निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी जोड

काठमाडौं, असार ६ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी जोड दिएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को अभावको संकेत देखिएको छ । बैंकमा जम्मा भएको रकम ठुलो परिणाममा बजारमा परिचालन भएको तर सोही अनुरुपमा निक्षेप संकलन हुन नसकेपछि बैंकहरुमा तरलता अभाव देखिन थालेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजानीक चालु आव १० महिनाको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह १७।१ प्रतिशतले वृद्धि गर्दा निक्षेप संकलनमा भने ११.६ प्रतिशत मात्र वृद्धि गरेका हुन् । अघिल्लो बर्षको यसै अवधीमा वित्तिय संस्थाहरुले कर्जा प्रवाह १८.१ प्रतिशतले वृद्धि गरेका थिए भने निक्षेप संकलन ११.१ प्रतिशतले वृद्धि गरेका थिए ।

यसैगरि वार्षिक बिन्दुगत आधारमा २०७६ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १९.८ प्रतिशतले बढेको छ भने बार्षिक विन्दुगत आधारमा वित्तीय क्षेत्रले निजी कर्जा यस अवधीमा २१.५ प्रतिशत कर्जा प्रवाह बढाएका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३५ प्रतिशत र ४५.२ प्रतिशत रहेको थियो । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.७ प्रतिशत रहेको छ । गत बर्षको सोहि अवधीमा यस्तो निक्षेपको अंश ४४.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.१ प्रतिशत मध्ये वाणिज्य बैंकहरुको कर्जा १५.५ प्रतिशतले, विकास बैंकहरुको ३१ प्रतिशतले र वित्त कम्पनीहरुको १६.६ प्रतिशतले बढाएका हुन् । वार्षिक बिन्दुगत आधारमा बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.५ प्रतिशतले बढाएका छन् ।

बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । सो अवधीमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १५ प्रतिशत रहेको थियो । यसका साथै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २६।६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १५.२ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २२.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जा समेत) ९.८ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.५ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धि भन्दा उच्च दरले कर्जा विस्तार हुदै गएकोले लगानी योग्य साधनमा दबाब यस क्षेत्रमा बर्षेनी भइरहेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण वित्तीय स्थायित्व प्रभावित हुन जान्छ । यसरी निक्षेप संकलनको तुलनामा बैंकहरुले कर्जा प्रवाह बढाउदा थप कर्जा दिने रकम अभाव हुन गई वित्तीय बजारमा अन्तर बैंक कारोबार बढेको छ।

चालु आर्थिक वर्ष २०७५–७६ को १० महिनामा वाणिज्य बैंकहरुले १३ खर्ब ३८ अर्ब ९५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक)ले २ खर्ब १४ अर्ब १७ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः ९ खर्ब ७२ अर्ब ३३ करोड रुपैयाँ र ३४ अर्ब ५१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका थिए । बैंकहरुलाई लगानी योग्य पुँजी (तरलता) अभाव भएको कुरा अन्तर बैंक कारोबारको ब्याजदर पनि पुष्टि गर्छ ।

२०७५ बैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ५।१५ प्रतिशत रहेकोमा २०७६ बैशाखमा ४।२९ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ बैशाखको ४.५३ प्रतिशतको तुलनामा २०७६ बैशाखमा ६.१२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ बैशाखको १०.३२ प्रतिशतको तुलनामा २०७६ बैशाखमा ९.५९ प्रतिशत कायम भएको छ । २०७६ बैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.३२ प्रतिशत रहेका थिए । बैंकिङखबरबाट

पीएम कप फाइनलः पवन र ललित चम्किँदा आर्मी १२५ रनमै अल आउट

काठमाडौं, जेठ २५ । तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल आर्मी १२५ रनमै समेटिएको छ । नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेलमा पवन सराफ र ललितनारायण राजवंशीले घातक बलिङ गरेपछि आर्मी १२५ रनमै समेटिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा सम्पूर्ण विकेट गुमायो । उसका लागि सोमपाल कामीले ३५, राजु रिजालले ३२, भीम सार्कीले २०, रोहितकुमार पौडेलले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा पुलिसका ललित, पवनले ४–४ र सागर ढकालले एक विकेट लिए ।  पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं तीनलाई ११७ रनले लाई पराजित गर्दै फाइनलमा पुगेको हो।  समूह चरणको खेलमा भने पुलिसले आर्मीलाई पराजित गरेको थियो । पुलिसले आर्मीलाई ५० रनको भारी अन्तरले पराजित गर्यो । त्यसैगरी पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश नं १ लाई ७५ रन तथा प्रदेश २ लाई १५६ रनको भारी अन्तरले पराजित गरेको थियो । यता आर्मीले भने प्रदेश २ लाई १७१ रनले पराजित गरेको थियो भने प्रदेश १ लाई ११३ रनको भारी अन्तरले पाखा लगाएको थियो । त्यस्तै आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले हरायो भने पुलिससँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रा।लीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाकिस्तानी मन्त्रीको प्रश्न: धोनी क्रिकेट खेल्न इङ्ल्याण्ड गएका कि महाभारतका लागि?

काठमाडौँ, जेठ २४। भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्रसिंह धोनीबारे पाकिस्तानका एक मन्त्रीले गरेको टिप्पणी अहिले समाजिक संजालमा निकै चर्चित हुन पुगेको छ। पाकिस्तानका केन्द्र सरकारका विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले धोनीको पन्जामा रहेको सैन्य प्रतीक चिन्हप्रति लक्षित गर्दै ट्वीट गरेका छन्, “धोनी इङ्ल्याण्डमा क्रिकेट खेल्न पुगेका हुन् नकि महाभारतका लागि, भारतीय मिडियाले भने कस्तो मूर्खतापूर्ण चर्चा चलाइराखेको छ। भारतीय मिडियाको एउटा हिस्सामा यस्तो किसिमको युद्ध उन्माद छ कि उनीहरूलाई सिरिया, अफगानिस्तान या रुवान्डातिर पठाइदिनु पर्ने।” उनले यसका ह्यासट्याग इडियट्स सुरु गरेका छन्। भारतीय टीमका विकेटकिपर समेत रहेका धोनीको पन्जामा भारतीय सेनाको ‘बलिदान’ लेखिएको सैन्य ब्याज रहेको छ। यसप्रति आइसीसीले आपत्ति जनाएपछि त्यसबारे भारतीय मिडियामा तातो बहस शुरु भएको थियो। भारतको क्रिकेट नियमनकरी संस्था बिसिसिआइले भने धोनीले उक्त ब्याज लगाएर खेल्नु आपत्तिजनक नठानिनु पर्ने आशयको व्यहोरा सहित आइसीसीलाई पत्राचार गरेको छ। भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरूले धोनीको समर्थनमा ह्याशट्याग धोनी कीप द ब्याज सुरु गरेका छन्।  द रिपब्लिकले रक्षा मामिलाका सल्लाहकार सम्पादक अवकाशप्राप्त मेजर गौरव आर्यालाई उद्धृत गर्दै गरेको ट्वीटमा धोनीले प्रयोग गरेको ब्याज राजनैतिक या साम्प्रदायिक नभई भारतीय सेनामा लेफ्टिनेन्ट कर्णेल एमएस धोनीको रेजिमेन्टको पहिचान चिन्ह रहेको भन्दै धोनीको बचाउ गरेको छ।

आइपीएलः दिल्लीद्वारा धोनीको चेन्नईलाई १४८ रनको लक्ष्य

काठमाडौं, वैशाख २७ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै  १४७ रन बनायो । उसका लागि कोलिन मुनरोले २७, ऋषभ पन्तले ३८, शिखर धवनले १८, कप्तान श्रेयस अय्यरले १३, शेरफन रेदरफोर्डले १० रन बनाए । बलिङमा चेन्नईका हरभजन सिंह, दीपक चहर, रविन्द्र जडेजाले २-२, डीजे ब्रावाे र इमरान ताहिरले एक–एक विकेट लिए । चेन्नईविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने मौका पाउन असफल भए । आज दिल्लीले इलिमिनेटरमा हैदरावादविरुद्ध खेलाइएको टिमलाई निरन्तरता दिएको छ । चेन्नईमा भने मुरली विजयीको स्थानमा दीपक चहरलाई माैका दिइएको छ । आज विजेता टिम फाइनलका लागि मे १२ तारिखमा मुम्बई इन्डियन्ससँग भिड्ने छ ।

फेसबुक, ट्विटर र इष्टाग्राममा सुपरस्टार सलमान र शाहरुखमध्ये कसको कति फलोअर ?

मुम्बई, वैशाख २५ । बलिउड क्षेत्रका यी दुई सुपरस्टार शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले बिग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ । यस्तैमा एक प्रश्न वर्षैदेखि सबैको दिमागमा आइरहेको छ, यी दुईमा नम्बर वान को हो ? कसको फ्यान फलोइंग सबैभन्दा धेरै छ ? चलचित्र र सामाजिक सञ्जालमा यी दुई सुपरस्टारमा को अगाडि छन् भन्ने कुरा आज हामी यो प्याकेजमा चर्चा गर्दैछौं । बक्सअफिसमा अगाडि निस्किए सलमान फिल्मको कुरा गर्ने हो भने बक्सअफिसमा सलमान खानकै वर्चश्व छ । हरेक वर्ष उनको एक ब्लकबस्टर फिल्म आएकै हुन्छ । २०१० मा आएको ‘दबंग’ मा चुलबुल पाण्डेको भूमिका निर्वाह गरेर उनले यो साबित गरेका थिए कि, उनी बक्सअफिसका ‘किंग’ हुन् । २०११ मा आएको ‘रेडी’ र ‘बडिगार्ड’ पनि दर्शकलाई औधी मनपर्‍यो । २०१२ मा आएको चलचित्र ‘एक था टाइगर’ उनका लागि माइलस्टोन साबित भयो । यस फिल्मले जर्बजस्त कलेक्सन गरेको थियो । सोही वर्ष ‘दबंग २’ पनि आयो । यो पनि सुपरहिट फिल्मको लिस्टमा सामेल भयो । वर्ष २०१३ उनका लागि खासै राम्रो रहेन तर २०१४ मा आएको फिल्म ुकिकु ले बक्सअफिसमा धूम मच्चायो । फेरि २०१५ मा ुबजरंगी भाईजानु, २०१६ मा ुसुल्तानु र २०१७ मा ुटाइगर जिन्दा हेु ले उनलाई सुपरस्टारको क्याटेगरीमा उभ्यायो । उनका फिल्मले भारतमा मात्र नभएर विश्वभर दमदार कलेक्सन गर्ने गरेका छन् । २०१३ पछि शाहरुखको चम्किएन स्टारडम शाहरुखले २०१३ पछि कुनै सुपरहिट फिल्म दिएका छैनन् । २०१३ मा आएको ‘चेन्नई एक्सप्रेस लाई दर्शकले निकै रुचाए, तर यसपछि आएका ुह्याप्पी न्यू ईयरु, ुदिलवालेु, ुफ्यानु, ुरईसु, ुजीरोु र ुजब ह्यारी मेट सेजलु दर्शकको विश्वासमाथी खरो उत्रन सकेनन् । बक्सअफिसको नजिता हेर्ने हो भने शाहरुखभन्दा सलमान धेरै अगाडि निस्किसकेका छन् । अहिले सलमानलाई बक्सअफिसको ुसुल्तानु भन्ने गरिन्छ । सामाजिक सञ्जालमा पनि अगाडि सलमान सामाजिक सञ्जालमा फ्यान फलोइंगको कुरा गर्ने हो भने यहाँ पनि सलमान, शाहरुखभन्दा अगाडि निस्किएका छन् । फेसबुक, ट्विटर र इन्स्टाग्राममध्ये दुई प्लेटफर्ममा सलमानको फ्यान फलोइंग शाहरुखको भन्दा धेरै छ । फेसबुकमा सलमानलाई साढे ३ करोडभन्दा बढी व्यक्तिले फलो गर्ने गर्दछन् । शाहरुखको फ्यान फलोइंग ३ करोडको आसपास छ । यस्तै, सलमानलाई इन्स्टाग्राममा २ करोड २२ लाख बढीले फलो गरेका छन् । त्यही, शाहरुखलाई इन्स्टाग्राममा १ करोड ७० लाख बढीले फलो गर्ने गर्दछन् । तर, ट्विटरमा भने सलमानभन्दा शाहरुख अगाडि छन् । यहाँ शाहरुखको फ्यान फलोइंग ३ करोड ८० लाखभन्दा बढी छ । यस्तै, सलमानलाई ट्विटरमा ३ करोड ६७ लाखभन्दा बढीले फलो गरेका छन् । एजेन्सी

आइपीएलः हैदरावादद्वारा राजस्थानलाई १६१ रनको लक्ष्य

काठमाडौं, वैशाख १४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनायो । उसका लागि मनिष पाण्डेले सर्बाधिक ३६ बलमा ६१, डेबिड वार्नरले ३२ बलमा ३७ रन बनाए । यस्तै, कप्तान केन विलियम्सनले १३, शाकिव अल हसनले ८, विजय शंकरले ९, ऋद्धिमान शाहले ५ रनको योगदान दिए । यस्तै, राशिद खानले नटआउट ८ बलमा १७ रन प्रहार गरे । बलिङमा राजस्थानका ओसेन थोमस, श्रेयस गोपाल, जयदेव उनदकट र बरुण अरुणले २–२ विकेट लिए । राजस्थान र हैदरावाबीच जारी आइपीएलमा यो दोस्रो खेल हो । पहिलो खेलमा २९ मार्चमा हैदरावादले राजस्थानलाई ५ विकेटले पराजित गरेको थियो । हालसम्म आइपीएलमा यी दुई टिमबीच १० पटक भिडन्त भएको छ । जसमा ६ मा हैदरावाद र ४ खेलमा मात्र राजस्थानले जीत निकालेको छ । राजस्थानले ४ वर्षयता हैदरावादलाई हराउन सकेको छैन । हैदरावादविरुद्ध राजस्थानले अन्तिम पटक १६ अप्रिल सन् २०१५ मा जीत हासिल गरेको थियो । राजस्थानलाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि राजस्थान यो खेलमा पराजित भए प्लेअफमा पुग्ने सम्भावना समाप्त हुनेछ । यता हैदरावादलाई पनि प्लेअफमा पुग्नुपर्ने चुनौती छ । अंक तालिकामा हैदारावाद १४ अंकका साथ पाँचौ र राजस्थान ८ अंक बटुल्दै सातौं स्थानमा छ ।

आइपीएलको बिचमै को–को खेलाडी फर्किदै छन् स्वदेश?

काठमाडौं, वैशाख १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करण विगतजस्तो रामोञ्च नहुने भएको छ । यसको प्रमुख कारण हो वान डे विश्वकप । विश्वकपमा लागि अधिकांश विदशी खेलाडी स्वदेश फर्किने भएपछि यो पटकको आइपीएल रोमाञ्च केही फिक्का हुने भएको हो । ३० मेदेखि शुरु हुने विश्वकप खेल्नका लागि लगभग १८ विदेशी खेलाडी आइपीएलको बिचमै स्वदेश फिर्ता हुने पक्का जस्तै भएको छ । यद्यपि, वेस्ट इन्डिजका खेलाडी भने आइपीएलको बिचमै स्वदेश फिर्ता हुने संकेत देखिएको छैन । ८ टिमका कुन–कुन खेलाडी खेलाडी हुन्, जो आइपीएलको बिचमै स्वदेश फर्किदै छन्– चेन्नई सुपर किंग्सः फाफ डू प्लेसिस, इमरान ताहिर दिल्ली क्यापिटल्सः कागिसो रबाडा मुम्बई इन्डियन्सः जोसन बेहरेनड्रफ, क्विन्टन डी कक सनराइनजर्स हैदराबादः केन विलियसम्सन, डेविड वार्नर, जोनी बेयरस्टो, शाकिब अल हसन, किंग्स इलाभेन पन्जावः डेविड मिलर कोलकाता नाइट राइडर्सः जो डेनली रोयल च्यालेन्जर्स बैंग्लोरः डेल स्टेन, मोइन अली, मार्कस स्टोइनिस राजस्थान रोयल्सः जोस बटलर, स्टीव स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चर

एसीसी यू–१६ क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो २३५ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट अन्तर्गत आयोजक थाइल्याण्ड विरुद्धको खेलमा नेपालले २३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।थाइल्याण्डको चियाङ माईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेटको क्षतिमा २३४ रन बनायो । नेपालका लागि आएश भट्टराईले सर्बाधिक ५८ रन प्रहार गरे । उनले ९ चौकाको मद्दतमा ५८ रन प्रहार गरेका हुन् । यस्तै कप्तान विशाल विक्रम केसीले ३१ बलमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । दीपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्का सहित ३५ रन जोडे । आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो । ब्यक्तिगततर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे । बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले २ विकेट लिए । पहिलो खेलमा म्यानमारलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको नेपाल आजको खेलमा विजयी भए समूह विजेता बन्दै सेमिफाईनलमा पुग्ने छ ।

बजारमा आयो सिजीका फ्यान र कुलर

काठमाडौं, वैशाख १२ । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालैमात्र बजारमा ल्याएको छ। फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरु रहेका छन् । सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै छ । यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउँदा आवाज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले तपाईले यसलाई सजिलै चलाउन सकिने छ । अरु टेबल, वाल र अलपर्पोज फ्यानहरुको पनि एकदमै माग बढेको छ । एसीको आनन्द सस्तो दाममा लिन अब सिजीले विभिन्न मोडलहरु र तपाईकै बजेटमा कुलरहरु पनि ल्याएको छ । गर्मी मौसममा यसको प्रयोग गर्नाले तपाईहरुले आफ्नो स्वास्थ्य एवं मुल्य दुवैको जर्गेना गर्न सकिने छ । यो कुलरमा आईस च्याम्बर, पावर फुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् । आफ्नो कोठाको साईज र मुल्यमा छानी छानी आकर्षक कुलरहरु घर ल्याउन सकिने छ । त्यसैले सिजीका फ्यानहरु र कुलरहरुको प्रयोग गरी कुल रहनुहोस् ।

झिलमिलाको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता

महेन्द्रनगर, चैत २५ । भीमदत्त नगरपालिकाले चुरे क्षेत्रमा पर्ने झिलमिला तालको पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन संघ र प्रदेश सरकारसित समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएका छन् । स्थानीय तह निर्वाचनपछि भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले ताललाई सुदूरपश्चिम प्रदेशको नमूना पर्यटकीय स्थल बनाउन पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रम प्राथमिकता दिएका छन् ।   पर्यटकलाई सहज रुपमा झिलमिला तालसम्म पुगाउन सडक निर्माण भई रहेको छ । यस वर्ष मटेनाबाट चार किलोमिटर सडक पक्की निर्माण कार्य अघि बढेको छ । त्यसपछि अर्को वर्ष ताराकोटसम्म पक्की सडक निर्माण गर्ने योजना अघि सारिएको छ । ताराकोटबाट तालसम्मको झण्डै एक किलोमिटर बाटोमा पदमार्ग निर्माण भई रहेका छन् । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्र्तगत पदमार्ग निर्माण गरिएका हुन् । सुदूरपश्चिम प्रदेश उद्योग, वन, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले तालको परिक्रमा पथ र सोलार बत्ती जडान सहितका कार्यका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । ‘यो ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण छ, तालमा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउँछन्, स्थानीय र छिमेकी जिल्लाबाट समेत आउँछन्’ भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले भने,‘यो प्रकृतिको अनुपम उपहार जस्तै छ, त्यसैले यसलाई संरक्षण, संवद्र्धन गर्न भीनपा लागि परेको छ, यसलाई सुदूरपश्चिम प्रदेशको नमूना पर्यटकीय स्थल बनाउन पहलकदमी गरिरहेका छौ ।’ नगरपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रमलाई प्राथमिकता दिएको नगर प्रमुख विष्टले बताए । ‘यो तालको संरक्षण र संवद्र्धन गरी पर्यटन प्रवद्र्धनका लागि नीतिगत रुपमा कार्यक्रम र बजेट विनियोजन गरी अघि बढेका छौ’ उनले भने । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । यो घोषणा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित झिलमिला ताल, भम्केनी धाम, विष्णु मन्दिर साकेतधाम, रौटेला, बाराकुण्डा, झोलुङ्गे पुल लगायतका धार्मिक पर्यटकीय स्थललाई मध्यनजर गरी गरिएको हो । पर्यटन प्रवद्र्धनका लागि उत्तरी क्षेत्रमा जैविक मार्ग र दक्षिण क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । ‘झिलमिला तालसम्मका सहज, सभ्य र सुरक्षित यात्रा बनाउन सडक निर्माण गरिरहेका छौ, सुरक्षित र सभ्य बनाउन सुरक्षा निकाय सहित सरोकारवालासित छलफल गरिरहेका छौ,’ उनले भने,‘संघ र प्रदेश सरकारसित पनि सहकार्य गरिएको छ ।’ तालको संरक्षणका लागि यस वर्ष राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसित सहकार्य गरी तालको पश्चिमी किनारमा चेकडयाम ९तटबन्ध० बनाउन लागिएको छ । यसका लागि १५ लाख बजेट खर्च हुने भएको छ ।  एक हजार एक सय २५ मिटर लम्बाईको परिक्रमा पथमध्ये यस वर्ष दुई सय मिटर थप निर्माण गरिएको छ । भीनपा वडा नं. ९ का अध्यक्ष राम नाथले ताल परिक्रमाका लागि सहज बनाउन परिक्रमा पथ निर्माण गरिएको बताए । घना जङ्गलको विचमा रहेको यो १७ मिटर गहिराको यो तालको लम्बाई ५ सय मिटर र चौडाई ३ सय ५० मिटर छ । २०७२ मा तालको लम्बाई, चौडाई र गहिराई मापन गरिएको थियो ।  दिनमा तीन पटक रङ्ग फेर्ने यो तालमा दैबीय शक्तिका कारण पानी र माछाका आकार स्थिर रहेको स्थानीय बताउँछन् । घना जङ्गलको बिचमा भएर पनि तालमा रुखका पाल देख्न पाइदैन । भीनपाका नगर प्रमुख विष्टले ताल प्रचारप्रसारका लागि वृत्तचित्र सहित प्रचारप्रासर सामग्री तयार गरिने जानकारी दिए । ताल संरक्षण र व्यवस्थित विकासका लागि गुरु योजना निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।  मटेनाबाट झिलमिलासम्म सडक निर्माण सुरु गरिएपछि मन्त्री, साँसद सहित जनप्रतिनिधि, बुद्धिजीवि, उद्यमी व्यवसायीले ताल अवलोकनका लागि जाने गरेका छन् । ब्रह्मदेबबाट झिलमिलातालसम्म केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भई रहेको छ । ताराकोटमा भ्यू टावर निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाले ताराकोटमा पिकनिक स्पट, धर्मशाला लगायतका पूर्वाधार निर्माणका लागि छलफल गरिरहेको छ । केही महिना अघि पूर्व उद्योग मन्त्री कर्ण थापाले नेताहरु सहित तालको अवलोकन भ्रमण गरेका थिए ।

छैटौं खेलमा भारतसँग नेपाल एक विकेटले पराजित

काठमाडौं, चैत १६ । भारतको आन्ध्र प्रदेश क्रिकेट टोली विरुद्धको छैठौं एकदिवसीय खेलमा नेपाल एक विकेटले पराजित भएको छ । नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको आन्ध्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि नितीश कुमारले सर्बाधिक ७५ रन बनाए । बलिङमा नेपालका पवन सरफाले ३, प्रतिश जिसीले २, सूर्य तामाङ, आकाश चन्द र राशिद खानले एक-एक विकेट लिए । पहिला ब्याटिङको मौका पाएको नेपालको यू १९ टिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५१ रन बनायो । नेपालका लागि सन्दीप जोराले ६७ बलमा ६९, राशिद खानले ४४, हरिबहादुर चौहान, अविश्यक बसन्तले ३५-३५, रित गौतमले २२, शेर मल्लले नट आउट १७ रन बनाए । बलिङमा भारतका आई.स्माइलल एक्लैले ४ विकेट लिए । अप्रिल १२ देखि १८ सम्म मलेसियामा सुरु हुने यू-१९ एसिया विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप आन्ध्रसँग अभ्यास खेल खलेको हो । ६ खेलको अभ्यास खेल सकिदा नेपालले ४ मा र आन्ध्रले २ खेमला जित निकालेका छन् । ६ राष्ट्रले सहभागिता उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप खेल्न पाउने छ ।

आइपीएलः हैदराबादविरुद्ध कप्तान रहाणेको अर्धशतक

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान अजिंक्य रहाणेले अर्धशतक प्रहार गरेका छन् । उनले ३८ बलमा अर्धशतक पूरा गरे । त्यसक्रममा रहाणेले २ चौका र २ छक्का प्रहार गरे । आज राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ ।  राजस्थानमा रहाणे र हैदाराबादमा केन विलियम्सन कप्तान छन् । पहिलो खेलमा पराजित यी दुई टिम पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिएका छन् । चोटका कारण पहिलो खेल गुमाएका कप्तान विलियमसन आजदेखि खेल फर्किएका छन् । उनी अघिल्लो संस्करणमा पनि कप्तानी सम्हालेका थिए । उनकै नेतृत्वमा हैदराबाद फाइनल पुग्नसमेत सफल भएको थियो ।

आइपीएलः १२ वर्षपछि पन्जाबसँग ‘घरेलु मैदान’ मा राजस्थानको हार

काठमाडौं, चैत १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले विजयी शुरुवात गरेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै आइपीएलमा पन्जाबले विजयी शुरुवात गरेको हो । जयपुरस्थित राजस्थानको ‘होम ग्राउण्ड’ मा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकाल्न सफल भयो ।  राजस्थानविरुद्ध पन्जाबले उसकै घरेलु मैदानमा १२ वर्षपद्धि जित निकाल्न सफल भएको हो । टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै सर्फराज खानले अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । मायांक अग्रवालले २२, निकोलस पुरनले १२, केएल राहुलले ४ र मन्दीप सिंहले नटआउट ५ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले २,  कृष्णप्पा गौतम र धवन कुलकर्णीले एकएक विकेट लिए । १८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९, अजिन्क्या रहाणेले २७ सन्जु स्यामसनले ३०, स्टेभेन स्मिथले २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन । राजस्थानलाई हराउनका लागि स्याम कुरान, मुजिब उर रहमान, अंकति राजपूतले दुईदुई र विचन्द्र आश्विनले एक विकेट लिए । आइपीएलमा आज सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे दिल्लीमा हुँदैछ । यी दुई टिमले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् ।

बौद्धबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ

साँखु, चैत १० । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित सात रहेको चन्दले बताए । पक्राउ परेका उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान गरी प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकम सहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । रासस

आइपीएलः धोनी र विराटको टिम भिड्दै, चेन्नईले टस जित्यो

काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) १२औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईमा शुरु हुँदै छ । ब्यंग्लोरको नेतृत्व विराट कोहलीले र चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका छन् । आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराटले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमनेसामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेको छ भने ७ खेलमा आरसीबीले जित हात पारेको छ । एक खेल भने नतिजाविहीन भएको छ । दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ को पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ । चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् । नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघिको सिजनमा अन्तिम तीन खेलमा मात्र अवसर पाएका सन्दीप यसपटक सुरुवातदेखि नै पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

पानीको मुहान जोगाउन सबै लागौंः खानेपानी मन्त्री

काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् । सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।” खानेपानीमा आम जनताको पहुँच पुर्याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन् । खानेपानीमा सहज पहुँच पुर्याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उनले जानकारी दिइन् । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन् । कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताए । ठूल ठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्व मन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिए ।