अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल पाेखरामा
पोखरा, माघ २१ । सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि पोखरा रङ्गशालामा हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सिर्जना विकास केन्द्रको प्रायोजन तथा नेपाल भलिबल सङ्घ कास्कीको तत्वावधानमा हुन गइरहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, न्यु डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस क्लब र भारतको उत्तर प्रदेश भलिबल सङ्घको सहभागिता रहनेछ ।
न्यू डायमन्ड एकेडेमीको महिला र हेल्प नेपाल स्पोर्टस् क्लबको पुरुष मात्र टिम रहने छ, भने अरु सबैको पुरुष तथा महिला दुबै टिम रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने पुरुष तथा महिला दुबै टिमले क्रमशः रु एक लाख ५५ हजार ५५५, रु ७७ हजार ७७७, ३३ हजार ३३३, मेडल, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कारको लागि रु १० हजार, वेष्ट स्पिकर, ब्लोकर, सेटर, डिफेन्स र सर्भरलाई पनि पाँच÷ पाँच हजार नगद पुरस्कार दिइनेछ ।
प्रतियोगिता सञ्चालन गर्दा रु ३५ लाख आम्दानी र २८ लाख खर्च हुने र बचत भएको रकम पोखरा रङ्गशालाको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ । प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ ।
सागः भारतीय भलिबल टोली आइपुग्यो, आज नेपालसँग भिड्ने
काठमाडौंः १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भारतीय महिला भलिबल टोलीले आजै नेपालसँग प्रतिस्पर्धा गर्दैछ । भलिबलतर्फ आज ३ खेल हुँदैछन् । जसअन्तर्गत पुरूषमा दुई खेल र महिलामा एक खेल हुनेछ । बंगलादेशलाई हराउँदै बुधबार विजयी सुरुवात गरेको महिला भलिबल टोलीले आज साँझ ५ बजे भारत खेल्ने तय भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । नेपालले उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले सहजै पराजित गरेको थियो । तीन टोली सहभागी समूह ‘ए’बाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । अर्को समूहमा पाकिस्तान नआएपछि माल्दिभ्स र श्रीलंका मात्र छ र दुवै टोली सेमिफाइनल पुग्ने पक्का भइसकेको छ । यी दुई टोलीबीच आजै बेलुका ७ बजे खेल हुनेछ ।
प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताः फाइनलमा पुलिससँग आर्मी पराजित
काठमाडौंः प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रगतिशील युवा नेपाल गोर्खा काठमाडौंद्वारा आयोजित सर्बाधिक राशिको प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबल फाइनल खेलमा नेपाल पुलिस क्लबले जितेको हो । शनिबार भएको खेलको समापनको प्रमुख अथिती चुडामणि खड्काले गरेका थिए । आर्मी र पुलीसबीचको भलिबल प्रतियोगिता निक्कै नै रोमाञ्चक भएको थियो । खेलमा पुलिसले लगातार तीन सेट जितेर आफ्नो जीत सुनिश्चित बनाएको थियो ।
आर्जेन्टिनाविरुद्ध फ्रान्सको पहिलो गोल
काठमाडौं, असार १६। रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल शुरु भएका छन् । पहिलो खेलमा अहिले पूर्व विश्वविजेता अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् । नकआउट चरणमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध पहिलो गोल गरेको छ । खेलको १३ औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले गरेको फोउलमा पाएको पेनाल्टीमा फ्रान्सका ग्रीजम्यानले गोल गरेका हुन ।
ब्राजिल २–० ले विजयी
रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेलमा विश्वकपको प्रमुख दाबेदार ब्राजिल २–० ले विजयी भएको छ । दोस्रो हाफ अक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलका लागि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दौ टोलीलाई २–० को अग्रता दिलाए । त्यअघि खेलको ९० मिनेटमा फिलिपोले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन । विश्वकपको दावेदार मानिएको ब्राजिलले गोलको प्रयास गरे पनि त्यो प्रयाप्त भएन । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।