केप टाउनमा १२४ रनले हाऱ्यो दक्षिण अफ्रिका: भारतलाई ३-० को अग्रता

केप टाउनमा १२४ रनले हाऱ्यो दक्षिण अफ्रिका: भारतलाई ३-० को अग्रता

काठमाडौँ  । दक्षिण अफ्रिकाको केप टाउनमा भइरहेको वान डे म्याचमा भारतसामु दक्षिण अफ्रिका एक सय २४ रनले निरीह देखिएको छ ।

टस जितेर भारतलाई ब्याटिंगको निम्ता दिएको दक्षिण अफ्रिकाको निर्णय उसले पछिल्ला दुई म्याचहरूमा अगाडि ब्याटिंग गरेर हारको सामना गर्नु परेको अनुभवका कारण रहे पनि यो निर्णय पनि सही साबित हुन् सकेन । भारतले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर तीन सय तीन रनको स्कोर खडा गरेर तीनसय चार रनको लक्ष दिएको थियो ।

भारतीय ओपनिंग ब्याट्सम्यान रोहित शर्मा शून्य रनको व्यक्तिगत स्कोरमा रबाडाद्वारा आउट भए पनि शिखर धवन र क्याप्टेन विराट कोहलीले पारीलाई सम्हालेका थिए ।

धवनले १२ चौका सहित ६३ बलमा ७६ रन बनाए भने कोहलीले १५९ बलमा १२ चौका र दुई छक्काको मद्दतले नटआउट १६० रन बनाएर आफ्नो वान डे क्यारियरको ३४ औँ शतक लगाए । अन्य भारतीय ब्याट्सम्यानहरूमा भुवनेश्वर कुमारले (१९ मा १६ ) नटआउट, हार्दिक पाण्ड्याले (१५ मा १४), रहाणेले ( १३ मा ११), धोनीले (२२ मा १०) र केदार जधावले (३ मा १ ) रनको योगदान दिएका थिए ।

दक्षिण अफ्रिकी बलरहरूमा जेपी डुमिनीलाई दुई र रबाडा, क्रिस मोरिस, ताहिर र फेह्लुक्वायोले एक-एक सफलता मिल्यो ।

तीन सय चार रनको लक्ष पछ्याइरहेको दक्षिण अफ्रिका ४० ओभरमै एक सय ७९ रन बनाएर अलआउट हुन् पुग्यो । उसका सबै ब्याट्सम्यान भारतीय बलरहरूसामु निर्धा देखिए ।

सुरुवातमै बुमराहको एलबीडब्ल्युमा हासिम आमलाको महत्वपूर्ण विकेट गुमाइसकेपछि धर्मराएको दक्षिण अफ्रिकी पारीलाई जेपी डुमिनीको अर्ध श्ताक्ले पनि सम्हाल्न सकेन । उनी चार चौकाको मद्दतले ६७ बलमा ५१ रन जोडेर कुलदीप यादवको बलमा एमएस धोनीको हातबाट स्टम्प आउट भए । यसका साथै धोनीले विकेट पछाडिबाट चार सय विकेट लिएर नयाँ किर्तिमान पनि बनाए । उनी यस्ता विश्वक चौता र भारतक पहिला क्रिकेटर भएका छन् ।

यसका अतिरिक्त क्याप्टेन एइडेन मारक्रमले ४२ बलमा २ छक्का र एक चौकाको मद्दतले ३२ रन जोडे । अन्य ब्याट्सम्यानहरूमा मिलर (४२ मा २५), जोंडो (३८ मा १७), मोरिस (१० मा १४), रबाडा (७ मा १२)ताहिर ( ६ मा ८), लुंगी एन्गिडी ( ६ मा ६ ) कलासेन (१२ मा ६) र फेह्लुक्वायो (८ मा ३) रनको योगदान गरे ।

भारतीय बलिंग आक्रमण आज पनि प्रभावकारी रह्यो । आज कुलदीप यादवले नौ ओभरमा एक मेडन, २३ रन खर्चेर चार विकेट लिए, युजवेन्द्र चहलले नौ ओभरमा ४६ रन दिएर ४ विकेट लिए भने बुमराहले दुई विकेट लिए ।

यसका साथै छ वान-डे म्याचहरूको शृंखलामा भारत ३-० ले अगाडि गएको छ । भारतले दक्षिण अफ्रिकी भूमिमा तीन वान-डे जितेको यो पहिलो पटक हो । उसले यो शृंखला जितेमा उसका निम्ति नयन किर्तिमान बन्नेछ । भारतले आजसम्म दक्षिण अफ्रिकामै दक्षिण अफ्रिका विरुद्ध कुनै सिरिज जितेको छैन ।

अहिले दक्षिण अफ्रिकाका नियमित क्याप्टेन फाफ डु प्लेसी र विकेट किपर-ब्याट्सम्यान क्विंटन डी कक चोटका कारण शृंखला खेल्न नपाउने भएका छन् यस्तोमा भारतसामु उसको चुनौती केही कम्जोर देखिएको छ ।

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय