अन्तर्वार्ता : राष्ट्रिय ललितकला प्रदर्शनी उत्सवका रुपमा लिएका छौं -उपकुलपति लामा

अन्तर्वार्ता : राष्ट्रिय ललितकला प्रदर्शनी उत्सवका रुपमा लिएका छौं -उपकुलपति लामा

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का कार्यकारी संयोजक लालकाजी लामा हुनुहुन्छ । उहाँसँग नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गर्न लागेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सेरोफेरोमा रहेर गरिएको संक्षिप्त कुराकानीः

हरेक वर्ष वैशाख २ गते राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै आएको थियो ? यस वर्ष तपाईंहरुले जेठ १५ गते गर्दै हुनुहुन्छ । यस वर्ष केही फरक हुँदैछ की ?

प्रश्नको लागि धन्यवाद ! यस वर्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले समयतालिका फेरबदलका साथसाथै नयाँ कार्य गर्न गइरहेको छ । जसमा मुख्य गरी यस पटकको काठमाडांैं उपत्यकाका दुई स्थानमा कालकृतिहरुलाई प्रदर्शनीमा राखिने छ । ‘म, मेरो देश र मेरो सिर्जना’ थिम दिएर कलाकृतिलाई प्राज्ञिक र व्यवसायिक ढंगले क्युरेटिङ गर्ने योजना रहेको छ । जसको जिम्मेवारी प्राज्ञ कलाकार प्रदीप शाक्यले लिनुभएको छ । यो प्रदर्शनी प्रतियोगितात्मक भएको हुँदा विधागत रुपले राष्ट्रिय पुरस्कार बिजेता कलाकारलाई पुरस्कारका अलवा थप (ग्राण्ड) पनि उपलब्ध गराइने छ । त्यसैगरी प्रदर्शनीका बारेमा विषयमा केन्द्रित रहेर प्रकाशित लेखहरुमध्ये उत्कृष्ट पाँच लेखलाई पुरस्कृत गरिने योजना रहेको छ । यस्तै, कला विद्यार्थीलाई प्रदर्शनीका बारेमा प्रतियोगितात्मक समीक्षा लेखनसमेत गरिने तयारी छ । यसैगरी, कलाका विभिन्न पक्ष र सरोकारका विषयमा बहस हुने छ । जसले नेपाली कलाका विभिन्न आयामलाई बुझ्न अझ सघाउ पुग्ने आशा लिन सक्छौ ।

राष्ट्रिय ललितकला प्रदर्शनी कलाकारका लागि किन र कतिको महत्वपूर्ण छ ?
राष्ट्रिय ललितकला प्रदर्शनी कलाकारको लागि मात्र नभइ राष्ट्रकै गौरवको कार्यक्रम हो । जसले नेपाली ललितकला क्षेत्रको विविध विधालाई समेटेर देशभरिबाट संकलन भएका कलाकृतिलाइ एकै स्थानबाट प्रदर्शनी र प्रवर्धन गर्ने कार्य गर्छ । यसबाट नेपाली कलाक्षेत्र र कलाकारलाई प्रत्यक्ष वा परोक्ष रुपले फाइदा पु¥याएको हुन्छ । एउटा कलाकारलाई आफ्नो कलाकुति राष्ट्रिय कला प्रदर्शनीमा प्रदर्शित हुने अवसर पाउनु वा पुरस्कृत हुन पाउने अवसर पक्कै पनि गर्वको विषय हो । यसरी नेपाली कलालाई समाजमा पु¥याउँदै कला र कलाकारलाई स्थापित गराउने कार्य अत्यन्तै महत्वपूर्ण छ । साथै नेपाली ललितकलाको अवस्था र विकासको स्थिति बुझ्न र यस क्षेत्रलाई जीवन्त बनाइराख्नसमेत प्रदर्शनीले अहम् भूमिका खेल्दछ । कला देशको समृद्धिको मापन गर्ने पक्ष पनि भएकाले यसको महत्व स्वभाविक रुपमा रहिआएको छ ।

प्रदर्शनी विधागत रुपमा कलाकारका लागि किन र कतिको महत्वपूर्ण छ ? मुख्यतः नयाँ तथा पुराना पुस्ताका कलाकारको सहभागिता कस्तो छ ?
यस वर्ष नेपाली ललितकला प्रदर्शनीमा इतिहासकै सर्वाधिक कलाकार र कलाकृतिको विधागत सहभागिता रहेको छ । साथै अग्रज र युवापुस्ता दुवैको उल्लेख्य सहभागिता रहेको छ । युवापुस्तामा कलाप्रतिको जागरण र स्वभाविक रुपको प्रतिस्पर्धी भावनाको थप आकर्षण भएको पाएको छु । विशेषगरी समसामयिक विधामा युवा सहभागिता उल्लेख्य छ । नेपाली कलाका विभिन्न शैली र चिन्तनको एकै स्थलमा प्रदर्शनी हुने भएकाले यसको विधागत महत्व विशिष्ट रहेको छ । नेपालमा प्रचलित समसामयिक चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, परम्परागत चित्र तथा मूर्तिकला कला प्रदर्शनीमा रहने भएकाले पनि यसको महत्व सबै विधाका कलाकारमा रहेको छ । यसले एकै स्थानमा कलाका विभिन्न शैली र चिन्तनलाई बुझ्ने अवसर पनि प्रदान गर्दछ ।

नेपाली कला क्षेत्रमा संरक्षण, विकास र प्रवद्र्घनका लागि यस्ता प्रदर्शनीले कतिको महत्व राख्छ ?
नेपाल ललितकला प्रदर्शनी भन्नेबित्तिकै यो ललितकलाकर्मीहरुको लागि पवित्र महोत्सव नै हो । जसले एउटै थलोमा विविध विधाका कलाकृति देखाउने, हेर्ने बुझने÷बुझाउने अवसर प्रदान गर्दछ । साथै कलाकृति संकलन गरी नेपाली कलालाई संरक्षण, प्रवद्र्घन र विकासमा हातेमालो गर्न एउटा सुअवसर पनि आम कलाप्रेमी, शुभचिन्तक, कलापाराखी, कला व्यवसायी आदिलाई एकै थलोमा लामबद्घ गर्ने यस्तो कार्यक्रमको महत्व अत्यन्तै गौरवपूर्ण छ । साथै नेपाली कलाकारको शैलीगत चिन्तन, सामाजिक दृष्टिकोण र कलागत गन्तव्यको अवस्थालाई नियाल्न र बुझ्नका लागि पनि यो प्रदर्शनी महत्व स्वभाविक रुपले रहेको छ ।

राष्ट्रिय रुपमा गर्ने प्रदर्शनीबाहेक प्रतिष्ठानले प्रदेश तथा स्थानीय तह स्तरीय केही कामहरु गर्ने योजना बनाएको छ की ?
हो हामीले प्रदेश र स्थानीय तहसम्म केही नयाँ कार्य गर्ने अवधारणा पनि बनाएका छौँ । जसमा कला संग्रहालय, कलाग्राम, कला हव, कला पार्क लगायत प्रादेशिक कला प्रदर्शनी छन् । हुनत यस प्रतिष्ठानले गदै आएको राष्ट्रिय ललितकला प्रदर्शनीमा पनि प्रादेशिक प्रतिस्पर्धा र पुरस्कारको व्यवस्था निरन्तर चलिरहेकै छ । आगामी वर्षबाट भने प्रादेशिक रुपमै प्रदर्शनी र प्रतियोगिता गराइने योजना रहेको छ ।

अन्त्यमा, प्रदर्शनीको तयारी कस्तो भइरहेको छ ?
राष्ट्रिय ललितकला प्रदर्शनीको महत्वपूर्ण कामहरु सकिसकेका छौं । हामीले बनाएको कार्यतालिका अनुसार नै काम अघि बढिरहेको छ । यही २०८० जेठ १५ गते उद्घाटन हुने ललितकला प्रदर्शनी जेठ ३० गतेसम्म चल्ने छ । उक्त प्रदर्शनी हेर्नका लागि हृदयदेखि नै सम्पूर्णमा स्वागत गर्न चाहन्छु । साथै आफ्ना साना नानीबाबुलाई समेत साथमा लिएर प्रदर्शनीको अवलोकन गरिदिनुहुन अनुरोध गर्दछु । प्रवेश निःशुल्क छ । धन्यवाद !

लोकप्रिय