भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ ।

मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।

नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो । 


भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् । 

जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो ।

महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो ।

समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।  

लोकप्रिय