अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

सप्तरी,  मङ्सिर २२ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बसेका छन् ।

उनको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका थिए । सदरमुकाम राजविराजमा रहेका विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनका माग अविलम्ब सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरेका थिए ।

राजविराजस्थित महावीर चौकबाट निकालिएको ऐक्यबद्धता ¥याली नगरका विभिन्न भागमा परिक्रमापश्चात् अञ्चल अस्पतालमा आमरण अनशनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष तिवारीको अनसनस्थल पुगेर ऐक्यबद्धता ¥याली समापन भएको सहभागी मुकेश यादवले बताए ।

अस्पतालको भौतिक सुधारसहित अस्पताल बालमैत्री बनाउनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वस्थ, पेटभरि पोषिलो खाना उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूलगेट निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने, अस्पतालमा प्रसूति गृहलगायत निर्माणाधीन भवनको निर्माण कार्य अविलम्ब पूरा हुनुपर्ने र अस्पतालमा सरकारले उपलब्ध गराउने औषधि सूची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७२÷७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानबिन हुनुपर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनुपर्ने लगायतको माग लिएर तिवारी विगत १४ दिनदेखि आमरणलाई निरन्तरता दिएका छन् । रासस

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय