ऋण नतिरेर स्कूलले कारबाही थालेपछि वार्डको उम्मेदवार

ऋण नतिरेर स्कूलले कारबाही थालेपछि वार्डको उम्मेदवार

गुल्मी, असार ७ । घाँस बेच्ने र चन्दा उठाएर चलेका विद्यालयमा बजेट ल्याएर विकास गर्नुको साटो उल्टै ऋण नतिरेपछि विद्यालयले कार्वाही गर्ने देखेर यहाँका एक व्यक्ति वडा अध्यक्षको उम्मेदवार बनेका छन् । धुर्कोट गाउँपालिका वार्ड नं. ६ का कृष्ण नेपाली वार्ड भित्र पर्ने विभीन्न विद्यालयले ऋण तिर्न ताकेता गरेपछि अध्यक्षको उम्मेदवार बनेका हुन् ।

गाउँपालिका भित्रका ईन्दिरा मावि, धुर मावि र छत्रेस्वरी माविबाट उनले ऋण लिएका थिए । प्रावि तहमामात्र सरकारी तलवभत्ता आउने ति विद्यालयमा गाउँका सार्वजनिक जग्गाको घाँस विक्री गरेर चल्दै आएका छन् । विद्यार्थी भर्ना शुल्क तथा अविभावकबाट स्वेच्छिक चन्दा लिएर चलेका ति विद्यालयहरुले संकलन गरेको पैसा ब्याजमा चलाउँदै आएका थिए । तर नेपालीले लिएको ऋण लामो समय भएपछि पनि नतिरेपछि उनलाई पटक पटक ऋण तिर्न ताकेता गरेका थिए।

छत्रेश्वर माध्यमिक विद्यालय काफलपानीबाट नेपालीले २०६७ सालमा चौमासिक ब्याज बुझाउने गरी डोजर किन्न भन्दै १ लाख रुपैँया ऋण लगे । त्यसको एक वर्षपछि ५० हजार त तिरे तर अझै ५० हजार रुपैँया उनले विद्यालयलाई बुझाउन बाँकि रहेको विद्यालयले जनाएको छ । २४ प्रतिशतका दरले विद्यालयमा चौमासिक रुपमा ब्याज बुझाउने भनेपनि अहिले त्यो रकम विद्यालयलाई नतिरेको विद्यालयमा आर्थिक समस्या आउन थालेको प्रध्यानाध्यापक महेन्द्र पन्थीले बताए ।

‘हामी यस्तै ऋणको ब्याज उठाएर विद्यालय धानिरहेका छौँ, तर लामो समयसम्म ब्याज नै नतिरेपछि त समस्या भईहाल्छ नि’ उनले भने । त्यो रकम नेपालीले अहिले नै विद्यालयलाई बुझाए पनि ६० हजार त ब्याज मात्रै हुन्छ र त्यसमा सावाँ जोड्दा १ लाख १० हजार पुग्छ । तर तिर्ने छाटँकाटँ नदेखिएको कारवाही प्रक्रिया अगाडी बढाएको विद्यालयको भनाई छ ।

नेपालीले धुर माध्यमिक विद्यालयबाट लगेको १ लाख २९ हजार रुपैयाँ पनि तिर्न बाँकी छ । २४ प्रतिशत ब्याजदरमा ऋण लगेका उनले १ बर्ष वितिसक्दा पनि बुझाएका छैनन् । हालसम्म उनको ब्याज मात्रै ३० हजार नौ सय साठी भएको विद्यालयले जनाएको छ । उनीबाट त्यो रकम उठाउनको लागि विद्यालयले लगातार पत्राचार गरेपनि अटेरी गरेको विद्यालयका प्रधानाध्यापक दिपक भण्डारीले बताए । ‘विद्यालयमा तलव खुवाउन समस्या छ, ऋण लगेका व्यक्तिले तिर्दैनन’ उनले भने ।

नेपालीले इन्दिरा माध्यमिक विद्यालयको ऋण पनि ७ वर्षदेखि नबुझाएर विद्यालयमा समस्या पारेका छन् । विक्रम सम्बंत २०६८ साल मंसिर २१ गते १ लाख ५० हजार ऋण लिएका उनले हालसम्म एकपटक पनि त्यसको ब्याज बुझाएका छैनन् । विद्यालयका अनुसार उनको ब्याज मात्रै २ लाख ६६ हजार २ सय ८९ रुपैँया हुन्छ ।

४ लाख १६ हजार बढी रकम भईसकेकोले बुझाउनका लागि पटक पटक ताकेता गर्दा पनि नआएका नेपाली अहिले चुनावमा हिँडेपछि झन समस्या भएको विद्यालयले जनाएको छ । ‘हामीले पटक पटक ऋण असुलिको लागि पत्रचार गर्यौँ तर पैसा आएन’ विद्यालय व्यवस्थापन समितिका एक सदस्यले भने ‘सात बर्षदेखि गाउँको विद्यालय बनाउनुको साटो ऋण तिर्न अटेरी गरेपछि कसरी स्कूल चल्छ ?’

समयमै ऋण नबुझाएमा कारवाही गर्ने सम्बन्धित विद्यालयहरुले पत्राचार गरेपछि वार्ड अध्यक्षका उम्मेदवार बनेका उनी अव वडामा आफूले सबै मिलाउने भन्दै हिँडेका छन् ।

‘अब विद्यालय चलाउने भनेको वडाले हो, सबै मैले मिलाउँछु भन्छन’ ऋण माग्ने विद्यालयलाई उनले दिने गरेको जवाफ उधृत गर्दै एक प्रधानाध्यापकले भने ‘यहाँ शिक्षकलाई तलव खुवाउन समस्या भैसक्यो, उनले कहिले मिलाउने हुन ?’

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

लोकप्रिय