अस्थायी शिक्षक विज्ञापनबारे पुनरुत्थान पार्टीको यस्तो माग

अस्थायी शिक्षक विज्ञापनबारे पुनरुत्थान पार्टीको यस्तो माग

काठमाडौं । अस्थायी शिक्षकलाई स्थायी गर्न अन्तिम अवसरको रुपमा खुलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐन अनुसारको पहिलो विज्ञापनमा रुपान्तरण गर्न माग गरिएको छ ।
अस्थायी शिक्षकको अधिकारका लागि निरन्तर क्रियशील रहँदै आएको पुनरुत्थान पार्टी नेपालले अहिलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐनको संशोधन २०६३ अनुसार पहिलो विज्ञापन बनाउन माग गरेको हो । शनिवार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गर्दै पार्टीका उपाध्यक्ष शरदकुमार मिश्रले सवैखाले अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी गराउन माग गरे ।

शिक्षा ऐन २०२८ को २०६३ को संशोधनको दफा ११ च को थप गरिएको उपदफा (१क) ले ’पहिलो विज्ञापन’को व्यवस्था गरेको साथै, शिक्षा मन्त्रालयले सर्वोच्च अदालतमा २०७४ जेठ ९ गते पठाएको जवाफीपत्रमा ’पहिलो विज्ञापन’ हालसम्म नभएको भनी स्वीकार गरेकाले अहिलेकै विज्ञापनलाई ’पहिलो विज्ञापन’ मान्नुपर्ने मिश्रले जिकिर गरे ।

‘ऐनमा र शिक्षक सेवा आयोगको नियमावलीमा समेत पहिलो विज्ञापनमा सवैखाले अस्थायी शिक्षकहरुलाई सहभागी हुन पाउने व्यवस्था छ’ –मिश्रले भने ‘मन्त्रालयले ’पहिलो विज्ञापन’ नै नभएको भन्दाभन्दै आयोगले सर्वोच्च अदालतमा ’पहिलो विज्ञापन’ भइसकेको भन्ने जवाफ पठाउँदै तालिम, लाइसेन्स, सेवा निरन्तरता, शिक्षा विषय नभएको भन्दै शिक्षकहरुलाई परीक्षाबाट बञ्चित गर्ने कुचेष्टा गरेकोछ ।’

यदी ‘पहिलो विज्ञापन’ नै नभइसकेको हो भने बाजुराका टीकाबहादुर घर्ती, कास्कीका टेकनाथ गौतमलगायत जो उमेरहदका कारण अवकाश भए उनीहरुलाई परीक्षापछिको सुविधा पाउनुपर्ने अन्यथा सवै अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी हुनदिनुपर्ने मिश्रले जिकिर गरे ।

२०७३ कै विज्ञापनलाई नै ‘पहिलो विज्ञापन’ मानी शिक्षकलाई स्थायी नगराइए जस्तोसुकै कदम उठाउन पनि तयार रहेको चेतावनी दिँदै मिश्रले अस्थायी शिक्षकको न्यायका लागि पार्टीले सेनाको सहयोग लिएर ठूला पार्टी र सहमतिकर्ता विरुद्ध उत्रनसक्ने बताए ।

कार्यक्रममा ज्ञानोदय मावि बाफलका अस्थायी शिक्षक गोविन्द भण्डारीले स्नाकोत्तर आफुलाई पाठ्यक्रम विकास केन्द्रले सामाजिक विषय विज्ञ बनाएको, पुस्तक लेख्न लगाएको तर आयोगले भने तालिम नलिएको भन्दै परीक्षामा सहभागी हुनै अयोग्य घोषित गरिदिएको बताए । सेना पुलिसमा परीक्षा र भर्ति भएपछि तालिम लिनुपर्ने भएपनि शिक्षकमा रहेकोे तालिम नभए परीक्षा नै दिन नपाउँने अन्यायपूर्ण व्यवस्था परिवर्तन हुनुपर्ने उनले बताए ।

अधिवक्ता कोषराज काफ्लेले सहमति गर्नेहरुलाई ‘शिक्षकका दलाल’ को सङ्ज्ञा दिँदै कोही नागरिक खाना खाऊ र कोही भोकै बस भनेर (अनुपात मिलाउने) सहमति गर्नु खतरनाक भएको बताए । शिक्षक नेताहरुले आन्दोलन गर्ने, फेरी कोही शिक्षकलाई आन्तरिक र कोहीलाई खुला परीक्षामा भिड्न लगाउने गरी सहमति गरेर अस्थायी शिक्षकहरु प्रति घात गरेको दाबी गरे । सवै अस्थायी शिक्षकहरुलाई परीक्षाको मौका र परीक्षा पछिको सुविधा उपलब्ध नगराए राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, शिक्षामन्त्रीलगायतलाई नै बर्खास्त गर्नेगरी कानूनी लडाइ लड्ने काफ्लेले स्पष्ट पारे ।

सामुदायिक विद्यालय शिक्षक युनियनका अध्यक्ष सूर्यप्रसाद तिवारीले अस्थायी शिक्षकहरु प्रतिशत, समयसीमा र प्रकारका आधारमा वर्र्गीकरण गर्दै तीनखाले विज्ञापन गरिनु र अनुपातमा आधारित विज्ञपनमा अस्थायी शिक्षक नेताहरुले सहमति गर्नु लाजमर्दो विषय भएको बताए । आफुहरुले अदालतमा मानहानीको मुद्दा दायर गरेर अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको वार्ता र सहमतिको प्रयास स्थगित गराएको भन्दै तिवारीले यदी वार्ता प्रक्रिया पुनः अगाडी बढएर अस्थायी शिक्षक माथि विभेदपूर्ण सहमति गरिए र्वाामा सहभागी कर्मचारी र शिक्षकहरुलाई भौतिक आक्रमण गर्ने चेतावनी दिए ।
लोकप्रिय प्रावि रिठ्ठेशाखा, बुङ्दिकाली नवलपरासीका अस्थायी शिक्षक पुष्पराज चौधरीले आफुले परीक्षाको फारम भरेर प्रवेशपत्र लिइसकेको अवस्थामा आयोगले परीक्षा दिन नपाउने निर्णय गरेको बताए । “यसले अस्थायी शिक्षकको हालसम्मको योगदान, योग्यता र सर्वोच्च अदालतको परमादेशको धज्जी उडाएको छ” चौधरीले भने ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय