जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्छ : गगन थापा

जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आमनागरिकले सहकारीमा जम्मा गरेको निक्षेपमा ठगीको धन्दा चलाउनेमाथि कारबाही हुनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा थापाले यस्तो बताएका हुन्।

‘आमनागरिकले सहकारीमा जम्मा गरेको निक्षेपमा ठगीको धन्दा चलाउनेमाथि कारबाही हुनुपर्छ’, उनले भने, ‘चाहे जग्गा मिच्ने होस्, हड्प्ने होस्, यताको होस् उताको होस् जुनसुकै दलको होस् कसैले पनि उन्मुक्ति पाउनु हुँदैन।’

सरकारी जग्गा हडप्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने उनले बताए।

‘राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति गलत गर्नेले होस् दण्डित हुनुपर्छ। हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ’, उनले भने, ‘सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ। जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन।’

थापाले नागरिकता बनाउँदा किर्ते गरेको छ भने पनि त्यसलाई कारबाही हुनुपर्ने बताएका छन्। थापाले कुनै कानुन मिचेमा आमनागरिकले जसरी दण्ड पाउँछन्, त्यसैगरी शक्तिशालीलाई पनि छाड्न नहुने बताएका छन्।

‘कानुन मिच्ने शक्तिशाली कारबाही भएमा मात्रै राज्य भएको कुराको प्रत्याभूति हुन्छ’, उनले भने, ‘लोक रिझ्याइँ र स्टन्टबाजीका लागि मात्रै नहोस् भन्ने नागरिकको आवाज हो। हामीले दलहरूले पनि दोहोरो भूमिका देखउनु हुँदैन। कानुन कार्यान्यवनमा सरकारले खुट्टा कमाउनु हुँदैन।’

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय