आजको मौसम : मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ मेघगर्जनसहित सहित भारी वर्षा

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
देशभर गर्मी बढ्नेक्रम कायम, बुधबारदेखि वर्षाको सम्भावना
काठमाडौं । देशमा केही दिनदेखि गर्मी बढिरहेको छ । देशका धेरै भूभागमा सुक्खा अवस्थाका कारण तापक्रम उच्च रहन पुगेको हो। जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज र भोलिसम्म तापक्रम अझै बढ्नेछ भने भोलि रातिबाट वर्षा गराउने प्रणाली विस्तार हुने देखिएको छ। आज र भोलिदिन दिउँसोसम्म देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छैन। मंगलबारदेखि हल्का वर्षा सुरु भई बुधबारदेखि तापक्रम घट्दै जाने र वर्षा क्रमशः बढ्दै जाने अनुमान गरिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि आइतबारको तुलनामा अझ गर्मी हुने छ। बुधबारदेखि मनसुन सक्रिय भई यो साता देशभर फैलिने सम्भावना छ। बिहीबारदेखि केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि विभागले जनाएको छ। यसबीच, आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। आइतबार ३०।४ डिग्री तापक्रम मापन गरिएको थियो। आज दिउँसो कोसी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मुख्यतः सफा रहनेछ। कोसी र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ। हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।
आजको मौसम : केही स्थानमा वर्षा, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । आज देशका केही भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्चिम र मध्य नेपालमा पश्चिमी र स्थानीय वायूको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनी वायू सक्रिय भएकाले ती क्षेत्रहरूमा वर्षा हुने सम्भावना रहेको छ। कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ। कोसी प्रदेशका केही स्थानहरू तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। राति पनि कोसी प्रदेश र पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ। सावधानीका लागि विभागले मौसमको जानकारी लिँदै यात्रा तथा कृषिजन्य गतिविधिमा सतर्कता अपनाउन अनुरोध गरेको छ
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, काठमाडौंको उच्चतम तापक्रम कति ?
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ । कोसी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज बदली हुने तर वर्षाको सम्भावना भने रहेको छैन् । काठमाडौंमा अपरान्ह ३ ४ बजेतिर सामान्य वर्षाको सम्भावना रहेको भएपनि गर्मि भने हट्ने छैन् । काठमाडौंमा आज उच्चतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ । विभागले राति कोसी, मधेस र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।