एक्सरे गेट नहुँदा सुन तस्करलाई सहज

एक्सरे गेट नहुँदा सुन तस्करलाई सहज
काठमाडौ, भदौ २१ । रसुवागढीबाट सजिलै काठमाडौं उपत्यकामा ८८ केजी सुन ल्याइएको घटनाले सुरक्षा निकायका संयन्त्रमाथि गम्भीर प्रश्न खडा भएको छ । यस घटनाले तस्करी नियन्त्रण गर्ने निकायको संयन्त्र पूर्ण रूपमा निकम्मा रहेको आरोप लागेको छ । प्रहरीका दर्जन चेकपोस्ट पार गर्दै रसुवाबाट राजधानीसम्म र काठमाडौंबाट भारतसम्म दैनिक ठूलो परिमाणमा सुन तस्करी भइरहेको छ ।

रसुवागढी नाका हुँदै सोमबार सजिलै ८८ केजी सुन राजधानी भित्रिएको घटनाबाट तीनैवटा सुरक्षा निकायका संयन्त्रले काम नगरेको देखाउँछ । रसुवागढी नाकादेखि बालाजुसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको एक दर्जनभन्दा धेरै चेकपोस्ट छन् । चिनियाँ नागरिक जिया क्विङले सजिलै पटक–पटक रसुवागढी नाकाबाट काठमाडौंमा सुन ल्याएर भारतसम्म पुर्‍याउँदै आएका थिए । प्रहरीले सोमबार बिहान क्षेत्रपाटीबाट उनका चालक मनोज अधिकारीलाई ८८ केजी सुनसहित पक्राउ गरेपछि काठमाडौंदेखि रसुवासम्मको पासाङल्हामु राजमार्गमा रहेको तीन सुरक्षा निकायको संयन्त्र असफल भएको देखाएको छ ।

प्रहरीसँग स्रोत–साधनको कमी हुँदा तस्कर बलिया
सुरक्षा चेकजाँचमा प्रविधिको प्रयोग नगर्दा तस्करहरूले फाइदा उठाउँदै आएका छन् । मुख्य नाकामा एक्सरे भेहिकल गेट राखेमा धेरै हदसम्म सुन तस्करी नियन्त्रण हुने प्रहरी अधिकारीहरू बताउँछन् । ‘प्रहरीले आँखाले हेरेर मात्र सुन पत्ता लगाउन सक्दैन, हामीलाई स्रोत–साधनको अभाव छ,’ महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द भन्छन्, ‘तस्करहरू बलियो हुँदै गएका छन्, हामी सुराकीमै भर पर्नुपरेको छ ।’

धेरै देशले अवैध सामानको चोरी तस्करी रोक्न ‘एक्सरे भेहिकल गेट’ प्रयोग गर्दछन् । सो गेटबाट गाडी पास हुनेबित्तिकै त्यसमा रहेका अवैध सामान पत्ता लाग्छन् । लागुऔषध, हतियार, विस्फोटक पदार्थ, सुनलगायत अवैध सामानमा लुकाएको भए तत्काल गेटले सूचना दिन्छ । यस्तो गेट जडानका लागि विगतमा विभिन्न छानबिन आयोगले सरकारलाई सिफारिस गरेको थियो । जमिम शाह हत्या प्रकरणमा गठन भएको छानबिन समितिले समेत यस्तो गेट राख्न सुझाब दिएको थियो ।

सरकारले आर्थिक वर्ष ०७३-७४ को बजेट भाषणमा ‘एक्सरे भेहिकल गेट’ राख्ने जनाएको थियो । तर, त्यसका लागि अझै कुनै पहल भएको छैन । सुरक्षा संयन्त्रलाई स्रोत–साधनमा बेवास्ता गरेकै कारण देशमा तस्करी भयावह हुँदै गएको छ । सुन मात्र होइन, नेपालको सुरक्षा निकायको कमजोर संयन्त्र रहेको आ“कलन गरेर लागुऔषध र वन्यजन्तुका अंगको कारोबारमा पनि नेपाल अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ बन्दै गएको छ ।

तस्करीमा संलग्न थप तीन पक्राउ
८८ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार थप तीन व्यक्तिलाई पक्राउ गरेको छ । रसुवाबाट दाम्पा तामाङ र दिलीप खड्का पक्राउ परेका हुन् । त्यस्तै, महानगरीय अपराध महाशाखाले शेर्पा थरका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनी फरार रहेका चिनियाँ नागरिक जिया क्विङका साथी हुन् । क्विङको ठमेलमा दुईवटा होटेल छ । रसुवामा पक्राउ परेका दुवै गाडीचालक हुन् । उनीहरूलाई पक्राउ गरी काठमाडौं पठाइएको रसुवाका डिएसपी शरद थापाले बताए ।

लामो समयदेखि नेपालमा बिजनेस भिसामा बस्दै आएका चिनियाँ नागरिक भने परिवारसहित नै फरार भएका छन् । तस्करीको व्यवस्थापन उनले गरे पनि सो सुनमा धेरै व्यक्तिको लगानी रहेको स्रोत बताउँछ । काठमाडौंका केही सुनपसलेदेखि भारतीय व्यापारीहरूको समेत संलग्नता रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।

कमिसनबारे प्रहरीभित्र विवाद
बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदकमा थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको हो । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदकमा राखेपछि विवाद भएको स्रोत बताउँछ । पछि एसएसपी दिवेश लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् । -नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय