

ट्रकको ठक्करबाट पुलमा क्षति, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुलमा क्षति हुँदा राजमार्ग अवरुद्ध भएको छ । ट्रक ठोक्किँदा पुलमा क्षति भएको हो । प्रहरीकानुसार पुलमा क्षति पुगेपछि बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ ।  साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ ।

पुलमा ठाेक्कियाे ट्रक, पूर्प पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीपूर्व, साउन २९ । नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा पर्ने अरुणखोलामा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेर करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएकाले  निकाल्ने काम भइरहेको उनले बताए । ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए । बिहान पुलमा क्षति पुगेपछि अहिले  यात्रुवाहक बससमेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । (रासस)

अब साना हिमाल चढेपछि मात्र सगरमाथा आरोहण

काठमाडौं । आगामी सिजनदेखि सगरमाथा आरोहण गर्नुअघि ६ हजारदेखि ७ हजारसम्म उचाइ भएका हिमाल आरोहण गरेको अनुभव अनिवार्य गरिएको छ । सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो । प्रतिवेदन बुधबार साढे १ बजे मन्त्रालयले सार्वजनिक गर्ने कार्यक्रम छ। ‘पैसा हुनेले अब सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्,’ उच्च स्रोतले भन्यो, ‘अब स्वदेशी वा विदेशीले पहिले ६ हजार ५ सय हाराहारी उचाइको कुनै हिमाल आरोहण गरेको हुनुपर्नेछ।’ विदेशीहरूले सगरमाथामा आरोहण अनुमतिमा नियन्त्रण गर्नुपर्ने, सगरमाथालाई आराम दिनुपर्नेलगायत विषय उठाउँदै सरकारलाई दबाब दिँदै आएका थिए। तर प्रतिवेदनले सगरमाथा आरोहण अनुमति नियन्त्रण नगरिने र आराम पनि दिनु नपर्ने उल्लेख गरेको स्रोतले बतायो। ‘सिजनमा एक महिना मात्रै आरोहण हुन्छ। बाँकी ११ महिना सगरमाथाले आरामकै समय पाइरहेको हुन्छ,’ स्रोतले भन्यो, ‘त्यस्तै आरोहण अनुमति नियन्त्रण पनि गरिने छैन।’ आगामी सिजनदेखि आरोहण दलको लियाजन अफिसर (सम्पर्क अधिकृत) मा आरोही शेर्पाहरूलाई पनि समेटिने स्रोतको भनाइ छ। ‘यसअघि स्नातक पास गरेका आरोही शेर्पालाई लियाजन अफिसर तोक्न सकिने प्रावधान थियो। ‘एसएलसीसरह अध्ययन गरेको अनुभवी शेर्पालाई पनि लियाजन अधिकृतको समूहमा राख्न सकिनेछ,’ स्रोतले भन्यो। यसअघि संघ र आरोही संघको सिफारिसमा वर्षमा ४ जनासम्म स्नातक अध्ययन गरेका शेर्पालाई लियाजन अफिसरका रूपमा पठाउने व्यवस्था रहेको नेपाल पर्वतारोहण संघका एक पदाधिकारीले बताए। अब एसएलसी पाससरहको व्यवस्था हुँदा अत्यधिक आरोही शेर्पाहरूले सम्पर्क अधिकृतको भूमिका पाउनेछन्। त्यसैगरी प्रतिवेदनले आधार शिविरमा नपुग्ने निजामतीतर्फका सम्पर्क अधिकृतलाई सेवा अवधिभर रोक्न सक्ने प्रस्ताव गरेको छ। त्यस्तै चिकित्सकको स्वास्थ्य जाँच पनि अनिवार्य गरिएको छ। स्वास्थ्य परीक्षणमा अयोग्य देखिए आरोहण दलका सदस्य, गाइड, हेल्पर, भरिया आदि कुनै पनि भूमिकामा हिमाल चढ्न पाइने छैन। पछिल्लो पटक पर्वतारोहणका क्षेत्रमा देखापरेका नीतिगत, कानुनी र संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको थियो। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

डेढ लाख घूससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी भँगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहमद रफिक आलमलाई डेढ लाख घुससहित पक्राउ गरेको छ । आयोगले उनलाई सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराइदिए वापत वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई १ लाख ६० घुस लिदाँलिँदै पक्राउ गरेको हो । अख्तियारका अनुसार जनकपुर उपमहानगरपालिका वडा नं ९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट साहलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिइ सोधपुछ गर्दा वडाध्यक्ष आलम र आफ्ना बाबु वडा सदस्य कारी साहले अह्राएअनुसार लिएको बयान दिएपछि भँगाहा नगरपालिका–२ स्थित सितापुर चोकबाट वडाध्यक्ष मोरफिक आलम र वडा सदस्य साहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

भारत र वेस्ट इन्डिज भिड्दै, प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

काठमाडौंः  भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिजको दोस्रो खेल आज हुँदैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ । पहिलो खेल वर्षाका कारण रद्द भएकाले आज भारत–वेस्ट इन्डिजबीचकोे खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । यो पनि पढ्नुहोस् आज विराट र गेलले पूरा गर्न सक्लान् यो कीर्तिमान? बाँकी रहेका दुवै खेलमा जीत हासिल गरेर सिरिज जित्ने लक्ष्यमा रहेका भारत र वेस्ट इन्डिज विश्वकप २०१९ पनि पहिलो पटक वान डे श्रृंखला खेल्न लागेका हुन् । तीन खेलको टि–२० सिरिज ०–३ ले जीतेको भारत वान डे सिरिज पनि क्लिन स्विप गर्न चाहन्छ । भारतको सम्भावित प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, खलील अहमद, मोहम्मद शामी र कुलदीप यादव । वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फबियन एलेन, शेल्डन कट्रेल, र केमार रोच।

ललितपुर महानगरमा थपिए दुई ब्रुमर

ललितपुर, साउन २५ । परम्परागत चलन अनुसार खर्पनमा दुबैतिर कुचो राखेर बढार्ने गरिन्थ्यो। बिहान पाँच बजे सडक सफा गर्दैगर्दा धेरै स्वीपर दुर्घटनामा परे। बिहानै अँध्यारोमा सडक सफा गरिरहेका स्वीपरलाई सवारी साधनले ठक्कर दिँदा धेरै दुर्घटना भए। त्यसपछि पेटीमात्र सफा गर्न लगाउन थालियो। सडकका बीचमा रहेका डिभाइडर र छेउछाउका धुलो कुचोले निकाल्न सकेन तर अब बु्रमरले त्यस्ता फोहोर निकाल्ने भएको छ। ललितपुर महानगरपालिकाका वातावरणविद् प्रदिप अमात्यका अनुसार ब्रुमरले ससाना धुलो आफैतिर तान्छ। आँखाले देख्न सकिने खालका फोहोर तानेर एकठाउँमा संकलन गर्छ। त्यस्ता धुलोले आँखा, नाक घाँटीलाई असर गर्छन्। ती देख्न सकिनेखालका धुलो बु्रमरले सफा गर्छ। सडकमा हिँड्दा मास्क नलगाई हिड्न सकिने वातावरण बनाउन सकिन्छ। अमात्य भन्छन्, ‘आँखाले देख्न नसकिने खालका धुलो जसमा पीए २।५ को मात्रा हुन्छ।’ फोक्सोको लागि एकदमै घातक हुन्छ। यस्ता कण हामीले लगाउने सामान्य मास्कले थेक्न सक्दैनन्। विषेशगरी सवारीसाधानबाट निस्किएको धुँवामा आँखाले देख्न नसक्ने खालका कण हुन्छन्। यसले फोक्सोमा प्रत्यक्ष असर गर्छ। आफनो नगर सफागर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले चार करोड ४८ लाख रुपैयाँ खर्च गरेर दुईवटा बु्रमर भित्राएको छ। सानो आकारको बु्रमर गतवर्षदेखि नै प्रयोगमा ल्याएको थियो। सानो बु्रमरले पाटनका भित्री क्षेत्रमा मात्र सफा गथ्र्यो। तर बाहिरी सडक सफाई गर्न थप ब्रुमर ल्याइएको महानगरपालिकाले जनाएको छ। ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको उतm बु्रमर खरिदका लागि मंसिर २७ मा बोलपत्र आह्वान गरिएको थियो। ब्रुमर खरिदका लागि जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोटमा परेको थियो। इटालियन डिजाइनमा बनेको बु्रमर भारतमा बनेको हो। महानगरपालिकाको मेयर चिरिबाबु महर्जनका अनुसार बु्रमरको उपयोगिता भारतमा एकदमै सफल छ। भारतमा जस्तै नेपालमा प्रभावकारी रुपमा बु्रमर संचालनमा ल्याउन सकिनेमा विश्वस्त रहेको बताए। आवश्यक्ता अनुसारका पाटपुर्जा लगायतका सरसामान सजिलै पाइने भएकाले यसको प्रयोगमा कुनै शंका नगन सुझाए। बु्रमरले पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्मको सफाईमा केन्द्रित गरिने छ। ‘आवश्यकता अनुसार अन्यतिर सफा गरिनेछ’, उनले भने, ‘बिहान बेलुकी दुईपटक बु्रमिगं गछौं।’ सडक धेरै भएकाले आवश्यकता अनुसार फोहोर भएको सडकमा सफा गरिने र त्यसका लागि तालिका नै बनाइने महर्जनले जानकारी दिए। कम्पनी आफैले ब्रुमर संचालनको लागि पाँच जनालाई सात दिनको तालिम दिइरहेका छन्। तालिमपछि नै ती ब्रुमर संचालनमा ल्याइनेछ महर्जनको भनाइ छ। बु्रमरले प्रतिघण्टा दुई किलोमिटर सडक सफा गर्न सक्छ। महानगरपालिकाले दुई ट्यांकी र एउटा एम्बुलेन्स पनि भित्र्याएको छ। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँ

काठमाडौंः  सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ वृद्धि भएको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोड रुपैयाँबाट घटाएर दुई लाख ६६ हजार रुपैयाँमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोड रुपैयाँको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रुपैयाँ फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो । उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड रुपैयाँ राजश्व दिँदै आएको बताइएको छ । उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक पाँच अर्ब रुपैयाँ खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक छ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको बताइएको छ ।

एशेज सिरिजः पहिलो टेस्टमा अष्ट्रेलियाको शानदार जीत

काठमाडौं, साउन २० । इंग्ल्याण्डबीचको एशेज क्रिकेटको पहिलो टेस्ट अस्ट्रेलियाले २५२ रजले जितेको छ । अन्तिम खेलमा ३८५ रनको लक्ष्य पाएको इंग्ल्याण्डले सम्पूर्ण विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । उसका लागि दोस्रो इनिङमा क्रिस ओक्सले सर्बाधिक ३७ रन बनाए । बलिङमा नाथन लायनले ६ र प्याट कमिन्सले ४ विकेट लिए । दोस्रो इनिङमा स्टिभ स्मिथ र म्याथ्यु वाडेले शतक बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३८५ रनको विशाल लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २८४ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा पनि स्मिथले १४४ रन बनाएका थिए । इंग्ल्याण्ड पहिलो इनिङमा २७४ रन बनाउँदा अल आउट भएको थियो । इंग्ल्याण्डका लागि रोरी ब्रुन्सले १ सय ३३ साथै बेन स्टोक्सले ५० रन बनाएका थिए । अस्ट्रेलियाले दोस्रो इनिङमा ४ सय ८७ रन बनाएर खेल छाडेको थियो । जसमा स्मिथले १ सय ४२ रन साथै वाडेले १ सय १० रन बनाएका थिए ।