एनआईसी बैंकको प्रशंसा गरेका नबिलका सिईओ शाहले भने, ‘कारबाही भोग्न तयार छु’

एनआईसी बैंकको प्रशंसा गरेका नबिलका सिईओ शाहले भने, ‘कारबाही भोग्न तयार छु’

काठमाडौं, बैशाख ४ । नबिल बैंक लिमिटेडका सिईओ अनिल केशरी शाहले नबिल बैंकले ल्याएको ‘नारी निक्षेप र कर्जा अफर’ कार्यक्रममा आफ्नो प्रतिस्पर्धी बैंक एनआइसी एसिया रहेको बताएका थिए ।

त्यतिमा नै उनले आफ्नो कुरा सिमित राखेनन् । एनआईसी एसिया बैंकको प्रशंसा गर्दै उनले पछिल्लो समय त्यो बैंकले ठूलो फड्को मारेको बताएका थिए । उनले भनेका थिए ‘नढाँटी भन्दा अबको हाम्रो मुख्य प्रतिस्पर्धा नै एनआईसी एशिया बैंकसँग हो । एनआईसी एशियाले मैले समेत नसोचेको कुरा गरेर देखाइदियो । उसको प्रगति अनुकरणीय र प्रशंसनीय छ ।’

अनिलको भनाई एनआईसी एसिया बैंकले पछिल्लो समय आफ्नो शाखा विस्तार गरी खुद्रा व्यापार र साना तथा मझौला व्यवसायी उन्मुख भएको र यो ठूलो उपलब्धि रहेको भन्ने थियो। उनले भनेका थिए, ‘नेपालमा यो क्षेत्र ठूलो छ र एनआईसीले यसमा हात अघि बढाएकोले यो काम अनुकरणीर छ।’

यति कुरा गरेका अनिल केशरी शाह विवादमा तानिए। एक बैंकको सिईओ रहेर अर्को बैंकको प्रशंसा गर्ने भन्ने विषयले चर्चा समेत पायो । पछिल्लो समय उनलाई सञ्चालक समितिले स्पष्टिकरण समेत लिएको छ । सञ्चालक समितिका सदस्यहरुले समितिको बैठकमा उनलाई बोलाएरै एनआईसी एसियाको बारेमा बोलेका कुराहरुको बारेमा सोधेका थिए ।

सञ्चालक समितिका एक सदस्यका अनुसार शाहले बैंकलाई नै धक्का पुग्ने गरी नकारात्मक कुरा बोलेको भन्दै समितिको बैठकमा आलोचना भएको थियो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रहेको व्यक्तिको जिम्मेवारी के हुने, के नहुने भन्ने कुरा पनि उनलाई सोधिएको थियो ।

सञ्चालक समिति सदस्यहरुको कुरामा कुनै प्रतिक्रिया नजनाई सबैको कुरा सुनेरै लामो समयसम्म शाह मौन बसेका थिए । बरु सदस्यहरुले बोल्न छोडेपछि उनले राम्रो तरिकाले आफ्नो कुरा प्रष्ट्याए । उनले उक्त बैठकमा भनेका थिए, ‘आफूलाई विवादमा नै पार्ने अभिप्रायले त्यस्तो अभिव्यक्ति दिएको होइन । पछिल्लो समयको राइजिङ बैंक एनआईसी रहेको आशयले त्यो कुरा बताएको हुँ । एनआईसी बैंक पनि आफ्नो प्रतिष्पर्धी हुन सक्छ, भनेको हुँ ।’

यति कुरा गरेपछि उक्त बैठकमा सञ्चालकहरुको तर्फबाट मिडियामा बोल्दा विचार गरेर बोल्नुपर्ने भन्दै अरु बैंकहरुले यसको फाइदा लिन सक्ने भन्दै उनलाई सचेत गराइएको थियो । बैंकको कार्यकारी अधिकृत भएपछि हरेक शब्दमा ध्यान दिनुपर्ने सञ्चालकहरुको भनाई थियो ।

उक्त प्रशंगमा शाह अलि चर्किएका थिए । शाहले भनेका थिए, ‘आफूले कुनै अप्ठ्यारो पार्ने हिसावले अभिव्यक्ति नदिएकाले यसमा कारबाही नै हुन्छ भने पनि भोग्न तयार छु ।’ यति भनेपछि सबै जना मुखामुख गरेर मिटिङ सकिएको ति सञ्चालकले बताए। तर शाहलाई कारबाही भने भएको छैन ।

कस्तो छ नबिल र एनआईसी एशियाको सुचांक ?

पछिल्लो समय आक्रामक रुपमा अगाडि बढेको एनआईसी एशियाले देशभर दुई सय ८१ वटा शाखा स्थापना गरिसकेको छ, जसबाट अग्रणी बाणिज्य बैंकहरूमाथि पनि दबाब परेको छ । नबिल बैंकका अहिलेसम्म देशभर ७५ वटामात्रै शाखा रहेका छन् ।

चुक्ता पुँजी पनि दुबै बैंकको ८ अर्ब हाराहारीमा रहेको छ। त्यस्तै पछिल्लो समय एनआईसी एशियाले आफ्नो फण्ड बिक्री गरेर केही रकम बढाएको छ । मुनाफाको कुरा गर्ने हो भने चालू आर्थिक वर्षको हालसम्म नबिल बैंकले २ अर्ब ४ करोड पुर्याएको छ भने एनआईसी एसियाले १ अर्ब ५० करोड बनाएको छ।

व्यापक रुपमा शाखा सञ्जाल विस्तार गरी सर्वसाधारणको निक्षेप संकलमा ध्यान दिएको एनआईसी एसियाको चालू वर्षको हालसम्मको निक्षेप १ खर्ब ७० अर्ब रहेको छ। जबकी नबिल बैंकको निक्षेप १ खर्ब ५६ अर्ब मात्रै पुगेको छ। कर्जा लगानीमा पनि एनआईसी नै केही अगाडि देखिएको छ। चालू वर्षको हालसम्म एनआईसीको कर्जा लगानी हालसम्म १ खर्ब ५० अर्बको हाराहारी रहेको छ भने नबिलले १ खर्ब ३० अर्ब मात्रै कर्जा प्रवाह गरेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय