आजदेखि मुस्लिम धार्मिक प्रवचन कार्यक्रम सुरु
बाँके, असोज ९ । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको मुस्लिम धार्मिक प्रवचन कार्यक्रम आज बिहीबारदेखि सञ्चालन हुने भएको छ ।
विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवीयता र अशान्ति विरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी, केन्द्रीय सदस्य अब्दुल हबीब अत्तारीले कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमका संयोजक सैयद रिहान अत्तारीले बताए ।
भारत, बंगलादेश, पाकिस्तानका साथै ८ वटा देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए । मियाअनुसार ४ दिनसम्म चल्ने धार्मिक प्रवचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउँदै बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको बताए ।
हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रहरीको कडा चेकजाँच पश्चात मंगलबार नेपालगञ्ज आइपुगेको छन् । आज बिहिबार १ बजेदेखि धार्मिक प्रवचन सुरु हुँदै छ । उक्त धार्मिक प्रचवन इस्लामिक धार्मिक मदनी च्यानल पाकिस्तानबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित
काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ
काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।
प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै
काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।