कुखुरा चोरेर खाने वडाअध्यक्ष केसीकाे राजीनामा माग

कुखुरा चोरेर खाने वडाअध्यक्ष केसीकाे राजीनामा माग

काठमाडौं, फागुन २७ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ ।

गत फागुन ६ गते राति वडाअध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी खाएको आरोप लगाएका हुन् । वडाअध्यक्ष र सदस्यले कुखुरो चोरी गरेर खाएको भन्दै गाउँमा अहिले उनीहरुको राजीनामा मागिएको छ । स्थानीयले प्रेस विज्ञप्ती समेत निकालेर राजीनामा माग्दै गाउँका सार्वजनिकस्थलमा टाँसेका समेत छन् ।

अाजको अन्नपूर्णमा खबर छ-स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरुले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

वडाध्यक्षले भनेः बेइज्जत गर्न खोजियो

तर, वडाअध्यक्ष दुर्गबहादुर केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएका छन् । उनले कुखुरो चोरी भयो भन्ने अर्जुन केसी, गणेश लुवार, वीर केसी र रामबहादुर केसी लगायतको टोलीले सँगै खाजा खाएको पनि स्वीकारेका छन् ।

केसीले सिपखानाका व्यवारीबाट अर्जुन केसीले किनेको ब्रोइलर कुखुरो छाडेर गएपछि गणेश लुवार र रामबहादुर केसीले पकाएर बोलाएपछि आफूहरुले मासु खाएको बताए । त्यहीकारण आफूहरुमाथि कुखुरो चोरीको आरोप लगाइएको उनले बताए ।

‘खाजा खाँदा उनीहरुले एकापसमा विवाद गरेका थिए’, उनले भने, ‘फरक पार्टीको भन्दै अन्य विवादका आफूलाई कुखुरो चोरीको आरोप लगाएका हुन् । मैले कसरी कुखुरो चोर्न सक्छु ?’

कुखुरो चोरी गरेर खाएको आरोपसहित स्थानीयले विज्ञप्ती नै निकालेको बारेमा आफुलाई थाहा नभएको उनले बताए । ‘कुखुरो चोरीको आरोप कसले लगायो थाहा भएन’, उनले भने, ‘अहिले म गाउँ जाँदैछु । बुझेर तपाईँलाई खबर गरौंला ।’

वडाअध्यक्ष केसीले कुखुरो चोरेर खाएको बिषयमा गाउँपालिकामा कुनै जानकारी नभएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय