आयआर्जनका लागि ‘उज्यालो बजार’

आयआर्जनका लागि ‘उज्यालो बजार’

पोखरा, भदौ २२ । दान गरेर होइन दैनिक उपभोग्य सामग्री खरिद गरिदिएर सेवामा समर्पित हुन ग्राहकलाई आग्रह गर्दै दृष्टिविहीन र शारीरिक अपांगता भएका व्यक्तिले पोखरामा ‘उज्यालो बजार’ सञ्चालनमा ल्याएका छन् ।

दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशिलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ उज्यालो प्रतिष्ठान नेपालको सक्रियतामा पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनीमार्केटमा उनीहरूले बजार सञ्चालनमा ल्याएका हुन् ।

अपांगता भएका व्यक्तिलाई अवसर प्रदान गर्ने लक्ष्य राखी ३० वटा सटर भाडामा लिई रु तीन करोडको लागतमा सो बजार सञ्चालनमा ल्याइएको उज्यालो प्रतिष्ठान नेपालका अध्यक्ष पार्वती शर्माले बताउनुभयो । नेपाल सरकार युवा स्वरोजगार कार्यक्रममार्फत विभिन्न समयमा तालीम प्राप्त २१ दृष्टिविहीन र एकजना अपांगता भएका गरी कूल २१ जनाबाट नमूनाका रुपमा सञ्चालित उज्यालो बजारको दिगोपनका लागि उद्योग कृषि सहकारी संस्थाको सहयोग रहेको छ ।

बजार हातामा विशेषगरी होटल, किराना पसल, कस्मेटिक, फलफूल, तरकारी, डेरी, फ्रेस हाउस, फेन्सीजस्ता पसल रहेका छन् । उज्यालो बजार आवश्यकताअनुसार पोखरा बजारका विभिन्न स्थानमा विस्तार गरिने अध्यक्ष शर्माको भनाइ छ । श्रीमान्–श्रीमतीमध्ये एकजना दृष्टि भएका परिवारलाई व्यापार व्यवसायमा छनोट गरिएको छ । युवा स्वरोजगार कार्यक्रमको रु ५० लाख समयमा प्राप्त नहुँदा बजार सञ्चालन गर्न ढिलाइ भएको उहाँले बताउनुभयो ।

उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामग्री बिक्री वितरण गर्ने लक्ष्यअनुरुप सो बजारमा पोखरा लेखनाथ महानगरपालिका साथै छिमेकी गाउँमा उत्पादित ताजा तरकारी, फलफूललगायत शुद्ध भैँसीको दूध बिक्री भइरहेको छ । बजार एवं ग्रामीण क्षेत्रमा विभिन्न सामग्री बिक्री गर्ने, बजारका मुख्य चोक–चोकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका दुष्टिविहीनका लागि व्यवसायमा आबद्ध हुनु अवसर र चुनौती दुवै रहेको प्रतिष्ठानका प्रचारप्रसार संयोजक श्रीकान्त सापकोटा बताउनुहुन्छ ।

दृष्टिविहीन भएर पनि प्राध्यापन पेशामा संलग्न रहँदै आउनुभएका उहाँले भन्नुभयो, “एकजना व्यापारीसँग न्यूनतम रु २५ हजारका दरले आर्थिक संकलन गरिएको छ, कतिपयले त उक्त रकमसमेत जुटाउन सक्नुभएको छैन ।”

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उज्यालो प्रतिष्ठान नेपालको विभिन्न प्रकारका सदस्यतासमेत खुल्ला गरिएको बताउँदै संयोजक सापकोटाले व्यवसाय प्रवद्र्धनमा सहभागी भई सहयोग गरिदिनुहुन समाजसेवी, उद्योगपति, नागरिक समाज, विभिन्न सामाजिक सङ्घसंस्थालगायतलाई आग्रह गर्नुभयो । कास्कीमा एक हजार ४४५ दृष्टिविहीनमध्ये पहिलोपटक २१ जनाले व्यवसाय सञ्चालन गरेर आफ्नो जीविकोपार्जनलाई सहज बनाउनुभएको छ ।

“योग्यता, क्षमता र केही गर्ने आँट भएकाहरु पनि अवसरको खोजीमा छन्,” उज्यालो प्रतिष्ठानका उपाध्यक्ष एवं नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले भन्नुभयो । दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई व्यवसाय सञ्चालन गर्न तीन महिनाको करिब रु तीन लाख भाडा छुट दिएको सिद्धार्थ मिनीमार्केटका सञ्चालक राजेश पराजुलीले बताउनुभयो । प्रतिसटर भाडा मासिक रु तीन हजार ५०० कायम गरिएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय