न्युजिल्याण्ड भर्सेस श्रीलंकाः थिसराको शानदार शतक, टिम १९ रनले पराजित

काठमाडौं, पुष २१ । श्रीलंकाविरुद्धको तीन एक दिवसीय खेलको श्रृङखलामा घरेलु टोली न्यूजिल्याण्डले २–० को अग्रता लिएको छ । शनिबार भएको दोस्रो एक दिवसीय खेलमा श्रीलंका २१ रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१९ रन बनाएको थियो । उसका लागि रस टेलरले ९०, कोलिन मुन्द्रोले ८७, जेम्स निशामले ६४, हेरी निकोल्सले ३२ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन उच्च स्तरको रहन सकेन ।

बलिङतर्फ श्रीलंकाका लासिथ मालिंगाले २ र नुवान प्रदीप एक विकेट लिए । ३२० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६.२ ओभरमा सबै विकेट गुमाएर २९८ रन जोड्यो । उसका लागि थिसिरा परेराले शानदार प्रदर्शन गरे ।

उनले ७४ बलमा १४० रन प्रहार गरे । थिसिराले १४ छक्का र ८ चौकाको मद्दतमा सो रन बनाएका हुन् । यस्तै, धनुस्का गुणतिलकाले ४३ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङमा न्यूजिल्याण्डका इश सोधीले ३ विकेट लिए । जेम्स निशाम र एमजे हेनरीले समान दुई–दुई विकेट लिए । ट्रेन्ट बोल्ट र टिम साउथीले समान एकएक विकेट लिन सफल भए । आजको खेलको प्लेयर अफ दि म्याच थिसिरा परेर बने ।

गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा

काठमाडौँ, पुस १९ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा रहेका छन् । यस्तै, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौँ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उद्योग नवलपरासी, अर्घाखाँची सिमेन्ट उद्योग रुपन्देही र शुभश्री जगदम्बा सिमेन्ट उद्योग बारालाई कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको विभागले जनाएको छ । कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने महानिर्देशक पुडासैनीको भनाइ छ । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । रासस

दोहोरो नागरिकता लिने महिला पक्राउ

इनरुवा, पुस १९ । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए । दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ साल जेठ १६ गते अर्को नागरिकता लिएको भेटिएकाले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिए । रासस

आइपीएलः दिल्ली क्यापिटल्समा सन्दीपका ‘स्टार’ सारथी को–को ?

काठमाडौं, पौष १८ । नेपाली क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) मा यो वर्ष पनि दिल्ली क्यापिटल्सबाट खेल्ने पक्का इसकेको छ । धेरैलाई चासो पनि भइसकेको छ यो पटक सन्दीपले पहिलो खेलदेखि नै स्थान पाउलान् ? यो प्रश्नको जवाफ त आइपीएल शुरु भएपछि थाह नै होला । तर, उनीसँग-सँगै यो पटकको दिल्ली क्यापिटल (साविक दिल्ली डेयरडेभिल्स) कोको खेलाडी छन् । यसबारे जानकारी गराउँदै छौं– दिल्लीको टीमः श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अमित मिश्रा, शिखर धवन, कोलिन मुनरो, कगिसो रबाडा, सन्दीप लामिछाने, कोलिन इनग्राम, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, इशान्त शर्मा, हर्षल पटेल, राहुल तेवतिया, आवेश खान, जयन्त यादव, मनजोत कालरा, अंकुश बेन्स, नाथू सिंह, शेरफेन रदरफोर्ड, कीमो पल, जलज सक्सेना।

सुनिल र एलिशाको ‘चञ्चले यो मन’ को गीतको भिडियो सार्वजनिक

नेपाली संगीत क्षेत्रमा केही गर्ने सोचले अघि बढिरहेका प्रतिभाशाली गायक सार्जन राईको नयाँ गीत चञ्चले केही दिनअघि डिजिटल बजारमा सार्वजनिक भएको छ । रोमान्टिक लभ भर्सनको यस गीतमा शब्द संगीत स्वयम गायक सार्जन राईको रहेको छ भने स्वर लोकप्रीय गायिका मेलिना राई र गायक सार्जन राईको रहेको छ । जावलाखेल चिडियाखानामा छायांकन गरिएको यस गीतको भिडियोमा अभिनेता तथा मोडल सुनिल क्षेत्री र अभिनेत्री तथा मोडल एलिशा शर्माको अभिनय रहेको छ । गीतको भिडियोमा नेपाली ठिटो डान्स ग्रुपलाई पनि देख्न सकिन्छ । ज्ञानु राईको छायांकन तथा निर्देशनमा गीतको भिडियो निर्माण भएको हो ।

रसुवा भन्सारमा सीसी क्यामरा जडान

रसुवा, पुस १८ । भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज हुने छ । सामान जाँच स्थलदेखि टिमुरेको घट्टेखोलासम्म सीसी क्यामरा जडान गरी कार्यालय परिसरबाट थप निगरानी थालिएको हो । दैनिक सयौंको सङ्ख्यामा मालवाहक सवारीसाधन र मानव चापका कारण सम्भावित चुहावट रोकी भन्सारलाई सुधारोन्मुख गर्न मद्दत पुग्ने अधिकृत खड्काले बताए । राजश्व गस्ती तथा भन्सार सुरक्षा मजबुत पार्न सशस्त्र प्रहरी गुल्मको व्यवस्थाले सुरक्षामा थप मजबुत हुँदै गएको छ । चीनबाट आयात भएको सामग्री सरकारी मापदण्डअनुरूप छिटोछरितो परीक्षण गराउन आलोपालो हिसाबले ३० जाँचकी परिचालन गरिएको छ । (रासस)

सोह्रौं पटकको अनशनका लागि डा. केसी इलाम पुगे

काठमाडौं, पौष १७ । डा. गोविन्द केसीले इलामबाट अनशन शुरु गर्ने भएका छन। चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका उनले सोह्रौं पटकको अनशन इलामबाट शुरु गर्ने भएका हुन् । अनसन बस्नका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका छन्। डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुने छ।’ १५ औं सत्याग्रहका बेला गत साउन १० गते सरकार र डा. केसीबीच सम्झौता भएको थियो। चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने क्रममा विगतमा गरिएका सम्झौता उल्लंघन गर्ने चलखेल भए कुनै पनि बेला अनशन बस्ने चेतावनी यस अघि दिएका थिए। डा. केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन लाग्ने भएकाले यस अघि घोषित अनशनलाई दुई सातापछि सारेर १७ गतेसम्मको अल्टिमेटम दिएका थिए।

पार्टी एकताको ‘डाडुपन्यु’ सभापतिको हातमा छः नेता पौडेल

गोरखा, पुष १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले आफू एकताको लागि प्रतिबद्ध रहेको बताए । “म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु, अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ”, उनले भने, “पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ ।” सभापति शेरबहादुर देउवाले गर्ने व्यवहारले नै पार्र्टीलाई एकताबद्ध गर्न मद्दत पुग्ने बताउँदै उनले अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको छ बताए । वरिष्ठ नेता पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाउँदै ‘पार्र्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु, अरु बाँकी काम पार्टी सभापतिको हो’ भने । वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा विकास हुन सक्दैन भन्नु नेकपाभित्र रहेको अलोकतान्त्रिक कुरा हो भन्दै विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताए । सरकारको नेतृत्व गरेको दलले सबै अधिकार प्रधानमन्त्रीमा लगेर थुर्पाने कोसिस गरिरहेको आरोप लगाउँदै उनले भने, “जुन प्रणालीले देशलाई अहिलेको स्थितिमा ल्याएको छ, त्यसमा सबै इमान्दार भएर लाग्नुपर्छ ।”

विकासमा फड्को मार्दै भरतपुर महानगर

चितवन, पुस १७ । भरतपुर महानगरपलिकाले बृहत गुरुयोजना निर्माण गरी एकीकृत विकासको लागि काम शुरु गरेको छ । महानगरले राष्ट्रिय एवं स्थानीय विषय विज्ञहरुसंग छलफल गरी महानगरको गुरुयोजना निर्माणको काम शुरु गरेको हो । महानगरपालिकाले पछिल्लो समय एकपछि अर्को ठूला पूर्वाधार निर्माणको कामलाई पनि अगाडि बढाएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा यस महानगरपालिकाले निकै ठूला तथा महत्वकांक्षी पुर्वाधार बिकासका कामहरु अगाडी बढाएको छ । भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको छ भने ५० करोडको लागतमा जिल्ला समन्वय समितिले उपलव्ध गराएको जग्गामा सिटी हल निर्माणको काम पनि अगाडि बढेको छ । भरतपुर महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिकामा एकपछि अर्को ठूला पूर्वाधार निर्माणको काम अगाडि बढेको जानकारी दिइन् । भरतपुर महानगरलाई सबै ठाउमा जोडनका लागि रिंगरोड लिंकरोडको कामले तीव्रता पाएको उनको भनाई छ । महानगर प्रमुख दाहालका अनुसार महानगरपालिकाले भरतपुर महानगरमा एकपछि अर्को पूर्वाधार निर्माणको काम अघि बढेको र अब ४ वर्षको अवधिमा भरतपुर महानगर हरेक दृष्टिकोणले हेर्नलायक नमुना महानगरको रुपमा बिकास हुने छ । कुन कुन क्षेत्रको योजना कस्तो ? स्वास्थ्य क्षेत्र भरतपुरलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउने संघीय सरकारले परिकल्पना गरेअनुसार भरतपुरका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिएको महानगरले जनाएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको छ भने महानगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको नियमन र अनुगमनको काम प्रभावकारी रुपमा अगाडि बढाइएको छ । यसअघि २०७५ असार ३१ गते सिंगो महानगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तहको रुपमा घोषणा गरिएको थियो । भरतपुर अस्पतालमा स्वास्थ्य सेवा लिन आउने महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओ।पि।डी।टिकट निःशुल्क गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै उक्त अस्पताल भित्र विरामी कुरुवा घर निर्माण प्रक्रियामा छ । पूर्वाधार विकास तर्फ ९५ किमी लम्बाईको महानगरीय रिङ्गरोड र लिंकरोडहरु निर्माणको शिलान्यास गरी चालु आवमा १० किमी रिङ्गरोड र ६५ किमी लिङ्करोड निर्माणको शुरु गरिएको छ भने अन्य स्थानको आई ई ई र इआईए र डिपिआर तयार हुँदैछ । रिङ्गरोड ३० मिटर चौडाईको हुने र दुबै तर्फ हरियाली सहितको फुटपाथ र एकापट्टि साईकल ट्रयाक समेत रहने सोंच रहेको छ । गत आवमा महानगरपालिका, स्थानीय जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ९६ किमी नयाँ बाटो कालोपत्रे हुनुकासाथै करिव ६० किमी सडक मर्मत भएका छन् । दुईवटा वडा कार्यालय (वडा नं ८ र २४० भवन निर्माण सम्पन्न भैसकेका छन् भने अन्य ३ वटा वडा कार्यालयहरु निर्माणको प्रकियामा छन् । महानगरले ठूला पूर्वाधारहरु निर्माणहरुमा विशेष जोड दिएको छ । करिब एक अर्ब लगानीको अत्याधुनिक सुविधा सम्पन्न सिटी हल निर्माणको लागि जग्गा छनौटको अन्तिम प्रक्रियामा छ । नेपाल सरकार, प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको तयारीमा महानगरपालिका लागिरहेको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयसँगको समन्वयमा देवघाटमा अत्याधुनिक विद्युतीय शवदाह गृह निर्माणको काम भइरहेको छ । भरतपुर वडा नं।१९ स्थित रानीपोखरी र वडा नं ६ स्थित लक्ष्मीनारायण पार्कमा पहुँचमार्ग निर्माण तथा केन्द्रीय बस टर्मिनल स्तरोन्नति गर्न टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढिरहेको छ । सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि वडा नं ३ अन्तर्गत नारायणी नदी किनारमा प्रकृया अगाडि बढाइएको छ । वडा नं. २ को क्षेत्रपुरमा भरतपुर महानगरपालिकाको समन्वय र निजी क्षेत्रको लगानीमा देशकै नमुना ‘भरतपुर महानगरीय फलफूल तथा तरकारी बजार’ निर्माण भई संचालनमा आइसकेको छ । बजार व्यवस्थापन तर्फ बजारमा अव्यवस्थित रहेको पार्किङ्गको व्यवस्थापन गर्ने कार्यलाई पुल्चोक, सहिदचोक र लायन्सचोक गरी ३ स्थानबाट शुरु गर्नुका साथै ट्रक पार्किङ्गको लागि न्यूरोडमा पार्किङ्गको व्यवस्था गरिएको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई सहज पार्न मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधनको संचालनमा उचित रुटहरुको व्यवस्थापन गरिएको छ । महानगरभित्र रहेका सार्वजनिक र प्रति जग्गाहरु खोजबिन गरी संरक्षण गर्ने नीति लिइएको छ । यसका लागि निर्देशक समिति र कार्यान्वयन समिति गठन भै काम थालनी भएको छ । बजार र राजमार्गका मुख्य २० स्थानमा ट्राफिक आइल्याण्ड निर्माण गरिएको छ । सडक पेटीमा व्यवसाय गर्ने परिपाटीलाई निरुत्साहित गर्दै बालकुमारी कन्या माविसँग महानगरले भाडामा लिएको जग्गामा व्यवस्थापन गरिएको छ । महानगरभित्र ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउनको लागि २ ठाउँमा आकाशे पुल र ट्राफिक लाईट व्यवस्था गर्ने कार्य अगाडि बढिरहेको छ । वातावरण तर्फ महानगरले एक घर दुई बिरुवा कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइएको छ । साथै फलफूलका विरुवा लगाउने अभियानलाई समेत यसमा जोडिएको छ । वडा कार्यालय, टोलविकास संस्था, संघसंस्थाहरु र विभिन्न अभियन्ताहरु समेतको सहभागितामा महानगर क्षेत्रभित्र सरसफाई कार्यलाई अभियानकै रुपमा अघि बढाइएको छ । एक वडा एक पार्क र एक वडा र एक पोखरी निर्माणको नीतिलाई अगाडि बढाइएको छ । सुशासन तर्फ महानगरपालिकाबाट स्थानीय सरकार संचालनका लागि आवश्यक कानुनहरु निर्माण र प्रमाणीकरण गरी स्थानीय राजपत्रमा प्रकाशनको थालनी गरिसकिएको छ । वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन सबै वडा कार्यालयहरुमा विद्युतीय नेटवर्किङ्ग गर्ने काम अगाडि बढिरहेको छ । नगरबासीहरुको जनगुनासो सुन्नका लागि निशुल्क टोल फ्रि नम्बर र हेल्प डेस्कको स्थापना गरिएको छ । वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको मस्यौदा तयार गरिएको छ । निर्देशिकाको पालनाबाट सम्भावित जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ । सामाजिक विकासतर्फ बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त महानगरको लागि कार्ययोजना बनाई कार्यारम्भ भएको छ । शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउनका लागि आवश्यक नीति निर्माण र नियमन गरिंदै लगिनुका साथै विशेष छात्रवृत्ति कार्यक्रमहरु अगाडि बढाइएको छ । शिक्षा क्षेत्रको गुणस्तर सुधार र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । कृषितर्फ कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रमहरु संचालन गरिएको छ । महानगरभित्र रहेका दुग्ध उत्पादक किसानहरुलाई प्रति लिटर २५ पैसाका दरले प्रोत्साहन स्वरुप नगद अनुदानको व्यवस्था गरिएको छ । तरकारी, फलफूल, माछातथा खाद्यान्न उत्पादनमा संलग्न किसानलाई कृषि औजार, सिँचाइ लगायतमा अनुदानको व्यवस्था गरिएको छ । पर्यटकीय क्षेत्र महानगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी ती ठाँउहरुमा पूर्वाधार निर्माणको लागि प्रक्रिया अगाडि बढाइएको छ । वडा नं २२ को पटिहानीमा भ्यू पोइन्टसहितको अम्रेला स्ट्रिट निर्माणको चरणमा रहेको तथा वडा नं २८ को गोलाघाट र वडा नं २९ को चौकी डाँडामा पनि भ्यू टावर निर्माण गर्ने कार्यक्रम रहेको छ । देवघाटलाई धार्मिक पर्यटन स्थानको रुपमा विकास गर्ने तथाजगतपुर र मेघौलीलाई पर्या पर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको छ । महानगरपालिकाभित्र ठूला तारे होटलहरु संचालन गर्न चाहनेलाई विशेष सहुलियत दिने नीति लिएको छ । राजस्वको वर्तमान अवस्था तथा भावी कार्यदिशा गतवर्षको संकलित राजस्व रकम रु ४९ करोड ११ लाख (आन्तरिक आय ३० करोड), यस वर्षको लक्ष्य रु ५५ करोड , यस आवको असोज २६ गतेसम्म जम्मा राजस्व रु.८,५२,९३,०८३। (रु आठ करोड बाउन्न लाख त्रियानब्बे हजार तिरासी) उठेको छ । साथै केही वडाहरुको चलानी आउन बाँकि रहेको छ । राजस्वमध्ये सम्पत्ति कर, व्यवसाय करर सेवा शुल्क तथा घर बहाल कर प्रमुख रुपमा रहेका छन् । व्यवसाय करको सम्बन्धमा श्रेणी निर्धारण गरिएको र व्यापारीको स्व–घोषणाको आधारमा कर लिने कार्य गरिएको छ । महानगरपालिका र उद्योग वाणिज्य संघ, चितवनको सहकार्यमा कर प्रणालीलाई वैज्ञानिक बनाउने र कर संकलन प्रक्रियालाई प्रभावकारी बनाउने सम्झौता गरी काम अगाडि बढाइएको छ । समाचारदैनिकबाट

राष्ट्रिय क्रिकेट टोलीमा चार नयाँ अनुहार, गर्लान् शानदार प्रदर्शन ?

काठमाडौं, पुष १६ । नेपाल र यूएईबीच यसै महिनाको अन्त्यमा हुन लागेको एकदिवसीय र टी-२० अन्तरदेशीय क्रिकेट शृङ्खलाका निम्ति सोमवार गरिएको प्रारम्भिक छनोटमा चार नयाँ खेलाडीले स्थान पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छानेको २० सदस्यीय टोलीमा अविनाश बोहरा, भीम सार्की, सन्दीप जोरा र पवन सर्राफको नाम समेटिएको हो। युवा खेलाडीहरूमा बोहरा तीव्र गतिका बलर हुन्। त्यस्तै जोरा र सार्की ब्याट्सम्यान तथा सर्राफ अलराउन्डर हुन्। भर्खरै कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न २० ओभरको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा प्रभावशाली प्रदर्शन गरेपछि यी खेलाडीहरू बन्द प्रशिक्षणमा परेको बताइएको छ। बन्द प्रशिक्षण अर्को हप्ता ज्यानुअरी ८ तारिखबाट शुरु हुनेछ। राष्ट्रिय टोलीको अन्तिम १४ सदस्यीय टोलीको घोषणा ज्यानुअरीको दोस्रो हप्तामा गरिने भएकोले यी युवा प्रतिभाहरूले अन्तिम चरणमा छानिन बन्द प्रशिक्षणमा भने प्रभावशाली खेल देखाउनुपर्नेछ। चोटका कारण अलराउन्डर सागर पुनलाई टोलीमा समेटिएको छैन । त्यस्तै टोलीमा नाम भए पनि बलिङ अलराउन्डर सोमपाल कामी पनि घाइते भएकाले उनी खेल्ने नखेल्ने निश्चित हुन बाँकी छ। हाल अष्ट्रेलियामा ‘बिग ब्यास’ नामक व्यावसायिक क्रिकेट खेलिरहेका सन्दीप लामिछाने उतैबाट यूएई जाने बताइएको छ। स्थापित खेलाडीहरू चोटग्रस्त भएको अवस्थामा युवा खेलाडीको राष्ट्रिय टोलीको जर्सी लगाउने मौका बढ्न सक्ने सम्भावना रहेको बताइएको छ। नतिजा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको ६ महिनापछि नेपाली टोली पहिलो पटक यूएईसँग अन्तरदेशीय शृङ्खला खेल्न लागेको हो। जनवरी २५ देखि फेब्रुअरी तीन सम्म हुने शृङ्खलामा दुई देशले तीन वटा एकदिवसीय र तीन वटा २० ओभरको खेल खेल्ने तालिका छ। नौ महिनाअगाडि एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय खेल हो। यसअघि नेपालले गत अगस्टमा नेदरल्याण्ड्ससँग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जुन १-१ को बराबरी नतिजामा टुङ्गिएको थियो। प्रारम्भिक टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी, करण केसी, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रदिप ऐरी, आरिफ शेख, रोहित पौडेल, ललितसिंह भण्डारी, ललित नारायण राजवंशी, सुशन भारी, अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, पवन सर्राफ, सन्दिप जोरा रहेका छन्। बीबीसीबाट

नेता जोशी भन्छन्, ‘कांग्रेस अब पुरानै तरिकाले अगाडि बढ्न सक्दैन’

दमौली, पुष १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस तनहुँले सोमबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य जोशीले पार्टीलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । कांग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए । पूर्वजिल्ला सभापति धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको बताए । राष्ट्रियसभा सदस्य प्रकाश पन्थी, प्रदेशसभा सदस्य सरिता गुरुङ, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेललगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । रासस

गाडीले किचेर वृद्धको मृत्यु

मङ्गलबारे, १६ पुस (रासस) ः इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ ।  लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताउनुभयो ।  सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ––– 

राष्ट्रिय एकता बिथोल्नेविरुद्ध लाग्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं, पुष १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन् । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उनले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताए। जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै उनले भने, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ ।” नेपालका विभिन्न जातजातिले मनाउने चाडपर्वमा सार्वजनिक बिदा दिने विषयमा आफूले विधिवत्रुपमा निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताए । गुरुङ समुदायका प्रतिनिधिले ‘तमु ल्होसारको बिदा कटौतीे’ भएको सम्बन्धी राखेको जिज्ञासामा उनले सरकार सबै जातजातिको जायज माग पूरा गर्न तयार रहेको बताए । उनले भने, “नेपाल र नेपालीकै पक्षमा सरकारले निर्णय गर्छ ।” लोकतन्त्र सबै जातजाति र भाषाभाषीका लागि हो भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएको स्मरण गरे । भौगोलिकरुपमा सानो भए पनि सांस्कृतिकरुपमा विविधता हुनु देशका लागि सम्भावना भएको उल्लेख गर्दै उनले भने, “सबै जातजाति, भाषाभाषी मिलेर लाग्दा नै समृद्धि र एकता सम्भव छ ।” तमु महिला परिषद्का प्रतिनिधि शोभा गुरुङले देश र विदेशमा रहेका गुरुङ समुदायले आआफ्ना ठाउँमा जम्मा भएर नयाँ वर्षको स्वागत गरिरहेको बताए। कार्यक्रममा समाजले विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने गुरुङ समुदायका व्यक्तिलाई सम्मानसमेत गरेको छ । रासस

सदस्यसचिव पराजुलीद्वारा पदबहाली

काठमाडौँ, पुस १५ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताएका छन् । उहाँले आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो बनाउन, स्तरोन्नति र आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले बोर्डलाई राज्यको पुनः संरचनाअनुसार लैजान पहल गर्ने बताए । तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहेका पराजुलीलाई मन्त्रिपरिषद्को यही पुस ६ गतेको बैठकले चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । सदस्यसचिव पराजुलीसँग यसअघि शिक्षण र समाजसेवाका रूपमा पनि लामो समय काम गरेको अनुभव छ। रासस

रोनाल्डोले कमाए एकै वर्ष झण्डै ११ करोड, मेसी दोस्रो नम्बरमा !

एजेन्सी । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा छन् । याे पनि सन् २०१८ मा मेसीको आम्दानी कति ? वर्षको आधा समय रियल म्याड्रिडका लागि खेलेका रोनाल्डो अहिले इटालीको युभेन्टससँग आवद्ध छन् । उनले यो वर्ष ६ करोड १० लाख डलर पारिश्रमिक प्राप्त गरे । यस्तै, अनुबन्धबाट रोनाल्डोले ४ करोड ७० लाख रुपैयाँ कमाए । यो पनि पढ्नुहोस् सर्वाधिक कमाउने खेलाडीको सूचीमा नेइमार पाँचौ स्थानमा रोनाल्डो सर्वाधिक कमाउने पुरुष खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । यस्तै, नेइमार भने पाँचौ स्थानमा छन् । पहिलो स्थानमा अमेरिकी बक्सर फ्लोयड मेवेडर छन् । यो पनि संसारमा सबैभन्दा बढी ‘फेसबुक लाइक्स’ भएका १० सेलिब्रेटी

निर्मला हत्याकाण्ड विरुद्ध चलेको संघर्ष समितिको आन्दोलन स्थगित

काठमाडौं, पुष १३ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ  । पुर्व घोषित कार्यक्रम अनुसार दुई दिन आन्दोलन स्थगित गरिएको नागरिक संघर्ष समितिले जनाएको छ । शुक्रबार नागरिक संघर्ष समितिको बैठकले भीमदत्त नगरपालिकाले गर्न लागेको जैविक म्याराथुन दौड प्रतियोगिता सफल पार्न आन्दोलन स्थगित गरेको हो । नागरिक संघर्ष समिति कञ्चनपुरका प्रवक्ता नरबहादुर साउदले भीमदत्त नगरपालिकाले जैविक मार्गमा १५ पुसमा आयोजना गर्न लागेको म्याराथुन दौड प्रतियोगिता २०७५ लाई मध्य नजुर गर्दै (पुष १४ र १५ गते) आन्दोलन रोकिएको बताए । ‘हामीले आन्दोलन पूर्ण स्थगित गरेका होईनौँ, ‘उनले भने, ‘केबल जैविक मार्गको कार्यक्रमलाई हेरेर दुई दिनको लागि मात्रै रोकेका हौँ ।’ प्रवक्ता साउदका अनुसार भीमदत्त नगरको सम्बृद्धि र दिगो विकासका लागि आयोजना हुन लागेको कार्यक्रम सफल पार्नका लागि आन्दोलन स्थगित गरिएको छ  । संघर्ष समितिको पुर्व घोषित कार्यक्रम अनुसार १४ पुसमा कञ्चनपुर बन्द र १५ पुसमा महेन्द्रनगर बजारमा बृहद र्‍याली थियो । अब उक्त कार्यक्रम पुर्व निर्धारित समयमा नभई १६ र १७ गते हुने तय भएको छ । नागरिक संघर्ष समितिका सदस्य एवं अधिकारकर्मी शारदा चन्दले भीमदत्त नगरकै गौरबको योजना जैविक मार्ग भएकाले नगरको विकासका लागि कोही बाधक बन्न नहुने बताएन् । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले आन्दोलनले मात्रै न्याय नपाइने भएकाले पुनः १८ पुसमा बैठक राखेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन् । यो समाचार नयाँ पत्रिका डेली डट कमबाट साभार गरिएको हो ।