उत्तर कोरियाप्रति अमेरिका नरम ! हाम्रो दुस्मन होइन: विदेश मन्त्री

उत्तर कोरियाप्रति अमेरिका नरम ! हाम्रो दुस्मन होइन: विदेश मन्त्री

काठमाडौं, साउन १८ । मिसाइल कार्यक्रमका विषयलाई लिएर रस्साकस्सी चलिरहेका बेला अमेरिकाले उत्तर कोरियामा सत्ता परिवर्तन गराउने आफ्नो उद्देश्य नरहेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाप्रति आफ्नो कुनै भेदभाव नरहेको स्पष्ट पारेका छन् । उनले उत्तर कोरिया आफ्नो दुस्मन नभएको भन्दै केही विषयमा भने कुराकानी गर्न चाहेको बताएका छन् ।

उत्तर कोरियासँग वार्ता गर्ने चाहना अमेरिकाको रहेको भन्दै विदेश मन्त्री टिलर्सनले उत्तर कोरियाबाट आफूहरुलाई कुनै खतरा नभएको बताए । उत्तर कोरियाले हालै अमेरिकासम्म मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेकै बेला अमेरिकाको नरम धारणा सार्वजनिक भएको हो ।

उत्तर कोरियाले पछिल्लो महिनामै दुई वटा मिसाइल परीक्षण गरिसकेको छ ।

लेबनानमा इजरायली आक्रमणः कम्तीमा ४९२ जनाको मृत्यु, सोह्र सय बढी घाइते

काठमाडौं । लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी तीव्र र व्यापक इजरायली हवाई आक्रमणमा कम्तिमा ४९२ जना मारिएका छन् । इजरायली सेनाले सशस्त्र समूहले निर्माण गरेको पूर्वाधार नष्ट गर्नको लागि चलाएको अपरेशनमा सयौं रेकट प्रहार गरेपछि हजारौं परिवारहरू आफ्नो घर छोडेर भागेका छन्। सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ। विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गर्दै आएका छन् किनकि दुबै पक्षहरू सर्वव्यापी युद्धको लागि नजिक पुगेको देखिन्छ। लेबनानको स्वास्थ्य मन्त्रालयले मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको जनाएको छ भने १ हजार ६ सय ४५  जना घाइते भएको बिबिसीसले जनाएको छ ।  स्वास्थ्य मन्त्री फिरास अबियादले हड्तालका कारण हजारौं परिवार विस्थापित भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बढ्दो स्थितिमा चिन्ता व्यक्त गर्दै लेबनान ‘अर्को गाजा’ बन्न नदिन आग्रह गर्नुभएको छ । 

श्रीलङ्काका राष्ट्रपतिले भने– नेता र राजनीतिक व्यवस्थाप्रतिको विश्वास फर्काउन सबै कदम चाल्ने छु

काठमाडौं ।  श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिनुभएको छ । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित हुनुभएको थियो । उहाँले नवौं राष्ट्रपतिका रुपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञान विषयमा डिग्री हासिल गर्नुभएको छ । उहाँ स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आबद्ध हुनुभएको थियो ।  शपथपछि देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति दिशानायकेले सत्ता हस्तान्तरणका क्रममा सराहनीय उदाहरण स्थापित गरेकोमा निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेप्रति अभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा लोकतान्त्रिक मूल्य मान्यता कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । श्रीलंकाका राजनेता र राजनीतिबारे व्यापक नकारात्मक धारणा रहेको भन्दै उहाँले नेता र राजनीतिक व्यवस्थाप्रति सम्मान र विश्वास फर्काउन आवश्यक सबै कदम चाल्ने बताउनुभयो । ‘हाम्रोसामु जुन गहिरो संकट छ, यो कुनै एउटा सरकार, पार्टी वा व्यक्तिले अन्त्य गर्न सक्दैन’– उहाँले भन्नुभयो– ‘मैलै पहिले पनि भनेको छु, म कुनै जादुगर होइन । म यो देशमा जन्मिएको एक आम मानिस हुँ ।’ संकट समाधानका लागि समूहिक प्रयासमा जोड दिंदै उहाँले भन्नुभयो– ‘मेरो प्राथमिकता सबै प्रतिभाको आत्मसाथ गर्ने, ज्ञान एकीकृत गर्ने र राज्य सञ्चालनमा राम्रो निर्णय गर्ने हुनेछ ।’

राष्ट्रपति निर्वाचनः श्रीलङ्कामा दोस्रो चरणको मतगणना सुरु

काठमाडौं । श्रीलंकामा शनिबार भएको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना  सुरू भएको छ ।  पहिलो चरणको मतगणनाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसानायके अग्रस्थानमा रहेका छन् । तर उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउन भने सकेनन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दिसानायकेले ४२.३१ प्रतिशत मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत ल्याएका छन् । दोस्रो कार्यकालको राष्ट्रपति बन्ने दौडमा रहेका राष्ट्रपति रनिल विक्रमासिंघेले १७.२७ प्रतिशत मत प्राप्त गरेको डेली मिररले जनाएको छ । निर्वाचन आयोगले अब मतदाताले दोस्रो र तेस्रो प्राथमिकताका राष्ट्रपति छानेको मत गणना गर्ने जनाएको छ । श्रीलंकाको राष्ट्रपति चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको हो । शनिबारको चुनावमा मतदाताले पहिलो, दोस्रो र तेस्रो प्राथमिकताका क्रममा तीन उम्मेदवारलाई मत दिन पाउने व्यवस्था गरिएको थियो । आयोगका अनुसार पहिलो र दोस्रो स्थानमा रहेका दिसानायके र प्रेमदासाबाट अन्य उम्मेदवार चुनावी दौडबाट बाहिरिएका छन् । त्यसरी बाहिरिएकालाई पहिलो उम्मेदवारका रूपमा चयन गरिएको मतको दोस्रो र तेस्रो मत दिसानायके वा प्रेमदासामध्ये कसलाई पर्‍यो भन्ने आधारमा राष्ट्रपतिको विजेता घोषित गरिनेछ । श्रीलंकामा इतिहासकै खराब आर्थिक संकटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका थिए । त्यसयता शनिबार पहिलो चुनाव भएको हो ।

श्रीलङ्का निर्वाचनले दिएको सन्देशः तेस्रो शक्ति पनि पहिलो हुनसक्छ

काडमाडौं । श्रीलङ्कामा बामपंथी उम्मेदवार अनुरा कुमारा दिसानायके विजयी हुने पक्का जस्तै भएको छ ।  गत राष्ट्रपतीय चुनावमा उनी तेस्रो भएका थिए । स्थानको आधारमा तेस्रो भएका उनको मत प्रतिशत पनि ज्यादै कम आएको थियो । उनले ३।१६ प्रतिशतमात्रै मत पाउन सफल भएका थिए । यस्तै श्रीलंकाको वर्तमान संसदका २२५ सदस्यमा अनुरा कुमाराको गठबन्धनको सीट तीनमात्रै छ । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार उनी राष्ट्रिय जनशक्ति एनपीपी नामको गठबन्धनको उनी नेतृत्व गर्छन् । एनपीपी गठबन्धनको महिला समूह, नागरिक समुह, राजनीतिक दल तथा ट्रेड युनियनहरू गरेर २१ घटक छन् । एनपीपीमा जोडिएको अनुरा कुमाराको दलको नाम जनमुक्ति मोर्चा जेभीपी हो । यो मोर्चामा अहिले महिला जेभीपी सशस्त्र युद्ध गरेको दल हो । तर, त्यो युद्धमा सर्वनाक पराजय भोगेर शान्तिपूर्ण राजनीतिमा आएको दल हो । जेभीपीले सन् १९७१ र सन् १९८७ मा शशस्त्र युद्ध गरेको थियो । युद्धमा ८० हजारको ज्यान गएको थियो र त्यसपछि दलले शान्तिपूर्ण राजनीतिक रोजेको फ्रान्स २४ ले उल्लेख गरेको छ । जेपीपीले सशस्त्र युद्ध गर्दा अनुरा कुमारा विश्वविद्यालयमा थिए । उनले सशस्त्र संघर्षमा भाग नलिएको बताउँछिन् श्रीलंकाकी पत्रकार नभोदया जयविक्रमा । उनी त्यो समयमा विद्यार्थी आन्दोलनमा भएको उनी बताउँछिन् ।  अनुरा कुमारा दिसानायके सन २०१४ फेब्रुअरी २ मा भएको जेभीपीको १७ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका थिए । उनले सन १९८७ सालबाट राजनीतिमा आएर सन १९९१ मा जेभीपी दलमा जोडिएका थिए । सन २००० बाट श्रीलंकाली सदनमा आएका उनी सन् २००४ मै कृषि, पशुपन्छी, भू तथा सिँचाइमन्त्री भएका थिए । उनलाई मन्त्री बनाउनमा तत्कालीन राष्ट्रपति कुमारातुङ्गाको गठबन्धनको योगदान भएको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् । स्कुले दिनदेखि जेभिपीको राजनीतिमा जोडिएका दिसानायके सन् २०१४ मा पार्टीनेता नियुक्त भएका थिए । नेतृत्व सम्हालेदेखि नै उनले पार्टीलाई विगतको हिंसात्मक विगतबाट बाहिर ल्याउन प्रयास गरे । पार्टीनेता चुनिएलगत्तै सन् २०१४ मेमा बिबिसीसँगको अन्तर्वार्तामा दिसानायकेले पार्टीको विगतका हिंसाका लागि माफी मागे, जुन औपचारिक पार्टीतर्फबाट भएको त्यस्तो पहिलो माफीको आग्रह थियो । उक्त माफीप्रति पार्टीनेता तथा वामपन्थी तप्काले विरोध गरेका थिए ।  श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएदेखि नै देशको नेतृत्व दुई प्रभावशाली राजनीतिक समूह युनाइटेड नेसनल पार्टी (युएनपी) र श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) वा तिनले नेतृत्व गरेका गठबन्धन वा उनीहरूबाट छुट्टिएर गएको गुटले गरेका छन् । दिसानायके राष्ट्रपति बन्न जनतामाझ कायम यी गठबन्धनको प्रभावलाई तोड्नु आवश्यक हुन्छ । पार्टीको अहिलेको सबैभन्दा ठुलो सबलता भ्रष्टाचार नियन्त्रण गर्ने वाचा बनेको छ । यस वाचामा युवाहरू आकर्षित भएका छन् । तथापि, भर्खरै आर्थिक संकट भोगेकाले मतदाताका लागि देशको अर्थतन्त्रको अवस्था सबैभन्दा मुख्य मुद्दा बनेको छ ।  

लोकप्रिय