कुन प्रदेशमा कसको सरकार ? यस्ताे छ सत्ता समीकरण
काठमाडौं, पुस ३ । एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। एमाले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ सिट आउने सम्भावना छ। ४७ सिटले बहुमत पुग्छ। एमालेको मात्रै ५२ सिट छ।
प्रदेश १ मा माओवादी केन्द्रले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकमा ५ सिट पाउने देखिन्छ। त्यस्तै कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा १३ सिट आउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको संघीय समाजवादी फोरम नेपालले समानुपातिकमा २ सिट जित्ने देखिन्छ।
प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ कुल ११० सिट छन्। जसमा एमालेले प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ भने समानुपातिकमा १७ पाउने सम्भावना छ। ५६ सिटले बहुमत पुग्छ। एमालेले मात्रै ५९ सिट पाउने छ। प्रदेश ३ मा प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ९ सिट जित्ने देखिन्छ। ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १४ सिट ल्याउने सम्भावना छ। विवेकशीलले प्रदेश ३ मा १.५ प्रतिशत थ्रेसहोल्ड कटाएको कारण ३ सिट पाउने देखिन्छ।
प्रदेश २ मा मधेसी दलको बहुमत
प्रदेश नम्बर २ मा मधेसवादी दलको झिनो बहुमत हुने सम्भावना छ। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कुल १०३ सिट रहेको प्रदेश २ मा फोरम र राजपाको झिनो बहुमत प्राप्त गर्ने देखिन्छ। फोरमले प्रत्यक्षमा २० सिट जितेका छ भने राजपाले १५ सिट। फोरम र राजपा दुवैले ९-९ सिट ल्याउने सम्भावना छ। ५२ सिटले बहुमत हुन्छ। प्रदेश २ मा फोरम र राजपाको कुल सिट ५३ हुने देखिन्छ
प्रदेश २ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ उसले समानुपातिकमा ८ सिट पाउने देखिन्छ। ७ सिट जितेको माओवादीले ६ र ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाउने सम्भावना छ।
प्रदेश ४, ५, ६ र ७ मा वामको बहुमत
प्रदेश ४, ५, ६ र ७ मा कुनै दलको बहुमत हुने सम्भावना छैन। ३६ प्रत्यक्ष र २४ समानुपातिक रहेको प्रदेश ४ मा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ। १० सिट समानुपातिकमा पाउने सम्भावना छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट लिने देखिन्छ। प्रदेश ४ मा वाम गठबन्धन स्पष्ट बहुमतमा छ।
त्यस्तै ६ सिट जितेको कांग्रेसले ६ सिट समानुपातिकमा पाउने सम्भावना छ। २ सिट प्रत्यक्षमा जितेको राष्ट्रिय जनमोर्चाले १ सिट समानुपातिक पाउने छ। कुल ७ सिट रहेको प्रदेश ५ मा प्रत्यक्षमा २ सिट एमालेले जितेको छ भने १६ सिट समानुपातिकमा पाउने सम्भावना छ। त्यस्तै माओवादीले प्रत्यक्षमा १६ सिट जितेको छ। ६ सिट समानुपातिकमा पाउने देखिन्छ। प्रदेश ५ मा एमाले र माओवादी स्पष्ट बहुमतमा छन्।
प्रत्यक्षमा ५ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा १३ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा ३ सिट जितेको फोरमले समानुपातिकमा २ र राप्रपाले १ सिट पाउने अवस्था छ।
प्रत्यक्षमा २४ र समानुपातिकमा १६ सिट गरी कुल ४० सिट रहेको प्रदेश ६ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ। समानुपातिकमा ६ सिट पाउने देखिन्छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादीलाई समानुपातिकमा ४ सिट मिल्ने अवस्था छ। प्रदेश ६ मा एमालेको बहुमत नभए पनि वाम गठबन्धन भने स्पष्ट बहुमतमा छ। प्रत्यक्षमा १ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा एमालेकै हाराहारीमा सिट पाउने देखिन्छ।
प्रत्यक्षमा ३२ र समानुपातिकमा २१ गरी ५३ सिट रहेको प्रदेश ७ मा कसैको एकल बहुमत आउने सम्भावना छैन। प्रत्यक्षमा १७ सिट जितेको एमालेले समानुपातिकमा ७ सिट पाउने देखिन्छ। बहुमतको लागि २७ सिट आवश्यक पर्छ। माओवादीले प्रदेश ७ मा प्रत्यक्ष तर्फ १० सिट जितेको छ भने समानपातिकमा ४ सिट लिने छ।
यहाँ एमाले र माओवादीको स्पष्ट बहुमत छ। उता प्रत्यक्षमा ४ सिट जितेको कांग्रेसले प्रदेश ७ मा सबै भन्दा बढी ८ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको राजपाले समानुपातिकमा २ सिट पाउने छ।
पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस
रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो । १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो । गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्
सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
बेपत्ता छानबिन र सत्य निरुपण आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
काठमाडौं । बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ ले आयोगमा अध्यक्षसहित पाँच सदस्य रहने निर्धारण गरेको छ। त्यसमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने भनिएको छ । अध्यक्ष तथा सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनैपनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।