आइतबार स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, ९१ प्रतिशत बढी आवेदकले नपाउने

आइतबार स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, ९१ प्रतिशत बढी आवेदकले नपाउने

काठमाडौं, चैत ८ । स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाडँफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आइतबार शेयर बाँडफाँड गर्ने जनाएको हो ।

स्पर्शले फागुन २६ देखि २९ गतेसम्म कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्टाएर २ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

सो आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरको माग सदर भएको छ ।

आईपिओमा आवेदन गरेका ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हरेक आवेदकलाई १० कित्ता शेयरका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार कूल आवेदकको ८.४५ प्रतिशत अर्थात २५ हजार २०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । आईपिओमा आवेदन गरेका २ लाख ७३ हजार १५३ जना अर्थात ९१।५५ प्रतिशत आवेदकको हात खाली हुने छ ।

कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको हो । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र१३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा आवेदन खुला गरेको थियो ।

आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । यस्तै संस्थाले संस्थापकतर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा कायम हुने छ । मेरोलगानीबाट

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय