अमेरिकामा बन्दुक बहस, राष्ट्रपति ट्रम्प बन्दुक नियंत्रणको विपक्षमा

अमेरिकामा बन्दुक बहस, राष्ट्रपति ट्रम्प बन्दुक नियंत्रणको विपक्षमा

अमेरिकाको फ्लोरिडा राज्यको  एउटा विद्यालयमा गत हप्ता भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएपछि त्यहाँ बन्दुक नियन्त्रणमा व्यापक बहस सुरु भएको छ ।

त्यहाँस्थित बन्दुकको वकालत गर्दैआएको शक्तिशाली संस्था राष्ट्रीय राइफल संघ (एनआरए)ले बन्दुक विरोधीहरूले घटनाको निहुँ पारेर बन्दुक नियंत्रण गराउन खोजेको आरोप लगाएको छ ।

एनआरएका प्रमुख वेइन लापेरले १४ फेब्रुअरीको घटनालाई प्रयोग गरेर केही ‘अवसरवादी’हरूले अमेरिकी नागरिकहरूको बन्दुक राख्न पाउने अधिकार खोस्न चाहेको आरोप लगाए ।

उता राष्ट्रपति ट्रम्पले विद्यालयका शिक्षकहरूलाई बन्दुक खरिद गर्न अतिरिक्त पैसा दिनुपर्ने बताएका छन् ।

एनआरए प्रमुख वेइन लापेरेले भने, “केही अवसरवादीहरूले आफ्नो राजनीतिक फाइदाको लागि घटनाको प्रयोग गर्न एक सेकेंड पनि बिराएनन् ।”

उनले थपे, “तिनीहरू राइफल संघलाई घृणा गर्छन् । उनीहरू संविधानमा भएको दोस्रो संशोधनको विरोध गर्दछन् र वैयक्तिक स्वतंत्रताको विरोध गर्दछन् ।

अमेरिकी संविधानमा गरिएको दोस्रो संशोधनमा आम जनतालाई बन्दुक राख्ने अधिकार दिइएको छ ।

लापेरेले विद्यालयमा भएको घटनामा एफबीआइ चुकेको बताए ।

उनले अमेरिकामा “युरोपेली शैलीको समाजवाद”को आलोचना गर्दै भने, “उनीहरू कानुन बनाएर जनतालाई नियंत्रण गर्न चाहन्छन् । उनीहरुलाई कानुन काम कसरी गर्छ भएर वास्ता छैन । तर राइफल संघ यस कुरामा गम्भीर छ ।”

उता यस घटनाका पीडितहरू बन्दुक राख्न पाउने कुरामा कडा कानुन बनाउने माग गर्दैछन् । यसका लागि राष्ट्रव्यापी अभियान नेभर अगेन चलाउँदै हेका छन् ।

लापेरेले डेमेक्रेटहरूमाथि राष्ट्रिय राइफल संघलाई बदनाम गाडेको आरोप लगाए । उनले संघले कुनै पनि विद्यालयको सुरक्षाका लागि निःशुल्क मद्दत गर्ने बताए ।

उता अमेरिकी शिक्षक एकता महासंघकी अध्यक्ष ऱ्याण्डी वाइनगर्टनले राइफल संघको कुरामा असहमति जनाएकी छन् । उनी भन्छिन् “विद्यालय भित्र बन्दुक लग्न दिएको अवस्थामा स्थिति कस्तो होला भन्ने कल्पनासम्म उनीहरूले गराएका छैनन् । अवस्था झन् भयावह हुन सक्छ ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयका शिक्षकहरूसँग पनि बन्दुक हुनु पर्ने बताएका छन् । मंगलवार घटनाका पीडितहरूसँगको साक्षात्कारमा उनले यस्तो भनेका थिए ।

अधिकारीहरूसँग विद्यालय सुरक्षाबारे चर्चा गर्दै उनले भने, “यदि विद्यालय भित्र २० प्रतिशत मान्छेहरूसँग पनि बन्दुक भयो भने हमलाकारी भित्र पस्ने आँट गर्न सक्दैन ।”

उनले अगाडि भने,”यदि उनीहरूले बन्दुक राख्न चाहेको खण्डमा हामी उनीहरुलाई अतिरिक्त पैसा दिनेछौं ।

राष्ट्रपतिले बन्दुक किन्न पाउने उम्र १८ वर्षबाट बढाएर २१ वर्ष गर्ने कुरामा भने आफू सकारात्मक रहेको बताए । उनले राइफल संघलाई पनि यस कुराको समर्थन गर्न आग्रह गरे ।

बन्दुकको वकालत गर्ने राइफल संघलाई ‘राम्रा मान्छे’ रहेको भन्दै ट्रम्पले आफू उनीहरू विरुद्ध नजाने बताएका छन् ।

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय