कसरी घट्यो एनआईसी एशियाको खुद नाफा ?

कसरी घट्यो एनआईसी एशियाको खुद नाफा ?

वाणिज्य बैंकहरुमध्ये कर्जा लगानी र शाखा विस्तारमा हौसिएको एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन भने उल्लासमय आउन सकेन । आम्दानी अनुसारको नै खर्च बढेपछि बैंकको नाफा गत आर्थिक गत बर्षको भन्दा घट्न पुगेको हो ।

बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १४ करोड ९६ लाख अर्थात २०.७३ प्रतिशतले घटेर ५७ करोड १७ लाखमा खुम्चिएको छ ।

बैंकको कर्जा विस्तार ५२ प्रतिशत र निक्षेप संकलन ५१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले एक खर्ब २० अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब दुई अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले पाँच अर्ब ५५ करोड व्याज आम्दानी गर्दा निक्षेप अभावले चर्को व्याजदर तिर्नुपर्दा चार अर्ब रुपैयाँ त व्याज खर्च गरेको छ । यसबाट बैंकले खुद व्याज आम्दानी ३८ करोडले बढाएर एक अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । यस अवधिमा बैंकको निक्षेप लागत ३.११ प्रतिशत बढेर ७.६० प्रतिशतमा पुगेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.२६ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा बैंकले ३६ करोड आठ लाख कर्जा नोक्सानी व्यवस्था गर्दा १० करोड २६ लाख रुपैयाँ नोक्सानीबाट फिर्ता गरेको छ । बैंकको अन्य सञ्चालन खर्च १९ करोड र कर्मचारी खर्च १० करोड रुपैयाँले बढेको छ ।

यस अवधिमा बैंकको कर्जा निक्षेप ७८.१९ प्रतिशत र पूँजी कोष अनुपात १३.८२ प्रतिशत रहेकाले आगामी दिनमा बैंकलाई पूँजी कोषमा थप सुधार जरुरी देखिन्छ । बैंकको आम्दानी फराकिलो भएपनि खर्च कटौतीमा ध्यान दिन नसकेर नै नाफा बढ्न नसकेकाले खर्च बढेकाले यसमा नियन्त्रण गर्दा नाफा बढ्न सहयोग पुग्ने देखिन्छ ।

१५ प्रतिशत हकप्रद र २० प्रतिशत बोसबाट आठ अर्ब तीन करोड चुक्ता पूँजी रहेका एनआईसीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७ पैसा, तरलता अनुपात २०.३५ प्रतिशत रहेको छ ।

मेरोलगानीबाट साभार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय