इनार सुक्न थालेपछि पानीको हाहाकार

इनार सुक्न थालेपछि पानीको हाहाकार

बर्दिवास, चैत ३ । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ ।

खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि लाग्दो चैतमै खानेपानीको हाहाकार भएको छ ।

यसैसाता बर्दिवास नगरपालिकाको किसान नगरतर्फ मनहरीपुर बस्तीका ९० प्रतिशत इनार सुकिसकेका छन् । किसाननगरतर्फकै कृष्णपुर, प्रेमनगर र जुरेटोलका इनार पनि धमाधम सुकेपछि खानेपानीका लागि बयलगाडा जोतेर पानी लिन हिँड्नु परेको मनहरीपुरका गोपाल कार्कीले बताउनुभयो ।

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेको सम्झदै भर्खरै बर्दिवास नगरपालिकामा गाभिएको पशुपतिनगरका पूर्व अध्यक्षसमेत रहनुभएका नथुनी महतोले पाँच वर्षयता वैशाखमा सुक्ने गरेका इनार यसपाली लाग्दो चैतमै सुकेको बताउनुभयो ।

आफ्ना वरपरका इनार धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढाटाढा पुग्नुपरेको छ । ‘नगरपालिका र अन्य सरकारी निकायले वास्ता गर्दैनन्’ मनहरीपुरकी गृहिणी मुना खत्रीले भन्नुभयो–, “पोहोर सालमात्र करिब रु चारलाख ऋण लिएर खनाइएको इनार यसपाली चैत लाग्दै सुक्यो, अब के गर्ने होला रु” सरदर ५० फिट गहिराइका ९० प्रतिशत इनार सुकिसकेका र केही सुक्न बाँकी इनारको पानी पनि धमिलिइसकेको मनहरीपुरका सर्वसाधारणले बताएका छन् ।

बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभइ नुहाउनेसँगै बस्तुभाउलाई ख्वाउनसमेत निक्कै कठिन परेको भङ्गाहाका बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोवासको रामनगर गाउँमा ३० प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेका सो बस्तीका सामाजिक कार्यकत्र्ता हरिदेव साह बताउनुहुन्छ ।

इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका कारण बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगरका किसान भरतराज बरालले बताउनुभयो । खानेपानी र सिँचाइको समस्या बढेपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरी र भूमिगत नलकुप कार्यालयमा गुनासो गरेपनि केही वास्ता नगरिएको आम गुनासो छ ।

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ ।

waterजिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेसँगै जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने खानेपानीको स्रोत सुकेका बस्तीमा तत्कालै खानेपानीको समुचित विकल्पको प्रबन्धका लागि सर्वे सुरु गरिएको जनाएको छ ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय