अब पार्टीको राजनीति नगर्ने सभामुख महराकाे घाेषणा

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । झन्डै दुईतिहाइनजिक पुगेको एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको समर्थनमा उनी सभामुख पदमा पुगे । प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख पदका लागि उम्मेदवार नउठाएर महरालाई नै सर्वसम्मत बन्ने बाटो खुला गरिदियो । यसै सन्दर्भमा सभामुखका रूपमा महराको आगामी कार्यकाल, उनले निर्वाह गर्ने भूमिका लगायत विषयमा गरिएकाे अन्तरवार्ता

तपाईंसँग ०४८ सालदेखिको संसदीय अनुभव छ, जनयुद्ध हुँदै शान्तिप्रक्रियापछिको लोकतन्त्र प्राप्ति र संविधान जारीपछिको संघीय संसद्मा सभामुख पदमा निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति गरिरहनुभएको छ ?

लामो समय त मैले राजनीतिक यात्रा नै पूरा गरेको छु । ०४८ सालमा हाम्रो पार्टीको मुख्य उद्देश्य भनेको संसद्भन्दा फरक थियो । संसद्प्रतिको हाम्रो विश्वास कम थियो । संसद्प्रति जनताकै विश्वास छैन भन्ने लागेर पार्टी युद्धमा गयो । त्यसपछि युद्धद्वारा पुरानो संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ संसदीय व्यवस्था स्थापना गर्नुपर्छ भन्ने मान्यता राख्यौँ । संविधान निर्माण भइसकेपछि नयाँ प्रतिनिधिसभाको चयन भइसकेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी सहभागितासहितको नयाँ संविधान बनेको छ । त्यसकारण नयाँ संविधानमा आधारित भएर बनेको प्रतिनिधिसभा हो । यो हिजोको जस्तो होइन ।

अब सभामुखको हैसियतले बैठक सञ्चालन गर्ने, विधिसंगत ढंगले संविधान र कानुनको परिधिभित्र रहेर सन्तुलित भएर काम गर्ने इच्छा छ । पार्टीको सक्रिय राजनीति अहिले हुँदैन ।

संसद्भित्रको अभ्यास, प्रक्रियागत विधिको दृष्टिकोण के हो भन्ने एउटा अनुभव थियो । राजनीतिक दृष्टिकोणले यो नितान्त नयाँ परिवेश हो । यस्तो अवस्थामा नयाँ भूमिकासहितको प्रतिनिधिसभाको सभामुख हुन पाउँदा म खुसी छु । केही राजनीतिक उपलब्धिसहितको संविधान र संविधानमा आधारित प्रतिनिधिसभा बनेको हुनाले यसको नेतृत्व गर्ने भूमिकामा आफूलाई पाउँदा खुसी छु ।

सभामुखका रूपमा मुख्य कार्यभार र चुनौती के पाउनुभएको छ ?

प्रतिनिधिसभा भनेको जनताको सार्वभौमसत्ता प्रयोग गर्ने सर्वोच्च अंग हो । यहाँ जनताका सबै विचार, आस्था, भावना र मनोविज्ञान केन्द्रित हुन्छ । यसपटकको प्रतिनिधिसभा नयाँ संविधानमा आधारित छ । यसमा समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेका छौँ । जनताको कुनै हिस्सा मनोविज्ञान अहिले छुट्दैनन् । महिला, जनजाति, मधेस सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने भएकाले जनताका सबै भावना र मनोविज्ञान केन्द्रित हुन्छ । जनताको सार्वभौमसत्ता  प्रयोग गर्नसक्ने सर्वोच्च थलोका रूपमा यसलाई लिनुपर्छ ।

सरकारलाई संसद्ले राम्रो गाइड गरोस्, रचनात्मक सहयोग गरोस् । त्यो ढंगले संसद्को विकास हुनुपर्छ । अवरोधक र बाधकका रूपमा होइन । त्यसकारण अब संसद् र सरकारको सम्बन्ध राम्रो हुन्छ ।

समस्याहरू केन्द्रित गर्ने ठाउँ पनि यही हो । छलफलको उचित वातावरण निर्माण गर्ने र समाधान निकाल्ने ठाउँ पनि यही हो । यसकारण अबका दिनमा नयाँ संविधानको नयाँ अवधारणाअनुसार प्रतिनिधिसभालाई विकास गर्नेछौँ । संघीयता कार्यान्वयन, नयाँ कानुन, नीतिहरू निर्माण गर्नुपर्नेछ । यसैअनुसार संसद् अघि बढ्नेछ ।

निर्विरोध सभामुख बन्नुभयो । अब प्रमुख प्रतिपक्षीसहित अन्य दललाई कसरी समेट्नुहुन्छ ?

संसद् भनेको सम्पूर्ण सांसदको संगम थलो हो । सत्तापक्ष र प्रतिपक्ष भन्ने संसदीय व्यवस्थाको पक्ष हो नै, तर सत्तापक्षको काम–कारबाहीलाई प्रतिपक्षले रचनात्मक ढंगले कुरा उठाउने र रचनात्मक सुझाबलाई सत्तापक्षले आत्मसात् गर्ने नै संसदीय परम्पराको राम्रो उदाहरण हो । यो वातावरण सिर्जना गर्न मैले सम्भव देखेको छु । यो संसद्मा भएका सबै दल, सबै माननीय सांसदको विचारमाथि छलफल गर्ने र समाधान गर्ने थलो हो । यस्तो वातावरण बनाउन म लाग्नेछु ।

विगतको संसद्मा तिक्ततापूर्ण अवस्था पनि देखियो । संविधान घोषणा गर्दैगर्दा कोही संसद्बाहिर र कोही भित्र थिए । उतिवेला बाहिर बस्नेहरू फेरि भित्र आएका छन्, उनीहरूलाई यहीँ राखिराख्न तपाईंको भूमिका के हुन्छ ?

राजनीतिक बहस करिब–करिब टुंगिसकेको छ । केही बचेका छन् भने तिनलाई छलफल र सहमतिबाट टुंगो लगाउनुपर्छ । त्यसको पूरै कोसिस मबाट हुन्छ । तर, अहिले देश सुशासन र समृद्धिको अभियानमा आउन खोजेको छ । यसमा सबै राजनीतिक दलको समान धारणा छ । चुनावमा सबैले आफ्नो प्रतिबद्धता व्यक्त गरेको स्थिति हो । त्यसकारण पहिलेजस्तो स्थिति हुँदैन । यसपटक सुशासन र समृद्धि कसरी कायम गर्ने भन्ने बहस भयो भने त्यो त राम्रो कुरा हो ।

सरकार र संसद्को सम्बन्ध कसरी अघि बढ्छ भन्ने चासो विपक्षी दलमा पनि देखिन्छ नि ?

सरकार उद्गम हुने थलो पनि संसद् हो । त्यसैले संसद् र सरकारबीच राम्रो सम्बन्ध हुनुपर्छ । सरकारलाई संसद्ले राम्रो गाइड गरोस्, रचनात्मक सहयोग गरोस् । त्यो ढंगले संसद्को विकास हुनुपर्छ । अवरोधक र बाधकका रूपमा होइन । त्यसकारण अब संसद् र सरकारको सम्बन्ध राम्रो हुन्छ ।

न्यायालयमा नियुक्ति प्रक्रिया संसद्सम्म आइपुग्दा संसदीय प्रक्रिया सामान्य कर्मकाण्डी मात्र हुने गरेको आरोप लाग्ने गरेको छ । न्यायालय र संसद्बीचको सम्बन्धबारे तपाईंको धारणा के छ?

संविधान, ऐन र नियमहरू कस्ता बन्छन्, त्यहीअनुसार अघि बढ्ने थलो न्यायालय हो । त्योभन्दा बाहिरबाट चल्दैन । संविधान बन्ने थलो संविधानसभा बनिसक्यो । ऐन बनाउने थलो प्रतिनिधिसभा हो । नियमावलीहरू सरकारले बनाउँछ । त्यसकारण हामीले समयानुकूल जनताले माग गरेअनुसार, देशको आवश्यकताअनुसार ऐन बनाउने हो । ऐनअनुसार न्यायालय चल्ने हो । चलेन भने परिमार्जन गर्न सक्छ । त्यसकारण व्यवस्थापिका यस्तो चिज हो जसको सम्बन्ध सोझै जनताको प्रतिनिधित्वसँग जोडिएको छ । न्यायालय पनि जनतासँग राम्रो सम्बन्ध बनाएर अघि बढ्नुपर्छ ।

संघीयता कसरी धानिएला भन्ने चिन्ता छ नि ?

प्रारम्भमा सबैलाई त्यस्तो लाग्छ । स्रोत कहाँबाट ल्याउने भन्ने विषय हो । विगतमा म अर्थमन्त्री पनि भएको नाताले राम्रोसँग संकलन गर्न सकियो भने धेरै स्रोत छ भन्ने लाग्छ । अब त केन्द्रीय सरकार, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार छन् । स्रोतको खोजी उहाँहरूले राम्रोसँग गर्न सक्नुहुन्छ । अझ बढी स्रोतको खाँचो पर्दैन । सुरुमा यसलाई मेन्टेन गर्न गाह्रो देखिएजस्तो हो । मलाई लाग्छ, बिस्तारै यो कुराको पनि हामी व्यवस्थापन गर्छौँ ।

वाम गठबन्धन दुईतिहाइ नजिक पुगिरहँदा संविधान संशोधनको चर्चा पनि छ । सभामुखका रूपमा संविधान संशोधन हुने विषयलाई कसरी लिनुहुन्छ ?

संविधान संशोधन जनताको चाहना, राष्ट्रको आवश्यकता र समयको मागले परिमार्जन हुँदै जाने कुरा हो । त्यो कुरा संसद्मा उठाउने साथीहरू पनि हुनुहुन्छ । अरू दलहरूसँग पनि छलफल होला । बिस्तारै कति संशोधन गर्दा हुन्छ भन्ने कुरामा सहमति होला । यो विषयमा अभिभावकीय भूमिका मेरो पनि रहन्छ । हामीले के भनेका छौँ भने दुईतिहाइ पुर्या‍एर मात्रै गर्न सकिन्छ भन्ने भन्दा पनि सहमति कसरी गर्न सकिन्छ भन्ने हो ।

सरकारले अझै पूर्णता पाएको छैन । संसद्लाई बिजनेस अभाव होला नि ?

मेरो विचारमा सरकार बनेको छ । पूर्णता नपाएको मात्रै हो । संसद्लाई बिजनेस यो सरकारले पनि दिन सक्छ । मलाई लाग्छ, सरकारले छिटै पूर्णता पाउनेछ ।

अब पार्टी राजनीतिलाई कसरी अघि बढाउनुहुन्छ ?

अब सभामुखको हैसियतले बैठक सञ्चालन गर्ने, विधिसंगत ढंगले संविधान र कानुनको परिधिभित्र रहेर सन्तुलित भएर काम गर्ने इच्छा छ । पार्टीको सक्रिय राजनीति अहिले हुँदैन ।

तपार्इंले पटक–पटक अवसर पाउनुभयो भन्ने असन्तुष्टिका आवाजहरू पार्टीभित्रैबाट पनि सुनिए । तपार्इं आफैँ चाहेर सभामुख बन्नुभयो कि परिस्थिति आइलाग्यो ?

त्यस्तो होइन । मैले आजसम्म कुनै पनि पदमा म आफैँ हुनुपर्छ भनेर भनेको छैन । मलाई लाग्छ, मेरो खाँचो र आवश्यकता भयो र पार्टीले यो भूमिकामा पुर्या‍यो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपति दोहोरिँदै गर्दा सभामुख किन दोहोर्या‍इएन भन्नेहरू पनि छन् नि ?

पहिलेको सभामुखले धेरै राम्रो भूमिका खेल्नुभएको थियो । अबको स्थितिमा मलाई पार्टीले पठायो । यसमा कसैको भूमिका कम र बढी भन्ने होइन ।

माओवादीलाई माइनस गरेर सरकार बन्दैन : माधव नेपाल

जनआन्दोलनदेखि संविधान निर्माणका विभिन्न चरण हुँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्रिय भूमिका खेलेका एमाले नेता माधवकुमार नेपाल अब बन्ने सरकारमा वाम गठबन्धनका अलावा अन्य पार्टीलाई पनि समेटेर जानुपर्ने कुरा जोडदारका साथ उठाइरहेका छन् । शान्ति, स्थिरता र समृद्वि हासिल गर्न पनि साना-ठूला सबै दललाई सरकारमा ल्याउन प्रयास भइरहेको उनले खुलाएका छन् । उनीसँग सरकार गठन तथा वाम एकताको विषयमा केन्द्रित रहेर गोविन्द लुइँटेलले गरेको कुराकानीः माओवादी छाडेर फोरमसँग सहकार्य प्रयास गर्दै हुनुहुन्छ भन्ने सुनियो । कुरो के हो ? हामी माओवादी र फोरम मात्रै होइन, संसद्‍मा रहेका अरू दलसँग पनि मिलेर जान चाहन्छौं । वाम गठबन्धनलाई सुदृढ बनाउँदै दुवैको पारस्परिक सल्लाहबाट अरू पक्षलाई पनि समेटेर लैजान खोजिएको हो । तर वाम गठबन्धनबाहिरका दलसँग सहमति भइसकेको छैन । मैले उपेन्द्र यादवजीलाई केही दिन अगाडि बालुवाटारमा भेट्दा सरकार निर्माणबारे कुरा गरौं भनेको थिएँ । उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको हो तर औपचारिक छलफल भएको छैन । माओवादीलाई माइनस गरेर सरकार गठन हुन लागेको हो कि ? माओवादीलाई माइनस गरेर सरकार गठन हुँदैन । पहिले दुई पार्टीबीचको सम्बन्ध बलियो बनाएर मात्रै तेस्रो पार्टीलाई ल्याउने हो । धेरै पार्टीको सरकार स्थिर हुन्छ र ! अरु पार्टीलाई सरकारमा ल्याउँदैमा अस्थिर हुने होइन । विचारमा सहमति पनि हुनु पर्‍यो । विचारमा सहमति भएपछि सरकारमा ल्याउन गाह्रो छैन । सबैलाई समेटेर सरकार गठन गर अनि शान्ति र समृद्धि देऊ भन्ने नै आमचाहना हो । हामी सरकार निर्माणका लागि प्रमुख प्रतिपक्ष कांग्रेसबाहेक संघीय समाजवादी, मजदुर किसान, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदसँग पनि कुरा गर्छौं । फोरमसँग पनि एकता प्रयास गर्ने ? हामी बसेर छलफल गर्न तयार छौं तर अहिले नै एकताका लागि भने होइन । सरकार निर्माणका लागि । फोरम फरक विचार बोक्ने पार्टी हो । विचारमा सहमत भए मात्रै एकता सम्भव हुन्छ । मधेसकेन्द्रित दलले संविधान संशोधनको मुद्दा छाडेका छैनन् । अब एमाले पनि त्यसमा लचक हुन्छ ? संविधान संशोधनको विषयमा उपेन्द्रजी आलोचनात्मक नै रहनुभयो । मधेसी जनताको भावना र चाहना के हो, सरकारले राम्रोसँग सुन्नुपर्छ । राष्ट्रियता र नेपाली जनताको हितमा हुने कुनै पनि कुरालाई एमालेले स्वीकार गर्छ । वाम एकतामा ढिलाइ हुनुको मुख्य कारण के हो ? कार्यव्यस्तता प्रमुख कारण हो । अहिलेको सरकारले पनि सरकार गठनका लागि समस्या खडा गरिरहेको छ । जनादेशको कदर नगर्ने प्रवृत्ति देखियो । त्यसमा हाम्रो बढी ध्यानकेन्द्रित भएको छ । प्रधानमन्त्रीसँग हामीले राष्ट्रियसभासम्बन्धी अध्यादेशको विषयलाई लिएर अनावश्यक ढिलासुस्ती नगर्न आग्रह गरेका छौं । प्रतिनिधिसभामा बहुमतप्राप्त नेता प्रधानमन्त्री हुने कुरा संविधानमै उल्लेख छ । राष्ट्रियसभा गठन नभए पनि सरकार गठन गर्न कानुनी जटिलता छैन तर महिलाको कुरा उठाएर समस्या खडा गर्ने काम भइरहेको छ, त्यो गलत हो । अध्यादेशबाट सरकार पछि हट्नुपर्छ भन्ने एमालेको निचोड हो ? एमाले एकल संक्रमणीय व्यवस्थामा जान सक्दैन । त्यो संविधानविपरीत हुन्छ । ०४७ सालको संविधानमा उल्लेख भएको व्यवस्था हामीले सहमतिमै हटाएका हांै । स्थानीय निर्वाचनमा हारिसकेपछि राष्ट्रियसभामा सिट बढाउनकै लागि यस्तो व्यवस्था अध्यादेशमा ल्याइनु गलत कार्य हो । अब राष्ट्रियसभा निर्वाचन कसले गर्ने त ? एकल संक्रमणीय व्यवस्था हटाउनुपर्छ । अब बन्ने सरकारले संविधानबमोजिम नयाँ ऐन निर्माण गरेर राष्ट्रियसभा निर्वाचन गर्छ । चुनाव जितेपछि वाम गठबन्धनमा जटिलता देखियो नि रु पद नमिलेर हो ? पदको बाँडफाँट गर्न जान्नु नेतृत्वको कला हो । हिजो सिटको बाँडफाँट गर्न पनि गाह्रो थियो । त्यो पार लगायौं र जित्यौं । त्यही कुरा कांग्रेसको गठबन्धनले गर्न सकेन । पद बाँडफाँटमा कुनै समस्या छैन, सम्मानजनक रूपमा त्यो काम हुन्छ । पार्टी अध्यक्ष, संसदीय दलको नेता र सरकारको नेतृत्व तीनैवटामा एमालेले दाबी गरिरहेकाले एकीकरणमा जटिलता देखिएको भनिन्छ नि ? औपचारिक रूपमा पार्टीगत भूमिका र जिम्मेवारी बाँडफाँट भएकै छैन । यो बाहिरी प्रचार मात्रै हो । पदीय विवाद हुने गरी जानु हुँदैन । नेताहरूले देशको बारेमा सोचेर त्याग गर्न पनि सक्नुपर्छ । अहिले पार्टी एकता छायाँमा परेको हो ? पार्टी एकीकरणका लागि जनादेशप्राप्त दुई पार्टी पछाडि फर्किए भने जनताले राम्रो मान्ने छैनन् । उनीहरू जनताको नजरमा गिर्छन् । हामीले कसैसँग विलय हुने गरी होइन, सम्मानजनक एकता गर्न लागेका हौं । वाम एकतालाई दिगो बनाउन चुनौती देख्नु हुन्न ? चुनौती छ । विचार सिद्धान्त र भूमिकामा सहमति चाहिन्छ अनि दिगो हुन्छ । त्यसका लागि हामीले धेरै कुरामा त्याग गर्न पनि सक्नुपर्छ । माओवादीले उठाइरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा एमाले पनि जान तयार भएको हो ? यो एउटा पार्टीको धारणा हो । हाम्रो त्यस्तो धारणा छैन । यसमा छलफल गरेर टुंगोमा पुग्न सकिन्छ । तपाईं अब सक्रिय राजनीतिमै रहने कि राष्ट्रपति बन्ने ? देशमा विकास होस् र जनताले समृद्धि देख्न पाउन् भन्ने मेरो चाहना हो । पार्टीले दिएको भूमिका म निर्वाह गर्छु । पदका लागि पार्टीमा एक से एक नेता हुनुहुन्छ । आपसी सहमतिमा जस्तोसुकै भूमिका पनि निर्वाह गर्न सकिन्छ । राष्ट्रपतिको विषयमा दुई पार्टीबीच छलफल हुनुपर्छ । मेरो यसमा दाबी छैन । अन्नपूर्ण पाेष्टबाट

पहिले पार्टी एकताको मार्गचित्र, अनि सरकार गठन : वर्षमान पुन

काठमाडौं। पुस ४ । सभामुख ओनसरी घर्तीले बालुवाटारस्थित सभामुख निवास छाडेर ‘रामकृष्ण आश्रम’ लेखिएको नयाँ घरमा डेरा लिएकी छिन् । सभामुखका पति एवं माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई भेट्न हामी सोही नयाँ डेरामा पुग्दा नवनिर्वाचित सांसद पुनलाई बधाइ दिन एकाबिहानै गृहसचिव मोहनकृष्ण सापकोटा त्यहाँ पुगेको पाइयो । वामपन्थीहरुले सरकार बनाउन लागेको संकेत पाउनासाथै अहिले एमाले र माओवादी नेताका निवासमा कर्मचारीहरुको दौडधूप बाक्लै देखिन थालिसकेको छ । तर, हामीले माओवादी नेता पुनसँग यस विषयमा कुरा गरेनौं । बरु, एमाले(माओवादीवीचमा देखा पर्न थालेको नेतृत्वसम्बन्धी विवाद, अनि मधेस र कांग्रेसलाई हेर्ने माओवादीको दृष्टिकोणका बारेमा छोटो कुराकानी गर्‍यौं । कुराकानीका क्रममा पुनले मधेसी जनताले मधेसको मुद्दालाई अनुमोदन गरेको बताए । साथै कांग्रेसलाई पनि निर्वाचनले बलियो पार्टीका रुपमा स्थापित गरेको भन्दै उनले कांग्रेससँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । पुनले स्पष्ट शब्दमा त भनेनन्, तर राष्ट्रपतिले अडकाएर राखेको एकलसंक्रमणीय मत प्रणालीसहितको राष्ट्रियसभा सम्बन्धी अध्यादेश पारित गर्दा कुनै फरक नपर्ने संकेत गरे । पुनले भने, ‘लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ, ऊसँग पनि जनमत छ ।’ पार्टी एकताका सन्दर्भमा कुरा गर्दै पुनले पहिले एकताको मार्गचित्र बनाएपछि सरकार गठन गरिनुपर्ने माओवादीको लाइन प्रस्ट्याए । एमालेभित्र के–कति गुटहरु छन् भन्ने आफूहरुलाई थाहा नभएको भन्दै उनले एकीकृत पार्टीलाई गुटहरुको महासंघ बन्न नदिइने बताए । माओवादी नेता पुनसँग गरिएको कुराकानीः तपाईहरु देशमा राजनीतिक स्थिरता चाहियो, स्थिरता चाहियो भन्दैहुनुहुन्थ्यो, जनताले वामपन्थीलाई बहुमत दिएका छन् । अब पाँच वर्षसम्म स्थिर सरकार बन्ला त ? यसपालिको चुनावमा जनताले स्थिरता र समृद्धिका लागि मत दिएका हुन् । वामपन्थी एकताको एजेण्डालाई अनुमोदन गरेका हुन् । वामपन्थी मतदाता र कार्यकर्ताहरुले पार्टी एकता गर्न र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणका लागि जनताले मत दिएका हुन् । त्यसैले हामी टुटफुटमा गएको कम्युनिष्ट आन्दोलनलाई सामान्य पार्टी एकता मात्रै नभएर यो लामो श्रृंखलाबाट आएको धारको एकता गर्न लागिरहेका छौं । र, यो जनताकै तर्फबाट अनुमोदन भएको छ । अर्कोतर्फ, नेपालको राजनीतिक इतिहासमा कुनै पनि सरकार पाँच वर्ष टिकेको छैन । यो अवस्थालाई अन्त्य गर्दै राजनीतिक स्थायित्व, विकास र समृद्धितिर देशलाई लानका लागि जनताले हामीलाई म्यान्डेट दिएका छन् । हामी जनताको यही म्यान्डेटलाई आत्मसाथ गरेर जिम्मेवारीवोधका साथ अघि बढ्छौं । तर, चुनाव नसकिँदै एमाले र माओवादीभित्र एकल नेतृत्व कि बहुल नेतृत्व भन्ने विवाद सुरु भइसकेको छ । एमाले महासचिव ईश्वर पोखरेलले एकल नेतृत्व भन्नुभो, माधव नेपालले बहुल नेतृत्व भन्दै हुनुहुन्छ । माओवादीको भनाइ प्रधानमन्त्री र पार्टी अध्यक्षमा भागवण्डा हुनुपर्ने भन्ने छ । यही पाराले तपाईहरुले पाँच वर्षसम्म स्थिर सरकार चलाउनुहोला ? विभिन्न नेताका विभिन्न भनाइ आएका छन् । यसमा हामीले प्रतिक्रिया दिने भन्दा पनि पार्टी एकता संयोजन समिति बनेको छ, त्यसमा छलफल हुन्छ । र, अहिले को नेता के हुने भन्ने प्राथमिकता भन्दा पनि पार्टी एकता गर्नुपर्छ भन्ने जनताको मूल म्यान्डेट पूरा गर्नेतिर केन्द्रित हुनुपर्छ । स्वाभाविकरुपमा पार्टी एकतामात्रै नभएर यो दुईवटा धारहरुको एकता पनि हो । दुईधारवीच एकता र समायोजनको कुरा गर्दा राजनीतिक, वैचारिक कुरा उठ्छन् । संगठनात्मक कार्यशैली, पद्दति र नेतृत्वका कुराहरु उठ्छन् । यसलाई छलफलको माध्यमबाट टुंगो लगाउनुपर्छ । मुख्य कुरो विचार, राजनीति, संगठन, आन्दोलन एवं जनताको भावना हो । जनताले मिल, अलग धारा होइन, अब एउटै धाराप्रवाह बनाएर देशको समृद्धि र समाजवादमा जाने आधार बनाऊ भनेका छन् । यहाँका गरिब, उत्पीडित क्षेत्र, जाति, लिंग, समुदाय र वर्गका लागि काम गर भन्ने मूल म्यान्डेट जनताले लिएका छन् । त्यही मूल म्यान्डेट अनुसार नै जिम्मेवारीपूर्वक हामीले काम गर्नुपर्छ । पेरिसडाँडामा बसेको माओवादी बैठकले पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्ने निश्कर्ष निकाल्यो भन्ने खबरहरु आएका छन् । बैठकको खास निश्कर्ष के हो ? दुईवटा विशाल कम्युनिष्ट पार्टीहरु र धाराहरुको एकता र गठबन्धन नेपालको वामपन्थी राजनीतिको नयाँ प्रयोग हो । विगतमा तालमलेहरु हुन्थे, सरकारमा गठबन्धनहरु हुन्थे, तर यो तहको एकताको उद्देश्य राखेर निर्वाचनपूर्वको गठबन्धन प्रयोगमा थिएन । त्यसैले यो के हुन्छ भन्ने नै थियो, तर चुनावमा जनताकै तहबाट अनुमोदन भयो । अब कसैले पनि एकताबाट दायाँवायाँ गर्नुहुँदैन । किनकि जनताले मिल भनेका छन् । मिलेर शक्ति निर्माण गर र देशको स्थायित्व, समृद्धि र स्वाधीनताका लागि, देशको गौरवका लागि काम गर भनेका छन् । यसलाई हामीले प्राथमिकता दिनुपर्छ । यसैले गर्दा सरकार गठन, को प्रधानमन्त्री हुने र को मन्त्री हुने र कति मन्त्रालय बाँड्ने भनेर प्राविधिक कुरोतिर होइन कि विचार, राजनीति र संगठनमा बहस गर्दै दुईवटा धाराहरुलाई एकीकृत गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने मोटामोटी खाका बनाउनुपर्छ । कस्तो खाका ? नेतृत्वको श्रृंखला यसरी हुन्छ, एकताको प्रक्रिया यसरी लगिन्छ, विचार राजनीतिको मूल खाका यो हुन्छ भन्ने कुराको टुंगो गरेर सँगसगै सरकार बनाऔं भन्न खोजिएको हो । हामीले जनताको मेहनत र म्यान्डेटलाई मन्त्रीको भागवण्डा र सरकारतिरमात्रै हेरियो भने सामान्य सरकार र मन्त्रीको तानातानतिर जान्छ । त्यसैले पार्टी एकतालाई एकदम गौण र प्राविधिक कुरोतिर लानुहुँदैन । यसको मतलव, पार्टी एकताको मार्गचित्र स्पष्ट पारिसकेपछि मात्रै सरकार गठन गरिनुपर्छ भन्ने माओवादी बैठकको स्पिरिट हो ? पार्टी एकताको मार्गचित्र तयार गर्ने र सरकार सञ्चालन, स्थायित्व र देशको समृद्धिको मार्गचित्र पनि तयार गरेर जाने भन्ने हो । यसो गर्दा पार्टी एकताको प्रक्रिया पनि अघि बढ्दैगर्छ र सँगसँगै सरकार पनि बन्दैगर्छ भन्ने ठानिएको हो कि ? निश्चय नै । यसरी पार्टी एकता गर्न कति समय लाग्ला ? एकता प्रक्रियाले केही समय लिन्छ । तर, एउटा मार्गचित्र बनाइसकेपछि त्यो चित्रमा अगाडि बढ्छ । सरकार अब छिटै बन्छ र सरकारले काम सुरु गर्छ । तपाईहरु एमालेमा मिसिन लाग्नुभएको छ । तर, एमालेभित्रै दुई गुटहरु छन्, एउटा केपी ओली गुट र अर्को माधव नेपाल गुट । तपाईहरुचाहिँ कुन गुटसँग बढी नजिक हुनुहुन्छ रु माधव नेपाल पक्षका नेताहरु सधैं ओली पक्षबाट अन्यायमा पर्‍यौं भनिरहनुभएको छ । तपाईहरु गएपछि त्यहाँ के होला ? मान्छेहरुले त्यसो पनि भन्छन् । त्यहीँ (एमालेभित्रै) नै त्यत्रो मारामार छ, तपाईहरु गएर फेरि अर्को मार खाने रु यसो भन्नेहरु पनि छन् । तर, हामीले त्यसरी हेरेका छैनौं । जनताले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर, ध्रुवीकृत गर र शक्ति निर्माण गर भनेका छन् । कम्युनिष्ट र वामपन्थी शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ भन्ने जनताको म्यान्डेट छ । यसलाई आत्मसाथ गरेर हामीले पार्टी एकीकरण गर्ने हो । हामीलाई थाहा छैन, एमालेमा गुट छ कि छैन । त्यहीँ गएर थाहा होला । त्यहाँ विभिन्न विचार समूहहरु भए पनि त्यसमा हामीले खेल्ने होइन कि सबैमा बहस गरेर अहिलेको राष्ट्रिय आवश्यकता अनुसार विचार, राजनीति र संगठनमा केन्द्रित भएर शक्ति निर्माण गर्ने हाम्रो भूमिका रहन्छ । अब बन्ने एकीकृत पार्टीलाई गुटहरुको महासंघ बनाउन दिनुहुन्न ? अँ । गुटहरुको महासंघ, स्वार्थ समूहहरुको महासंघ, बन्न दिने हाम्रो कुनै ईच्छा छैन । त्यसले इतिहासको आवश्यकता पनि पूरा गर्दैन । नेताहरुले व्यक्तिगत लाभ खोज्ने हो भने त जति सानो ग्रुप बनायो, मन्त्री पाइहालिन्छ । पालो(पालो प्रधानमन्त्री पनि पाइहालिन्छ । पार्टी एकता गर्नु भनेको त आफ्नो व्यक्तिगत महत्वाकांक्षाहरु त्याग गर्नु हो । आफ्ना जिम्मेवारीहरु त्याथ गर्नु हो । त्यसैले अहिले कसले कुन पद पाउने कि नपाउने भन्दा पनि कसले कुन पद त्याग गर्ने भन्ने हो । नत्र त दुबैका लागि अध्यक्ष पद छँदैछ नि । प्रधानमन्त्री भएकै नेताहरु हुन् । हामी पनि आ(आफ्नो पार्टीमा बरिष्ठ नेता भएर बसेकै छौं । भोलि एकता गर्दाखेरि त जिम्मेवारी थोरै हुन्छन्, यी जिम्मेवारीहरु त छुट्छन् । यस्ता महत्वाकांक्षाहरु त्याग गर्न तयार भएपछि मात्रै अहिलेको इतिहासको आवश्यकता र जनताको भावनाको सम्वोधन हुन्छ । र, त्याग गर्नकै लागि हामीले पार्टी एकता गरेका हौं । केही पाउनका लागि होइन । आआफ्नो पोजिसन त्यागेपछि मात्रै एउटा सुदृढ शक्ति निर्माण हुन्छ र नेपाली जनता र देशले पनि केही पाउँछ । उसोभए पार्टी एकता नहोला कि भनेर शंका नगरे हुन्छ ? एकताबाट तर्किने कसैको पनि खैरियत छैन । जनताको म्यान्डेट पार्टी एकता हो । मधेसको चुनावी परिणामले पनि प्रश्न सतहमा ल्याएको छ कि हिजो माओवादीले भन्दै आएको मधेससम्बन्धी मुद्दाको अवस्था के हुन्छ रु मधेसको मामिलामा हिजोको केपी ओलीको ‘स्कुल अफ थट’ लागू हुन्छ कि माओवादीले भन्दै आएको ‘स्कुल अफ थट’ लागू हुन्छ ? यसोभन्दा पनि जनताले के म्यान्डेट दिएका छन् भन्ने नै हामीले हेर्ने हो । देशव्यापीरुपमा वामपन्थी लहर आएकै हो । ठूलो लहर आयो । एमाले र माओवादीको जुन रिजल्ट आएको छ, यो साझा रिजल्ट हो । हामीले ३६ सिट पाउँदैनथ्यौं, मिलेरै पाएको हो । एमालेले पनि ८० सिट एक्लै पाएको होइन, हामीसँग मिलेरै पाएको हो । मतले के देखाएको छ भने एमालेको पनि ३१ लाख, कांग्रेसको पनि ३१ लाख । हाम्रो १३ लाख यस्तो निर्णायक बन्यो कि, एमालेतिर मिल्दा एमालेको ८० पुग्यो । एक्लै लडेका भए ५०र६० कांग्रेस एमाले हुन्थे, हामी २०र२५ तिर हुन्थ्यौं । त्यसैले अहिले जुन लहर आयो, यो जनताको म्यान्डेट हो । तर, मधेसमा नि ? मधेसलाई हेर्ने हो भने मधेसी एजेण्डामा लहर आएकै हो । त्यसमा अरु कारणहरु होलान्, तर मुख्य कारण भनेको मधेसी जनताले मधेसी मोर्चालाई अनुमोदन गरेकै हो । तिनीहरुको एजेण्डालाई अनुमोदन गरेकै हो । कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ । कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ । त्यसैले हामीले देशभरि स्वीप गर्‍यौं भनेर कुनै अहंकार गर्नुहुँदैन । मधेसका जनताको भावना अलि फरक रहेछ है भन्ने कुरालाई आत्मसाथ गरेर त्यसलाई गम्भीररुपले सम्वोधन गर्नुपर्छ । र, मधेसलाई पनि विश्वासमा लिएर जानुपर्छ । कांग्रेस र एमालेवीच अहिले बढिरहेको दूरी कम गराउन माओवादीले कस्तो भूमिका खेल्छ रु के यसमा माओवादीले पहलकदमी लिन्छ ? प्रधानमन्त्री शेरबहादुर देउवालाई म विशेष धन्यवाद दिन चाहन्छु । कांग्रेसको रेकर्ड कस्तो थियो भने आफ्नो बहुमतलाई मध्यावधिमा लैजाने । र, शेरबहादुर देउवाको रेकर्ड के थियो भने प्रजातन्त्रलाई दरबारमा बुझाउने । यसपालि पनि त्यस्ता प्रश्न नउठेका होइनन् । धेरै दबाव थियो उहाँलाई । तर, ती सबै दबावलाई थेगेर उहाँले निर्वाचन गराउनुभयो । चुनाव नगराउन सक्ने धेरै प्रवल थियो । तर, कमसेकम उहाँले विगतको इतिहासको आफ्नो कालो धब्बालाई हटाउनुभयो । हार्न तयार हुनुभो तर चुनाव गराउनुभयो । त्यसैले देउवाजी धन्यवादको पात्र हुनुहुन्छ । तर, अहिले भइरहेको कांग्रेस र एमालेवीचको विवाद नि ? अब शेरबहादुरजीले आफ्नो व्यक्तित्व छवि बचाउन छिटो भन्दा छिटो सरकार हस्तान्तरण गर्नुपर्छ । र, कांग्रेस पनि एउटा शक्ति हो । पुरानो शक्ति हो । हामीसँग शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन्, त्यसमा कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ । कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ । तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ । यो त जनताको भावना हो, यसलाई सम्मान गरेर जानुपर्छ । कांग्रेसलाई बलियो अपोजिसनका रुपमा उसलाई हामी सम्मानजनक भूमिका दिन्छौं नै । र, हामीले जित्यौं भनेर अहंकार गर्दैनौं । जो विजयी भयो, जसलाई जनताले म्यान्डेट दिए, उसले त विनम्र हुनुपर्छ, अहंकार गर्नुहुँदैन । त्यसैले हामी एजेण्डा अनुमोदनमा हामी अगाडि जान्छौं, यसमा अपोजिसनले मान्नुपर्छ र सहयोग गर्नुपर्छ । तर, उसलाई मिच्ने, हेप्ने र थिच्ने भनेका हैनन् जनताले । ऊ पनि सम्मानजनक भोट लिएर बसेको छ । त्यसैले हामीले कांग्रेसलाई सम्मानजनक ढंगले नै लान्छौं । यसमा कांग्रेस र एमालेवीच कतै दूरी बढ्न खोज्यो भने पनि त्यसलाई हामी समन्वय गर्छौं । तर, कांग्रेसका नेताहरुको ठूलो गुनासो के देखिन्छ भने ०६४ को चुनावमा माओवादीमा एकखालको अहंकार देखिएको थियो । अहिले वाम गठबन्धनले बहुमत ल्याएपछि नेताहरुमा संविधान हामीले भनेअनुसार हुनुपर्छ भन्ने अहंकार देखियो । कांग्रेसमा देखिएको यस्तो चित्तदुखाई सम्वोधन हुन्छ ? कांग्रेसले पनि जितेकालाई हामीले जित्यौं भन्न त दिनुपर्‍यो नि त । जित्नेमान्छेले अलिकति यसो विजयोत्सव मनाउँछ । यसलाई अन्यथा लिनुहुँदैन । त्यसैगरी जितेकाहरुले कांग्रेसलाई हेप्ने, दबाउने र उसलाई कहीँ ठाउँ नदिने भनेको पनि होइन । लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ । ऊसँग पनि जनमत छ, यी सबै कुरालाई सम्मान गर्दै विनाअहंकार हामी सबै कुरालाई अगाडि बढाउँछौं । यसमा ठीक छ, हामीले कहीँ अहंकार देखायौं भने कांग्रेसले आलोचना गरे भइहाल्छ । तर, हामीले जित्यौं भन्न त पाउनुपर्‍यो नि त । जितेकै हो नि त । उहाँहरुले जितेका कुरा स्वीकार गर्छौं, प्रतिपक्षमा बस्छौं, राम्रा कुरालाई समर्थन गर्छौं, नराम्रा कुराहरुको आलोचना गर्छौं र पाँच वर्षपछि कमब्याक गर्छौं भनेर त बस्नुपर्‍यो नि त । (खनलाइनखबरबाट साभार)

किन भए यति मत बदर, विप्लव पनि जिम्मेवार ?

रघुनाथ बजगार्इ प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा आईरहँदा बदर मतको संख्या उच्च देखिन्छ । विगतको स्थानीय तहको निर्वाचनमा करिव साँढे तीन प्रतिशत मत बदर भएकोमा त्योभन्दा कम मत बदर गराउने गरी मतदाता शिक्षा सञ्चालन गरिएपनि परिणाम उल्टो आईरहेको छ । मतदाता शिक्षामा खर्च बढ्ने तर बदर मत नघट्ने कारण के हो ? आम निर्वाचन पर्यवेक्षण समिति जियोकका अध्यक्ष हिमालय शमशेर राणासँग रघुनाथ बजगाँईले गरेको कुराकानी यसपटक बदर मतको संख्या धेरै देखियो किँन होला ? यसो छ, हाम्रोमा मतदाता शिक्षा प्रभावकारी भएन भन्ने गुनासो धेरै तर सुधार गर्ने प्रयत्न कम भएको नतिजा हो यो । अपेक्षा भन्दा बढि नै आईरहेको छ भन्ने सुन्छु । पुरै नतिजा नआईकन यसै भन्न सकिन्न र हुन्न पनि । स्थानीय तहको भन्दा बदर मत बढ्ने संकेत त देखिएकै हो नि ! तपाईको प्रश्नसँग सहमत छु तर ठ्याक्कै भन्न त सकिएन नि, स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतपत्र ठूलो थियो । सात ठाउँमा मत दिनुपर्ने थियो । झण्झटिलो भएको विषय स्विकारेकै हो । तर यसपटक त्यस्तो रहेन । मतपत्र सानो आकारमा छ । दुवै तहको प्रत्यक्षतर्फको मतपत्र सानो आकारमा भएपनि समानुपातिकतर्फ भने एउटै भएकाले त्यसमा बदर मत बढी हुने आंकलन हाम्रो पनि छ । तर तपाँईले भने जस्तो प्रारम्भिक नजितामै बदर मतको संख्या अलि बढी नै देखिएको भने सत्य हो । यसको कारण मतदाता शिक्षामात्रै हो कि अरु नि छन् ? मतदाता शिक्षामा निर्वाचन आयोगलाई दोष दिइएपनि सरकारका कारणले अझ बढी समस्या हो भन्न हिचकिचाउनुपर्दैन भन्ने मलाई लाग्छ । विप्लव नेतृत्वको नेकपाले बम पड्काएको हो भन्न सक्ने तर नियन्त्रणमा लिएर कारबाही गर्न नसक्ने वा नगरेको विपक्षीहरुको आरोपमा केही तथ्य लुकेकै छ । जस्तो कि मतदाता सामाग्री ढुवानीमा अवरोध, मतदाता सामाग्री जलाउने, मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा अवरोध भएको तपाईहरुले नै बिभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण गर्नुभएकै हो । विप्लव समुहले देखाएको त्रासले डराएर भोट हाल्नमात्रै गएकाहरुले सही तरिकाले मतदान गर्न सक्छन् ? भन्ने प्रश्नलाई बेतुक भन्न त मिलेन । मेरो कसैप्रति आग्रह र पुर्वाग्रह छैन । सबैको कमजोरी छ, यहाँनेर । राजनीतिक दल, सञ्चारमाध्यम सबै कहीँ न कहीँ चुक्दा न मत बदर हुने हो । विप्लव समुहको त्रासले ने हो त काठमाडौमा पनि बदर मत बढेको ? प्रभाव त यहाँ पनि पर्छ नि, उपत्यकामै बिस्फोटक पदार्थ पड्काउने काम भए । समानुपातिकतर्फको मतपत्र ठुलो छ, मत बदर यसले पनि गराउला है ? स्वभाविकै हो समानुपातिक तर्फको मत बदर प्रत्यक्षतर्फको भन्दा अलि बढी नै हुन्छ । हाम्रो आंकलन पनि यही छ । मैले अघि पनि भने मतपत्रको आकार र डिजाइनले पनि मत बदर गराउनमा भूमिका खेल्छ । समानुपातिकमा दुई ठाउँमा मत दिनुपर्ने भन्नेमा माथिमात्रै दुई ठाउँ, तलमात्रै दुई ठाउँमा छाप लगाएको भन्ने मतदाताकै प्रतिक्रियाले पनि त्यसलाई पुष्टि गर्दछ । समग्रमा हाम्रो मतदाता शिक्षामा खर्च बढ्ने तर बदर मत नघट्ने अवस्था रहनु भनेको गम्भिर बिषय हो ।    

वामपन्थी गठबन्धनको सानदार जित हुनेछ: प्रचण्ड

चितवन (मैघौली), मंसिर १३ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् । भरतपुरबाट ३० किलोमिटर पश्चिममा पर्ने मेघौलीमा आयोजित कार्यक्रमपछि दिवा खानाका साथ मंगलबार अन्नपूर्णसँगको विशेष कुराकानीमा दाहालले भने, ‘माओवादी र एमालेबीच एकीकृत हुने । एकीकृत पार्टीले पार्टी अध्यक्ष, मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पदमा सहमतिका साथ भागवण्डा गर्ने वाम गठबन्धन घोषणाका क्रममै भएको सहमतिमा उल्लेख छ ।’ आफू र ओलीले एकीकृत पार्टीपछि के पद पाउने भन्दा पनि सात दशकदेखि जनताले प्रतीक्षा गरेको विभाजित कम्युनिस्टबीचको एकता ठूलो कुरा हुने उनले तर्क गरे ।त्यसैले हामी दुईका लागि पदभन्दा पार्टी एकता ठूलो कुरा हो उनले भने । ‘कुनै न कुनै कार्यकारी पदमा म हुन्छु’, दाहालले हर्षका साथ भने । वामपन्थी गठबन्धनको सानदार जित हुनेछ ।  शान्ति, स्थायित्व र सुशासन आम जनताको मागका रूपमा आफूले हेरिरहेको हुँदा वामपन्थीको पक्षमा दुई तिहाइ मत हुने कुरामा आशंका नगरे हुन्छ ।  माओवादी र एमालेबीच एकताको उद्देश्य अधिनायकवाद जन्माउने नभएर शान्तिप्रक्रियालाई पूर्णता दिनु र संविधान कार्यान्वयनमा सफलता पाउनु रहेको दाहालको दाबी थियो ।उनले भने, ‘एमाले र माओवादीको एकता अधिनायकवाद जन्माउन नभई मुलुकको शान्ति र स्थायित्वमा केन्द्रित रहन्छ । वामपन्थीविरुद्ध जति नै दक्षिणपन्थी दुष्प्रचार भए पनि जनताले स्थानीय, प्रदेश र प्रतिनिधिसभामा वामपन्थीलाई बहुमत दिलाउने जनआवाज आफूले मुलुकभरका चुनाव प्रचारका क्रममा सुनेको दाबी दाहालले गरे । आफ्नो चुनावी क्षेत्र यकिन हुन नसक्नुका कारणको जिज्ञासामा दाहालले भने, ‘मुलुकको एकता हो । दस बर्से जनयुद्ध र राजधानीलाई एकाकार गर्न मैले पहिलो संविधानसभामा रोल्पा र काठमाडौं रोजें, शान्ति प्रक्रिया र संविधान निर्माणलाई सफल गराउँदै मधेसलाई राजधानीमा एकाकार गराउन काठमाडौं र सिरहा रोजें भने अहिले राष्ट्रिय एकता आवश्यक भएकोले चितवन आएँ ।’ दश बर्र्से जनयुद्धबाट शान्तिप्रक्रिया हुँदै दुई-दुई पटक सत्ता नेतृत्वमा रहेका दाहालले समाजवादउन्मुख आर्थिक सामाजिक विकासका आधारमा ‘समृद्ध नेपाल विकशित चितवन’ ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।पुत्र प्रकाशको निधनपछि केही समय चुनाव प्रचारमा सुस्तता आए पनि शुक्रबारदेखि दाहालले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । आगामी दिनमा कुनै पनि छिमेकीको स्वार्थमा नेपालमा सत्ता स्वार्थका लागि विभाजन हुँदैन । चीन र भारतसँग सन्तुलित सम्बन्ध हुनेछ । नेपालले दुवै छिमेकीबाट कसरी फाइदा लिने भन्ने आधारमा विदेश नीति तय गरिनेछ । चुनावी सभामै दाहालले चितवनलाई विकासको नमुना र एसियाकै समृद्ध सहरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।दाहालले चितवनको विकासका लागि सात वटा नगरपालिका एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने, पाँच वर्षभित्र ५० हजार रोजगारी सिर्जना गर्ने, भूमिहीन २० हजार सुकुम्बासीका लागि आधुनिक आवास गृह निर्माण गर्ने, राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग वा फ्लाई ओभरमध्ये एक निर्माण गर्ने, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । उनीसँगको कुराकानी प्रश्न: वाम गठबन्धनलाई लोकतन्त्रविरोधी र अधिनायकवादतर्फ उन्मुख भन्ने आरोप लगाइएको छ यो आरोपप्रति तपाईंको धारणा के छ ? उत्तर : शान्तिप्रक्रियाको कट्टर हिमायती र संविधान निर्माण गरी कार्यान्वयनका लागि चुनावमा जाने पार्टी अधिनायकवादी शक्ति हुनै सक्दैन । शान्तिप्रक्रियाका दुई अनुयायीमध्ये एक म भएकोले अधिनायकवाद सोच्न पनि सक्दिनँ । कांग्रेसलगायत दक्षिणपन्थीको आरोपमा कुनै सत्यता छैन । त्यसैले मैले भनिसके एमाले र माओवादीको पार्टी एकीकरणको उद्देश्य राष्ट्र र जनताको आर्थिक समृद्धि नै हो । प्रश्न : एमालेसँगको चुनावी गठबन्धन र लगत्तै हुने पार्टी एकताका लागि भएको भद्र सहमति कार्यान्वयन हुन्छ ? उत्तर : हुन्छ । म र ओली दुवै नेता सहमतिमै कार्यकारी भूमिकामा जान्छौं । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता पद आपसी सहमतिमा बाँडफाँट हुनेछ । नेपालको राज्यसत्तामा वामपन्थीको एकमाना सरकार सात दशकदेखिको आम नेपालीको चाहना हो । प्रश्न : छिमेकीप्रति एकीकृत पार्टीको रणनीति कस्तो हुनेछ ? उत्तर : आगामी दिनमा कुनै पनि छिमेकीको स्वार्थमा नेपालमा सत्ता स्वार्थका लागि विभाजन हुँदैन । चीन र भारतसँग सन्तुलित सम्बन्ध हुनेछ । नेपालले दुवै छिमेकीबाट कसरी फाइदा लिने भन्ने आधारमा विदेश नीति तय गरिनेछ । प्रश्न : प्रतिनिधि र प्रदेशसभा भावी परिणामबारे केही बताइदिनु हुन्छ ? उत्तर : स्पष्टै छ, वामपन्थी गठबन्धनको सानदार जित हुनेछ । आम जनता परिवर्तनपछिको राजनीतिक अस्थिरताबाट वाक्क भइसके । शान्ति, स्थायित्व र सुशासन आम जनताको मागका रूपमा आफूले हेरिरहेको हुँदा वामपन्थीको पक्षमा दुई तिहाइ मत हुने कुरामा आशंका नगरे हुन्छ । यो निर्वाचन परिवर्तनलाई संस्थागत गराउनु रहेको मेरो बुझाइ छ । प्रश्न : तपाईंका ३० बुँदे चुनावी प्रतिबद्धता पूरा गर्ने आधार र प्रक्रिया के के हुन् ? उत्तर : स्थानीयमा झैं प्रदेश र केन्द्रमा पनि स्पष्ट दुई तिहाइको मत, परिवर्तन अनकूलको राज्य संयन्त्रको सञ्चालन र ठूला परियोजनाको निरन्तरता नै हो । माओवादी र एमालेले आगामी केही दिनमा सञ्चालन गर्ने राज्य व्यवस्थाले चाँडोभन्दा चाँडो जनताबीच त्यसको सन्देश दिनेछन् । -अन्नपुर्णपाेष्टबाट

माओवादीले सरकार छोडेको भए चुनाव भाँडिनसक्थ्यो: केपी अाेली

चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले वाम गठवन्धन पछि नेपाली काँग्रेस हतास बनेको बताएका छन्। उनले नेपाली कांग्रेसले साम्यवाद भनेको के बुझेको छ? भन्ने प्रश्न गर्दै, उनकै शब्दमा, कुतर्कहरुका पछाडि आफु नकुद्ने पनि बताए। अध्यक्ष ओलीसंग बिबिसिका संवाददाता उमाकान्त खनालले गरेको कुराकानीको संपादित अंश: सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस यहाँहरुको वाम गठबन्धनले साम्यवाद ल्याउन अग्रसर भएको भन्दै झस्किएको देखिन्छ, कम्युनिष्ट अधिनायकवाद सहितको साम्यवादसम्म पुग्नकै लागि यो गठबन्धन भएको हो ? नेपाली कांग्रेसको हतासा जुन छ अहिले त्यो अराजनीतिक हो। नेपाली कांग्रेसले साम्यवाद भनेको के बुझेको छ ? कुतर्कहरुका पछाडि हामीलाई कुद्नु छैन। ‘साम्य’ भनेको बराबर अनि ‘वाद’। समान अधिकार, समान अवसर, समान सुरक्षा, समान सम्मानको अवस्था समाजमा हुनुपर्छ। सबैको उन्नति, प्रगति हुनुपर्छ। यो भन्दा नराम्रो प्रणाली भयो? साम्यवादी प्रणाली अथवा कम्युनिष्ट अन्तर्गतको व्यवस्थामा चीनले गरेको उन्नति, प्रगति र त्यहाँका जनताको जीवनस्तरका बारेमा के भन्छ कांग्रेस? यो चाहिं अन्य मुलुकहरु जस्तो निरङ्कुशता लाद्ने साम्यवाद होइन भन्न खोज्नुभएको हो ? उत्तर कोरियाले आफूलाई साम्यवादी वा साम्यवादी पार्टी भनेको छैन । उत्तर कोरिया उत्तर कोरिया किन भन्ने? किन नभन्ने इदी अमिन? किन नभन्ने अर्को एउटा तानाशाह? सुहार्तोको कुरा किन नगर्ने? मार्कोसको कुरा किन नगर्ने? त्यसर्थ यस्ता खोक्रा बहसहरुमा देशलाई अल्झाउनु भनेको निरर्थक कुराको आश्रय लिनु हो। नेपाली कांग्रेस त्रासबाट ग्रस्त छ। नेप्से परिसूचक घट्छ कम्युनिष्टहरु आए भने जस्ता पिन्चे कुरा हुन्। चिनियाँ अर्थतन्त्रमा नेप्से परिसूचक के हुँदैछ? अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको सदस्य छ कांग्रेस। तर समाजवादको विरुद्धमा छ। तर कांग्रेसले वीपीको समाजवादी सिद्धान्त अनुसार हामी समाजवादी हौं भनेर हिँड्या छ त ? त्यो परिवर्तित सन्दर्भ र समय कांग्रेसले बुझेन बुझ्दैन। वीपी बाबुले एक हल गोरु एउटा गाई भन्नुभएको थियो त्यो समाजवाद हो। केपी ओली पूर्व पश्चिम रेलका कुरा गर्छ, कसरी समाजवाद हुन्छ? राजमार्ग चौडा बनाउने कुरा गर्छ, कसरी समाजवाद हुन्छ ? हल गोरुको कुरा वीपी बाबुले गर्नु भएको थियो, ओली ट्रयाक्टर अथवा अन्य मेसिनिकरणको कुरा गर्छ। आज वीपी कोइराला भएको भए मैले भनेको कुरा भन्नुहुन्थ्यो होला। वीपीले त्यस जमानामा राणा शासनबाट भर्खर उम्किएको समाजको अवस्थामा त्यतिबेलाको समाजलाई अगाडि बढाउन किसानहरु माथिको चिन्ता, ८० प्रतिशतभन्दा माथि निरपेक्ष गरीबीको रेखामुनि भएको अवस्थामा, निरपेक्ष गरीबीको रेखामुनिका जनताको आर्थिक उन्नति र उत्थानको विषयमा बोल्दा त्यतिबेला जे बोल्यो त्यो भन्दा मास्तिर समय देख्दैन, यो विचरा कांग्रेस त्यस्तै हो । यसपटक मेरो र प्रचण्डजीको बीचमा एउटै चुनाव चिन्हबाट लड्ने सहमति भइसकेको थियो। तर पछि उहाँहरुको पार्टीमा अलिकति समस्या पर्यो। हामीले त्यसलाई सहज रुपमा लियौं । कहिले कहिले त्यस्ता अप्ठ्याराहरु हुन्छन् । जुन विन्दुमा हामी सहमति गर्नुपर्छ, एकता गर्नुपर्छ भन्नेमा पुग्यौं, चुनाव आइसकेको थियो चुनावी तालमेल तथा गठबन्धनको कुरा जोडौं, एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको एक्काइसौं शताब्दीको जनवाद, यो कहाँनेर आएर तालमेल भयो? अलिकति भइसकेको छैन। उहाँहरुले जनताको बहुदलीय जनवाद मान्यौं भनिसक्नु भएको छैन । त्यति हो। जनताको बहुदलीय जनवाद मानेको छैन भनेपछि पार्टी एकीकरण कसरी संभव होला? अहिले त्यस विषयमा जानै पर्दैन। म तपाईं वा सञ्चार माध्यममार्फत उहाँहरुलाई कुनै सन्देश पठाउन चाहन्न । उहाँहरुसंग हाम्रो भेटघाट नहुने होइन, कुराकानी नहुने होइन, छलफल नहुने होइन। हामी उहाँहरुसंग संवाद गर्छौं । सही विषयमा, सही कुरामा सहमति हुन्छ । त्यसोभए माओवादीले माओवाद छाड्छ त? तपाईंले अलि उत्तेजक खालको प्रश्न गर्न खोज्दै हुनुहुन्छ। चुनावी तालमेल गरिरहेका छौं, सहकार्य गरिरहेका छौं, हामी संवादमा छौं । के छोड्छ के छोड्दैन, या कुन विन्दुमा आएर मिलन हुन्छ केही समय तपाईंहरुले प्रतीक्षा गर्नुपर्छ। माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्ष जसलाई उसले ‘जनयुद्ध’ भन्छ। पहिला आलोचना गर्नु भयो, अहिले आएर एमालेले त्यो ‘जनयुद्ध’लाई स्वीकार गरेको हो? किनभने तपाईंहरुको घोषणापत्रमा त लेखेको छ ? यो सैद्धान्तिक बहसमा गइरहनु पर्दैन। उहाँहरुले सञ्चालन गरेको जनयुद्धको एमालेले आलोचना गरेर ठिकै गरेको थियो। उहाँहरुले जनयुद्ध छोड्नु भयो, त्यो बाटो छोड्नु भयो, शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासमा आउनुभयो । एमालेका निम्ति खुशीको कुरा हो, देशका निम्ति खुशीको कुरा हो, जनताका निम्ति तथा लोकतान्त्रिक आन्दोलनका निम्ति खुशीको कुरा हो । जनयुद्ध भनिएको प्रसंग कतै उल्लेख होला । त्यो शब्द त्यति मान्नुपर्दैन जति त्यस बाटोलाई छोडेर उहाँहरु आउनु भएको छ। यो नै सकारात्मक कुरा हो। पार्टी एकताको कुरा गर्दा चुनाव सरेको भए त्यो बीचमा तपाईसँग पार्टी एकता घोषणा गरेरै चुनावमा जाने सहमति भइसकेको थियो भनेर प्रचण्डले चितवनमा भनेका छन्। के त्यो सत्य हो? हुन सक्थ्यो। यसपटक मेरो र प्रचण्डजीको बीचमा एउटै चुनाव चिन्हबाट लड्ने सहमति भइसकेको थियो। तर पछि उहाँहरुको पार्टीमा अलिकति समस्या पर्यो। हामीले त्यसलाई सहज रुपमा लियौं । कहिले कहिले त्यस्ता अप्ठ्याराहरु हुन्छन् । जुन विन्दुमा हामी सहमति गर्नुपर्छ, एकता गर्नुपर्छ भन्नेमा पुग्यौं, चुनाव आइसकेको थियो। त्यसैमा अल्झिएर धेरै बहस गर्न सक्दैनथ्यौं। पछि सर्यो भन्ने उहाँको कुरा ठिकै हो यो तालमेलका लागि, एकताका लागि, उहाँको योगदान असाधारण छ, महत्वपूर्ण छ। उहाँको योगदान हुँदैनथ्यो भने एक्लै गरेर हुँदैनथ्यो। एक हातले ताली बज्दैनथ्यो। त्यसोभए चुनाव सरेको भए राम्रो हुन्थ्यो ? चुनाव सर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन कुनै पनि अर्थमा। चुनाव सार्नै मिल्दैन। एकीकरण पछि गरे हुन्छ। एकीकरणपछि पार्टी अध्यक्ष को भन्ने कुरा भएको छ ? मेरो एजेन्डा पार्टी अध्यक्ष होइन। प्रधानमन्त्रीको पद होइन। को कुन कुर्सीमा बस्छ भन्ने होइन। म देश र जनताप्रति समर्पित छु। उद्देश्यहरुप्रति समर्पति छु। यो कुनै सहमति भएको पनि छैन। लेनदेन भएको पनि छैन। पछि यही कुरा नमिलेर पार्टी एकीकरणसम्मको विषय बिथोलिने त होइन? बिग्रियो कहाँ भन्दा यहाँबाट कुदेर दिल्ली पुग्ने अनि ‘हजुर हामीलाई समान व्यवहार भएन’ भनेर जाने भएपछि सम्बन्ध बिग्रिएको हो। चीनसंगको सम्बन्ध पनि बिगार्न सकिँदैन। चीन हाम्रो असल मित्र हो । हाम्रो सम्बन्ध समनिकटताको हो देश र लोकतन्त्रका निम्तिको आवश्यकता र संविधानको कार्यान्वयनको आवश्यकताका बारेमा हामीबीच कुरा भयो। एक्काइसौं शताब्दीको दोस्रो दशक बित्न लाग्दा पनि हामी विकासमा धेरै पछाडि पर्यौं। अब साना तिना कुरामा नअल्झी हामीले देशका निम्ति गर्नुपर्छ भनेर फराकिलो मन बनाएर हामीले यो काम गरेका हौं। तपाईकै कतिपय नेता कार्यकर्ताले चुनावमा राम्रो प्रदर्शन गर्नसक्ने सामर्थ्य हुँदा हुँदै माओवादी सहकार्यमा ल्याएको भनि टिप्पणी पनि गरिरहेका छन् । तपाईलाई पनि कतै त्यस्तो लाग्दैन ? एमाले चुनाव लड्न सक्दैन भनेर होइन। देश बनाउन ढिलो भइरहेको छ यहाँ। अब यस निर्वाचनबाट स्थायी सरकार दिने र देशलाई विकासको बाटोमा अगाडि लाने काम गर्नुपर्छ। प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ भारतसंग लम्पसार पर्नु भयो भनेर खुब आलोचना गर्नु भयो। कसरी यति छिटै विश्वास गर्नुभयो प्रचण्डलाई ? आकस्मिक रुपमा भयो, अचानक भयो भन्ने होइन। समय रोकिएको थिएन प्रक्रिया चालु थियो। तपाईं खोलामा पसेर अलिकित पौडेर पारी तरिसकें भन्ने ठान्नु हुँदैन। पारी तर्न बाँकी हुन्जेल अर्काले उछिन्ने संभावना हुन्छ। त्यतिबेला पनि माओवादी केन्द्रसंग कुरा भइरहेकै थियो ? त्यतिबेला भएको थिएन। तर समय रोकिएको थिएन। हामी त्यहीँ थियौं। यहीँ छौं फेरि। माओवादी केन्द्र अहिले पनि सरकारमा छ । विनाविभागीय मन्त्री भएर बसिरहेका छन् । के तपाईंले नै सुझाव दिनुभएको हो सरकार नछोड्नु भनेर? मैले पनि भनेको हो । चुनाव हुन नदिने, विभिन्न बहाना बनाउने, चुनाव पर सार्ने सोचहरु छन्, प्रयासहरु भइरहेका छन् । ती प्रयासहरु सफल हुन दिनु हुँदैन । त्यसकारण माओवादीले चुनावसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने र चुनाव गराउनका निम्ति सरकारलाई साथ दिने हो। मेरै सुझाव मानेको पनि होइन । मैले निस्किनुहोस भन्दा ननिस्केको पनि होइन। माओवादी केन्द्रले सरकार छोडेको भए चुनाव भाँडिनसक्थ्यो ? हुनसक्थ्यो, विभिन्न बहाना हुनसक्थे। निहुँ खोज्नु त हो नि। भारत र चीनविचको समदूरी कायम रहनुपर्छ भनेर विगतदेखि नै भन्नुभयो तपाईंले। त्यो समदूरी भनेको के हो? मैले समनिकटता कायम हुनुपर्छ भनेको छु। अत्यन्त समस्यारहित सम्बन्ध हुनुपर्छ पारस्परिक लाभ तथा हितको सम्बन्ध कायम हुनुपर्छ। एक अर्काका सार्वभौमसत्तालाई, स्वाधीनतालाई सम्मान गर्नुपर्दछ। एउटाले आफ्नो स्वाभिमानको कुरा गर्दा राम्रो लाग्ने तर अर्काको स्वाभिमानको कुरा नराम्रो लाग्ने हुनुहुँदैन। भारतसंगको हाम्रो सम्बन्ध कसैले बिगार्नै सक्दैन। यहाँ केही स्वार्थी तत्व छन् जसले आफ्नो स्वार्थका लागि भारतसंगको सम्बन्ध बिगार्न चाहन्छन् । म प्रधानमन्त्री हुँदा नाकाबन्दी लागिरहेको थियो सम्बन्ध बिगारिदिएर। मधेश बन्द थियो। ती सबै समस्या समाधान भए नाकाबन्दी खुलाइयो। म भारतको राजकीय भ्रमणमा गएँ अत्यन्त आत्मीय व्यवहार भयो। राष्ट्र हितमा नयाँ नयाँ विभिन्न समझदारीहरु भए। असमझदारी हटे। समझदारी माथिल्लो स्तरमा उठ्यो। बिग्रियो कहाँ भन्दा यहाँबाट कुदेर दिल्ली पुग्ने अनि ‘हजुर हामीलाई समान व्यवहार भएन’ भनेर जाने भएपछि सम्बन्ध बिग्रिएको हो। चीनसंगको सम्बन्ध पनि बिगार्न सकिँदैन। चीन हाम्रो असल मित्र हो। हाम्रो सम्बन्ध समनिकटताको हो। भारतसंगको सम्बन्ध त अलि विशिष्ट किसिमको छ भनिन्छ, भौगोलिक निकटता र सामाजिक संरचनाको आधारमा । चीन र भारतसंगको सम्बन्ध एकनासमा जान सक्छ र? केलाई एकनास भन्नुहुन्छ? केलाई विशेष भन्नुहुन्छ? तपाईं र म घर जोडिएका छिमेकी हुनसक्छौं, अर्को अलि पर्तिर हुनसक्छ । तर घर जोडिएको छिमेकी भन्दैमा उसको पारिवारिक मामिलामा हस्तक्षेप गर्न मिल्छ? उसको सम्पत्तिमा दावी गर्न मिल्छ? दुःख दिन मिल्छ ? त्यसर्थ राष्ट्र राष्ट्रबीचका सम्बन्धका कुरा, सार्वभौमसत्ता तथा समानताका कुरामा उँचनीच हुँदैनन्। यो कुरा बुझ्न गाह्रो छैन बुझ्न चाह्यो भने।

कैलाली अब वामपन्थीको लाल किल्ला हो, म भारी मतले जित्छु: लेखराज भट्ट

४५ वर्षदेखि निरन्तर वामपन्थी अान्दाेलनमा सक्रिय र जनयुद्धभन्दा अघिदेखि माअाेवादी राजनीतिमा क्रियाशिल माओवादी केन्द्रका नेता लेखराज भट्ट बामगठबबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार बनेका छन् । प्रदेश नम्बर ७ का इन्चार्ज समेत रहेका भट्टलाई माओवादीभित्र सुदुरपश्चिमका खम्बाका रुपमा हेर्ने गरिन्छ । सुदुरपश्चिमको भू–राजनीति, इतिहास,भाषा, संकृतिको समेत सुक्ष्म रुपमा अध्ययन गरेका भट्टको चुनावी एजेण्डा र समग्र कैलालीको चुनावी माहोलबारे एभरेष्टदैनिका लागि रघुनाथ बजगाँईँले लिएको अन्तरवार्ता: कैलालीको चुनावी माहोल कस्तो छ ? अहिले गरम भएको छ । पछिल्लो केहि दिनदेखि वामगठबन्धनको चुनावी गतिविधिले कैलाली पुरै तातेको छ । जनताको सक्रिय सहभागिता र चासोले राजनीतिक दल र तिनका उम्मेदवार तथा नेता कार्यक्रतालाई यसै बस्न दिएका छैनन । वाम तालमेलप्रति जनताको विश्वास पनि बढेको छ । लोकतान्त्रिक गठबन्धन देखिएका छैनन् र ? उनीहरुका गतिविधि खास देखिएका छैनन् तर बिभिन्न क्लवमार्फत आर्थिक चलखेल गरिरहेका छन भन्ने सुन्छु । उनीहरु भित्रि रुपमा आर्थिक प्रलोभनमा पारेर चुनावी अभियानमा लागेका छन् । मतदातालाई पैसा दिने जस्ता कार्यको प्रतिवाद गर्न जनतालाई आव्हान गरिरहेका छौँ । तपाँई पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार, मतदाता के भन्छन ? मतदाता कम्तिमा प्रश्न गर्न सक्ने भएका छन् । उनीहरु आफैँले विकासका कुरा उठाएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थापन कसरी हुन्छ भन्छन् । खानेपानी, सडक बिद्युत, उर्जा, उद्योगधन्दा, पर्यटन जस्ता बिषयमा के गर्ने हो भनेर सोध्छन् । चुनाव जितेपछि के गर्छाै ? तपाँईका एजेण्डा के हुन ? काम कसरी गछौँ ? तपाँईलाई जिताएर के पाउछौँ भन्छन । भनेपछि जवाफ दिन गाह्रो पर्यो होला ! हैन, झन सजिलो भयो नी, मैले आफ्ना एजेण्डा प्रष्टसंग राखेको छु । जव म राजनीतिमा लागे त्यतिबेला देखि नै यहाँको विकासमा मेरो मुख्य चासो रह्यो । जनयुद्धमार्फत पनि सुदुरपश्चिमको विकासका कुरा उठायौँ । शान्ति प्रक्रियामा आएपनि झन ससक्त बनाउन भुमीका खेलेकै छु । सेती लोकमार्ग, महाकाली लोकमार्ग जस्ता बिषयमा रोल खेलियो । अब त्यसको पुर्णता र स्तरउन्नतीको बिषय छ । म त्यो पुरा गर्छु । दोधारा चाँदनीको सुखाबन्दरगाहका बिषयमा भारतसंग बिभिन्न चरणमा छलफल भएका छन् । म २०६४ को निर्वाचन पछि श्रम मन्त्री हुँदा पनि यो बिषयमा धेरै कुरा भएका थिए । कृषि सडक कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरेको छु । पर्यटन विकास, उद्योगधन्दाको विकास, स्थानीयस्तरमै रोजगारीका संभावनाको खोजी गर्ने र स्वरोजगारमृुलक कार्यक्रम ल्याउने एजेण्डा प्रस्तुत गरेको छु । यहि नै हो मेरो जित्ने आधार भन्ने होला थप प्रश्न गरौँ भने, हजुर, भनेका कुरा पुरा गर्छु । मैले राजनीतिलाई सेवाका रुपमा लिएको छु । कतिपयले राजनीतिलाई व्यापार जस्तो बनाएका छन् त्यसलाई रोक्न र काम गर्न सक्षम नेतृत्व छान्न जनता अब चुक्दैनन । सबैको साझा प्रतिनिधि भएर काम गर्ने मेरो प्रतिवद्धताले विपक्षी दलका कार्यकर्ता र त्यो लाममा रहेका भनिएका मतदाताहरुले पनि मलाई विस्वास गरेकाले मेरो पक्षको माहोल धेरै नै बलियो छ । मिठा सपना देखाउने तर पुरा गर्ने प्रष्ट आधार नहुने चुनावी प्रतिवद्धता विगतमा पनि देखियो, त्यहि नियति  अब दोहोरिन्न भन्ने के ग्यारेण्टी ? हामीले संयुक्त घोषणापत्रमा प्रष्ट भनेका छौ । कति समयमा के गर्ने भनेर । विगतमा राजनीतिक संक्रमण भएकैले सबैले भनेजस्तो गर्न पाएनन । अहिले हामीले दुई तिहाई बहुमत ल्याउने संकल्प सहित वाम तालमेल गरेका छौँ । हाम्रो दुई तिहाई आउने पष्ट आधार पनि देखिएको छ । स्थिर सरकार बन्छ । ५ बर्षसम्म वामपन्थी सरकार हुँदा मैले यतिबेला गरेका बाचा पुरा गर्न असहज होला जस्तो लाग्दैन । पहिले पो यो भयो त्यो भन्न पाईन्थ्यो होला रे अब त्यो छुट कसैले पाउँदैनन । गरेका बाचा पुरा गर्ने आधार तय हुन्छ । घोषित एजेण्डा अनुसार जे गर्छु भनेको छु त्यो भन्दा बढि गर्छु, कम हुँदैन । वाम गठबन्धनभित्र पनि आन्तरिक असन्तुष्टी देखिएका छन नी ! अलि अलि हुनु स्वभाविक हो तर हामी छलफल गरेर त्यो टुङ्ग्याउछौँ । कैलालीको कुरा गर्ने हो भने यहाँ खास असन्तुष्टी छैन् । ७ नम्बर प्रदेश संभावनाको खानी नै हो । तै पनि पछि पर्दै आएको छ । यसैको विकासका लागि वाम तालमेल गरेका हौँ । याे अभियानका क्रममा आएको अलि अलि असन्तुष्टी खास समस्या होईन्न । चुनावी आँकलन कस्तो छ यति भोटले जित्छु भन्ने त्यस्तो के छ ?  स्थानीय तहको चुनावलाई मात्रै हेर्ने हो भने पनि वाम गठबन्धनका कैलालीका सबै उम्मेदवारले जित्छन । यत्तिउत्ति भनिरहनु परेन भारी मतले जित्छौँ, म पनि ढुक्कले जित्छु ।

३१ वर्षीय मेयर उम्मेदवार रहबरकाे संकल्प: विकसित वीरगञ्ज

३१ वर्षीय युवा रहबर अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका छन् । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेका युवा अन्सारीले नेपालको मौलाउँदो भ्रष्ट राजनीतिलाई सङ्ल्याउन र जनताको दैनिकिलाई सहज बनाउन कै लागि आफ्नो उम्मेदवारी भनेका छन् । कुनै विवादमा नपरेका र वीरगन्जका युवा पुस्ताले रुचाइएका नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार अन्सारीसंग के छन, त्यस्ता योजना ? एभरेष्टदैनिकका लागि रघुनाथ बजगाँईँले लिएको अन्तरवार्ता विरगञ्जको चुनावी माहोलबाटै सुरु गरौँ न कस्तो छ अहिले ? दलहरु आफ्ना उम्मेदवार छान्दैछन् । केहीले घोषणा गरिसके । हामी संगठन पुर्नगठनसंगै जनतासामु गैरहेका छौँ । वडा-वडामा कमिटि बनाएर परिचालन गर्ने काम भैरहेको छ । नागरिकहरुमा पनि छुट्टै आभाषको सञ्चार भएको पाएको छु । दुई दशकपछिको स्थानीय चुनाव त्यसमा पनि अन्यत्र सकाएर अन्तिममा दुई नम्बर प्रदेशमा हुँदैछ । समग्रमा वातावरण उल्लासमय, चाखलाग्दो यस्तै छ । मैले संकल्प नै गरेको छु करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु भनेर । चुुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ खास तपाँईको एजेण्डा चाहीँ के हो ? सर्वप्रथम त नागरिकको दैनिक जीवनलाई कसरी सहज बनाउने भन्ने नै हो । ठूला सपना यसअघि नै देखाइसकिएको छ । पुरा भएका छैनन् । म के भनिरहेको छु भने गर्न सक्ने बाचा मात्रै गर्नुपर्छ । मेरो प्राथमिकतामा युवा छन् । कृषि छ । यहाँको अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाउनु छ । मैले संकल्प नै गरेको छु करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु भनेर । बहुतले पार्किङ भवन, झुत्रो होइन आधुनिक दमकल सेवा, कम्प्युटराइज्ड केन्द्रीय पुस्तकालय र भर्चुअल लाइब्रेरीका बिषयलाई प्रतिबद्धतापत्रमै उल्लेख गरेको छु । वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने योजना छ । अन्तराष्ट्रिय स्तरको स्पोर्ट क्लब बनाउने छु । म निवाचित भएको खण्डमा घरघरमा बृद्ध भत्ता पुर्याउने छु । महानगरले वडालाई वितरण गर्छ र वडाले घरमै पुर्यार्इदिन्छ । अनलाइन प्रशासनिक सेवा उपलब्ध गराउने, उन्नत विऊ, खाद्य सहज उपलब्ध गराउने, निशुल्क एम्बुलेन्स सेवा, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृती जस्ता एजेण्डा नै प्रमुखताका साथ उठाएको छु । यहाँका कृषकको जिवनस्तर उकास्नका लागि जे गर्नुपर्छ त्यहि गर्नेछु । बर्षमा दुईपटक खेत जोतिन्छ त्यसमा महानगरपालिकाको तर्फबाट एकपटक जोतिदिने र एक पटक किसानले जोत्नेछन् । म निर्वाचित भएको खण्डमा यो तत्काल कार्यान्वयनमा आउनेछ । फोहोरमैलाको उचित व्यवस्थापनको बिषय पनि छ । मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, नीति नियम बनाउने र लागु गर्ने हो, मधेस उत्पीडनमा पर्यो भन्ने बिषय माओवादीले धेरै पहिले भनेको हो । उत्पीडन पहाडमा पनि छ ।   साधारण तर नागरिकको दैनिकिसंग जोडिने प्रकृतिका एजेण्डाहरु सुनाउनुभयो, भनेर मात्र हुँदैन नी आधार पनि चाहिएला ? नेपालमा युवालाई राजनीतिक हतियार बनाइयो तर विकासमा लगाइएन । यसलाई परिवर्तन गराउन जरुरी छ । मैलै युवापुस्ताको राम्रो साथ पनि पाईरहेको छु। यहाँका समस्यासँग परिचित छु । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेर आएको छु । त्यहाँ पढाईसंगै बाहिरि राजनीतिक सम्वन्ध विस्तार हुने मौका पनि मिल्यो । त्यसकारण म वीरगन्जको विकास गरेर बाहिरी दुनियाँसँग जोड्न सक्छु । मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, नीति नियम बनाउने र लागु गर्ने हो, जुन मैले पढेर आएको छु । पछिल्लो समय पहाड र मधेसबीच दुरी बढाउन खोजीएको छ । मधेस उत्पीडनमा पर्यो भन्ने बिषय माओवादीले धेरै पहिले भनेको हो । उत्पीडन पहाडमा पनि छ । विरगञ्जमा यति मतान्तरले जित्छु भन्ने आंकलन पनि गर्नुभएको होला नी ? युवा पुस्ता र शिक्षित वर्गले मलाई बुझेका छन् भन्ने लागेको छ । म सबैलाई कन्भिन्स गराउँदै छु । ६० प्रतिशत मत खस्छ भन्ने मेरो आंकलन छ । अन्य दलहरुले आर्थिक चलखेल सुरु गरिसके । चुनावका दिनसम्म के-के हुन्छ । मैले एजेण्डा लिएर जनतामा जाउँ गलत काम नगरौँ भनेको छु । यो मेरो परिक्षण पनि हो तर जित्छु भन्ने विश्वास छ । त्यहीत विरगञ्जमा माओवादीको संगठन राम्रो छैन भन्छन, फेरी चुनावमा १ भोटले मात्रै भएपनि जित्नु पर्यो ! ६० प्रतिशत मत खस्ने आंकलन गर्दा जित्नलाई त्यसमध्य ५० प्रतिशत आउनैपर्छ । मेरो ठम्याई पनि यहि हो । जहाँसम्म संगठनको कुरा छ हामी लागिरहेका छौँ । जनताले अहिलेको परिवर्तनलाई बुझेका छन् । यहिँको रैथाने भएकाले व्यक्तिगतरुपमा पनि मलाई राम्रैसंग चिनेका छन् ।

देवेन्द्र पौडेलले भने: ‘बाबुरामजी फर्किनुस, टुक्रा-टुक्रामा बसेर केही पाइन्न’

काठमाडौँ । आर्थिक सम्बृद्धिका लागि बैकल्पिक शक्ति भनेर ठूलो तामझापका साथ गठन भएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति चिराचिरा परेको छ । भट्टराईको नयाँ शक्तिले आर्थिक सम्बृद्धिको सपना पूरा गर्न नसक्ने निष्कर्षसहित धेरै नेताहरु मध्ये कतिपय पूरानै घर फर्किएका छन । कतिपय नयाँ भनिएका समूहमा सामेल भएका छन । केहि दिन अघि मात्रै भट्टराईका विश्वास पात्र भनेर चिनिएका नेता देवेन्द्र पौडेलसहितका नेताहरु शसर्त नेकपा माओबादी केन्द्रमा फर्किए । डेढ बर्षअघि तत्कालिन एकिकृत माओवादीलाई अनेकन आरोप लगाउँदै नयाँ शक्तिमा लागेका पौडेलको पुरानै घर फिर्तिपछि लिइएको अन्तरवार्ता  यहाँ प्रस्तुत गरिएको छ । तपाँई पुरानै घर फर्कनुको कारण के हो ? हामीले बदलिएको पछिल्लो परिस्थिति अनुरुप नयाँ हिसावले अगाडी बढ्नका निम्ति धुर्विकरण सहित केहि शर्त सहित माओवादी पार्टीसंग एकता गरेका हौँ । त्यो धुर्विकरण भनेको के ? शर्त भनेको के ? खासगरी संगठनातमक पुर्नसंरचना, पार्टीलाई विघटन गरेर नयाँ शिराबाट नेपाली बामपन्थी आन्दोलनलाई नेतृत्व गर्ने, बैचारीक बहसहरु चलाएर जाने र समाजवादी आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउनको निम्ति हामीले बिषय उठान गर्ने प्रण सहित एकिकरण गरेका छौँ । भन्नलाई नयाँ तर गर्ने चिजविजहरु चाहीँ पुरानै हो भनेर बुझ्ने कि अब साँच्चै व्यवहारमा यसले मुर्ततता पाउँछ ? हैन साँच्चै व्यावहारमा चाँही उत्पीडित वर्र्ग, जाती, क्षेत्र, लिंग समुदायको हक हितका निम्ति एउटा बृहत केन्द्रको अवश्यक्ता छ । खासगरी पछिल्ला परिवर्तनकारी माओवादी धारा, जनआन्दोलनमा सहभागी भएका मधेसी आन्दोलनका धाराहरु, आदीवासी जनजाती, उत्पीडति वर्ग र समुदाय जसले परिवर्तनका निम्ति बढि मेहनत गरे ति शक्तिहरु एक ठाउँमा आउनुपर्छ भनेर हामीले यो अभियान थालेका हौँ । तपाँईहरुले नयाँ शक्ति भनेर पनि अभ्यास गर्नुभयो, त्यसले पार नलगाउने भयो भनेर तपाँईलाई किँन कहाँनेर लाग्यो ? स्वभाविक रुपमा वैकल्पिक शक्तिको आवश्यक्त अहिले पनि छ नेपालमा, खासगरी प्रतिगामी, यथास्थितिवादीहरुको प्रभावलाई नियन्त्रण गरेर जनताका अधिकार सहितका मुद्धाहरुलाई संवोधन गर्दै विकास र समृद्धिको वाटोमा अगाडी जानका निम्ति वैकल्पिक शक्ति नयाँ शक्तिको आवश्यक्त छ तर अब त्यसका निम्ति शक्ति आर्जनको बाटो सहित जानुपर्छ भनेर हामीले शक्ति आर्जनको बाटो लिनुपर्छ भनेर यो केश चाल्न बाध्य भएका हौँ । माओवादी केन्द्रको विघटन गर्ने प्रस्ताव र नयाँ शुर्वीकरणको निमार्ण भनेको वैकल्पिक शक्ति हो अब बन्ने ? अझै चाहीँ छरिएर रहेका कतिपय शक्ति केन्द्रहरुलाई एकै ठाउँमा ल्याएर मात्रै त्यो संभावना देखियो । अन्यथा हामीले जतिसुकै कुरा गरेपनि वैकल्पिक बहस त पाउन सकिने भयो तर शक्ति आर्जन गर्न नसक्ने भएको हुँदाखेरी खासगरी आन्दोलनमा भाग लिएका पक्षहरुलाई एकिकृत गरेर मात्रै त्यो कोर्श पुरा गर्न सक्छौँ भन्ने निश्कर्षमा पुगेका छौँ । व्यक्ति उही नेतृत्व उही हुने अवस्था आउने जस्तो देखिन्छ , तात्विक के फरक पार्छ त्यसले ? बिषय त हुन सक्छ के फरक हुन्छ भनेर । अब नयाँ भनेको कुनै पनि अलौकिक बस्तु कहीँ गएर टप्प टिपेर ल्याउने होईन । पुरानै व्यक्तिहरुबाट प्रयत्न गरेर बनाउने हो । नयाँ भन्ने वित्तिकै त्यस्तो अर्मुत कुरा हुन्न । भैरहेका पार्टीहरुलाई पनि योजना, कार्यक्रम र नीतिमा परिवर्तन गरेर नयाँपन दिन सक्ने संभावना रहन्छ । त्यो अभियानमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको पनि साथ रहन्छ भन्ने तपाँईलाई विश्वास छ ? हैन उहाँहरुको साथ रहनुपर्छ । उहाँहरुलाई नै यो नेतृत्व गर्नुस भनेर हामीले भनेका हौँ । खासगरी एक्लै खाली बहसले मात्रै पुग्दैन । बाबुराज जी ले यो अभियानमा आफुलाई अगाडी बढाएर शक्ति आर्जन गर्दै फेरी देशको नेतृत्व गर्नेगरि अगाडी बढ्न सक्नुपर्छ । त्यो अनुरोध हामीले उहाँलाई गरेका छौँ, गछौँ । मोहन बैद्य, नेत्र विक्रम चन्द,……. उहाँहरु पनि आउनुपर्छ । टुक्राटुक्री बसेर हुँदैन । खाली यो माओवादी आन्दोलनको पुर्नगठन मात्रै होईन । परिवर्तनकारी शक्तिहरुलाई एकै ठाउँमा, एउटा केन्द्रमा नल्याईकन हामी अगाडी बढ्न सक्तैनौ । कतिपयले तपाँईहरुको अभियानलाई प्रदेश र संघको निर्वाचनका लागि हो की भनेर अनुमान गरेका छन् नी ! स्वभाविक रुपमा निर्वाचन भएको हुँदाखेरी निर्वाचनमा खासगरी यथास्थितिवादीहरु र प्रतिगामी शक्तिहरु हावी नहुन भन्नको निम्ति पनि अलग अलग बसेर सानो पार्टी बनाउनुभन्दा आधारभुत रुपमा एजेण्डा मिल्लेहरुकाबीचमा धुर्वीकृत हुँदै जानु चाहीँ सान्र्दभिक हुन्छ भनेर बुझ्दा सहि नै हुन्छ ।

सिंहदरबारमा हरेक पार्टीका दलालहरु छन्– विजयसुन्दर

“लामै समयपछि भेट भयो त ?” पेरिस डाँडामा जम्काभेट हुँदा मैले सोधेँ । उनी फिस्स हाँसे मात्रै । केहीछिनको मौनतापछि भने– हजुर, त्यस्तै हो, मंसिरपछि बल्ल आएको । त्यसो त मन्त्री हुनेबित्तिकै हरेक मन्त्रालय पुगेर बधाई दिनेहरुको ताँती देखिन्छ सिंहदरबारमा । तर आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा समेत सिंहदरबार छिरेनछन् उनी । “जिल्लामैं व्यस्त भइयो, संगठन निर्माण, जनताको काम । यहाँ धाएर पनि के गर्नु, केही परे उतैबाट पहल गरियो बरु ।” उनले भने । स्थानीय निकायको चुनावमा पार्टीलाई सम्मानजनक मत दिलाउन सफल भएपछि भने उनी आए काठमाडौं पार्टी बैठकमा भाग लिन । “अझै संसदवादी हुन सकिएनछ” कुराकै क्रममा उनले भने, “चाकरी, पैसा कमाउन दलाली र नेताको वरिपरि घुम्न जानिएन” । विजयसुन्दर अर्थात् नरेन्द्र कुँवर । पहिलो संविधानसभामा बैतडीको क्षेत्र नं. १ बाट अत्यधिक बहुमतले विजयी नेता । दोश्रो निर्वाचनमा थोरै मतान्तरले पराजित । त्यो पनि पार्टीभित्रकै बागीका कारण । अहिले नेकपा माओवादी केन्द्रको बैतडी जिल्ला इन्चार्ज । तीन वर्ष अघि जिल्ला इन्चार्ज भए उनी । भन्छन, “संगठन लथालिङ्ग थियो, साथीहरुबीच नै समन्वय थिएन, नयाँ मानिसहरु जोडिन सकेका थिएनन, पुराना निष्क्रिय । चुनौती थियो । तर अहिले आएर सम्मानजनक अवस्था हासिल गरेका छौं । स्थानीय निर्वाचनमा तुलनात्मकरुपमा ७ नं. प्रदेशका अन्य जिल्ला भन्दा राम्रो मत पाएको छ पार्टीले ।” उनको आफ्नो क्षेत्र पुर्चौंडी नगरपालिकामा भने माओवादी केन्द्रले विजय हासिल गरेको छ । पारिवारिक दृष्टिले पञ्चायतकालिन प्रधानपञ्चका छोरा हुन विजयसुन्दर । राजनीतिक संस्कार उनले घरबाटै पाए । देशमा पञ्चायती शासनको अन्त्यसँगै व्यक्तिगत प्रतिशोध शुरु भयो उनको परिवारका विरुद्ध । यसले उनीभित्र समेत विद्रोही चेत पैदा गर्यो । र, उनी होमिए प्रत्यक्ष राजनीतिमा । बैतडीमा छँदा नै उनी तत्कालिन मालेसँग जोडिइसकेका थिए । मोरङका गंगा पौडेल बैतडी पुगेका थिए मालेको संगठन निर्माण गर्न । संगठन गर्न खप्पीस पौडेल । बैतडीका हरेक गाउँ पुग्थे उनी । पौडेलबाट प्रभावित भएर विजयसुन्दरले समेत सदस्यता लिए मालेको । ०४९ मा एमाले विजयी भयो उनको क्षेत्रबाट । डिलासैनी माविबाट हाइस्कूल पढेपछि उनी काठमाडौं आए पढ्न । ताहाचल भर्ना भए । ताहाचल वाम राजनीतिको एउटा केन्द्र थियो त्यो बेला । यहाँ पढ्ने बेला उनले राजनीति अलि बढी बुझ्ने मौका पाए । तर उनी एमालेमा बढी टिक्न सकेनन् । “म एमालेमा सक्रिय, यता बुवाविरुद्ध भने एमाले नै खनियो । कारण केही थिएन, मात्र पुरानो पूर्वाग्रह” उनी भन्छन् । पार्टीभित्र समेत मदन भण्डारी र सिपीको विवाद थियो । उनी भन्छन्, “सानैदेखि विद्रोही स्वभाव, त्यति बढी नबुझेपनि नयाँ जनवाद नै राम्रो भन्ने मनमा छाप पर्यो । बिस्तारै एमालेबाट मोहभंग भयो । विकल्प खोज्नतर्फ लाग्यौं । यता माओवादी दृश्यमा आइसकेको थियो ।” “म एमालेमा सक्रिय, यता बुवाविरुद्ध भने एमाले नै खनियो । कारण केही थिएन, मात्र पुरानो पूर्वाग्रह” उनी भन्छन् । पार्टीभित्र समेत मदन भण्डारी र सिपीको विवाद थियो । उनी भन्छन्, “सानैदेखि विद्रोही स्वभाव, त्यति बढी नबुझेपनि नयाँ जनवाद नै राम्रो भन्ने मनमा छाप पर्यो । बिस्तारै एमालेबाट मोहभंग भयो । विकल्प खोज्नतर्फ लाग्यौं । यता माओवादी दृश्यमा आइसकेको थियो ।” माओवादी खोज्न भारततर्फ वामपन्थतर्फ आकर्षण थियो, आस्था थियो र एमालेसँग मोहभंग भएको अवस्था थियो । विजयसुन्दर भन्छन, “मेरो स्वभाव नै समाजका हरेक कुरामा फरक धारणा राख्ने थियो । २०५२–५३ मा म काठमाडौंमा नै थिए । एमाले छोडिसकेको थिएँ मैले । माओवादीमा जानुपर्यो भन्ने साथीहरुबीच सल्लाह हुन्थ्यो । तर भेटाउन सकिरहेका थिएनौं । केही समय यस्तै बित्यो । रोल्पा रुकुम गए माओवादी भेटिन्छन् भन्ने थियो । तर यता प्रहरीको समेत निगरानी बढ्दै थियो । भारतमा बरु भेट्न सकिएला कि ? भन्ने सल्लाह भएपछि अहिले पुर्चौंडीका मेयर रण बहादुर कुँवर र म भारत गयौं । हामीलाई पहिला २, ३ कक्षामा पढाउने कुवाकोटका एकजना नरेन्द्र जाग्री ‘सरोज’ भन्ने सर माओवादी छन् भन्ने सुनिन्थ्यो । उनलाई भेट्न हामी २०५६ मा भारत पुग्यौं । तर हामीले वहाँलाई भेटाउन सकेनौं । त्यही क्रममा हाम्रो भेट भयो कुवाकोटकै अमरसिंह बाेहरासँग । वहाँ पछि शहीद हुनुभयो । तर वहाँले हामीलाई विश्वास गरेनन् । हामीले कसम नै खाएपछि ०५७ को अन्त्यतिर हामी पार्टी च्यानलसँग जोडियौं । त्यसपछि भूमिगत जीवन शुरु भयो । लामो प्रयासपछि माओवादी र भूमिगत पार्टीसँग आधिकारिकरुपमा जोडिएपछि भने संगठित जीवन शुरु भयो विजयसुन्दरको । पार्टीको प्रभाव खासै थिएन बैतडीमा तर सुरक्षाकर्मीको निगरानी भने व्यापक थियो । को माओवादी भयो, को समर्थक हो भन्ने कुरा उनीहरुलाई छिट्टै थाहा हुने । त्यसैले खुला राजनीति सम्भव थिएन । पार्टीसँग जोडिएसँगै उनी एरिया सेक्रेटरी बने, ४ महिनापछि जिल्ला समितिमा र पछि जिल्ला जनसरकार प्रमुखका रुपमा सक्रिय भए । ०६० सालदेखि शान्ति प्रक्रियामा आउँदा सम्म उनी जिल्ला कमिटिको सेक्रेटरी थिए । त्यही बेला एकीकृत जनप्रतिरोध अभियानमा उनी गण्डक पुगेको बताउँछन् । संगठन बिस्तार र गण्डक क्षेत्रमा पार्टीको प्रभाव विस्तार गर्न सेताी महाकालीबाट उनीहरुलाई त्यहाँ खटाइएको थियो । जनयुद्दकालमा जिल्ला र पार्टीले खटाएका सबै जिम्मेवारीमा कुशलतापूर्वक खटिए उनी । कतिपय अवस्थामा सेना र प्रहरीको घेराबन्दीमा समेत परे । भन्छन्, “एउटा सपना थियो क्रान्तिको, केही गर्नुपर्छ, देशमा आमूल परिवर्तन ल्याउनुपर्छ । जनताको दैलोमा बिहानीको सूर्यका किरण छाउनुपर्छ भन्ने थियो । व्यक्तिगत केही बाँकी थिएन, पार्टीले जहाँ जसरी भन्यो, त्यसरी हिँडियो ।” शान्ति प्रक्रियाको अप्ठ्यारो दशक मुक्ति र परिवर्तनका सपना सँगाल्दै सम्पन्न परिवारको सुख छोडेर सशस्त्र संघर्षमा होमिएका नरेन्द्र कुँवरका लागि युद्दकाल भन्दा पनि शान्ति प्रक्रियामा असहजता थपियो । कारण थियो, सशस्त्र संघर्ष र खुला पार्टी राजनीतिबीचको बिरोधाभाषा अवस्था । हिजो त्याग थियो, समर्पण थियो तर खुला राजनीतिमा सबै कुरा फरक । “युद्दकालमा हाम्रो क्रान्तिकारीपना हामीले कायम राख्न सक्यौं, तर खुला राजनीतिमा त्यो अनुरुपको कार्यदिशा, कार्यनीति, कार्यशैली र संगठनको विकास सोही किसिमले गर्न नसक्दा यसले समस्या निम्त्यायो ।’ उनको ठहर छ, “जुन कुरा समात्नुपर्ने थियो, त्यो समात्न सकेनौं । यसले हामीले ल्याएका उपलब्धि पनि जोगाउन नसक्ने चुनौती हाम्रा अगाडि देखियो ।’ माओवादीले यति ठूलो उपलब्धि चाहिँ ल्याउन सक्ने, तर आफ्नै कारणले त्यसलाई रक्षा गर्न समस्या पर्ने र यथास्थितिवादीहरु बलियो हुने अवस्था आउनुका पछाडि गम्भीर समीक्षाको खाँचो रहेको उनको निक्र्यौल छ । भन्छन, “त्यति बेला मर्न तयार हुने अवस्था थियो, एउटा भरुवा बन्दूक र लाठीबाट त्यत्रो विश्व नै थर्काउन सक्यौं, त्यस्तो सत्तालाई विघटन गर्न सफल भयौं । त्यति ठूलो जिम्मेवारी चाहिँ पुरा गर्न सक्यौं । तर शान्ति प्रक्रियामा आएपछि यही उपलब्धि पनि जोगाउन चुनौती ? कहाँ के भयो ? किन यस्तो भयो भन्ने कुरा पार्टी भित्र पनि समीक्षाको विषय छ । यो प्रश्नको उत्तर खोज्न सकेमा हामी त्यही क्रान्तिकारी हुन्छौं ।’ स्थानीय तहको युगीन निर्वाचनबाट सरकारको चुनाव गर्न र राज्यसत्तामा सबैलाई ल्याउन सफल भएपनि त्यसको स्वामित्व लिन भने नसकेको उनी बताउँछन् । बिग्रेको छैन, सपार्ने ठाउँ प्रशस्तै माओवादीभित्र शान्तिकालमा आएपछिको पार्टी विघटन, सांस्कृतिक विचलन, वैचारिक अलमलको बीचमा निराशाजनक अभिव्यक्तिहरु चुलिएका छन् । अधिकांश नेता कार्यकर्ताहरुले निराशाजनक टिप्पणी गरेका देखिन्छ पनि । तर विजयसुन्दर भने आशावादी छन् । यो अवस्था देखिएपनि आत्तिनु नै पर्ने या सबै कुरा समाप्त भएको सोच्नु गलत भएको उनी बताउँछन् । “हामीले स्वामित्व किन लिन सकेनौं त भन्ने मुख्य हो । पार्टीभित्र कार्यकर्ताहरुको व्यवस्थापन, सोही अनुरुपको विचार, कार्यदिशा, कार्यक्रम र नेतृत्व आवश्यक थियो । युद्दकालमा पनि हामीभित्र अन्तरविरोधहरु थिए । तर त्यो परिस्थितिमा त्यसलाई हल गर्ने केही विधि पद्दती थिए । यता शान्तिकालमा नयाँ ढंगले देखा परेका अन्तरविरोध हल गर्ने नयाँ कार्यविद्दि र पद्धती विकास गर्न सकेन । त्यसैले संगठनात्मक कार्यविधिमा घोत्लिने हो भने कतिपय समस्या आफै ठीक हुन्छन् ।” पार्टीभित्र कार्यकर्ताहरुको व्यवस्थापन, सोही अनुरुपको विचार, कार्यदिशा, कार्यक्रम र नेतृत्व आवश्यक थियो । युद्दकालमा पनि हामीभित्र अन्तरविरोधहरु थिए । तर त्यो परिस्थितिमा त्यसलाई हल गर्ने केही विधि पद्दती थिए । यता शान्तिकालमा नयाँ ढंगले देखा परेका अन्तरविरोध हल गर्ने नयाँ कार्यविद्दि र पद्धती विकास गर्न सकेन । त्यसैले संगठनात्मक कार्यविधिमा घोत्लिने हो भने कतिपय समस्या आफै ठीक हुन्छन् ।” प्रतिष्पर्धि खेलमा माओवादी झन कुशलतापूर्वक जित्नसक्नेमा उनी आशावादी छन् । युद्दकालको जटिल अवस्थामा समेत सत्तालाई धक्का दिन सकेको अवस्थामा शान्तिकालमा विचारको संश्लेषण र सोही अनुरुपको पार्टी पद्धतीको विकास गर्न सके नजितिने कारण नै नरहेको उनको जिकिर छ । उनी भन्छन्, “हामी सही छौं, हाम्रो विचार ठीक छ, एजेण्डा ठीक छन्, चिन्तन वैज्ञानिक छ भन्ने कुरा दश वर्षबाट समेत साबित गरेको अवस्थामा खुला परिवेशमा पनि मुद्दाका हिसाबले माओवादी नै अहिले पनि प्रभावी रहेको आधार हामीकहाँ छ । यही आधारको जगमा टेकेर आन्तरिक कुराहरु हल गर्ने हो भने हामी पहिलो हुन सक्छौं ।” पद्धती निर्माण गर्न जनतामाझ नगई हुन्न विजयसुन्दर भन्छन्– संगठनमा अहिले अराजकता पैदा भएको छ । विधि र पद्दती निर्माण हुन सकेको छैन । एउटा चेन अफ कमाण्ड छैन । तर यसको दोष कार्यकर्तालाई दिएर सम्भव छैन । माथिदेखि तलसम्मको नेतृत्वमा उदारता पैदा भएको छ । नेतृत्वको टीमवर्क हुन सकेको छैन । लेनिनवादी संगठनात्मक कमिटिगत प्रणाली अन्तर्गत सबै तहको नेतृत्व परिचालन हुँदा कार्यकर्तामा समेत जिम्मेवारी र नेतृत्व लिने कुराको विकास हुन्छ । अहिले स्थानीयदेखि केन्द्रसम्म देखिएका समूह, गुट यसकै परिणाम हो । उनी अगाडि भन्छन्– नेतृत्वले कतिपय अवस्थामा रिस्क समेत लिनुपर्ने हुन्छ । सधैं उदार किसिमले जाँदा शान्तिकालमा बिरोधीहरुले हामीलाई झन कमजोर पार्न सक्छन् । यो हरेक तहमा लागु हुन्छ । कतिपय अवस्थामा हस्तक्षेपकारी भूमिकामा हाम्रा सबै तहका नेतृत्व उत्रिनु आवश्यक हुन्छ । अहिलेको बैठकको समीक्षाले समेत विचार, राजनीति, कार्यदिशा अनुरुपको संगठन निर्माणमा जोड दिएको छ । संगठन निर्माणका लागि जनतामा जानुपर्छ । जनतालाई संगठित गर्ने, कमिटिगत प्रणाली विकास गर्नेतर्फ हामी अघि बढ्नुपर्छ । सबै दलका दलाल सिंहदरबारमा जिल्ला नेताहरु सिंहदरबार धाउने प्रवृत्ति पनि यही प्रणालीको विकास नहुँदा विकास भएको गलत प्रवृत्ति रहेको उनको ठहर छ । “व्यक्ति व्यक्तिका पार्टी छन्, त्यसैले जनताको विकास भन्दा पनि आफ्नो बृत्तिविकास हुनेतर्फ कतिपयले हेर्न थालेका छन् । वास्तवमा सिंहदरबारभित्र सबै दलका दलालहरु छन् । विचौलिया छन् । यी विचौलियाहरुले मन्त्रीलाई समेत घेराबन्दी गरेका हुन्छन् । यो घेरा चिरेर पार्टी र प्रणाली स्थापित गर्न मन्त्रीहरुको समेत भूमिका हुन्छ । मुख्य कुरा जनता र पार्टी हो । यो तरिकाले दुई चार राम्रो होला, तर यसले दीर्घकालसम्म राम्रो गर्दैन । हरेक निर्णय र पहल पार्टी प्रणालीबाट भएर जाने र मन्त्रीहरुले त्यही अनुरुपको निर्णय गरेर जनतासम्म पुग्ने विधि विकास आवश्यक छ । अब चाहिँ जनमुखी र कार्यकर्तामुखी नभएसम्म अगाडि बढ्न सकिन्न । अब आन्तरिक प्रतिष्पर्धाको प्रणाली समेत विकास हुनुपर्छ । यो कुरा हरेक क्षेत्रमा लागु हुन्छ । ७ नं. देखि अन्य सबै प्रदेशमा पार्टीभित्र पद्दतीको विकास आवश्यक छ ।

‘म हजारौँ मत अन्तरले जित्छु, सयौँले होईन’: अइन्द्र विक्रम बेघा

प्रदेश नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र-संघीय समाजवादी फोरम गठबन्धनबीच त्रिपक्षीय प्रतिस्प्रधा हुँदैछ । तीन वटै पक्षले जित्ने दाबी गरिरहेका छन् । सबैका समान चुनावी एजेण्डा आर्थिक समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने लगायतका छन् । संघीय समाजवादी फोरमसंग तालमेल गरेपछि आफ्नो जित निश्चित भएको दाबी गर्ने माओवादी केन्द्रबाट मेयरका उम्मेदवार अइन्द्र विक्रम बेघासंग त्यस्तो के आधार छ ?  साँच्चै हुन्छ त धरानको सुकुम्बासी समस्या समाधान ? एभरेष्टदैनिकडटकमका लागि रघुनाथ बजगाँईले लिएको अन्तर्वार्ताः आज चुनाव प्रचारको अन्तिम दिन के छ, धरानको माहोल ? ठिकै छ । सबै उम्मेदवारहरु ब्यस्त छन् । म अरु भन्दा अलि बढि ढुक्क र निर्धक्क भएर मतदाताहरुको माझमा छु । अन्य दलहरु आफ्नो जनमत बढाउनमा केन्द्रित छन् भने म ५ बर्षपछि धरान कस्तो बन्छ भनेर मतदाताहरुलाई भनिरहेको छु । धेरै आत्मविश्वासी कुरा गर्नुभो, तर पञ्चायती व्यवस्था देखि नै एमालेको किल्ला भन्छन् धरानलाई ? २०६४ मा हामीले जितेको ठाउँ हो । अहिले यत्ति भन्नु म हजारौँ मत अन्तरले जित्छु । सयौँले होईन । सुकुम्बासी समस्या समाधान चुनावी एजेण्डा हो की कामै हुन्छ ? चुनाव सकिए लगत्तै घर नम्बर दिईहाल्छु । जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नेछु । मेरै पालामा सुकुम्बासी समस्या सदाका लागि समाधान हुन्छ । अरु के–के हुन तपाँईका चुनावी एजेण्डा ? खानेपानीको समस्या दिर्घकालिन रुपमै समाधान गरिन्छ । देशकै नमुना र समृद्ध शहर बनाउने केसी रहन्छ । स्मार्ट सिटि बनाउने, कच्ची सडक उन्मुलन गर्ने, सडकका कालो तार पुर्ण रुपमा हटाउने काम हुन्छ । सबै जातजातीको साझा सांस्कृतिक केन्द्र निमार्ण गरिन्छ । त्यसमा सबैले आफ्नो–आफ्नो पर्व बिशेषका कार्यक्रम गर्न सक्नेछन् । ब्यापारी तथा उद्योगीहरुलाई प्रतेस्साहन गरेर स्थानीय स्तरमै रोजगारीका  अवशर प्रदान गरिनेछ । महिला हिंसा मुक्त शहर बन्नेछ । भ्रष्टचारमुक्त गर्नेछु । धरानलाई पर्यटकीय, व्यापारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने छु । तपाँईले चुनाव जित्नु भो भने ५ बर्षपछि धरानबासीको आर्थिक हैसियत अहिले भन्दा फरक हुन्छ त ? अहिले भन्दा धेरै राम्रो हुनेछ । घरेलु तथा साना उद्योगको विकास हुनेछ । ठुला उद्योगहरु सञ्चालनका लागि लगानीकर्तालाई प्रोत्साहन गरिनेछ ।

‘१२ र १३ गते करोडौँ रकम बाडिँदैछ, हामी रोक्न खोज्दैछौँ ’: हिमाल राई

चीन र भारतलाई जोड्ने आर्थिक केन्द्रदेखि पर्यटन, कृषि लगायतले भरिपूर्ण प्रदेश नम्बर एक राजनीतिले भने अपूर्ण छ । लिम्बुवानले पूर्वका नौ जिल्ला लिम्बुवान प्रान्त माग गरेर पटक–पटक आमहड्ताल गरिरहन्छ । कोचिलाको तीन जिल्ला झापा, मोरङ र सुनसरीलाई कोचिला स्वायत्त राज्य बनाइनुपर्ने माग छ । जनताका आर्थिक समृद्धिका सपना पुरा गर्ने र फरक–फरक पहिचानलाई मिलाएर लैजाने स्थानीय स्तरमा नयाँ नेतृत्व कस्तो आउँछ भन्ने चासोका बीच चुनावको अघिल्लो दिन पैसा दिएर भोट किन्ने ठाउँका रुपमा पनि प्रदेश नम्बर एकलाई धेरैले हेरेका छन् । वास्तविकता के हो ? भन्ने बिषयमा माओवादी केन्द्रका एक नम्बर प्रदेश निर्वाचन प्रचारप्रसार संयोजक सुरेश कुमार राई ‘हिमाल’ संग एभरेष्टदैनिकडटकमका लागि रघुनाथ बजगाँईले लिएको अन्तर्वार्ताः कतै कांग्रेस कतै संघिय समाजवादीसंग तालमेल गरेर चुनाव लड्नुपर्ने बाध्यता कि आवश्यक्ता ? दुबै हो । ‘यहाँ यहि १२ र १३ गते करोडौँ रकम बाडिँदैछ, हामी रोक्न खोज्दैछौँ ’ एक नम्बर प्रदेशका ६० देखि ७० तहमा चुनावको अघिल्लो दिन पैसा बाँड्ने सबै सेटिङ् मिलाईएका छन् । पैसाले भोट किन्ने ठाउँ भएकाले पनि तालमेल गरेर तिनलाई परास्त गर्ने नीति लिइएको हो । जाँड र मासु खुवाएर भोट माग्ने काम भैरहेका छन् । यस्ता अलोकतान्त्रिक चरित र चुनावी प्रतिस्प्रधा तोड्न नै तालमेल गर्नुपर्यो । भनेपछि माओवादी पहिले भन्दा पनि खस्किने देखियो एक नम्बर प्रदेशमा ! हामीले ५० देखि ५५ स्थानीय तहमा जित्ने आंकलन गरेका छौँ । १३७ तह मध्य कम्तिमा १३७ वडा हाम्रो पक्षमा आउँछ । लिम्बुवानका पाँच जिल्लामा १५ देखि १७ तहमा हाम्रो दावी छ । किँरातका ५३ वडा मध्य २५ वटामा हामी जित्छौँ । ६० देखि ७० तहमा कांग्रेस,एमाले र माओवादीको कडा प्रतिस्प्रधा हुने देखिएको छ । ति तहमा पैसा बाँडिदैछ भनेको हुँ । हामी खस्कन्छौँ भन्ने होईन एक नम्बर प्रदेशमा माओवादी पहिलो हुन्छ । २०६४ सालको पहिलो पहिलो संविधानसभाको चुनाव जस्तै ? त्यतिबेला कांग्रेस र एमालेका स्थानीय संगठन भत्किएका थिए । अहिले उनीहरुका संगठन पनि राम्रो छ । हाम्रो त छँदैछ । यसर्थ कडा प्रतिस्प्रधा हुनु स्वभाविक हो । २०७० को दोस्रो संविधानसभाको चुनाव भन्दा चाहीँ राम्रो हुने आंकलन छ । चुनाव जितेपछि एक नम्बर प्रदेशलाई कस्तो बनाउने हो ? समृद्ध बनाउने । हामीले ५ बर्षे कार्ययोजना बनाएका छौँ । जिल्ला तहले पनि बनाएका छन् । यहाँ विकासका प्रचुर संभावना छन् । चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो र वर्षैभरि सञ्चालन गर्न सकिने विराटनगरदेखि किमाथाङ्का सडक बनाउनुछ । विराटनगर औद्योगिक करिडोरको कुरा छ । विकासको सम्भावना बोकेको स्थल हो, ताप्लेजुङको पाथीभरा । सगरमाथा पनि १ नम्बर प्रदेशमै पर्छ । कञ्चनजङ्गा हिमाल पनि एक नम्बर प्रदेशकै सम्पत्ति हो । काँकडभिट्टा भन्सार र विराटनगरको रानी भन्सार भन्सार तेस्रो मुलुकसँग सम्पर्क गर्ने नाका हुन् । यि सबै संभावना र अवशरको सदुपयोग गर्दै देशकै आर्थिक रुपमा समृद्ध प्रदेश बनाउने हाम्रा एजेण्डा  हुन । चुनावमा तपाईँहरुमात्र हुनुहुन्न । के छ अन्य दलहरुको अवस्था ? आर्थिक विकासका एजेण्डामा भने अन्य दलहरुको पनि हाम्रो जस्तै प्रतिवद्धता छ । अब यसअघि के भयो भन्नेमा जनता सचेत नै छन् । तै पनि चुनावमा तीन ठुला दलहरुको कडा प्रतिस्प्रधा हुने प्रदेशको रुपमा लिएको छु । जनताहरु अहिले खेतबारीमा छन् । धान रोपाईँ र कोदो रोपाईँको बेला छ । तर पनि १४ गते भोट हालेर मात्रै काममा जाने भन्ने अधिकांसको मुखबाट सुन्दा यहाँको माहोल उभार देखिन्छ ।

यसपटक बुटवलमा एमालेको किल्ला भत्किन्छः मेयर उम्मेदवार खेलराज पाण्डे

रुपन्देहीको बुटवल, नेपालको राजनीतिमा उल्लेख्य प्रभाव पार्ने क्षेत्र । संविधान संशोधन विधेयक दर्ता भएपछि नयाँ सीमांकनले एमालेभित्र ठूलो खैलाबैला मच्चियो । कतिपयले यसलाई राजनीतिक भविष्यसँग समेत जोडे, आन्दोलन भयो, तर बिस्तारै सेलायो पनि । अहिले बुटवल फेरी तातेको छ, स्थानीय तहमा माओवादी र कांग्रेसबीच तालमेल भएपछि एमालेभित्र अर्को पहिरो गएको स्थानीय बताउँछन् । एमालेको ‘किल्ला’ मानिने बुटवल उप महानगरपालिकामा कांग्रेस÷माओवादी तालमेलले चुनावी परिणाममा कस्तो असर पार्छ ? भत्किन्छन् त एमालेको किल्ला ? के भन्छन् मेयरका उम्मेदवार खेलराज पाण्डेय ? एभरेष्टदैनिकडटकमका लागि रघुनाथ बजगाँईले लिएको अन्तर्वार्ताः नेकपा एमालेको गढ भनिने बुटवलमा उम्मेदवारी दिनुभयो, कस्तो छ चुनावी माहौल ? राजनीतिकरुपमा मेरो जीवन यहीँ बित्यो । बुटवलवासी, रुपन्देहीबासी, छिमेकी जिल्लाहरुका लागि म सधैं सक्रिय रहँदै आए । यसले गर्दा पार्टीभित्र मेरो लोकप्रियता थियो । मेरो उम्मेदवारीमा पार्टीभित्र कुनै प्रकारको बिबाद रहेन । जनताका हरेक सरोकारमा चासो राख्दै आएकाले पनि होला म अहिले कांग्रेसको मात्रै नभएर सबैको साझा उम्मेदवारको रुपमा स्थापित भएको छु । अर्को कुरा, स्थानीय तहमा राजनीतिक आस्थासँगै व्यक्तिको सक्रियता, इमान्दारिता र जनताप्रतिको जिम्मेवारीबोधलाई समेत हेरिने गर्दछ । यो सबै हेर्दा आम जनतामा यसपटक कांग्रेसलाई नै जिताउनुपर्छ भन्ने परेको देखिन्छ । तर एमालेको किल्ला भन्छन्, राम्रो भनेर मात्र भएन भोट पाउनुपर्यो नि जित्नलाई ! किल्ला नै त नभनौं, तर विगतमा जनताले एमालेलाई अलि बढि नै अवसर दिएका हुन् । बुटवल मात्रै नभएर लुम्बिनी अञ्चलका अन्य जिल्लामा पनि एमालेले अवसर पाएको हो । तर उसले अवसरलाई समृद्धिमा बदल्न सकेन । बुटवल नगरको समग्र विकास गर्न सकेन । यहाँको समस्या जस्ताको तस्तै रह्यो । त्यसैले आम जनताले नै प्रश्न गरेका छन्– जनताको आर्थिक हैसियत बढाउने गरि के–कस्ता काम भए ? यहाँको सुकुम्बासी समस्या, तिनाउ नदी पीडितका अपेक्षा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको सुधारमा कसले कस्तो भूमिका खेल्यो भन्ने जनताले बुझेका छन् । एमालेले त्यो अवसरको सदुपयोग गरेर जनताका पक्षमा काम गरेको भए अहिले हामीलाई नै उम्मेदवारी दिन गार्हो पथ्र्यो होला । तर त्यसो भएन । एमालेले पटकपटक अवसर पाउँदा पनि आम जनता, समग्र बुटवलको बृहत्तर विकासका लागि खासै काम गर्न सकेन । यो मेरो आरोप होइन, बुटवलका जनताले नै यसको अनुभूति गरेका छन् । त्यसैले यो किल्ला भनिएको कुरा सधैं टिक्दैन । जनताले यतिका अवसर दिँदा पनि काम गरेनन भने अब चाहिँ गर्छन् भन्ने के विश्वास भनिरहेका छन् । अरु क्षेत्रहरुले छोटो समयमा कति विकास गरिसके, हामी ऐतिहासिक सहर भएर पनि कछुवाको गतिमा छौं । त्यसैले बुटवल महानगरलाई एउटा बलियो व्यापारिक, पर्यटकीय, सांस्कृतिक, शैक्षिक क्षेत्रका रुपमा तीब्र गतिमा विकास गर्न एमालेको यो भ्रम भत्काउनु जरुरी देखेर हामीले माओवादी केन्द्रसंग पनि तालमेल गर्यौँ । यो सबै माहोलले हाम्रो गठबन्धनको जीत सुनिश्चित गरिदियो । तपाँईलाई भोट नै दिनुपर्ने किन ? तीन चार वटा आधार छन् । केही त मैले माथि नै भनिसकेँ । मेरो सबैभन्दा पहिलो काम सुकुम्बासीको समस्या समाधान हो । लामो समयदेखि सार्वजनिक जग्गामा बसिरहेकाहरुलाई बस्ती स्थान्तरण गर्ने वा लालपुर्जा दिएर हुने ठाउँमा त्यो गर्छु । तिनाउ नदीमा तटबन्ध बनाउँछु र यहि बर्षायाममा जनताले सास्ती भोग्नुपर्ने छैन् । तेश्रो कुर, बुटवल ऐतिहासिकरुपमा पश्चिमाञ्चल क्षेत्रकै ठूलो केन्द्र हो । आर्थिक, शैक्षिक या सबै किसिमको केन्द्र । तर यो व्यवस्थित हुन सकेन । बटौलीको भूमिका ऐतिहासिक छ यो क्षेत्रका लागि । हामीसँग यसलाई देशको सबैभन्दा ठूलो आर्थिक केन्द्र बनाउने योजना छ । धेरै सम्भावना भएर पनि आर्थिक समृद्धिका कुरा मात्रै भए । ठोसरुपमा काम हुन सकेनन् । अब योजनाबद्ध रुपमा काम गरेर आउँदो ५ बर्षभित्र आर्थिक रुपमा समृद्ध शहर बनाउने योजना छ । यसका साथै यस क्षेत्रमा प्राविधिक शिक्षा, स्वास्थ्यलगायतको पनि केन्द्र बनाइने छ । स्थानीय जनताका अन्य रोजगारी, जीविकोपार्जन, स्वास्थ्यसँग जोडिएका विषयमा नमूना काम गर्ने योजना छ । योजना बनाएर काम अघि बढाए हामीलाई आर्थिक समस्या पनि पर्दैन । यो सबै काम म एक्लैले गर्छु भन्ने होइन । तर नेतृत्व मुख्य हो । मैले सबैलाई समेट्न सक्ने र सबैसंग राम्रो सम्वन्ध स्थापित गराउन सफल भएको छु । विगतका कामको समिक्षा गरेर प्रतिस्प्रधी दलका सर्मथकहरुले पनि यसपटक मलाई नै दिनुपर्छ भनेको सुन्छु । माओवादी केन्द्र पनि मलाई जिताउन लागि परेको छ । भनेपछि माओवादी केन्द्रको साथले जित्ने आधार तय गर्यो ? माओवादी केन्द्रसंग हामीले तालमेल गरेर साझा उम्मेदवार उठाएका छौँ । यो दुबै पार्टी र जनताको पनि जित्ने आधार हो । माओवादी केन्द्रको साथले मेरो जितलाई सुनिश्चित नै गरेको जस्तो लाग्छ । जहाँसम्म कति भोटले जित्ने भन्ने छ, यसमा हाम्रा भोट काट्न अन्य प्रतिष्प्रर्धी दलले भरपुर प्रयास गर्छन नै । विगतमा मैले गरेका सकारात्मक कामको सन्देश जनतामा छ । तर बिभिन्न कारणले चुनावमा अर्थ राख्छ । यहाँ जम्मा ६६ हजार ८ सय ४३ मतदाता छन् । पार्टीगत रुपमा हाम्रा कति छन् भनेर आंकलन गर्दा मैले ३ हजार भोट अन्तर जित्छु ।

७ नं. मा माओवादीको पुरानै लहर फर्कियो– लेखराज भट्ट

पहिलो संविधानसभामा अधिकांश निर्वाचन क्षेत्रमा सफलता प्राप्त गरेपनि दोश्रो निर्वाचनमा भने माओवादीले सुदूरपश्चिमका नौ वटा जिल्लामा नराम्ररी पराजय भोग्यो । यो सँगै पार्टीको आन्तरिक संगठन समेत कमजोर भयो । पार्टी विभाजनले यसमा झन पीडा थप्यो । माओवादी केन्द्रभित्र समेत अन्तरविरोधको चर्चा सार्वजनिक भयो । तर स्थानीय चरणको निर्वाचनसम्म आइपुग्दा भने माओवादीले आफूलाई पुनर्जीवित गर्न सफल भएको दावी गर्छन् प्रदेश इन्चार्ज लेखराज भट्ट । प्रदेश नं. ७ मा के छ चुनावी माहौल, कस्तो छ संगठनप्रतिको आकर्षण, यिनै विषयमा एभरेष्टदैनिकडटकमका लागि गोकर्ण भट्टले लिएको अन्तर्वार्ता: कस्तो भइरहेको छ चुनावको प्रचार ? सात नम्बर प्रदेशमा जनतामा निकै उत्साह छाएको छ । निकै लामो समयपछि चुनाव भइरहेकोले जनतामा बेग्लै उर्जा देखिन्छ । यसले हामीलाई समेत जिम्मेवारी थपेको छ । जनताका माझ गइरहेका छौं । वडा वडामा साथीहरु घरदैलो, सभालगायतका कार्यक्रम गरिरहेका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहका सबै साथीहरु रातदिन हिँडेका छन् । सुदूरपश्चिममा संगठन छिन्नभिन्न भएको अवस्था थियो, कसरी सम्हाल्नुभयो ? विगतमा त्यो देखिएको हो । खासगरी पार्टीमा फूट, जनतामाझ जाने कार्यक्रमको अभाव, केन्द्रबाट समेत विशेष पहल नहुनु जस्ता कतिपय समस्याले समर्थक जनता र कार्यकर्ता निष्क्रिय अवस्थामा थिए । तर पार्टी एकतासँगै हामीले सबै जिल्लाका स्थानीय तहमा संगठन निर्माण गर्यौं । हामी सबै नेताहरु यसका लागि सक्रियरुपमा लाग्यौं । जसले गर्दा अन्य दलहरुभन्दा अगाडि नै हामीले नगर, गाउँ र वडामा संगठन निर्माण गरिसकेका थियौं । यसले पुराना साथीहरुले नवीकरण गर्ने र नयाँलाई प्रवेश गराउन सफल भयौं । यो लगत्तै निर्वाचनको मिति तोकिएकोले नयाँ संगठनलाई पुरै निर्वाचनमा होमेका छौं । अहिले हामी पुरानै अवस्थामा फर्केका छौं । जनतामाझ जाँदा उनीहरुको प्रतिक्रिया चाहिँ के पाउनु हुन्छ ? जनताले हामीलाई माया गर्छन् । हिजो युद्दकालका कुराहरु पनि केहीले नझिक्ने होइनन् । वर्गयुक्त समाजमा हामीलाई सबैले मन पराउँछन् नै भन्ने होइन । तर अहिले चारैतिर हाम्रो विचार या सिद्दान्त मन परे नपरेपनि ‘जे गर्छ माओवादीले नै गर्ने रहेछ’ भन्ने परेको छ । त्यसैले जनताले ‘यसपटक चाहिँ यिनीहरुलाई नै मौका दिएर हेरौं’ भन्ने परेको छ । अर्कोतर्फ माओवादी र जनताबीचको सम्बन्धमा समेत गुणात्मक परिवर्तन भएको छ । हिजो हामी युद्दमा छँदा र अहिलेको अवस्था फरक छ । त्यसले गर्दा पनि जनतासँगको सम्बन्ध त्यही स्तरमा विकास गरेका छौं । गाउँका विकास निर्माणदेखि अन्य अन्याय, अत्याचारका सबै घटनामा हाम्रै साथीहरु निरन्तर सक्रिय छन् । दोश्रो संविधानसभामा पराजित भएपछि पनि सबै साथीहरु स्थानीयस्तरमा नै जनताका लागि संघर्षरत् छन् । त्यसले गर्दा राजनीतिक चरित्र र इमान्दारिता माओवादीमा छ भन्ने परेको छ जनतामा । हाम्रा कमजोरीहरु पनि जानि जान भएका छैनन् । हाम्रो उद्देश्य र नियत पवित्र छ भन्ने कुरा बुझाउन सफल भएका छौं । पार्टीभित्रको उत्साह कस्तो छ, अन्तरविरोधका कुरा पनि सुनिन्छन् ? त्यस्तो केही छैन । बिरोधी साथीहरु निहित फाइदाका लागि पार्टीभित्र विवादका कुरा सार्वजनिक गर्छन् । जबकि हामीभित्र त्यस्तो केही देखिन्न । त्यसैपनि राज्यबाट उत्पीडित र शोषित क्षेत्र हो ७ नं. प्रदेश । हामीले धेरै तहमा लडाई लड्नु परिरहेको छ । यसलाई बुझेर पनि हामी एकताबद्ध छौं । बीचमा बाबुरामजीहरु जानुभयो, तर त्यसको केही पनि असर हाम्रो प्रदेशमा परेन । यसले पनि हामीबीच विवाद छैन र नेतृत्वले अघि सारेको विचारमुनि सबै एकढिक्का भएर लागेका छौं भन्ने प्रष्ट हुन्छ । कतिपय कार्यशैली र संगठनात्मक पद्धतीका विषयमा सामान्य विवाद हुनु जीवित पार्टीमा स्वभाविक हुन्छ । नयाँ शक्तिमा गएकाहरु त सबै फर्काउनु भएछ ? सबै साथीहरु फर्के । त्यतिखेर पार्टीले कुनै कार्यक्रम जनतामाझ लैजान नसक्दा निराश भएका साथीहरु नयाँ शक्तिमा गएका थिए । तर नयाँ शक्तिको गठन हुँदा जुन भ्रम छरिएको थियो, त्यसको वास्तविकता बिस्तारै बुझे साथीहरुले । अनि एकपछि अर्को गर्दै करिब करिब सबै साथीहरु फर्किनुभएको छ । नयाँ शक्तिमात्रै होइन, एमालेभित्रका पनि चिन्तनशील साथीहरु आउनुभएको छ । अहिले हामी राम्रो अवस्थामा छौं । कति स्थानमा जित्ने देख्नुभएको छ ? अहिले नै यति भन्न राम्रो नहोला । तर पहाड र तराईका जिल्लामा देखिएको उत्साहले हामी पनि उत्साहित भएका छौं । कतिपय ठाउँमा स्थानीयस्तरमा तालमेल पनि गरेका छन् साथीहरुले । तराई र पहाडका उल्लेख्य स्थानीय तहमा हाम्रो विजय हुन्छ । हामी पुरानै अवस्थामा फर्किन्छौं । तपाईहरुको प्रतिष्पर्धि नेपाली कांग्रेस र एमालेको कस्तो छ अवस्था ? संगठनात्मकरुपमा उनीहरु निकै पुरानो पार्टी हुन । तर एजेण्डाका हिसाबले उनीहरुले मत माग्ने आधार छैन । उनीहरुसँग नयाँ सोच, भिजन, विचार र एजेण्डा छैनन् । देशको समृद्धि, प्रदेशको समृद्धि र स्थानीय तहको समग्र विकासका लागि माओवादी मात्रै सक्षम छ, माओवादीले मात्रै अप्ठ्यारा अवस्था चिरेर जानसक्छ भन्ने कुरा जनतामा स्थापित भएको छ । अर्कोतर्फ उनीहरु पदका लागि लुछाचुँडी गरेको अवस्था छ । हाम्रा लागि एजेण्डा प्रधान छ, उनीहरुका लागि पद । यो कुरा पनि जनताले बुझेका छन् । उनीहरुकै कार्यकर्ता पनि के का लागि यिनीहरुलाई भोट दिने ? उही पुरानो चिन्तन कायमै रहे भन्न थालेका छन् । राज्यले नै विभेद गरेको क्षेत्र, कसरी गर्नुहुन्छ विकास ? हाम्रो लडाई दुई तहमा हुन्छ । एकातिर राज्यले नै यो क्षेत्रलाई हेपेको छ, पछाडि पारेको छ । अर्कोतर्फ यहीँभित्र पनि बिभिन्न तहमा विभेद छ, असमानता छ । त्यसैले हामीले आफूभित्रका असमानता र विभेदको अन्त्य गर्दै आत्मनिर्भर र समृद्ध बन्ने बाटो समात्नुपर्छ । सँगसँगै राज्यसँग समेत हाम्रो समानता र अधिकारका लागि लडाई लड्नुपर्छ । यो देशमा थुप्रै पार्टीका सरकार बने । तर इतिहासमा पहिलोपटक प्रचण्ड नेतृत्वको सरकारको पालामा देशैभरीका स्थानीय तहमा समानुपातिक ढंगल बजेट वितरण भएको छ । जस्तो पुर्चौंडी नगरपालिकाको बजेट झापाको कुनै नगरपालिका बराबर छ । यो ठूलो उपलब्धि हो । यसले माओवादीले मात्रै यो क्षेत्रलाई न्याय गर्न सक्छ भन्ने पुष्टि हुन्छ । जनताले बिस्तारै यो कुरा बुझ्ने मैले विश्वास लिएको छु ।

गाउँको समृद्धिका लागि जागिर छाडेर जेल जाने उम्मेदवार

घर नजिकैको स्कूलमा शिक्षकको जागिर, उच्च शिक्षा पढ्दै गरेको लक्काजवान । पढ्नलाई पैसा, ईज्जतका लागि जागिर । आजभन्दा १० वर्ष अगाडी यस्तो राम्रो अवस्था हुँदा गाउँमा कति ईज्जत हुन्थ्यो होला? कल्पना गर्दा पनि मन लोभिन्छ । तर गुल्मीको विकट भनेर चिनाईएको गाउँ विशुखर्कका २० वर्षे यूवराजलाई त्यो मोह पटक्कै लागेन किनकी आफ्नो गाउँ निकै आकर्षक र हराभरा हुँदाहुँदै पनि राज्यले हरेक सुविधाबाट बञ्चित गरेको थियो । आफू ईज्जत सम्मानका साथ पैसा कमाउन शुरु गर्दा गाउँका जनतालाई सास्ती थियो । भगवान गौतमबुद्धले राजाको छोरो भएर पनि दरबारीया सुखसयल छोडेर दुखका कारण खोज्न हिँडेका थिए भन्ने ईतिहासमा पढ्न पाईन्छ, उनको जस्तो त हैन तर आफ्नो गुजारा र ईज्जत राम्रो बनाउन सक्ने हैसियत भएका यूवराज पनि जनताको दुःख देखेर परीवर्तनको लागि आफूले जागिरको पर्वाह नगरी क्रान्तिमा होमिए । जसको कारण २०५५ भाद्र देखि २०५७ वैशाख सम्म करीव २ बर्ष राजनितिक आस्थाका आधारमा गिरफ्तार गरि थुनामा राखियो । रीहा भएपछि घर छाडे, जनताको मुक्तिको लागि भन्दै । जनयुद्धमा बसन्त बनेर फुलेका उनी आखिर गाउँको मुहार फेर्ने सुनौलो बिहानी लिएर फेरी फर्के गाउँमा यूवराज नै बनेर । उ बेला गाउँमा सडक थिएन, दिनभरी लगाएर पिठ्यूँमा भारी बोकेको खर्चले छाक टार्नुपथ्र्यो । डोकोमा बोकेर अस्पत्ताल पु¥याउन नपाउँदै कति बिरामी घर फर्किने थिएनन् । गाउँमा भएको विद्यालय जीर्ण हुँदै थियो, सक्नेहरु मान्छेहरु पढ्नका लागि बजार झर्थे नसक्नेहरु पढाई छोडेर भारत छिर्थे । खानेपानी, सरसफाई, विजुली, आदि सबै कुराको समस्या थियो । टुकी बालेर पढ्ने, काम गर्नेहरुलाई समयमा मट्टीतेल नपाएर वा मूल्य बढेर दियोलोको विकल्प खोज्नुपर्ने अवस्था गाउँमा थियो । समग्र गाउँलेले यी सबैकुराबाट मुक्ति पाउने उपाय एकदुई जनाको रोजगारी पक्कै थिएन । त्यसैले सबैजनताको हितको लागि आफ्नो ज्यानको बलिदानी दिनुपरेपनि तयार हुने प्रण गरेर हिँडेका यूवराज गाउँमा साँच्चै बसन्त बहार लिएर फर्के । अहिले बाटो छ, विजुली छ, विद्यालय, स्वास्थ्यचौकी र अन्य पूर्वाधार धमाधम भैरहेका छन्, त्यसका प्रत्यक्ष योगदानकर्ता हुन उनै यूवराज । ‘मेरो त जागिर छँदैथियो, गाउँ, टोल, छिमेक र देशको मुहार फेर्न हिँडेको यूद्धमा मारीएको भए सबैले विर्षिसक्थे, बाँचेर फर्किएँ’ उनी भन्छन् ‘अहिल्यै सबै आफूले सोँचेजस्तै हुन नसकेपनि कमसेकम विकास यसरी गर्न सकिन्छ भन्ने उदाहरण दिन सकिएको छ ।’ हिँजो एउटा विद्यालय वा बाटो बनाउन बजेट माग्न सायौँपटक सिँहदरबार धाउनुपरेको अवस्था संझदै उनी अव गाउँमै सिँहदरबारका अधिकार ल्याउन पाएकोमा गर्व गर्छन । यसको व्यवहारीक कार्यान्वयन नभईसकेकोले जनताले अनुभूति गर्न नपाएपनि आफू र आफ्नो पार्टीको लँडाईले जनतालाई दिएको यो सुविधा कार्यान्वयनमा पनि आफ्नो परीकल्पना अनुसार गर्न पाएमा साँच्चै जनताले राहत पाउने दावी गर्छन् । त्यसका लागि जसको एजेण्डा हो उसैले कार्यान्वयन गर्न पाएमा बल्ल जनताले अनुभूति गर्न पाउनेगरी परिवर्तन हुने उनको तर्क छ । ‘जनताकै लागि लडेर यो परीवर्तन ल्याईयो, शुरुको चरणमा यसको कार्यान्वयन पनि हाम्रै भिजनअनुसार गरेर हस्तान्तरण गर्न पाईयो भने बल्ल परीवर्तन संस्थागत हुनेथियो भन्ने लाग्छ’ जिल्लाको समग्र राजनीतिक नेतृत्वमै भिजनएवल नेताको रुपमा चिनीने यूवराज भन्छन् ‘यसका लागि जनताले हामीलाई जिम्मेवारी दिनुपर्ने हुन्छ ।’ पदीय जिम्मेवारीले उनी माओवादी केन्द्रको केन्द्रिय सदस्य हुन । पहुँचका हिसावले केन्द्रका प्रभावशाली नेता नेतृत्वसंग नजिकको सम्बन्ध छ । जिल्लमा पनि राजनीतिक छलफल वा विकासका योजना बनाउने क्रममा सबै राजनीतिक दल र कर्मचारीले उनको आवस्यकता महसुस गर्छन, त्यसैले पार्टीले पटक पटक जिल्ला विकास समितिको हेर्ने प्रतिनिधी बनायो । तर राजनीतिक छलफलमा सबै आफ्नो दृष्टिकोण मात्र प्रयोग गर्न नपाईने, खिचातानीले गर्दा कतिपय कमजोरी पनि हुने अवस्था भोगेका उनी आफ्नो गाउँपालिकालाई विकासमा नमुना बनाई अरुलाई यसबाट सिक्ने प्रेरणा दिएर सिकाउन चाहन्छन् । त्यसका लागि उनी चन्द्रकोट गाउँपालिकाको निर्वाचित अध्यक्ष बन्न चाहन्छन् । ‘जुन सोँच र परीकल्पनाका साथ हामीले स्थानीय तह निर्माणमा गरेका छौँ, कार्यान्वनमा पनि हाम्रो योजना भयोभने नुमना नै बनाउन सकिन्छ’ उनी ढुक्कका साथ भन्छन् ‘त्यसका लागि जनताले मलाई जिम्मेवारी दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ आफूलाई जताले विश्वास गर्नेमा उनी ढुक्क हुनुको पछाडी कारण छ । उनी शान्ति प्रकृया पछिका १० वर्षमा राजनीतिक खिचातानीबा बाबजुदपनि जसरी लडेर विकास गरेर देखाए त्यो उनको पहिलो आधार हो । उनी र तत्कालिन सभाषद सुदर्शन बराल र उनको पार्टीको पहलमा शान्तिपुरमा जिल्लामै पहिलो पटक प्राविधिक अध्ययन शुरु भयो । २०५७ मा जेलबाट रिहा भएपछि २०६२/६३ को आन्दोलन सम्म तत्कालिन जनमुक्तिसेनाको कमिसार र कुशल संगठकको भुमिका निर्वाह गरेका उनलाई शान्ति प्रकृया पछि पार्टीले राम्रो जिम्मेवारी दियो । २०६४ देखि २०७३ सम्म जिल्ला विकास समिति गुल्मी को सर्वदलिय संयन्त्रको प्रतिनिधिको रुपमा सहभागी हुँदा उनी जिल्लामा आवस्यकताका आधारमा बजेट विनीयोजन गर्ने परीपक्व निर्णयकर्ताका रुपमा आफ्नो छवि बनाए । त्यही बेला स्थानिय शान्ती समिति गुल्मीको संयोजक, जिल्लाका विभिन्न विकास निर्माण योजना हरुको अनुगमन समिति को सदस्यभएका उनले जिल्लाको विकासका लागि ठूलो योगदान दिए । पछिल्लो पटक जिल्लाको स्थानिय तह पुनर्संरचना कार्यदलको सदस्यको रुपमा रहेर उनले अहिलेको गाउँपालिका नगरपालिका बनाउनमा ठूलो योगदान दिए । अध्ययनशिल नेता केसी जनयुद्धकालमा अध्ययन गर्न नपाएपनि शान्ति प्रकृयासंगै अध्ययनलाई संगै बढाएर समाजसास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक सम्म पु¥याए । ‘मूख्य कुरा त आफूलाई सामाजिक काम गर्न सबै कुराको आवस्यक पर्ने ज्ञान लिन स्वअध्ययन गरीरहन्छु, स्वअध्ययन गर्दागर्दै क्याम्पस भर्ना भएर औपचारीक प्रमाणपत्र पनि लिएँ’ उनले भने । लामो जेलजीवन पछि मृत्यूको मुखबाट जनताको सामु फर्किएका उनी नाफाको जिन्दगी जनसेवाकै लागि खर्च गर्ने प्रण गरेको बताउँछन् । ‘जेलमा कोचिँदासम्म त जनताका लागि भनेर आवाज उठाउन छोडिएन,’ उनले भने ‘बाँचेर फर्किएको छ, अव त जनता र देशको समृद्धिको चाहना जसरीपनि पूरा गरेरै छाड्छु ।’ जनयुद्धकालदेखि नै परीवारका तीन जना सदस्य क्रान्तिमा होमिएका केसी परीवारको देशमा परीवर्तनका लागि ठूलो योगदान छ । युद्धकालमै सिर्जना तरामुसंग बिबाह बन्धनमा बाँधिएका उनको परीवारबाट क्रान्तिमा होमिने सदस्य चार भए । २०७० को निर्वाचन पछि समानुपातिकबाट सभाषद÷साँसद बनेकी उनकी जीवनसंगीनी सिर्जना र केसीले जिल्लाको विकासका लागि विभीन्न योजना बनाए र चन्द्रकोट क्षेत्रको विकासका लािग संसद विकास कोषको रकम समेत भरपुर सदुपयोग गरेका छन् । समुन्नत चन्द्रकोटका लागि उनको केही योजनाहरु यसरी बताए १. ‘चन्द्रकोट गाउँपालिका समृद्ध र आत्मनिर्भर गाउँपालिका’ मुख्य आर्थिक नारा हुनेछ । राजस्व र आय वृद्धि पहिलो प्राथमिकता । २.नदिजन्य पदार्थ, स्लेट ढुङगा, रातोमाटो, वनस्पतिजन्य उत्पादन र जडिवुटीको व्यवसायिकता ३. चुस्त र प्रभावकारी प्रशासन ४.गाउँ नै शहरजस्तै बनाउन स्थानिय सडक र कृषि सडकको सञ्जाल गाउँ गाउँमा । वातावरण मैत्री पुर्वाधार विकास । ५.शान्तिपुरमा कृषि क्याम्पस, दम्कार मजुवार सोतामा प्राविधिक क्याम्पस स्थापना । निजि विधालयको प्रभावकारी अनुगमन सरकारी लाई गुणस्तर विकासमा जोड । ६. शान्तिपुर र मजुवा मा १५/१५ शैयाको अस्पताल ७. आधुनिक र स्मार्ट सिटि, व्यवस्थित वस्ति विकास । विना योजना र अनुमति प्लटिङ्गमा रोक र विना नक्सा पास घर निर्माण मा रोक । वसपार्क र सार्वजनिक जग्गाको सिमा निर्धारण । ८. गाउँपालिकामा एक सुविधासम्पन्न वृद्दाश्रम को व्यवस्था । वालश्रम निषेधित गाउँपालिका, वालउद्धान र पार्क निर्माण । ९. राष्ट्रिय खेलाडीहरु (भलिवलका हरी वहादुर थापा र क्रिकेटका सोमपाल कामी) को सम्मानमा प्रतिष्ठान र प्रशिक्षण केन्द्र स्थापना । मजुवा र दम्कार सोतामा क्रिकेट मैदान तथा प्रशिक्षण केन्द्र शान्तिपुर र झापकमा भलिवल तालिम केन्द्र र दिब्रुङ्ग दहमा फुटवल प्रशिक्षण केन्द्र स्थापना, शान्तिपुर र मजुवामा व्याडमिन्टन कभर्ड हल । टोल टोलमा खेलमैदान । १०. स्वस्च्छ र सफा खानेपानी एक घर एक धारा ११. कृषि योग्य जमिनमा सिँचाईको व्वयवस्था । १२. रुपाकोटको मरेङ्दी पहिरो, साहुगैराको पहिरो लगायतका पहिरो तथा भुक्षयको नियन्त्रण १३. विभिन्न पर्यटकिय गन्तव्यको विकास। शान्तिपुर र मजुवामा सुविधासम्पन्न पर्यटक आवास गृह निर्माण एवं खादिकोट, धौलादिप, जोगिस्थान, रेमी लगायत सम्भाव्य स्थानमा होमस्टे स्थापना १४. जनताको पानी जनताको लगानी अन्तर्गत हुग्दी खोलामा थप जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन । हरेवाको अर्जेवामा ३३ केविको सव स्टेसन स्थापना । १५.युवा स्वरोजगार र लघु उधमको विकास, रेमिट्यान्स लाई लगानियोग्य वातावरण १६. पुराना खानी सञ्चालनको लागि उपयुक्त वातावरण र नयाँ खानीको खोज अन्वेषण लगायत २६ वुँदे प्रतिवद्दता ।

हामी जित्छौं र रोल्पा जिल्लामा जनसत्ता चलाउँछौ– पूर्ण केसी ‘करेन्ट’

माओवादी युद्दकालको चर्चित भूमि रोल्पा । कुनै बेला युद्दको रापले तातेको रोल्पा अहिले पनि चुनावको रन्कोमा छ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनको उत्साह चुलिँदै गएको बेला रोल्पा नगरपालिकाबाट माओवादी केन्द्रको प्रत्यासीका रुपमा पुर्ण बहादुर केसी ‘करेन्ट’ले उम्मेदवारी दिएका छन् । हिजोको रोल्पा र आजको रोल्पामा फरक छ र योसँगै चुनौती पनि चुलिएका छन् माओवादी उम्मेदवारका सामु । के छन् त माओवादीका चुनौती, के छ एजेण्डामा चुनाव लड्दैछन् उनीहरु, मेयरका उम्मेदवार ‘करेन्ट’सँग एभरेष्ट दैनिकका लागि पुष्पा महराले गरेको कुराकानीः उम्मेदवारी दर्ता पनि भइसक्यो, कस्तो छ रोल्पामा चुनावी माहौल ? चुनावी उत्साह राम्रो छ । गाउँ गाउँमा बेग्लै उत्सव छाएको छ । लामो समयपछि राजनीतिकरुपमा सक्रियता देखिएको छ । हामी पनि उत्साहित छौं । यो जनयुद्धकालिन आधार हो हाम्रो । त्यसैले हाम्रो जनधार बलियो छ । हिजोका दिनमा पनि हामी हरेक पल जनतासँगै हुन्थ्यौं, आज फेरि उनीहरुमाझ पुगेका छौं । परिस्थिति फरक भएपनि जनताले हामीलाई नै विश्वास गर्छन् । त्यसैले जनताको यस्तो उर्लंदो जनलहर देख्दा माओवादी केन्द्रको विजय निश्चित देखिन्छ । प्रतिपक्षको अवस्था कस्तो छ ? रोल्पामा प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसको सामान्य उपस्थिति देखिन्छ । एमाले र अन्य दलको कुनै भूमिका र प्रभाव देखिन्न । नेपाली कांग्रेसको उपस्थिति देखिएपनि जिति नै हाल्छ भन्ने छैन । त्यसैले हामी नै हो मुख्य दल । पार्टी नेताहरुसँग सम्बन्ध भएका कारण करेन्टले उम्मेदवारी पाएको भन्ने चर्चा चलेको देखिन्छ, उम्मेदवारीमा विवाद भएकै हो ? यो अनावश्यकरुपमा सिर्जना गरिएको चर्चा हो । रोल्पा जिल्ला हाम्रो बलियो गढ हो । त्यसैले यहाँ हरेक कमरेडहरु उत्तिकै सक्रिय र सक्षम छन् । यो मध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषय पार्टीले टुंगो लगाउने विषय हो । कांग्रेस एमालेलगायतका केही विपक्षीहरुले केही एजेण्डा नपाएर यो हल्ला चलाएका हुन् । उम्मेदवारी दिनका लागि छलफल गरी यो कदम चालिएको हो । क. ध्रुव र क. ऋषिराम रोकाको रोहवरमा मलाई नै मेयरका लागि चयन गरिएको हो । सुवर्णावती गाउँपालिकामा निर्वाचनको माध्यमबाट उम्मेदवार छनौट गरियो । तर रोल्पा नगरपालिकामा भने लामो छलफलपश्चात मलाई मेयरको उम्मेदवार उठ्न पार्टीले जिम्मेवारी दिएको हो । कृष्ण बहादुर महरासँग मेरो नाता पर्छ । तर मेयरमा उम्मेदवार हुनुमा त्यो नाताले काम गरेको होइन । म लामो समयदेखि पार्टी र जनतासँग जोडिएको छु । मेरो योगदान, मेहनत र क्षमतालाई मूल्यांकन गरी उम्मेदवार बनाइएको हो । हिजो जनवादका सपना बाँडनुभयो, त्यो पुरा हुन सकेन । अहिले चाहिँ रोल्पा जिल्लालाई कस्तो बनाउने योजना छ तपाईहरुको ? त्यो एउटा परिस्थिति थियो । हामीले पूर्ण युद्द नजितेपनि अहिलेका सबै उपलब्धि त्यही संघर्षको जगमा प्राप्त भएका हुन । अहिले सिंहदरबारको अधिकार पहिलोपल्ट गाउँमा पुगेको छ । जाती, क्षेत्र, समुदायका मुद्दाहरु सम्बोधन हुने क्रममा छन् । अब चाहिँ के गर्छौं त ? यो प्रश्न सबैले गरेका छन् । कमरेडहरुले घोषणा गरिसकेका छन्, हामी रोल्पालाई जनसत्ताको नमूना जिल्ला बनाउँछौं आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक, शैक्षिक तथा यातायातको दृष्टि हामी रोल्पा जिल्लालाई विकसित बनाउनेछौं । यहाँ निमार्णाधिन कृषि विश्वविद्यालयलाई पूर्णता दिँदै शैक्षिक केन्द्रको रुपमा विकास गर्छाैं । यहाँको सडक सञ्जाललाई व्यवस्थित छौं । जडिबुटी, तरकारी तथा अन्न उत्पादनमा अधुनिकीकरण गर्छौ । संचारलाई जोड्नलाई फ्रि वाईफाई तथा विद्युत जोड्ने र विस्तार गर्छाै । वेरोजगार युवाहरुका लागि लोकसेवाका लागि तयारी कक्षाहरु संचालन गर्छाैं । रोजगार सूचना केन्द्रको स्थापना गर्ने लगायतका एजेण्डाहरु हामीले अघि सारेका छौं । हाम्रो मुख्य चुनौती भनेको हिजो जनताले जे सपना साँचेका थिए, तिनीहरुलाई अधिकतम पुरा गर्ने नै हुनेछ । सामाजिक न्यायसहितको स्थानीय सत्ता, श्रोतमा सबैको पहुँच हुने स्थानीय सत्ताको निर्माण हाम्रो लक्ष्य हुनेछ । यसका लागि पार्टीको योजना र जिल्लाको योजनाका आधारमा हामी अघि बढ्छौं । यी एजेण्डाहरु कार्यान्वयनमा ल्याउन सकिएता त ? यी एजण्डाहरु सहजै पूरा गर्न सकिन्छ । उसैपनि बढी त यहाँ हाल निर्माणाधिन कुराहरुलाई हामीले निरन्तरता दिई पूर्णता दिने न हो । यहाँ इमान्दार जनता, व्यापारी अनि वुद्धिजिविहरुले हामीलाई साथ दिइएमा हामी हाम्रा ती एजेण्डाहरु पूरा गर्न सक्छौं भन्ने हामीलाई विश्वास छ । तपाईहरु नै जित्नुहुन्छ भन्ने आधार के के छन् ? सबैभन्दा ठूलो भनेको जनताकाे अभिमत हो । विस २०४८ साल पहिले पनि चुनाव हुँदा हामीले ७०/८० वटा पूर्वगाविसहरुमा जित्न सफल भएका थियौं । त्यसैले पनि अहिले पनि जनतामा हामीप्रति विश्वास छ । हामीले नै केही गर्न सक्छौं भन्ने उनीहरुलाई थाहा छ । यहाँका सहिद परिवार, कार्यकर्ता अनि यो सिंगो रोल्पावासीले नै माओवादीलाई नै चुन्नेछन् अनि जिताउने छन् भन्ने हामीलाई विश्वास छ । जनतामाझ तपाईहरु जाँदा के भन्छन् त उनीहरु ? जनता माओवादी केन्द्रबाट आशावादी छन् । कृष्णबहादुर महरा अर्थ मन्त्री भएका बेला रोल्पालाई ३५० करोड रुपैयाँ बजेट बाँडेको थियो । गाउँको विकासका क्रममा त्यो खर्च पनि भयो । अहिलेसम्म रोल्पामा जे जति विकास भए त्यो माओवादीले नै गरेको हो त्यसैले उनीहरु अबका दिनमा पनि जेजति गर्छ त्यो माओवादी पार्टीले मात्रै गर्छ, अन्य कुनै दलले गर्न सक्दैन भन्नेमा विश्वस्त छन् । माओवादीले रोल्पा जिल्लालाई न्याय गरेको छ । सरकारमा सहभागितादेखि विकास निर्माणसम्म जिल्लाले प्राथमिकता पाएको छ । त्यसबाट समेत यो जिल्लाको योगदान पार्टीले बिर्सेको छैन भन्ने स्प्ष्ट हुन्छ । अहिले केन्द्रीय योजनाका आधारमा कामहरु अगाडि बढे । भोलीका दिन स्थानीय सत्ताको योजनालाई केन्द्रले सहयोग गर्ने अवस्थामा हामीले नमूना जिल्ला बनाउन गारो छैन । जनताले यो कुरा बुझेका छन् । त्यसैले हामी जित्छौं र रोल्पालाई नमूना जनसत्ताको जिल्ला बनाउँछौं ।