एसिया छनोटको खेल तालिका सार्वजनिक, नेपालको प्रतिस्पर्धी को–को?

काठमाडौं, चैत ६ । सिङ्गापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एसिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक गरिएको छ । आइसिसीले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो ।

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ ।

एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म यूएइमा आयोजना हुनेछ ।

पुर्जा भएको जमीन भारतद्वारा कब्जा

कञ्चनपुर, चैत ४ । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । ‘विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।’ सुनारले भने, ‘खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।’ पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ । ‘सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।’ आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भने, “लिखितरुपमै सरकारलाई जानकारी गराउँद पनि केही भएन् ।’ उनले मुलुकको व्यवस्था फेरिएर सिंहदरबार गाउँमा पुग्दा पनि जग्गाको विषय छिनोफानो हुन नसकेको दुखेसो पोखे । विसं२०३१ देखि गाउँमा बस्दै आएका स्थानीयवासी मानबहादुर सुनारले नेपाल–भारत २०० नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताए । “सीमाको विवाद यथावत रहँदा बेला÷बेला भारतीय सुरक्षाकर्मीसित पनि मनमुटाव हुने गर्छ ।” उनले भभने, “पुर्नवासमा शहीद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।” सरकारले पुर्नवास÷बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ । नोटः समाचारमा देखाइएको फाइला फोटो हो ।

तीन दिनसम्म वर्षा हुने

काठमाडौं, चैत ४ । देशका पहाडी भूभागमा सोमबारदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित हल्का पानी पर्ने संभावना रहेको जल तथा मौसम नुमान शाखाले जनाएको छ । सोमबार, मंगलबार र बुधबारसम्म देशका पुर्वी भू–भाग र पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । सोमबार देशको पूर्वी भागमा हल्का बर्षा हुने, मंगलबार पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ । यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । उनले भनिन– ‘छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि छिटपुट बर्षा हुने संभावना छ ।’ आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । यस्तै मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

परराष्ट्रमन्त्री आज अर्जेन्टिना जाँदै

काठमाडौं, चैत ४। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अर्जेन्टिना प्रस्थान गर्ने भएका छन् । अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । चैत ६ देखि ८ गतेसम्म आयोजना हुने सम्मेलनमा मन्त्री ज्ञवालीले ‘दिगो विकासका चुनौती र अवसर’ विषयमा मन्तव्य दिनुहुने कार्यक्रम छ । त्यसैगरी, अर्जेन्टिनाका विदेशमन्त्रीद्वारा चैत ७ गते आयोजना गरिने एशियाली मुलुकका अधिकारीसँगको उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुने कार्यक्रम छ । मन्त्री ज्ञवाली अर्जेन्टिनामा रहँदा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम समेत तय भएको जनाइएको छ । सम्मेलनमा मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारीको समेत सहभागिता रहने छ । उनी चैत ९ गते स्वदेश फर्कने छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, के–के विषयमा हुँदैछ छलफल?

काठमाडौं, चैत ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो । आज पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।

प्रधानमन्त्री मोदीको नाम अब ‘चौकीदार नरेन्द्र मोदी’

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अब ट्वीटरमा ‘चौकीदार नरेन्द्र मोदी’का रुपमा देख्न सकिने भएको छ । उनले आफ्नो ट्वीटरको नाममा चौकीदार जोडेका छन् । प्रधानमन्त्री मोदीले मार्च ३१ देखि ‘म पनि चौकीदार’ नाममा चुनावी अभियान र टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दैछन् । आगामी अप्रिल र मेमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरि उनले यो अभियान चलाउन लागेका हुन् । यस्तै, भाजपा अध्यक्ष अमित शाहले पनि आफ्नो नाममा चौकिदार जोडेर ‘चौकीदार अमित शाह’ बनाएका छन् । मोदी क्याविनेटका सबै मन्त्री तथा अन्य भाजपाका नेताहरुले पनि आफ्नो ट्वीटर नामको अगाडि चौकीदार थपेका छन् ।

माछापोखरी सुक्न थालेपछि कृषक चिन्तित

इनरुवा, चैत ३ । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भएपनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए । मेहताको पाँच पोखरी रहेकामा सबै सुकेका छन् । यसबाट रु चार लाख बराबरको घाटा भएको उनले बताए । त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताए । मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै रु ३० देखि ४० लाखसम्मको घाटा भएको छ । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उनले बताए । रासस

श्रीलंका विरुद्धको ‘वान डे सिरिज’ दक्षिण अफ्रिकाले जित्यो

काठमाडौं, चैत ३ । श्रीलंकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले ५–० ले जितेको छ । शनिबार राती भएको अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै श्रीलंका विरुद्धको सिरिज अफ्रिकाले जितेको हो । श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पक्ष्याउने क्रममा १३५ रन बनाउन २ विकेट गुमाउँदा खराब फ्लडलाइटका कारण खेल रोकिन पुगेको थियो । अफ्रिकाको जितका लागि एडेन मार्करामले नटआउट ६७, रस्सी भान डर डुसेनले अविजीत २८, फाफ डुप्लेसीले २४ र क्विन्टन डी ककले ६ रन बनाए । बलिङंमा श्रीलंकाका लाथिस मलिङ्गा र थिसेरा परेराले एकएक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २२५ रन बनायो । उसका लागि कुसल मेन्डीसले ५६, प्रिमिअल पेरिराले ३३, एन्जेलो पेरेराले ३१, इसुरु उडानाले ३२, ओसाडा फर्नाडोले २२ र धनन्जय डी सिल्भाले १२ रन बनाए । बलिङमा अफ्रिकाका कागिसो रबाडाले ३, इमरान ताहिर, एनरोच नोर्टजले २–२, लुंगी एन्गीडी र फेलकवायोले १–१ विकेट लिए ।

अमेरिका विरुद्धको टी–२० सिरिज यूएईले जित्यो

काठमाडौं, चैत २ । अमेरिका विरुद्धको टी-२० सिरिज यूएईले जितेको छ । अन्तिम खेलमा अमेरिकालाई २४ ले हराउँदै यूएईले २ खेलको सिरिज जितेको हो । यूएईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो । उसका लागि स्टेभिन टेलरले ४९, जेभियर मार्शलले ३१, जोसरन मल्होत्राले २१, एलमोर हचिन्सनले १६ रन बनाए । बलिगंमा यूएईका सुल्तान अहमदले ३, जाहूर खानले २ र रोहन मुस्तफाले १ विकेट लिए । यसअघि, टस जितेर ब्याटिगं रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । उसका लागि साइमन अनवारले ६२, रोहन मुस्तफाले ४५, मोबम्मद बुटाले १७, सीपी रिजवानले १२ र अहमद राजाले नटआउट १३ रन बनाए । बलिङमा अमेरिकाका टिमिल पटेल, हेडन वेल्डसौरभ नेटवर्वालले दुईदुई र जसदीप सिंहले एक विकेट लिए । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

भाषा संस्कृतिको संरक्षण राष्ट्रिय दायित्वको विषय होः सभामुख महरा

दाङ, चैत्र २ । सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन् । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताए । संविधानले बहुपहिचानयुक्त राष्ट्र स्वीकार गरेको भन्दै सभामुख महराले संविधानमा बहुपहिचानको सम्बोधन हुनु सबै समुदायको लागि ठूलो उपलब्धि भएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सभामुख महराले देशभित्र रहेका सबै भाषा तथा संस्कृतिको संरक्षणका लागि अझैं केही ऐन कानूनको अभाव रहेको र सरकारले छिट्टै त्यसको मस्यौदा बनाएर संसदमा ल्याउने विश्वास व्यक्त गरे । आफू पनि मगर समुदायकै बीचमै हुर्किएको भन्दै सभामुख महराले राजनीतिक यात्रामा मगर समुदायको विशेष भूमिकाले आफू राज्यको विशिष्ट स्थानसम्म पुग्न सफल भएको स्मरण गरे । यसैबीच सभामुख महराले प्रतिष्ठानमा गत बर्ष आफूले ५० हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेको भन्दै यस बर्ष उक्त अक्षयकोषमा ५० हजार रुपैयाँ थप गर्ने घोषणा गरे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृति र मौलिकता राष्ट्रिय पहिचान भएको बताउँदै नगरले सबै समुदायको भाषा, भेषभुषा र संस्कार संस्कृति संरक्षण गर्ने नीति लिएको उल्लेख गरे ।

साफ च्याम्पियनसिपः पहिलो हाफ नसकिँदै बंगलादेशविरुद्ध नेपालको ३ गोल ! (LIVE )

विराटनगर, चैत २ । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले ३० मिनेट नसकिदै ३ गोल गर्न सफल भएको छ । खेलको पहिलो ६ मिनेटमा बङ्गलादेशले आत्मघाति गोल गरेपछि नेपालको अग्रता सुरु भएको हो । मनमायाँ लिम्बुले प्रहार गरेको बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनको हेडमा आत्माघाती गोलले नेपाललाई १-० को अग्रता दिलायो । खेलको २३औं मिनेटमा नेपालको तर्फबाट अर्को गोल भयो । हिराकुमारी भुजेलको पासमा साबित्रा भण्डारीले हानेको बल नै नेपालको लागि दोश्रो गोलमा परिणत भयो । त्यस्तै मन्जली कुमारी योन्जनले साबित्राको पासमा २८औं मिनेटमा गरेको गोलले नेपाललाई पहिलो हाफमा बंगलादेहविरुद्ध तीन-शून्यको अग्रता दिलाएको हो । नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरिएको छ । विराटनगरको शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालले डिफेन्समा खेलाडी परिवर्तन गरेको हो । डिफेन्डर अमृता जैशीको स्थानमा पुनम जर्घामगरले स्थान बनाएकी हुन् । दुबै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाब मुक्त गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले भने भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । दुबै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेको हो । आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ ।

सरकारको चेतावनीप्रति विप्लव आक्रोशित, नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं, फागुन २५ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि रोक्ने चेतावनी दिएपछि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विल्पव’ थप आक्रोशित बनेका छन् । केही दिनयता विप्लवको आधार इलाका मानिएका क्षेत्रमा प्रहरीले छापा मारिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजक अभिव्यक्ति दिइरहेको भन्दै विप्लव आक्रोशित बनेका हुन् । केही दिनअघि कपिलवस्तु स्थित विप्लवको घरलाई लक्षित गर्दै प्रहरीले छापा हानेर अत्याधुनिक हतियार र गोली गठ्ठा बरामद गरेको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका थिए । यसैबीच, विप्लवले एक विज्ञप्ति जारी गरेर सरकारका विरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् । ‘सरकारको रक्तपिपाशु र दमनपूर्ण व्यवहारको घोर निन्दा गर्दै आगामी फागुन ३० गते नेपाल बन्दको घोषणा गरेका छौँ’ विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । हेर्नुस् पूरा विज्ञप्ति–

हिम पहिरोमा पुरिएर मनाङमा २ जनाको मृत्यु

मनाङ, फागुन २५ । हिम पहिरोमा पुरिएर मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा दुई जनाको मृत्यु भएको छ । अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको हो । हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । ढकाल ट्रेकिङ गाइड हुन् । पोस्टमर्टमका लागि दुवै जनाको शव हेलिकप्टरबाट काठमाण्डौ पठाएको प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पाकिस्तानमा सन्दीपलाई यसरी गरियो स्वागत (फोटो)

काठमाडौं, फागुन २५ । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि पाकिस्तान पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछाने लगायत समग टिमलाई त्यहाँ भव्य स्वागत गरिएको छ । टिमसँगै सन्दीप र उनका म्यानेजर रमन सिवाकोटी पनि कराँची पुगेका छन् । सन्दीप पीएसएलमा लाहोर कलन्दर्सबाट खेलिरहेका छन् । पूर्व निर्धारित तालिका अनुसार लाहोरले बाँकी खेल घरेलु मैदानमा खेल्ने बताइएको थियो । तर भारत र पाकिस्तानबीचको तनावका कारण सुरक्षाका कारण अन्तिम समयमा कराँचीमा सारिएको हो । युएईमा २६ खेल खेलेपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका छन। पीएसएलमा बाँकि रहेका सबै खेल कराँचीमा हुनेछन् । यसअघि ६ खेल कराँची र २ खेल लाहोरस्थित गद्दाफी स्टेडियममा हुने भनिएको थियो । लिग चरणमा ४ खेल बाँकी छन्, जसमा सन्दीपको लाहोरले बाँकी रहेका २ खेलमा आज इस्लामावाद युनाइटेडसँग खेल्दैछ। शनिबारको खेलमा नेपाली खेलाडी सन्दीप टिममा पर्ने प्रवल सम्भावना छ । ८ खेलमा ३ खेलमात्र जितेको लाहोर ६ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ। त्यसैले उसका लागि शनिबारको खेल गर या मरको अवस्थामा रहेको छ । लाहोरले अन्तिम लिग खेलमा सोमबार मुल्तान सुल्तानसँग खेल्नेछ। यदि शनिबार लाहोर पराजित भएमा उसको प्लेअफको सम्भावना लगभग समाप्त हुनेछ । प्रतियोगितामा सन्दीपले १० विकेट लिएका छन् । तस्बिरः सन्दीप आवद्ध लाहोर कलन्दर्सको फेसबुक पेजबाट

भारतको लगातार विकेट पतन, रोहित पनि मैदान बाहिरिए

काठमाडौं, फागुन २४ । एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा २ विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा शिखर धवन (१) र दोस्रो रोहित शर्मा (१४) लाई गुमाएको हो । शिखरलाई ३.३ ओभरमा अष्ट्रेलियाका जय रिचडसनले ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट गराए । यस्तै, रोहितलाई म्याट कमिन्सले एल्बीडब्लू आउट गरे । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३१३ रन बनायो । उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए । बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

सिके राउतसँग सरकारले गरेको सहमतिको कांग्रेसद्वारा स्वागत

काठमाडौं, फागुन २४ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सिके राउतको रुपान्तरण र सम्झौता स्वागतयोग्य भएको बताएका छन् । प्रवक्ता शर्माले भनेका छन्, ‘सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागत र नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने रास्ट्रीय प्रयत्न जायज छ ।’ शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको बताए । ‘अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य नै हो,’ उनले भने ।