अस्ट्रेलियामा “लुम्बिनी: संभावना र चुनौतिहरु” बिषयक अन्तर्कृया 

अस्ट्रेलियामा “लुम्बिनी: संभावना र चुनौतिहरु” बिषयक अन्तर्कृया 

अस्ट्रेलिया, भदौ ८ । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ(प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा ूलुम्बिनीस् संभावना र चुनौतिहरुू बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो ।

लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्तुत गर्नु भएको बहुआयामिक प्रस्तुतिमा साउथ अस्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दिपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निबर्तमान अस्ट्रेलिया उपाध्यक्ष नबिन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रिय सदस्य नबिन पन्त, समाजसेवीहरु डा पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो ।

लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुइ गुरु योजना तयार भैसकेको चर्चा गर्दै गुरु योजना मुताबिक लुम्बिनीको बिकास संपन्न गरी ठोस योजना सहित अगाडि बढन सकिएको खण्डमा वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी सहजै गर्न सकिने र यस्ले देश बिकासमा कायापलट नै गर्न सक्ने बताउनु भयो । कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा वुद्धजन्मस्थल बिषयमा भएको गल्ती सच्याउने ऐतिहासिक कामपछी अभियानका तर्फबाट आफूले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र ती देशका हजारौंको मानब अधिकार हनन हुनबाट जोगाउनका खातिर सच्याइनु पर्ने आग्रह गरी तयार पारेको छस् पेज लामो अनुसन्धनात्मक प्रतिबेदन नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पत्राचार गरेको चर्चा गर्दै लुम्बिनीको बिकाससंग विस्वका १४५ जनताको भावनाको कदर, ग्लोबल वार्मिङ समस्या समाधान, विस्व शान्ति, विस्वमा भातृत्वको बिकास जस्ता महत्वपूर्ण कुराहरु जोडिएकोले लुम्बिनीको बिकासको विस्वब्यापी महत्व रहेको बताउनु भयो ।

श्रेष्ठले नेपालमा रहने नेपालीले वुद्धको जन्मस्थल बिषयमा आफूले बुझेको कुरालाई नै विस्व जनताले पनि बुझेको रुपमा लिनु, भू(राजनीतिक अवस्था जस्ता कुरा राष्ट्रिय स्तरमा र अन्तराष्ट्रिय स्तरमा बिभिन्न देशको पाठ्य पुस्तकमा नै गलत जानकारी हुनु, बिस्व स्तरीय पत्रिका, संग्राहलय, पत्रकार, सन्जालले पनि गलत जानकारी प्रबाह गर्नु गर्नु जस्ता कारणहरुले गर्दा समस्याले विस्वब्यापी रुप लिएको चर्चा गर्नु भयो ।

प्रस्तुतिको क्रममा श्रेष्ठले अमेरिकी जुता कंपनीले वुद्धको फोटो जुत्तामा राखेपछी तात्कालिन अमेरिकी राष्ट्रपति ओबामालाई अभियानका तर्फबाट आफूले लेखेको चिट्ठी र हालमा सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई लेखेको प्रतिबेदनमा कसैलाई आरोप लगाउने काम नभएको बरु प्रसंशा गर्ने काम यथेस्ट मात्रामा भएकोले यो अभियानमा सहभागी भएर अगाडि बढ्न कोही पनि त्रसित हुन नपर्नेबारे प्रस्ट पार्नु भयो । सरकारले गर्नु पर्ने काम जनस्तरबाट यत्ति धेरै भैसकेको र समस्याको जरो भएको कारण अबको मूल काम भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने भएको र यस्को लागि नेपाल सरकारको सहयोग र सहभागिता अपरिहार्य भएकोले हालसम्म भए गरिएका कामहरुलाई उत्प्रेरित गरी प्रभाबकारी तवरबाट निर्णयक मोडमा पुर्याउन आफूले सरकारलाई शून्य आर्थिक भार पर्ने गरी संयन्त्र तयार गर्न ड्राफ्ट वली सरकारकै पालामा पठाएको र त्यस्लाई परिमार्जन गरी यथाशीघ्र पुनस् बर्तमान सरकारलाई पनि पठाइने जानकारी दिनु भयो ।

प्रस्तुतिको अन्तमा प्रश्नोत्तर र छलफलको कार्यक्रम थियो । कार्यक्रमपछी अभियानको उद्धेस्य प्राप्तीमा सहयोग हुने केही ठोस काम गर्न एडिलेडमा प्रयास गरिने प्रतिबद्धता सहभागीहरुले जनाउनु भयो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय