कांग्रेसको पुन: नेतृत्व हत्याउन जुर्मुराउँदै कोइराला परिवार, देउवा कसरी हावी भए ?

कांग्रेसको पुन: नेतृत्व हत्याउन जुर्मुराउँदै कोइराला परिवार, देउवा कसरी हावी भए ?

कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे । बिपीले २५ वर्ष, मातृकाले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे । कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो । कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यबाहकसहित १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराई नेतृत्वको कांग्रेस पनि कोइरालाको पकडभन्दा बाहिर गएन ।

१३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाले जितेपछि भने कांग्रेस कोइराला परिवारको पकडभन्दा बाहिर पुगेको छ । पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै वर्चस्व छ ।

कोइराला परिवारबाट अब कसको नेतृत्व ?
गत ४ साउनमा छलफलपछि सामूहिक तस्बिर सार्वजनिक गरेर एकताको सन्देश दिएका कोइराला परिवारका तीन नेताले आगामी महाधिवेशनमा एक भएर अघि बढ्ने समझदारी बनाएका छन् । बिपीपुत्र शशांक महामन्त्री छन् । केशव–नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता केन्द्रीय सदस्य छन् । लामो समय डाक्टरी पेसा गरेर राजनीतिमा आएका शशांकलाई बिपीपुत्र हुनुको फाइदा छ । तर, शेखर राजनीतिक रूपमा दुई कोइरालाभन्दा अगाडि छन् ।

कार्यकर्तासँगको भेटघाट र देश दौडाहामा शेखर सबैभन्दा अगाडि छन् । सुजातालाई पनि गिरिजापुत्री हुनुको फाइदा छ । तीन नेताबीचको सहमतिअनुसार एकजना अघि बढ्नेमा उनीहरू सहमत छन् । तर, अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्नेमा प्रस्ट भइसकेका छैनन् । ‘उहाँहरूलाई पार्टीको चिन्ता छ । एकढिक्का हुँदै जानका लागि भेटघाट गर्ने र खाना खाएर एकताको सन्देश दिनुभएको हो,’ कोइरालानिकट स्रोत भन्छ, ‘उहाँहरूबीचको छलफलमा नेतृत्वमा विवाद नगरी १४औँ महाधिवेशनससम्म मिलेर जाने समझदारी भएको छ ।’ भेटमा शशांकले जसले नेतृत्व गरे पनि आपत्ति नहुने बताएका थिए । राजनीतिक रूपमा बढी समझ शेखरसँग रहेको भन्दै नेतृत्वको विषयमा मिलाउन सकिने उनले बताएका थिए । सुजाताले पनि आफ्नो स्वास्थ्यका कारण नेतृत्वमा दाबी नरहने संकेत दिएकी थिइन् ।

रामचन्द्र पौडेलले देउवासँग अब ‘फाइट’ गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूमध्येबाटै एकलाई नेतृत्वमा अघि सार्ने निष्कर्षमा कोइरालात्रय पुगेका हुन् । बिपीका जेठा छोरा प्रकाश कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् । श्रीहर्ष त राजनीतिमै आएका छैनन् ।

कांग्रेस सभापतिहरू
पहिलो : १२–१३ माघ, २००३ (कलकत्ता) – टंकप्रसाद आचार्य, कार्यकारी सभापति बीपी कोइराला,

दोस्रो : माघ २००४ (बनारस) – बिपी कोइराला

तेस्रो : फागुन २००५ (दरभंगा, बिहार) – मातृकाप्रसाद कोइराला

चौथो : चैत २००६ (कलकत्ता) – मातृका कोइराला

पाँचौँ : माघ २००९ (जनकपुर) बिपी कोइराला

छैठौं : २०१२ (वीरगन्ज) – सुवर्णशमशेर जेठ २०१४ (विशेष राष्ट्रिय महाधिवेशन) – बीपी कोइराला

सातौं : वैशाख २०१६ – बीपी कोइराला २०३४ (पटना) बिपीले स्वास्थ्यको कारण देखाई कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाए । बिपीको निधनपछि २०३९ कार्यावाहक सभापति

आठौं : फागुन २०४९ (झापा) – कृष्णप्रसाद भट्टराई

नवौं : वैशाख २०५३ (काठमाडौं) गिरिजाप्रसाद कोइराला

१० औं : माघ २०५७ : गिरिजाप्रसाद कोइराला,

११ औँ : भदौ, २०६२ (काठमाडौं)– गिरिजाप्रसाद कोइराला

१२ औँ : असोज, २०६७ (काठमाडौं) सुशील कोइराला

१३ औँ : २५, फागुन २०७३ः शेरबहादुर देउवा (हालसम्म)

कांग्रेस कमजोर हुँदै गयो
डा. शशांक कोइराला, महामन्त्री
संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो । तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ । हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न । हामीले राम्रा काम पनि गरेका छौँ । तर, राम्रा काम जनतामा लान सकेनौँ । केही नराम्रा काम गर्‍यौँ । यसको नजिता निर्वाचनमा भोग्यौँ । डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन । प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ । यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ । यसमा सबैको साथ चाहिन्छ ।

७१ वर्षे कांग्रेसमा कोइराला परिवारको नेतृत्व ४९ वर्ष 
कृष्णप्रसाद भट्टराईले १९, सुवर्णशमशेरले २ वर्ष र शेरबहादुर देउवाले डेढ वर्ष नेतृत्व गरे

००३ सालमा कांग्रेस स्थापना भएपछि बिपीले पाँचपटक गरेर २५ वर्ष पार्टीको नेतृत्व गरे । मातृकाप्रसाद कोइरालाले चार वर्ष, गिरिजाप्रसाद कोइरालाले १४ वर्ष, सुशील कोइरालाले दुईपटक गरेर ६ वर्ष (कार्यबाहकसहित) कांग्रेस सम्हाले ।

भट्टराईको नेतृत्व १९ वर्ष
०३४ मा स्वास्थ्यको कारण देखाउँदै बिपीले राजीनामा दिएपछि कृष्णप्रसाद भट्टराई कांग्रेसको कार्यबाहक सभापति भए । ०३९ मा बिपीको निधनपछि भट्टराई पुनः कार्यबाहक सभापति भए । ०४९ मा भएको आठौँ महाधिवेशनपछि भट्टराई ०५३ सालसम्म सभापति भए ।

सुवर्णशमशेर दुई वर्ष
०१२ मा वीरगन्जमा छैटौँ महाधिवेशन भएपछि सुवर्णशमशेर दुई वर्ष कांग्रेसको सभापति भए । तर, ०१४ मा विशेष राष्ट्रिय सम्मेलनबाट बिपी नै कांग्रेसमा उदाए । ०५३ मा कृष्णप्रसाद भट्टराईपछि पनि १४ वर्ष कोइराला परिवारले नै कांग्रेसको नेतृत्व गर्यो । ०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व सम्हालिरहेका छन् ।

जुर्मुराउँदै कोइरालाहरू
देउवाले कांग्रेसको कमान्ड सम्हालेको डेढ वर्ष भएको छ । छोटो अवधिमै कोइराला परिवारका शशांक, शेखर र सुजाता देउवाप्रति असन्तुष्ट बनेका छन् । सामान्य अवस्थामा एक–अर्काकोमा सँगै नजाने, नबस्ने र खानासमेत नखाने गरेका उनीहरूले ४ साउनमा संयुक्त बैठक गरे । महामन्त्री शशांकको टोखास्थित घरमा बिहानको खानासहितको छलफलपछि उनीहरूले सामूहिक तस्बिर सामाजिक सञ्जालबाट बाहिर ल्याए । छलफल देउवाको डेढवर्षे नेतृत्वबारे समीक्षा र १४औँ महाधिवेशनमा कसरी जाने भन्ने पारिवारिक सल्लाहमा केन्द्रित थियो । आगामी महाधिवेशनको नेतृत्वसम्मको खुला कुराकानी नभए पनि कोइराला परिवारले आफूहरू एकजुट भएको स्पष्ट सन्देश भने दिएको थियो ।

‘संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो । तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ । हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न,’ डा. शशांकले नयाँ पत्रिकासँग भने, ‘हामीले राम्रा काम पनि गरेका छौँ । तर, राम्रा काम जनतामा लान सकेनौँ । केही नराम्रा काम ग¥यौँ । यसको नजिता निर्वाचनमा भोग्यौँ । डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन । प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ । यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ । यसमा सबैको साथ चाहिन्छ ।’

देउवाको पार्टी सञ्चालनप्रति महामन्त्री शशांक र सुजाताले खुलेर विरोध गरेका छैनन् । तर, शेखरले विधि, प्रक्रिया र पद्धतिको विषय उठाउँदै आएका छन् । काम गर्ने शैली र कुनै पनि विषयलाई अड्काएर राख्न हुँदैन भन्ने विषयमा सभापति देउवा र महामन्त्री शशांकको बुझाइ उस्तैउस्तै रहेको पाइन्छ । तर, पार्टीमा पकड जमाउने विषयमा भने यी दुईबीच आ–आफ्नै प्रतिस्पर्धा छ ।

फेरि संयुक्त भेटघाट 
यसअघि विकसित घटनाक्रममा कोइराला परिवारका तीन नेताले संयुक्त रूपमा चासो राख्ने गरेका थिएनन् । तर, शुक्रबार शशांकको महाराजगन्जस्थित निवासमा पत्रकार महासंघको नवनिर्वाचित टोलीलाई सम्मान गर्ने कार्यक्रममा तीनैजना उपस्थित भए । पत्रकारलाई सम्मानको साथै केही राजनीतिक विषयमा कुराकानी गर्ने तयारीमा कोइरालाहरू थिए । तर, अर्को पक्षका नेता–कार्यकर्ताको बाक्लो भिड बढेपछि उनीहरूले राजनीतिक विषयमा कुराकानी गरेनन् ।

‘यसअघिजस्तै अहिले पनि एक रहेको र पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा बोल्ने तयारी उहाँहरूको थियो,’ कोइरालानिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘तर, अर्को पक्षका नेता–कार्यकर्ताको समेत बाक्लो उपस्थिति भएपछि उहाँहरूले राजनीतिक कुरा बाहिर ल्याउनुभएन ।’ पत्रकार सम्मानको कार्यक्रमअघि १५ मिनेटजति सामूहिक कुराकानी गरेका उनीहरूले मिडियासँग राजनीतिक कुराकानी गरेनन् । महामन्त्री शशांकले ‘लोकतन्त्रलाई संस्थागत गर्न प्रेसको भूमिका महŒवपूर्ण हुन्छ’ भनेर भाषण सकाए । तर, शेखर र सुजाताले केही बोलेनन् । तीन कोइरालाले पत्रकार भेटघाट गर्ने कार्यक्रम राखेको जानकारी पाएपछि देउवा पक्षका नेता डा. प्रकाशशरण महत शशांकका स्वकीय सचिव भरत तिवारीलाई फोन गर्दै कार्यक्रमस्थल पुगेका थिए ।

निरन्तर छलफल गर्ने 
शुक्रबार आफ्ना कुरा बाहिर ल्याउन नपाएका यी तीन नेता एक हप्ताभित्रै पुनः छलफल गर्ने तयारीमा छन् । ‘उहाँहरूले शुक्रबार केही बोल्नुभएन । तर, एक हप्ताभित्रै फेरि छलफल गर्ने तयारी गर्नुभएको छ,’ शशांकका स्वकीय सचिव तिवारीले नयाँ पत्रिकासँग भने ।

मुख्यगरी प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा भारत जाँदा आठौँ वरीयतामा रहेका विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएकोप्रति पौडेल पक्ष र कोइरालाहरू असन्तुष्ट छन् । विधानतः उपसभापतिलाई कार्यबाहक सभापति बनाउनुपर्ने हुन्छ । तर, उपसभापति नहुँदा भएका पदाधिकारीलाई पनि बेवास्ता गरेको र छलफल पनि नगरेको असन्तुष्ट पक्षको तर्क छ । पार्टीमा राम्रो पकड भएका कारण निधिलाई उपसभापति मनोनीत गर्नबाट रोक्न सक्ने सामथ्र्य कोइराला परिवारमा पनि छैन । तर, आफ्नो पक्षको मत संरक्षण गर्दै एक भएर जाने र १४औँ महाधिवेशनसम्म तीनमध्ये एकले पार्टी नेतृत्वमा दाबेदारी दिने रणनीतिमा कोइरालाहरू लागेको निकट स्रोतहरू बताउँछन् ।

हामी यसकारण जुट्दै छौँ
डा. शेखर कोइराला
कांग्रेस नेता
कांग्रेस कोइरालाहरूको मात्र पार्टी होइन । जनताले सहादत गरेको पार्टी हो । कांग्रेस कमजोर हुँदा नेपाल नै कमजोर नै हुन्छ । यो कुरा बुझ्नुपर्छ । कांग्रेसमा शेखर बलियो भएर मात्र हुँदैन, शशांक र सुजाता बलियो भएर मात्रै पनि पार्टी र देशलाई फाइदा पुग्दैन । पार्टी बलियो भयो भने सबैलाई फाइदा हुने हो । देशमा कांग्रेस मात्र प्रजातान्त्रिक शक्ति छ । हामी तीनजना भेट्न थालेको, छलफल गर्न थालेको देशको चिन्ताले हो । तर, शेखर, शशांक र सुजाताले मात्रै केही गर्न सक्ने होइन । नयाँ पत्रिकाबाट 

श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

त्रिविमा २०५८ पछिका परीक्षार्थीले एकपटक जाँच दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । त्यसैगरी सेमेष्टर प्रणाली अन्तरगत ०६९ देखि समयसीमा कटेका परीक्षाथीहरुले पनि मौका परीक्षा दिन पाउने सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको त्रिभुवन विश्व विद्यालय शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । बैठकपछि जारी सूचनामा भनिएको छ,‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’ त्यसैगरी त्रिविले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको छ । हेर्नुहोस् सूचना 

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘काग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’ कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुन कुन विषयमा फेर्नुपर्ने हो, त्यसको निर्क्योल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन् । कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन ।’ संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उहाँले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको,  बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो । उहाँले यो संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताउनुभयो । अहिलेको भन्दा अन्तरिम संविधान बढी प्रगतिशील रहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘किनकि अन्तरिम संविधान माओवादीको रापतापमा बनेको थियो । माओवादीलाई कमजोर नबनाई संविधान बनाउँदा अन्तरिम संविधानभन्दा प्रगतिशील बन्ने डरले पहिलो संविधानसभा तुहाइयो ।’ दोस्रो संविधासनभाबाट पनि नबन्ने अवस्था रहेकोमा भूकम्पका कारण मुलुकमा संकट सिर्जना भएपछि भूकम्पको पुनर्निर्माण र जनतलाई राहत दिने अनि संविधान निर्माणमा बिपक्षी नभई आफूले सत्तापक्षकै जस्तो भूमिकामा निर्माण गरेको स्मरण पनि उहाँले गराउनुभयो । संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रै एकथरि साथीहरु अब क्रान्तिकारी संविधान नबन्ने भयो भनेर पार्टी विभाजन गरेर निस्कनुभयो । तर मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यसरी भाग्न मिल्दैन्थ्यो । ठूलो जोखिम मोलेर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्याएरै छाडें ।’ यसरी शान्ति प्रक्रियाको एउटा विशिष्ठ अंगको रुपमा रहेको संविधान संशोधनको बहस गर्दा शान्ति प्रक्रियाको एउटा पक्षसँग सरोकार नराखिएकाले संविधान संशोधनको चर्चामा गम्भीरता नदेखिएको उहाँले दोहोर्याउनुभयो । अब संविधान संशोधनमा जानुपर्ने अवस्था आयो भने विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट गर्नुभयो । ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले समाजमा रहेका विज्ञहरुबाट मन्त्री बनाउने र सांसदहरु मन्त्री बन्ने होइन, ऐन कानुन बनाउनतिर लाग्ने गरी बहस अघि बढाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘करोडौं खर्च गरेर सांसद बन्ने, सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि चुनाव खर्च उठाउन लाग्ने अहिलेको पाराले अब अघि बढ्न सकिदैन । राजनीतिक भ्रष्टाचारको जग निर्वाचन प्रणाली भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ तर, संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भुमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।’ संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।      

वैकल्पिक माध्यमबाट पत्रकार महासंघको चुनाव गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ ।  रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ । यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।  रिटमा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घको मिति २०८१।०५।२८ गतेको मतदाता नामावली सम्बन्धी जेजस्तो निर्णय भए पनि झिकाई उक्त प्रेस विज्ञप्ति सम्बन्धी निर्णय लगायतका सबै निर्णय पत्राचारहरू विपक्षीहरूबाट झिकाई उत्प्रेषणको आदेशले बदर गरी नेपाल पत्रकार महासङ्घको विधानको दफा ३५ (७) बमोजिम पटक पटक मिति तोक्दा पनि निर्वाचन गर्न नसक्ने वर्तमान केन्द्रीय समितिले विधान बमोजिम निर्वाचन गर्न नसक्ने भएकोले प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्नु र अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाउ ।’ सदस्यता विवादका कारण पत्रकार महासङ्घको चुनाव समयमा गराउन नसकेकै कारण अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् भने चुनाव अब कहिले हुने भन्नेमा अन्यौलता कायमै छ । नियमित चुनाव हुँदा महासङ्घको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो ।

लोकप्रिय