सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँ

काठमाडौंः  सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ वृद्धि भएको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोड रुपैयाँबाट घटाएर दुई लाख ६६ हजार रुपैयाँमा झारेको छ ।

यसअघि जोखिममा रहेको रकम ८५ करोड रुपैयाँको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रुपैयाँ फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।

कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो ।

उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड रुपैयाँ राजश्व दिँदै आएको बताइएको छ ।

उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक पाँच अर्ब रुपैयाँ खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक छ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको बताइएको छ ।

सीमामा पर्खाल बनाउने खर्च दिन अमेरिकी सर्वोच्च अदालतको अनुमति

बीबीसी । अमेरिकाको सर्वोच्च अदालतले दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल ठड्याउन राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागन कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताएको छ। क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत र पक्षमा ४ मत परेको थियो। अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल ट्रम्पको सन् २०१६ को निर्वाचनको प्रमुख चुनावी नारा थियो। डेमक्र्याटहरूले त्यसको कडा विरोध गर्दै आएका छन्। सर्वोच्च अदालतको निर्णयको अर्थ उक्त कोष क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोमा पर्खाल बनाउने योजनामा प्रयोग हुनेछ। क्यालिफोर्नियाको अदालतले उक्त कोषलाई पर्खाल निर्माणमा लगाउनेबारे कङ्ग्रेसले विशेषाधिकार नदिएको तर्क गरेको थियो। राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सर्वोच्च अदालतको आदेशलाई “ठूलो जित” भनेका छन्। शुक्रवार अमेरिका र ग्वाटेमालाले एक सहमतिमा हस्ताक्षर गरेका छन् जसमा हुन्डुरस र एल साल्भाडोरबाट ग्वाटेमाला हुँदै जाने आप्रवासीहरूले सुरुमा ग्वाटेमालामा शरण खोज्नुपर्ने व्यवस्था गरिएको छ। आदेशमाथिको प्रतिक्रिया अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले भनिन्, “आज साँझ सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पलाई सैनिक कोषबाट चोरेर व्यर्थको, निष्प्रभावी र कङ्ग्रेसले अस्वीकार गरेको सीमा पर्खाल बनाउनमा खर्च गर्न दिएको अनुमति गम्भीर रूपमा त्रुटिपूर्ण छ। हाम्रा संस्थापकहरूले जनताद्वारा शासित प्रजातन्त्रको निर्माण गरेका हुन् न कि राजतन्त्र।” द अमेरिकन सिभिल लिबर्टीज युनियनले ट्रम्पको सीमा पर्खालले गर्ने क्षति रोक्नका लागि नाइन्थ सर्कीट कोर्ट अफ अपील्स समूहबाट तत्काल निर्णय आउनुपर्ने आग्रह राखेको छ। उक्त कोषको उपयोग रोकियोस् भनेर मुद्दा हालेकी वातावरणीय समूह द सीरा क्लबकी न्यायाधिवक्ता ग्लोरिया स्मिथले भनिन्, “आजको निर्णयले सैनिक कोषलाई सीमा पर्खाल बनाउनमा प्रयोग गर्न अनुमति दिएको छ जसले समुदाय, सार्वजनिक जमिन तथा क्यालिफोर्निया, न्यू मेक्सिको र एरिजोनाको पानी समाप्त पार्नेछ।” यो वर्षको सुरुमा सङ्कटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको महत्त्व बनेको उक्त पर्खाल बनाउन ६.७ अर्ब डलर रकम आवश्यक परेको बताएका थिए। ३,२०० किलोमिटर सीमामा पर्खाल लगाउने कुल खर्च २३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। डेमोक्र्याटहरूले सङ्कटकाल लगाउने राष्ट्रपतिको निर्णय संविधानमा व्यवस्था गरिएको भन्दा बाहिर रहेको दाबी गरेका छन्। करिब २० राज्यहरू र कैयौँ समूहले कङ्ग्रेसलाई छलेर सङ्कटकाल घोषणा गरेको भन्दै राष्ट्रपतिको कदम रोक्न मुद्दा हालेका छन्। वातावरणवादी समूहहरूले पर्खालविरुद्ध अभियान चलाउँदै त्यसले जङ्गली वन्यजन्तुमाथि नकारात्मक असर पार्ने दाबी गर्दै आएका छन्। गत फेब्रुअरी महिनामा कङ्ग्रेसले टेक्ससमा रियो ग्र्यान्डी भ्यालीमा “पदयात्रीका लागि बार” बनाउन १.३८ अर्ब रकम अनुमोदन गरेको थियो जुन ट्रम्पले चाहेको भन्दा निकै कम रकम थियो। तल्लो सदनले पनि पर्खाल योजनाका लागि अरू रकम पठाउनमा रोक लगाउन भन्दै कानुनी बाटो अवलम्बन गरिरहेको छ। सीमामा अहिले के भइरहेको छ? अमेरिकी अधिकारीहरूका अनुसार गत जुन महिनामा अनधिकृत रूपमा सीमा काट्न चाहने मानिसहरूको सङ्ख्या २८%ले घटेको छ। ट्रम्प प्रशासनले मेक्सिकोप्रति लिइएको नयाँ नीतिका कारण त्यसरी सङ्ख्या घटेको दाबी गर्दै आएको छ। संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगका अनुसार अमेरिका मेक्सिको सीमामा सन् २०१९ मा मात्र १३ जना बालबालिकासहित १७० जनाको मृत्यु भएको छ। बीबीसी नेपालीबाट

कुवेतविरुद्ध नेपालको शानदार जीत, पारसको विष्फोटक ब्याटिङ

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा अन्तर्गत कुवेतविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा पारस खड्काले ११ चौका र १ छक्काको मद्दतमा ६२ बलमा ६८ रनको विष्फोटक ब्याटिङ गरे । यस्तै शरद भेषावकरले ४ चौका र १ छक्काको मद्दतमा ३० बलमा नटआउट ३८ रन रन बनाए । ज्ञोनद्र मल्ल १९ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट हुँदा रोहित कुमार पौडेल भने ६ रनमा अविजित रहे । बलिङमा कुवेतका कप्तान मोहम्मद काशिफले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । उसका लागि कप्तान मोहम्मद काशिफले नटआउट ४९, महोम्मद अश्लामले २३, अदनान आर्डिसले २५, रविजा सन्दरुवानले १५, बिलाल ताहिरले १३ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मीले ३–३, करण केसीले २ र अविनाश बोहराले एक विकेट लिए । नेपालले अब प्रतियोगिताको अन्तिम खेल भोलि बिहान सिंगापुरविरुद्ध खेल्ने छ । यदि यो खेल नेपालले जीतेमा विश्वकप छनोट खेल्न पाउने छ ।

कुवेतको ९ विकेट गुम्यो, करणलाई दोस्रो सफलता (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले १८.२ ओभरमा ९ विकेट लिइसकेको छ । नेपाललाई नवौं सफलता करण केसीले दिलाए । यस्तै आज बसन्त रेग्मीले ४ ओभरमा ३ विकेट लिएर २० रन मात्र खर्चिए । यस्तै सन्दीप लामिछानेले ४ ओभरमा २३ रन दिएर ३ विकेट हासिल गरे । नेपाललाई छैठौ सफलता अविनाश बोहराले दिलाउन सफल भए । उनले २३ रन बनाएर खेलिरहेका मोहम्मद अश्लामलाई आउट गर्न सफल भएका हुन् । चौथो र पाँचौ सफलता सन्दीपले दिलाए । यस्तै दोस्रो र तेस्रो सफलता बसन्त रेग्मीले आफ्नो पहिलो ओभरमै दिलाउन सफल भए । तेस्रो विकेटकारुपमा कुवेतले विष्फोटक ब्याट्सम्यान आदन इड्रिसलाई २५ रनमा गुमाउन पुग्यो । यसअघि नेपाललाई पहिलो विकेट दोस्रो ओभरको पहिलो बलमै करण केसीले दिलाएका थिए । आज नेपालले टस जितेर टस जितेर फिल्डिङ रोजेको हो । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् ।

कुवेतलाई छैटौं झड्का, अविनाशलाई पहिलो सफलता (LIVE)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले १३.५ ओभरमा महत्वपूर्ण ६ विकेट लिइसकेको छ । नेपाललाई छैठौं सफलता अविनाश बोहराले दिलाएका हुन् । उनले २३ रन बनाएर खेलिरहेका मोहम्मद अश्लामलाई आउट गर्न सफल भए । चौथो र पाँचौ सफलता सन्दीप लामिछानेले दिलाए । यस्तै दोस्रो र तेस्रो सफलता बसन्त रेग्मीले आफ्नो पहिलो ओभरमै दिलाउन सफल भए । तेस्रो विकेटकारुपमा कुवेतले विष्फोटक ब्याट्सम्यान आदन इड्रिसलाई २५ रनमा गुमाउन पुग्यो । यसअघि नेपाललाई पहिलो विकेट दोस्रो ओभरको पहिलो बलमै करण केसीले दिलाएका थिए । आज नेपालले टस जितेर टस जितेर फिल्डिङ रोजेको हो । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् । नेपालको प्लेइङ –११ १.पारस खड्का (कप्तान) २. ज्ञानेन्द्र मल्ल ३. शरद भेषावकर ४. वसन्त रेग्मी ५. सोमपाल कामी ६. अभिनास बोहोरा ७. सन्दीप लामिछाने ८. दीपेन्द्रसिंह ऐरी ९. विनोद भण्डारी १०. करण केसी ११. रोहितकुमार पौडेल

ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टिमविरुद्ध गेलको नाइट्सले टस जित्यो

काठमाडौं, साउन ९ । नेपालका २ क्रिकेटर आवद्ध ग्लोबल टि–२० क्यानडा लिग अन्तर्गत उद्घाटन खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसन्सविरुद्ध भाकुंभर नाइट्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु भएको छ । टोरोन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र भाकुंभरमा क्रिस गेल कप्तान रहेका छन् । खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ । सन्दीप र सोमपालले २ वटा खेल गुमाउने सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्सविरुद्ध खेल्दैछ ।

टि–२० क्यानडा लिगः सन्दीपको टिममा को–को छन् स्टार क्रिकेटर?

काठमाडौं, साउन ९ । नेपालका २ क्रिकेटर आवद्ध ग्लोबल टि–२० क्यानडा लिग आजदेखि सुरु हुँदैछ । लिगको पहिलो खेलमा नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसन्स र भाकुंभर नाइट्स खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि क्यानडाको ब्रमाटोनमा हुँदैछ । टोरन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र भाकुंभरमा क्रिस गेल कप्तान रहेका छन् । टोरोन्टो नाइट्सः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस । सन्दीप र साेमपालले २ वटा खेल गुमाउने सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्सविरुद्ध खेल्दैछ । यो पनिः आजदेखि ग्लोबल टि–२० लिग, युवराज सिंह र क्रिस गेलको टिम भिड्दै

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

धनगढी, साउन ९ । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ । सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय कुलराज बमले भने, “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।” अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताए । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ । “साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भने, “मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।” फुट्कीको मूल्य चर्को यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । “असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो”, स्थानीय रामदिन रानाले भने, “केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।” मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ । रासस

विश्वकप फुटबलको दोस्रो छनौट चरणमा नेपालसँग खेल्ने टीम सार्वजनिक, नेपाललाई अप्ठेयारो पर्न सक्ने

काठमाडौं, साउन १ । सन् २०२२ मा हुने विश्वकप फुटबलमा नेपाल सहभागी हुन सक्ला त ? कम्तिमा नेपाली प्रशंसकहरुले छनौट भएको चाहेका छन् । फिफा बरियताको ३४ औं नम्बरमा रहेको नेपालले आफ्नो स्थान सुरक्षित राख्न दोश्रो चरणको फुटबल खेल पनि जित्नुपर्नेछ । यो छनौट चरणको घोषणा आज गरिएको छ । सूचि हेर्दा नेपालले निकै सशक्त टीमसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ड’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् । एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो । डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो राउण्ड होम एण्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुनेछ । आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । त्यस्तै, यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने छन् ।

विपी राजमार्गमा एक पुरूषको शव फेला

बर्दिवास, श्रावण १ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए । प्रहरीले अवस्था यकिन गर्न शव तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। रासस

सेनाको १५ हजार जनशक्ति राहत र उद्धारमा

काठमाडौं, श्रावण १ । नेपाली सेनाले वर्षापछिको विपद् उद्धार तथा राहत वितरणका लागि १५ हजार जनशक्ति खटाएको छ । बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद् उद्धारका सामग्रीसहित १५ हजार जनशक्ति खटाइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । त्यस्तै, सेनाले बाढीपहिरो र डुबानमा परेकाको खोजी, उद्धार र राहतका लागि सातवटा हेलिकोप्टरसमेत तयारी अवस्थामा राखेको छ । काठमाडौंमा दुईवटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल र धनुषामा एउटा एमआई १७ गरी सात हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाइएको छ । हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री ढुवानी गरिएको छ । अविरल वर्षासँगै गएको पहिरोका कारण अवरुद्ध विभिन्न राजमार्ग सुचारु गरी यातायात सञ्चालनमा सहयोग गर्ने, तटीय क्षेत्रमा तटबन्द निर्माण, नाला सफाइजस्ता कार्य जारी राखिएको पनि निर्देशनालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

कोसीमा वर्षकै उच्च बहावः ३० ढोका खुला, सजग रहन एमएमएसबाट सूचना

राजविराज, असार २८ । सप्तकोसी नदीमा यस वर्षकै सबभन्दा उच्च पानीको सतह बढेको छ । सप्तकोसी नदीको शनिबार बिहान ९ बजे मापन गरिएको बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक प्रति सकेन्ड रहेको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको बताइएको छ । ब्यारेजमा ५२ ढोका रहेको छ । बाढी खतराको तहभन्दा माथि रहेको बाढी पूर्व अनुमान महाशाखाको बुलेटिनमा उल्लेख गर्दै कोसी ब्यारेजको नियमित अनुगमन गर्न सुझाव पनि दिएको छ । बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको बताइएको छ । रातो बत्ती बालिएको छ भने सजग रहन तटबन्धबासीलाई एसएमएसमार्फत सूचना पठाइएको उल्लेख छ ।

बाढी–पहिरोको वितण्डाः मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिइने

धनुषा, असार २८ । प्रदेश नम्बर २ सरकारले बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही दिन यताको अविरल वर्षाले प्रदेशको ८ वटै जिल्लाको जनजीवन आक्रान्त भएको बेला आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १० दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद्को बैठकले हाल सम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ । बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भईरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

पारसको बिस्फोटक ब्याटिङमा नेपालको शानदार जित

काठमाडौं, असार २८ । टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । कप्तान पारस खड्काको शानदार व्याटिङमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान खड्काले ५ छक्का र ८ चौकाको मद्दतमा ५० बलमा नट आउट ८६ रन बनाए । यस्तै शरद भेषवाकरले (अविजित) १७, प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७ र रोहितकुमार पौडेलले ५ रन बनाए । बलिङमा मलेसियाका अनवार रहमानले २ र फित्री सामले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए । बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा को-कोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

मलेसियालाई तेस्रो झड्का, बसन्तलाई पहिलो सफलता (LIVE)

काठमाडौं, असार २८। मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएका नेपालले तेस्रो विकेट लिएको छ । नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा बसन्त रेग्मीले विरन्दीप सिंहलाई ५७ रनमा आउट गरे । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिइसकेका छन् । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी । https://www.youtube.com/watch?v=gG0UnRsWObA

मलेसियाविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता (LIVE)

काठमाडौं, असार २२ । एसीसी यू– १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै मलेसियाको विकेट लिन सफल भएको छ । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ओभरको चौथो बलमै विकेट लिन सफल भएको हो । नेपालले पहिलो विकेट कमलसिंह ऐरीले दिलाएका हुन् । नेपाली टोली लिग चरणको खेलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो। यसैगरी समूहको दोस्रो खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा नेपालका ओपनर ब्याट्सम्यान रीत गौतमले अविजित एक सय १५ र खड्कबहादुर बोहराले ९० रन बनाएका थिए। कुशल मल्लले पनि अविजित ५१ रनको योगदान गरेका थिए। समूह ‘ए’ बाट नेपाल विजेता र सिंगापुर उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए। सिंगापुरले भने सोमबार नै हङकङसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ। दोस्रो सेमिफाइनल खेल एसटीसी ओभलमा खेलिनेछ। हङकङ समूह ‘बी’ को विजेता र मलेसिया उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्। हङकङले समूहगत चरणमा आफूले खेलेका तीनवटै खेलमा जित हात पारेको थियो। मलेसियाले भने समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो। प्रतियोगिताको फाइनल खेल मंगलबार खेलिनेछ। https://www.youtube.com/watch?v=A7PuYm8OdEM