क्रिकेटको महाकुम्भ आइपीएलको ११ औं संस्करण आजबाट शुरु हुँदै

क्रिकेटको महाकुम्भ आइपीएलको ११ औं संस्करण आजबाट शुरु हुँदै

काठमाडौं, चैत्र २४ । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आइपीए) को ११औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ। विश्वभरका क्रिकेटका हस्तीहरुको जमघट रहने आइपीएलमा नेपालका युवा सन्दीप लामिछाने खेल्दै छन् । आइपीएल खेल्न लागेका सन्दीप पहिलो नेपाली क्रिकेटर हुन ।

सन् २००८ मा सुरु भएको आइपीएललले विश्व क्रिकेटमा नयाँ प्रयोग शुरु गर्यो र टी–२० क्रिकेटको संरचना नै बदल्ने काम गर्‍यो। आइपीएलको १० संस्करण सफलता पूर्व सम्पन्न भइसकेको छ ।

११औँ संस्करणको आइपीए अप्रिल ७ बाट सुरु भएर मे २७ सम्म सञ्चालन हुनेछ। लिगमा कूल ८ टोलीको सहभागिता रहनेछ।

आइपीएलमा पहिलो पटक नेपाली खेलाडी समेत अनुबन्ध भएका छन्। युवा नेपाली लेगस्पीनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको हो।

यस सिजनको उद्घाटन खेल साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्सबीच मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा हुनेछ। खेल राती ८ बजे सुरु हुनेछ। त्यसअघि ठूलो तामझामका साथआइपीएलको ११ औं संस्करणकोउद्घाटन समारोह हुनेछ।

चेन्नाई र राजस्थान रोएल्स दुई वर्षको प्रतिबन्धपछि आइपीएलमा पुनरागमन गर्दैछन्।

दुवै टिमलाई म्याच फिक्सिङ गरेको आरोपमा सन् २०१५ मा भारतको सर्वोच्च अदालतले गठन गरेको लोढा कमिटिले दुई वर्षको प्रतिबन्ध लगाएको थियो। २०१६ र २०१७ को सिजनमा यी दुई टिमको स्थानमा गुजरात लायन्स र राइजिङ पुने सुपरजेन्ट्सले खेलेका थिए।

५ पूर्व विजेता, ३ टिमले उवाधि जित्न बाँकी

११औँ संस्करणमा मुम्बई, चेन्नाई, राजस्थानसहित दुई पटकको विजेता कोलकता नाइट राइडर्स, एक पटकको विजेता सनराइजर्स हैदरावाद, अनी रोएल च्यालेन्जर्स बैंगलोर, दिल्ली डेयरडेभिल्स र किंग्स ११ पञ्जाव रहेका छन्।

यस सिजन आइपीएल खेल्ने ८ मध्ये ५ टिमले यसअघि उपाधि जितिसकेका छन्। बैंगलोर, दिल्ली र पञ्जावले मात्र १० सिजन खेल्दा पनि उपाधि जित्न सकेका छैनन्। आइपीएलमा अहिलेसम्म ६ टिम च्याम्पियन बनेका छन्।

अहिलेसम्म मुम्बईले सर्वाधिक ३ पटक आइपीएलको उपाधि जितेको छ। मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि जितको थियो। चेन्नाई र कोलकताले २(२ पटक उपाधि जित्दा, राजस्थान र सनराइजर्स र डेक्कन चार्जसले समान १ पटक उपाधि उचालेका छन्। राजस्थानले सन् २००८ को पहिलो संस्करणको उपाधि जितेको थियो भने दोस्रो संस्करणमा डेक्कन च्याम्पियन बनेको थियो। सन् २०१० र २०११ मा चेन्नाईले लगातार उपाधि जितेको थियो। कोलकताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो।

७ भारतीय कप्तान

आइपीएल ११ मा सहभागि ८ टिममध्ये ७ टिममा भारतीय खेलाडी कप्तान छन्। एक टिममा मात्र विदेशी खेलाडी कप्तानको रुपमा रहनेछन्।

सनराइजर्सको कप्तानी न्यूजिल्याण्डका खेलाडी केन विलियमसनले गर्दैछन्। यसअघिका कप्तान डेविड वार्नर बल टेम्परिङ काण्डमा एक वर्षका लागि निलम्वनमा रहेका कारण काण विलियमसनले पहिलो पटक आइपीएलमा कप्तानी गर्न लागेका हुन्।

यस्तै राजस्थान रोएल्सको कप्तान रहेको स्टिभ स्मिथ पनि वार्नरसँगै निलम्वनमा परेका कारण भारतीय खेलाडी अजिन्का रहानले कप्तानी गर्नेछन्।

रोहित शर्माले मुम्बईको कप्तानी गर्नेछन् भने महेन्द्र सिंह धोनीले चेन्नाईको कप्तानी गर्नेछन्। विराट कोहलीले बैंगलोरको, गौतम गम्भिरले दिल्लीको, रविचन्द्रन आश्विनले पञ्जाव तथा दिनेश कार्तिकले कोलकताको कप्तानी गर्नेछन्।

आइपीएलका रेकर्ड

आइपीएलको एक दशक इतिहासमा विभिन्न खालको रेकर्ड बनेका छन्। सर्वाधिक विकेट लिने खेलाडी आइपीएलको यस सिजन देखिने छैनन्। श्रीलंकन लाथिस मालिंगाले आइपीएलमा सबैभन्दा धेरै विकेट लिएका छन्। यस्तै सर्वाधिक रन बनाउने खेलाडी भारतका सुरेश रैना हुन्। भारतकै कोहलीले ४ हजार ४१८ रन बनाएका छन्।

मालिंगाले ११० खेलमा १५४ विकेट लिएका छन्। यस्तै रैनाले १६१ खेल खेल्दै ४ हजार ५४० रन बनाएका छन्। एक शतक र ३१ अर्धशतक प्रहार गरेका रैनाले १७३ छक्का र ४०२ चौका प्रहार गरेका छन्।

यसैगरी वेष्ट इन्डिजका क्रिस गेलले आइपीएलमा सर्वाधिक शतक प्रहार गरेका छन्। गेलले १० सिजन खेल्दा ५ शतक प्रहार गरिसकेका छन्। सबैभन्दा धेरै छक्का पनि क्रिस गेलले प्रहार गरेका छन्।

१०० खेल खेलेका गेलले २६५ छक्का प्रहार गरेका छन्। एकै खेलमा धेरै छक्का हान्ने रेकर्ड पनि गेलकै नाममा छ। गेलले सन् २०१३ मा पुने वारियर्स विरुद्धको खेलमा बिष्फोटक ब्याटिङ गर्दै १७५ रन बनाउने क्रममा १७ छक्का प्रहार गरेका थिए। उक्त खेलमा गेलले ३० बलमै शतक प्रहार गर्दै सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका थिए।

सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने रेकर्ड भने वेष्टइन्डिजकै सुनिल नारिन र भारतका युसुफ पठानको नाममा छ। नारिनले सन् २०१७ मा बैँगलोरविरुद्ध तथा पठानले सन् २०१४ मा सनराइजर्स विरुद्ध १५ बलमै अर्धशतक प्रहार गरेका थिए।

भारतीय खेलाडी अमित मिश्राले आइपिएलमा सर्वाधिक ३ ह्याट्रिक विकेट लिएका छन्। ११औँ सिजनमा दिल्लीबाट खेल्ने मिश्राले डेक्कनबाट २ तथा सनराइजर्सबाट १ ह्याट्रिक विकेट लिएका थिए।

सन्दीप पहिलो नेपाली खेलाडी

१७ वर्षीय युवा लेग स्पीनर सन्दी लामिछानेले दिल्लीले अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको हो। सन्दीप आइपीएलमा पुग्ने पहिलो नेपाली खेलाडी समेत हुन्। उनले दिल्लीबाट कुनै खेल खेलेमा आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बन्नेछन्।

अक्सनअघि गोप्य रुपमा ट्रायल दिन दिल्ली पुगेका सन्दीपलाई अक्सनमा दिल्लीले नै किनेको हो। केही समयअघि दिल्लीका म्यानेजर र सिइओसहितको टोली काठमाडौं आएर सन्दीपलाई दिल्लीको नम्बर वान जर्सी हस्तानतरण गरेको थियो।

सन्दीपलाई अनुबन्ध गरेसँगै दिल्लीले आफ्नो सामाजिक सञ्जालमा सन्दीपका बारेमा पोष्ट गर्ने, सन्दीपले खेलेका खेलहरुको फलो गर्ने लगायत काम गरिरहेको छ। यस्तै दिल्लीका कोच रहेका अष्ट्रेलियन रिक्की पोन्टिङ कप्तान गौतम गम्भिरले पनि सन्दीपको प्रशंसा गरेका छन्।

सन्दीपको टोली दिल्लीको पहिलो खेल आइतवार पञ्जावसँग रहेको छ। पहिलोपोष्टबाट

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय