एम्बुलेन्स निर्देशिका लागू हुँदै

एम्बुलेन्स निर्देशिका लागू हुँदै

काठमाडौँ, फागुन २५ । स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ। मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ।

नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कति एम्बुलेन्स सञ्चालनमा छन् यकिन तथ्याङ्क नभएकाले निर्देशिका ल्याई चालु आर्थिक वर्षमा अहिले सञ्चालन रहेका सबै एम्बुलेन्स दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

“मन्त्रालयले सरकारी, अर्धसरकारी, गैरसरकारी सङ्घसङ्गठन एवम् निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवामा गुणस्तर वृद्धि गरी एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७३ ल्याइएको हो”, स्वास्थ्यमन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले भने।

निर्देशिकामा एम्बुलेन्सको पहिचान हुनेगरी आवाज र नीलो रङको सङ्केत बत्ती जडान गरिएको हुनुपर्ने, एम्बुलेन्समा फोर ह्विल ड्राइभ, सस्पेन्सन, को–चेन सिस्टम हुनुपर्ने, शब्द र सम्पर्क फोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

‘एम्बुलेन्सलाइ ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गमा छुट्याइएको छ । एम्बुलेन्सले कुन वर्गको हो स्पष्ट उल्लेख गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ । एम्बुलेन्स एकहजार सिसीभन्दा बढी क्षमताको हुनुपर्ने र चालकको पछाडि कुनै सिट राख्न नपाइने तथा मापदण्ड विपरीत निर्देशिका उल्लङ्घन गरी चलाइएको पाइएमा जफत गरिने निर्देशिकामा उल्लेख छ ।

त्यसैगरी, सरकारबाट राजस्व छुट सुविधामा प्राप्त एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रष्ट देखिने गरी लेखेको हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । निर्देशिकाले एम्बुलेन्सको चिह्न, चालकको योग्यता, पालन गर्नुपर्ने आचारसंहिता र एम्बुलेन्सको प्रकार पनि छुट्याएको छ । निर्देशिकामा एम्बुलेन्समा रातो, हरियो र पहेँलो रङको सम्मिश्रण हुनुपर्ने छ ।

‘क’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो रङ हुनुपर्छ भनिएको छ । त्यसबाहेक दायाँ–बायाँ भाग हरियो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ ।

‘ख’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो रङ हुनेछ । त्यसबाहेक देखिने भाग हरियो र रातो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ ।

‘ग’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग हरियो हुनेछ । त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ ।

एम्बुलेन्सको अगाडि–पछाडि टाढैबाट देखिने गरी ठूलाठूला अक्षरमा एम्बुलेन्स लेख्नुपर्ने छ । एम्बुलेन्समा साइरन, इमर्जेन्सी बत्ती, स्ट्रेचरका साथै वर्गअनुसार आवश्यक औजार राखेको हुनुपर्ने छ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य प्रायोजनमा प्रयोग गर्न पाइने छैन ।

एम्बुलेन्स नेपाल सरकारको सवारी प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्नेछ । एम्बलुेन्स नीलो रङको कम्तीमा ३० से।मी। लम्बाइको ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न हनुपर्ने र यस्तो चिह्न दायाँ–बायाँ र पछाडि तीनतर्फ हुनुपर्ने, यसबाहेक सम्बन्धित संस्थाको चिह्न राख्न सकिने पनि उल्लेख छ ।

अन्य वाहनमा ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न राख्न नपाइने निर्देशिकामा उल्लेख छ । हाल सेवा दिइरहेका वाहनको हकमा भने निर्देशिका जारी भएको आर्थिक वर्षभित्र सेवा अनुमति लिनुपर्ने छ । यसरी अनुमति लिएको एम्बुलेन्सले सेवाग्राही बिरामीको अभिलेख राखी प्रत्येक चौमासिक सकिएको ३० दिनभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत चौमासिक प्रतिवेदन पेस गर्नुपर्ने छ ।

त्यसैगरी चालक प्रमाणपत्र तह पास भएको, पाँच वर्षको सवारी चालकको अनुभव प्राप्त गरेको, २५ वर्ष पूरा भएको र प्राथमिक उपचार तालिम प्राप्त गरेको हुनुपर्ने पनि निर्देशिकाले व्यवस्था गरेको छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय